Thursday, April 18, 2019

बालुवाटार जग्गा प्रकरणमा एनआरएनमाथी शेष घलेद्धारा १४ करोडको घात

काठमाडौं । भूमाफियाबाट बालुवाटारको सरकारी जग्गा खरिद गरेर गैरआवासीय नेपाली संघ (एनआरएन) माथी पूर्वअध्यक्ष शेष घलेले घात गरेका छन् । प्रधानमन्त्री निवास छेउको सरकारी जमिन संघका नाममा खरिद गर्दा नै घलेलाई जानकारी थियो । तरपनि उनले भूमाफियाबाट ३ रोपनी १ आना अतिक्रममित सरकारी जग्गा खरिद गरेको एनआरएन अस्ट्रेलियाका एक सदस्यले बताए ।

घलेले २०७२ जेठ १४ मा ‘भूमाफिया’ शोभाकान्त ढकाल, अधिवक्ता रामकुमार सुवेदी र उनीहरूको परिवारबाट ३ रोपनी १ आना जग्गा खरिद गरेका थिए । भूमिसुधार कार्यालय डिल्लीबजारको तथ्यांक अनुसार कित्ता नम्बर ७४४ सन्दीप ढकाल, कित्ता नम्बर ७४६ र ७५० उमा ढकाल, कित्ता नम्बर ७५२ शोभाकान्त ढकाल र कित्ता नम्बर ७४८ विवेककुमार सुवेदीबाट एनआरएनका नाममा खरिद गरेका थिए । १३ करोड रुपैयाँमा तीन रोपनी १ आना जग्गा गरिद गरिएको थियो ।

अतिक्रमित जग्गा खरिद भएपछि त्यति बेला नै कुरा उठेको थियो । अतिक्रमति सरकारी जग्गा खरिदमा केही सदस्यले विरोध गरेपछि १३ लाख रुपैया आफ्नो खाताबाट एनआरएनका नाममा जग्गा गरिदिने र जग्गा आफैले राख्ने बताएका थिए । ‘१३ करोड एनआरएनका खातामा रकम जग्गा भएन र जग्गा पनि उनको नाममा गएन’ पूर्व एक सदस्यले भने ‘पछि गएर अतिक्रमति जमिनमा एनआरएनको घर कार्यालय नै बन्यो ।’

एनआरएनका तत्कालिन अध्यक्ष घलेलाई एक मिडिया मालिकले बालुवाटारको विवादित जग्गा खरिद गर्न लगाएका हुन । भूमाफियाले मिडिया मालिकलाई प्रयोग गरी घलेमार्फत एनआरएनलाई ३ रोपनी १ अना जग्गा खरिद गराएका थिए । जग्गा खरिद गर्दासम्म मिडिया मालिकलाई अतिक्रमति जग्गा भएको थाहा थिएन । तर जग्गा पास भएको केही समयमै उनले जानकारी पाएका थिए ।

बालुवाटारको सरकारी जमिन ब्यक्तिका नाममा ल्याएर खरिद बिक्रि गर्ने मुख्य माफियाहरु फरार भइसकेका छन् । तर विवादमा भने नेकपा महासचिव विष्णु पौडेल, निर्वाचन आयोगका आयुक्त सुधीरकुमार शाह, एनआरएनका पूर्वअध्यक्ष शेष घले परेका छन् ।

पूर्वसचिव शारदाप्रसाद त्रितालको संयोजकत्वमा गठित छानबिन समितिले अतिक्रमित ११३ रोपनी जग्गा सरकारको नाममा फिर्ता ल्याउन सरकारलाई सिफारिस गरेको छ भने मन्त्रिपरिषद्ले ११३ रोपनी जग्गा किनबेचमा रोक लगाएको छ । कारवाहीका लागि अख्तियार दुरुपयोग अनुसन्धान आयोगलाई जिम्मा दिएको छ । भूमाफिया र जग्गा किनबेच शृंखलामाथि छानबिन गरी दोषी पत्ता लगाएर मुद्दा चलाउन नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोलाई जिम्मा दिएको छ ।

The post बालुवाटार जग्गा प्रकरणमा एनआरएनमाथी शेष घलेद्धारा १४ करोडको घात appeared first on YesKathmandu.com.

0 comments:

Post a Comment

Loading...

Popular Bla Bla's

Loading...

Latest Bla Bla's on Fun2Sh

Powered by Blogger.
Copyright © Funtoosh Blog