Thursday, April 18, 2019

समाचार लेखेकै आधारमा पक्राउ परेका पत्रकार गिरी साधारण तारेखमा रिहा

काठमाडौं । समाचार लेखेको आधारमा पक्राउ परेका पोखराका पत्रकार अर्जुन गिरी साधारण तारेखमा रिहा भएका छन् । गिरीलाई साधारण तारेखमा रिहा गर्न काठमाडौं जिल्ला अदालतले आदेश दिएको हाे।

समाचार लेखेको आधारमा पक्राउ परेका गिरीलाई विद्युतीय कारोबार ऐन अन्तर्गत दायर भएको मुद्दामा थुनछेक आदेश गर्दै अदालतले धरौटीबिना रिहा गर्न आदेश गरेको हो।

साइबर अपराध मुद्दामा अनुसन्धानका लागि पक्राउ परेका गिरीलाई जिल्ला न्यायाधीश अम्बरराज पौडेलको एकल इजालसले तारेखमा रिहा गर्ने आदेश गरेको हो।

उनीविरुद्ध पोखराका व्यवसायी विपेन्द्रराज बतासले उजुरी दिएका थिए। लगत्तै प्रहरीले अनुसन्धानका लागि भन्दै ताण्डव साप्ताहिक तथा अनलाइनका सम्पादक गिरीलाई बैसाख २ गते नियन्त्रणमा लिएको थियो।

The post समाचार लेखेकै आधारमा पक्राउ परेका पत्रकार गिरी साधारण तारेखमा रिहा appeared first on YesKathmandu.com.

0 comments:

Post a Comment

Loading...

Popular Bla Bla's

Loading...

Latest Bla Bla's on Fun2Sh

Powered by Blogger.
Copyright © Funtoosh Blog