Thursday, April 18, 2019

नेपाल अन्तरिक्ष युगमा प्रवेश गर्‍याे- प्रधानमन्त्री ओली

काठमाडौं । इतिहासमा पहिलो पटक नेपालले अन्तरिक्षमा आफ्नै स्याटेलाइट अमेरिकाबाट प्रक्षेपण गरेपछि प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल अब अन्तरिक्ष युगमा प्रवेश गरेको बताएका छन् । नेपालको आफ्नै स्याटलाइट अन्तरिक्षमा पठाएपछि उनले खुसी व्यक्त गर्दै नेपाल अन्तरिक्ष युगमा प्रवेश गरेको बताएका हुन् ।प्रधानमन्त्री ओलीले स्याटलाइट निर्माणदेखि प्रक्षेपणको कार्यसम्म संलग्न सबै वैज्ञानिकहरुलाई ट्वीट मावर्फत बधाइ दिदै यसबाट नेपालको प्रतिष्ठा बढेको धारणा व्यक्त गरेका छन् ।

अमेरिकी अन्तरिक्ष निकाय नासाका अनुसार विहीबार विहान अमेरिकाबाट नेपाली भू-उपग्रह अन्तरिक्षमा पठाइएको छ ।नेपाली भू(उपग्रह अन्तरिक्षमा प्रक्षेपण भएपछि विश्वभर रहेका नेपालीले खुशीयाली मनाएका छन् । नेपालको भू-उपग्रह नेपाली समय अनुसार बिहीवार बिहान २:३५ बजे भर्जिनिया राज्यको तटस्थित प्रक्षेपण केन्द्रबाट अन्तर्राष्ट्रिय अन्तरिक्ष केन्द्रमा प्रक्षेपण गरिएको नासाले जनाएको छ ।

‘नेपालीस्याट १’ नाम राखिएको स्याटेलाइन केही समयपछि अन्तर्राष्ट्रिय अन्तरिक्ष केन्द्रमा पुग्ने भएको छ । सानो आकारको नेपाली भू उपग्रह जापानस्थित नेपाली वैज्ञानिकले निर्माण गरेका हुन् । जसको तौल १ किलो रहेको नेपाली बैज्ञानिक आभाष मास्केले बताएका छन् । नेपाल सरकारबाट पहिलो पटक लगानी गरेर आफ्नै भू-उपग्रह अन्तरिक्षमा पठाएको छ । तर लामो समयसम्म राख्ने चुनौती बाँकी नै रहेको मास्केले बताए ।

The post नेपाल अन्तरिक्ष युगमा प्रवेश गर्‍याे- प्रधानमन्त्री ओली appeared first on YesKathmandu.com.

0 comments:

Post a Comment

Loading...

Popular Bla Bla's

Loading...

Latest Bla Bla's on Fun2Sh

Powered by Blogger.
Copyright © Funtoosh Blog