Thursday, April 18, 2019

नेपालमा हिन्दी फिल्म ‘कलंक’ रोकिँदा झरना थापाको मुहार चम्कियो

काठमाडौं । पछिल्लो समय बलिउडमा सर्वाधिक चर्चा पाएको मादुरी दिक्षित अभिनित हिन्दी फिल्म ‘कलंक’ बुधवारदेखि भारतभर प्रर्दशनमा आयो । भारतमा प्रर्दशन भएकै दिन हिन्दी फिल्महरु नेपालमा पनि प्रर्दशन हुने गरेका थिए । तर चलचित्र विकास बोर्डले हिन्दी फिल्म ‘कलंक’ बुधबार नेपालभर प्रर्दशनमा आउन दिएन ।

मादुरी दिक्षित, सञ्जय दत्त, वरण धवन, आलिया भटले अभिनय गरेको कलंकको प्रचार निकै भडकिलो थियो । नेपालमा पनि कलंकले राम्रो ब्यापार गर्ने देखिएको थियो । तर चलचित्र विकास बोर्डले पाँच दिनअघि मात्र चलेका दुई नेपाली फिल्मलाई असर पर्ने देखेपछि प्रर्दशनमा रोक लगाएको छ ।

२९ चैतदेखि दुई नेपाली फिल्म ए मेरो हजुर–३ र यात्रा रिलिज भएका थिए । नेपाली चलचित्रकी सदावहार अभिनेत्री झरना थापाले निर्देशन गरेको चलचित्र ए मेरो हजुर–३ नेपालका हलमा लागिरहेको छ । आफ्नै छोरी सुहाना र भुवन केसीका छोरा अनमोलद्धारा अभिनय गरिएको ए मेरो हजुर फिल्म नेपाली हलहरुमा राम्रैसँग ब्यापार गरिरहेको छ । छोरीको डेब्यू फिल्मले राम्रो ब्यापार गरेपछि झरना खुसी भएकी छिन् ।
कलंक नेपाली हलहरुमा लागेको भए ए मेरो हजुरको ब्यापार कम हुने निश्चित थियो । तर चलचित्र विकास बोर्डले नेपाली फिल्म उद्योगलाई बचाउन यस्तो कदम उठाएको छ । नवनियुक्त बोर्डका अध्यक्ष केशव भट्टराईको कदमलाई निर्माताहरुले स्वागत गरेका छन् भने फिल्म वितरकले आपत्ति जनाएका छन् ।
कलंक रोकिएपछि झरना थापाको ए मेरो हजुर–३ ले पाँच दिनमा साढे चार करोड आम्दानी गरेको निर्माताले बताएका छन् । तर उनीहरुको दावीलाई भने कतिपयले पत्याउन सकेका छैनन् ।

The post नेपालमा हिन्दी फिल्म ‘कलंक’ रोकिँदा झरना थापाको मुहार चम्कियो appeared first on YesKathmandu.com.

0 comments:

Post a Comment

Loading...

Popular Bla Bla's

Loading...

Latest Bla Bla's on Fun2Sh

Powered by Blogger.
Copyright © Funtoosh Blog