Thursday, April 18, 2019

सांसद भन्छन्: अदालतमा बिचौलिया बढ्याे, प्रस्तावित न्यायाधीश ढुंगाना भन्छन्: त्यस्ताे छैन्

काठमाडौं । सर्वोच्च अदालतका प्रस्तावित न्यायाधीश प्रकाश ढुंगानाको सिंहदरबारस्थित संघीय संसदको सुनुवाई समितिमा आज भएको सुनुवाईमा सांसद भीमसेनदास प्रधान न्यायाधीश भएपछि अख्तियार नलाग्ने भएकाले अकुत सम्पत्ति कमाएका व्यक्ति न्यायिक क्षेत्रमा प्रवेश गर्न चाहने आरोप लगाएका छन्।

उनले यसलाई कसरी रोक्न सकिन्छ ? भनी प्रश्न गर्दै अदालतमा बिचौलिया भरिभराउ रहेको दावीसमेत गरे ।

जवाफमा प्रस्तावित न्यायाधीश ढुंगानाले सर्वोच्चमा विचौलियालाई प्रवेश नरहेको दाबी गरे।

सांसद सुमनराज प्याकुरेलले अदालतमा बेन्च फिक्सिङ र बेन्च सपिङ बढेको दाबी गर्दै यसलाई निराकरण गर्ने उपाय मागेका थिए।

जवाफमा ढुंगानाले यस्तो समस्या बढ्दै गएको स्वीकार गर्दै यसका लागि न्यायलयसहित कार्यपालिका र सांसदलेसमेत ध्यान दिनुपर्ने बताए।

सांसद योगेश भट्टराईले कोटको कपडाभन्दा कोट सिलाउन महँगो भएको उदाहरण पेश गर्दै अदालतको न्याय महँगो हुन थालेकोबारे प्रश्न गरेका थिए।

यसबारे ढुंगानाले सेवाग्राही नै सरकारले निशुल्क सेवा दिने वकिल राख्दाराख्दै महँगा वकिल खोज्न गएकाले न्याय महँगो पर्न गएको दाबी गरे। यसका लागि सरकारी वकिलबाट सेवा लिन सकिने उनको तर्क थियो।

The post सांसद भन्छन्: अदालतमा बिचौलिया बढ्याे, प्रस्तावित न्यायाधीश ढुंगाना भन्छन्: त्यस्ताे छैन् appeared first on YesKathmandu.com.

0 comments:

Post a Comment

Loading...

Popular Bla Bla's

Loading...

Latest Bla Bla's on Fun2Sh

Powered by Blogger.
Copyright © Funtoosh Blog