Tuesday, April 30, 2019

बालुवाटार प्रकरणमा बिष्णु पौडेलको संलग्नता छैन, अनावश्यक हल्ला गरियो- देवेन्द्र पौडेल

काठमाडौं । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का स्थायी समिति सदस्य देवेन्द्र पौडेलले नेकपाका महासचिव विष्णु पौडेलको नाम बालुवाटार जग्गा प्रकरणमा आवश्यकभन्दा बढि हल्ला गर्न आवश्यक नरहेको बताएका छन् ।

मंगलबार राजधानीमा आयोजित कार्यक्रममा बोल्दै नेता पौडेलले बालुवटार जग्गा प्रकरणमा विष्णु पौडेलको संलग्नता नरहेको दावि गरे । उनले भने, ‘यो विषयमा नैतिकताको आधारमा उहाँले राजीनामा दिने कुरा होईन, ८ आना जग्गा किन्नुभएको हो । उहाँले सरकारी स्रोत दुरुपयोग गरेर किन्नुभएको होईन् । व्यक्तिलाई जग्गा किनबेचको अधिकार छ ।’

नेता पौडेलले व्यक्तिले जग्गा किनबेच गर्न पाउने बताए । ‘ विष्णुजीले ०६१ सालमा जग्गा किन्नुभएको हो । त्यतिवेला उहाँको पार्टी शक्तिशाली पनि थिएन् ।’ नेता पौडेलले भने, ‘ त्यति बेला सरकारमा पनि थिएन् । उहाँले सरकारी हैसियतमा त्यो जग्गा किनेको होईन् । तर, सार्वजनिक पद धारण गरेका व्यक्तिहरु पारदर्शी हुनुपर्छ ।’

एक ईन्चपनि सरकारी जग्गा अपचलन नगर्ने स्पष्ट पारेका छन् । उनले भने,‘यदि कसैले सरकारी जग्गा अतिक्रमण गरेको छ भने सरकारलाई प्रमाण दिनुहोस, दोषीहरुलाई कारबाही गर्छ ।’ वर्तमान सरकारले भ्रष्टाचार हुनै नदिने पनि पौडेलले विश्वास दिलाए । उनले भने,‘यदि भ्रष्टाचार गरेको प्रमाणित भयो भने अनुहार पनि नहेरी ठाडै कारबाही हुन्छ । यो कुरा आजपनि प्रधानमन्त्री केपी शर्मा ओलीले हाम्रो संसदीय दलको बैठकमा भन्नुभएको छ।’

भ्रष्टाचार गरेको प्रमाणित भएकाहरु कोही पनि नबच्ने उनले उद्धघोष गरे । यद्धपी बिना कारण र प्रमाण कसैलाई पनि कारबाही नहुने उनले जिकिर गरे । नेता पौडेलले सरकारले आफ्नो स्वामित्वमा रहेका सबै जग्गाको संरक्षण गर्ने स्पष्ट पारे । उनले भने ,‘यदि कसैले सरकारी जग्गा अतिक्रमण गरेको छ भने भूमाफीया र उनीहरुको कुनै पक्ष वा अंशलाई पनि बाँकी राख्दैन् । सरकारले ठाडै कारबाही गर्छ ।’

0 comments:

Post a Comment

Loading...

Popular Bla Bla's

Loading...

Latest Bla Bla's on Fun2Sh

Powered by Blogger.
Copyright © Funtoosh Blog