Thursday, April 18, 2019

भ्रष्टाचार आरोपी पेरुका पूर्वराष्ट्रपति एलेनले गरे गाेली हानी आत्महत्या

काठमाडौं । भ्रष्टाचार आरोप लागेका पेरुका पूर्वराष्ट्रपति एलेन गार्सियाले आत्महत्या गरेका छन् । उनलाई पक्राउ गर्न प्रहरी निवासमा पुगेपछि आफैंले गोली हानेर आत्महत्या गरेको बीबीसीले जनाएको छ ।

प्रहरी घरमा आएपछि उनी फोन गर्न भन्दै अर्को कोठामा गएर ढोका बन्द गरी गोली गानी आत्महत्या गरेको समाचार छ । उनी रहेको कोठाभित्र गोली चलेको आवाज सुनेपछि प्रहरीले ढोका खोलेर हेर्दा कुर्सीमा बसिरहेका एलेनको टाउकोमा गोली लागेको घाउ भएको बिबिसीमा समाचार छ।

त्यसलगत्तै प्रहरीहरुले राजधानी लिमास्थित अस्पतालमा उपचार गर्न लगे पनि चिकित्सकहरुले बचाउन असफल भएका थिए ।

वर्तमान राष्ट्रपति भिस्काराले ट्वीट गर्दै पूर्वराष्ट्रपति गार्सियाको निधनको पुष्टि गर्दै यो घटनाले आफू ‘स्तब्ध’ बताएका छन् ।

गार्सिया सन् १९८५ देखि १९९० र सन् २००६ देखि २०११ सम्म गरी दुई पटक राष्ट्रपति बनेका थिए । राजधानीमा मेट्रोलाइन परियोजनासँग सम्बन्धित निर्माण कम्पनी ओडुब्रेस्टसँग ३ करोड डलर घुस लिएको आरोप उनीमाथि लागेको थियो ।

The post भ्रष्टाचार आरोपी पेरुका पूर्वराष्ट्रपति एलेनले गरे गाेली हानी आत्महत्या appeared first on YesKathmandu.com.

0 comments:

Post a Comment

Loading...

Popular Bla Bla's

Loading...

Latest Bla Bla's on Fun2Sh

Powered by Blogger.
Copyright © Funtoosh Blog