Thursday, April 18, 2019

कसैले ट्रेड युनियनलाई चुनावमा गाडी दिए विभागीय कारबाही हुन्छ: कुलमान घिसिङ

काठमाडौं । नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले आधिकारिक ट्रेड युनियको चुनावमा ट्रेड युनियनलाई कार्यालय र आयोजनाको गाडी प्रयोग गर्न दिए विभागीय कारवाही गर्ने चेतावनी दिएका छन् ।

कार्यकारी निर्देशक घिसिङले बिहीबार परिपत्र जारी गर्दै निर्वाचन प्रायोजनका लागि सामान्य सेवा विभागबाट उपलब्ध गराएको सवारी साधनबाहेक कुनै पनि ट्रेढ युनियनलाई गाडी उपलब्ध नगराउन निर्देशन दिएका हुन् ।

प्राधिकरणमा आधिकारिक ट्रेड युनियनको चुनाव १९ वैशाखमा हुँदैछ । चुनावमा नेकपा निकट राष्ट्रिय कर्मचारी युनियन र नेपाली काँग्रेस निकट कर्मचारी संघबिच मुख्य प्रतिश्पर्धा हुने छ ।

घिसिङले संस्थाको हित विपरित सार्वजनिकरुपमा अभिव्यक्ति दिएपछि कर्मचारी संघका अध्यक्ष जनार्दन भट्टराईलाई स्पष्टीकरण सोधेका छन् । स्पष्टीकरणको निर्णय फिर्ता नभएसम्म चुनावमा सहभागी नहुने अडान संघले राखेको थियो ।

तर, कार्यकारी निर्देशक घिसिङले निर्णयबाट कुनै पनि अवस्थामा पछि नहट्ने अडान राखेपछि संघ बाध्य भएर चुनावमा सहभागि भएको थियो । प्राधिकरणमा क्रियाशील ट्रेड युनियनहरुले विहीबार उमेदवारी दर्ता गराएका छन् ।

The post कसैले ट्रेड युनियनलाई चुनावमा गाडी दिए विभागीय कारबाही हुन्छ: कुलमान घिसिङ appeared first on YesKathmandu.com.

0 comments:

Post a Comment

Loading...

Popular Bla Bla's

Loading...

Latest Bla Bla's on Fun2Sh

Powered by Blogger.
Copyright © Funtoosh Blog