Wednesday, April 17, 2019

प्रचण्डकाे नयाँ प्रस्तावमा माधव नेपालकाे सहमति, ओली बसे चुपचाप

काठमाडौं । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले जनप्रतिनिधिहरुलाई समेत पार्टीको जिल्ला अध्यक्ष र सचिव बनाउन सकिने प्रस्ताव पेश गरेका छन् । प्रचण्डको प्रस्थावमा वरिष्ठ नेता माधवकुमार नेपाल सहमत देखिएका छन् भने प्रधानमन्त्री केपी शर्मा ओलीले कुनै जवाफ दिएका छैनन् । नेकपाले जनप्रतिनिधि भइसकेकालाई पार्टीको कार्याकारी भूमिकामा रहने गरी जिम्मेवारी नदिने मापदण्ड बनाएको थियो । प्रदेश ५ लगायतका ठाउँमा ओली समूहले मापदण्ड विपरीत वरिष्ठता मिचेर आफ्नो समूहका नेताहरुको नाम पठाएपछि त्यसमा माधवकुमार नेपाल समूहले आपत्ति जनाएको थियो । वरिष्ठताका आधारमा जिम्मेवारी दिनुपर्ने नेपाल समूहको तर्क रहँदै आएको छ ।

पूर्वएमाले समूहमा देखिएको यही विवादका कारण तत्कालीन एमाले र माओवादीबीच भागवण्डा लगभग मिल्दा पनि नेकपाले जिल्ला अध्यक्ष र सचिवहरु तोक्न सकेको छैन । पछिल्लो समय माधवकुमार नेपाल समूहले समानान्तर कमिटी बनाउने चेतावनी समेत दिएको थियो ।

नेकपा सचिवालय स्रोतका अनुसार प्रधानमन्त्री ओली, अध्यक्ष प्रचण्ड र वरिष्ठ नेता नेपालबीच यसबारे छलफल जारी छ । यो छलफलमा प्रचण्डले जनप्रतिनिधि भइसकेका भए पनि जुन पद छ, त्यही जिम्मेवारी दिने प्रस्ताव राखेको स्रोतको दाबी छ ।

The post प्रचण्डकाे नयाँ प्रस्तावमा माधव नेपालकाे सहमति, ओली बसे चुपचाप appeared first on YesKathmandu.com.

0 comments:

Post a Comment

Loading...

Popular Bla Bla's

Loading...

Latest Bla Bla's on Fun2Sh

Powered by Blogger.
Copyright © Funtoosh Blog