Thursday, April 18, 2019

सचिनद्धारा प्रशिक्षत मुम्बई इंन्डियन र सन्दीपको दिल्लीबीच आज आइपीएलमा कडा मुकाविला

एजेन्सी । नेपाली स्पिनर सन्दीप लामिछाने रहेको दिल्ली क्यापिटलस र मुम्बई इंन्डियनबीच आज मुकाविला हुने भएको छ । मुम्बईबिरुद्धको खेलमा सन्दीपलाई दिल्लीले मैदानमा उतार्ने सम्भावना रहेको छ । दिल्लीको टीममा दुनियाकै चर्चित बलर कैगिसो रबाडासहित मैदानमा उत्रिने छ भने मुम्वई इन्डियन कप्तान रोहित शर्मासहित मैदानमा आउने भएको छ । लगातार तीन खेल जितेको दिल्ली उच्च मनोबलमा छ भने मुम्बई पनि शक्तिशाली टिम छ । यी दुई शक्तिशाली टिमबीच आज आइपीएल म्याच हुँदैन ।

दिल्लीको जितमा रबाना र सन्दीप मैदानमा उत्रिन सक्नेछन् भने ऋषभ पंतप्रति सवैको नजर टिकेको छ । भारतबाट विश्वकप क्रिकेटमा ठाउँ नपाएपछि उनले आजको खेल कस्तो खेल्छन्, सवैले चासोका साथ हेरिरहेका छन् । यी दुई टीमको अंकपनि सामान छ । ८/८ म्याच खेलेका दुवै टिमको सामान १०/१० अंक रहेको छ । आज जित हाँसिल गर्ने टिमले प्लेअफमा आफ्नो मजबुत स्थान बनाउने छ । रन रेटका आधारमा भने मुम्बईभन्दा दिल्ली अगाडी छ ।

पंतसँग यतिबेला आफुलाई सावित गर्ने मौका छ भने भारतीय क्रिकेट बोर्डलाई चुनौति दिने अबसर छ । भारतीय क्रिकेट बोर्डले उनलाई विश्वकपमा समावेश गरेको छैन । मुम्वईबिरुद्धको खेलमा यसअघि पन्तले २७ बलमा ७८ रनको तुफानी पारी खेलेका थिए । आजको खेल विशेष हुनेछ । विश्व चर्चित क्रिकेट खेलाडी सचिन तेन्दुरकरले प्रशिक्षण दिएको मुम्बई इंडियन र सन्दीप रहेको दिल्लीबीच कडा मुकाविला हुनेभएको छ ।

The post सचिनद्धारा प्रशिक्षत मुम्बई इंन्डियन र सन्दीपको दिल्लीबीच आज आइपीएलमा कडा मुकाविला appeared first on YesKathmandu.com.

0 comments:

Post a Comment

Loading...

Popular Bla Bla's

Loading...

Latest Bla Bla's on Fun2Sh

Powered by Blogger.
Copyright © Funtoosh Blog