Thursday, April 18, 2019

हनुमानढोकादेखि स्वयम्भूसम्मको पदमार्ग जोडने गुरुयोजना सार्वजनिक

काठमाडौं । विश्व सम्पदा सूचीमा रहेको हनुमानढोकादेखि स्वयम्भूसम्मको पदमार्ग जोडने गुरुयोजना सार्वजनिक गरिएको छ। बिहीबार विश्व सम्पदा दिवसको अवसर पारेर काठमाडौं महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्यले हनुमानढोकामा एक कार्यक्रमकाबीच सो गुरु योजना सार्वजनिक गरेका हुन्।

कारिब दुई किलोमिटर दुरीमा रहेका दुई विश्व सम्पदा क्षेत्र स्वयम्भू र हनुमानढोका दरबार क्षेत्रको सम्पदा जोड्ने मार्ग उद्घाटन गरिएको हो।

काठमाडौं महानगरपालिकाको लगानीमा दुई विश्व सम्पदाहरुको बीचमा २ दशमलव २ किलो मिटर पैदल यात्रा निर्माण गर्ने योजना तय गरिएको छ। कार्यक्रममा बोल्दै महानगरका मेयर शाक्यले स्थानीय सम्पदाहरुको संरक्षण गर्ने र त्यसलाई पर्यटनसँग जोडेर समृद्धिको अभियानलाई तीव्रता दिन सो गुरुयोजना तय गरिएको बताए।

उनले काठमाडौं महानगरपालिकाको सम्पदाहरुको पुनर्निर्माणमा सहयोग गर्न पनि सबैलाई आह्वान समेत गरेका छन्। मेयर शाक्यले काठमाडौंका सम्पदाहरुको संरक्षणमा स्थानीय संघ, संस्थाहरु जुटे त्यसमा ८५ प्रतिशत लगानी गर्न काठमाडौं महानगरपालिका तयार रहेको समेत जानाकारी दिए।

The post हनुमानढोकादेखि स्वयम्भूसम्मको पदमार्ग जोडने गुरुयोजना सार्वजनिक appeared first on YesKathmandu.com.

0 comments:

Post a Comment

Loading...

Popular Bla Bla's

Loading...

Latest Bla Bla's on Fun2Sh

Powered by Blogger.
Copyright © Funtoosh Blog