Thursday, April 18, 2019

शक्तिशाली आणविक अस्त्र ‘युद्धशीर्ष’ परिक्षण गरेकाे उत्तर काेरियाकाे दावी

पोङयाङ । उत्तर कोरियाले नयाँ किसिमको आणविक अस्त्रको परीक्षण गरेको छ। ट्याक्टिकल गाइडिङ वेपनु नाम दिइएको उक्त अस्त्रमा शक्तिशाली ‘युद्धशीर्ष’ जडान गरिएको बताइएको छ।

उत्तर कोरियाली सरकारी समाचार संस्था केसीएनएले अस्त्रबारे थप केही नखुलाएको बीबीसीले उल्लेख गरेको छ। केसीएनएका अनुसार उत्तर कोरियाली नेता किम जोङ उनले अस्त्र परिक्षणको निरीक्षण आफै गरेका थिए।

फेब्रुअरीमा भियतनामको हनोईमा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र उत्तर कोरियाली नेता किम जोङ उनबीच भएको दोस्रो शिखरवार्ता असफल भएपछि उत्तरले पहिलोपटक आणविक अस्त्र परिक्षण गरेको हो। सो वार्तामा किमले उत्तर कोरियामाथि लागेका प्रतिबन्धहरु फुकुवा गर्न राखेको प्रस्तावलाई ट्रम्पले अस्वीकार गरेका थिए। प्रतिबन्ध हटाउने विषयमा सहमति नभएपछि वार्ता बिना कुनै सहमति टुंगिएको थियो।

उत्तरको यसप्रयासलाई अमेरिकामाथि दबाब सिर्जना गर्ने प्रयासका रुपमा हेरिएको छ। गत हप्ता मात्रै किमले सही नियत लिएर अमेरिकी राष्ट्रपति आए आफू पुन वार्तामा बस्न तयार भएको बताएका थिए।

भियतनाममा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पसँग भएको वार्ताको दुईदिन पछि उत्तर कोरियाले भत्काउन सुरु गरेको रकेट प्रक्षेपण हुने स्थल तोङचाङरी साइटु मा पुन निर्माण गरिरहेको अमेरिकी एजेन्सीहरुले दाबी गरेको थियो।

गत वर्षको जुन महिनामा सिंगापुरमा भएको पहिलो शिखर वार्ताका क्रममा दुई नेताबीच कोरियाली प्रायद्वीपलाई पूर्ण रुपमा आणविक निशस्त्रीकरण गर्ने सहमति भएको थियो। यस्तै उत्तर कोरियामाथि लगाइएको प्रतिबन्धहरु फुकुवा गर्ने समेत सहमति भएको थियो। तर पछि, दुवै राष्ट्रले एकअर्कासँग गरेको सहमति पालना नगरेको आरोप लगाउँदै आएका थिए।

The post शक्तिशाली आणविक अस्त्र ‘युद्धशीर्ष’ परिक्षण गरेकाे उत्तर काेरियाकाे दावी appeared first on YesKathmandu.com.

0 comments:

Post a Comment

Loading...

Popular Bla Bla's

Loading...

Latest Bla Bla's on Fun2Sh

Powered by Blogger.
Copyright © Funtoosh Blog