Thursday, April 18, 2019

‘प्रकाण्ड’ भए विप्लव नेतृत्वको नेकपाका मध्यकमाण्ड इन्चार्ज

काठमाडौं । विप्लव नेतृत्वको नेकपाका मध्यकमाण्ड इन्चार्ज हेमन्त प्रकाश ओली ‘सुदर्शन’ पक्राउ परेसँगै पार्टीले खड्गबहादुर विश्वकर्मा ‘प्रकाण्ड’ लाई सो जिम्मेवारी दिएको छ ।

यसअघि प्रवक्ताको जिम्मेवारी रहेमा रहेका प्रकाण्डलाई प्रहरीबाट पक्राउ परेपछि पार्टीका केही गोप्य दस्तावेज बाहिरिएको भन्दै उनलाई जिम्मेवारविहीन बनाइएको हल्ला चलेपनि विप्लवले त्यसको विज्ञप्तिमार्फत खण्डन गरेका थिए ।

यता मध्य कमाण्ड इन्चार्जको भूमिकामा रहेका सुदर्शन चैत पहिलो साता काभ्रेबाट पक्राउ परेका थिए। सरकारले विप्लवको पार्टीलाई प्रतिबन्ध लगाएसँगै सुदर्शन पक्राउ पर्ने उच्चस्तरीय नेता हुन् ।

The post ‘प्रकाण्ड’ भए विप्लव नेतृत्वको नेकपाका मध्यकमाण्ड इन्चार्ज appeared first on YesKathmandu.com.

0 comments:

Post a Comment

Loading...

Popular Bla Bla's

Loading...

Latest Bla Bla's on Fun2Sh

Powered by Blogger.
Copyright © Funtoosh Blog