Tuesday, April 30, 2019

प्रत्येक वडामा मेलमिलाप केन्द्र खोल्न माग

१७ वैशाख, काठमाडौं । मेलमिलापकर्ताको दोस्रो राष्ट्रिय सम्मेलनले प्रत्येक वडामा मेलमिलाप केन्द्र स्थापना गर्न माग गरेको छ । वैशाख १६ र १७ गते काठमाडौंमा भएको सम्मेलनले प्रत्येक वडामा दक्ष मेलमिलापकर्ता रहने मेलमिलाप केन्द्र स्थापना गर्न स्थानीय तहको न्यायिक समितिलाई आग्रह गरेको छ ।

सर्वसाधारणले विवादसम्बन्धी उजुरी वडामै दर्ता गर्न सक्नेगरी मेलमिलाप केन्द्र खोल्नुपर्ने सम्मेलनपछि मंगलबार जारी २५ बुँदे घोषणापत्रमा उल्लेख गरिएको छ । हाल स्थानीय तहमा नगरपालिकाको उपप्रमुख वा गाउँपालिकाको उपाध्यक्षको अध्यक्षतामा न्यायिक समिति रहेको छ । यो समितिले सामान्य विवादमा मेलमिलाप गराउँदै आएको छ ।

सम्मेलनले मेलमिलाप कार्यमा आर्थिक अभाव रहेको भन्दै बजेट व्यवस्था गर्न संघीय सरकारसँग माग गरेको छ । हाल प्रचलनमा रहेको अदालत सवद्ध मेलमिलाप, स्थानीय तहको न्यायिक समितिमार्फत हुने मेलमिलाप, समुदायमा आधारित मेलमिलाप र गैर सरकारी संस्थाहरुको पहलमा हुने मेलमिलाप गरी सबैमा बजेट अभाव रहेको सम्मेलनको घोषणापत्रमा उल्लेख गरिएको छ ।

सम्मेलनले मेलमिलापकर्ताको न्युनतम पारिश्रमिक निर्धारण गर्न पनि माग गरेको छ । मेलमिलापकर्ताको पारिश्रमिक निर्धारण नहुँदा हाल कतिपयले निशुल्क र कतिपयले अत्यन्तै न्युन पारिश्रमिकमा काम गर्दै आएका छन् । सम्मेलनले मेलमिलापकर्ता सूचीकरण गर्दैमा ब्यवसायिक रुपमा गर्ने वा स्वयंसेवा गर्ने हो खुलाएर गर्नुपर्ने पनि बताएको छ ।

सम्मेलनले अदालतमा दायर भएका मुद्दा पनि मेलमिलाप हुन सक्ने खालकालाई मेलमिलापकै लागि पठाउन न्यायाधीशलाई प्रेरित गर्नुपर्ने बताएको छ । मेलमिलापको प्रयत्न असफल भएपछि मात्र अदालतमा मुद्दा दायर गर्ने गरी कानून संशोधन गर्नुपर्ने पनि सम्मेलनले ठहर गरेको छ । सम्मेलनले मेलमिलापलाई सहयोग र प्रोत्साहित गर्ने व्यवस्था राखेर कानून व्यवसायीको आचारसंहिता संशोधन गर्न कानून व्यवसायी परिषदलाई आग्रह पनि गरेको छ ।

नेपालमा मेलमिलाप हुनेसम्मका देवानी प्रकृतिका विवादहरु मेलमिलाप केन्द्रमार्फत समाधान गर्ने उद्देश्यले मेलमिलापसम्बन्धी ऐन २०६८ प्रचलनमा छ । मेलमिलापकर्ता चयन, तालिम सञ्चालनलगायतका काम गर्नका लागि सर्वोच्च अदालतका न्यायाधीशको अध्यक्षतामा मेलमिलाप परिषद गठन गरिएको छ । २५ वर्ष पूरा भएको, स्नातक उतीर्ण, नैतिक पतन नभएको र होस ठेगानमा रहेको व्यक्तिले तोकिएको तालिम लिएर मेलमिलापकर्तामा सूचीकृत हुन सक्ने व्यवस्था ऐनमा गरिएको छ ।

सम्मेलनमा स्थानीय न्यायिक समितिका संयोजक, सामुदायिक मेलमिलापकर्ताहरु, अदालतप्रेषित मेलमिलापकर्तासहित १ सय ५३ जना सहभागी थिए । सम्मेलनमा विभिन्न ५ वटा कार्यपत्र पेश गरिएको थियो ।

Continue Reading…

USAA Personal Loans Review

USAA Bank has been providing banking services for military members and their families since its founding in 1922. Individuals who are currently serving in the U.S. Air Force, Army, Coast Guard, Marines, Navy, National Guard and Reserves, plus retired military members and family members, have the opportunity to join USAA Bank and take advantage of its services and perks.

Currently, USAA Bank offers members a wide range of financial products ranging from auto insurance and renter’s insurance to checking accounts, savings accounts, and mortgages. USAA also offers personal loans with competitive interest rates and a quick application process that can help you access your funds in no time.

If you’re a military member, a veteran, or a military family member who banks with USAA and needs to borrow money, you may want to consider their personal loan products. Keep reading to learn how they work, how USAA personal loans compare to competitors, and how to get started.

USAA Personal Loans: Key Takeaways

  • Borrow between $2,500 and $50,000 and pay it off over 12 months to 84 months.
  • Receive an interest-rate discount when you sign up for autopay.
  • Apply online and have your loan funds deposited in your bank account as soon as the same business day.
  • Interest rates on USAA personal loans range between 9.49% and 17.65%.
  • Pay no application fee, no origination fee, and no hidden fees.

USAA Bank Personal Loans: Fast Financing for Military Members

While USAA Bank offers attractive personal loans with a quick and easy application process, they aren’t available for everyone. To qualify for a personal loan from USAA, you must first become a member.

You can become a member if you serve in a branch of the military or are a military veteran who was discharged honorably. Others who qualify include “widows, widowers and un-remarried former spouses of USAA members who had USAA auto or property insurance while married and individuals whose parents have or had USAA auto or property insurance,” notes the bank. You may also be able to qualify for USAA membership if you’re a cadet or a midshipmen “at U.S. service academies, in advanced ROTC or on ROTC scholarship, plus officer candidates within 24 months of commissioning.”

If you meet the criteria to qualify for USAA membership, their personal loans may be a fit for your borrowing needs. USAA states that their loans are perfect for debt consolidation, home remodeling projects, or even adding a pool in your backyard.

One big benefit of USAA personal loans is the fact that you can complete the entire application process online and have the funds deposited in your USAA bank account as soon as the same business day. That makes these loans ideal for military members or veterans who already bank with USAA and need money fast.

USAA also states that you’ll get a 0.25% rate discount for setting up automatic payments, which provides a solid incentive to sign up for this program. The biggest plus of these loans, however, is that they come with no application fees, no origination fee, and no hidden fees.

Here’s an example of a USAA personal loan for a consumer with excellent credit:

USAA Personal Loans: What to Watch Out For

It’s true that USAA offers personal loans with fast and easy funding, but their rates aren’t as low as many competing banks. This is especially true for consumers with excellent credit who may qualify for rates as low as 5.99% APR with lenders like Earnest or Marcus by Goldman Sachs. These lenders also offer loans with no origination fee, application fees, or hidden fees, so they could save you considerable sums of interest over time if you qualified for their lowest rates.

Another downside of USAA’s personal loan offerings is the fact they’re only available to military members. This means regular consumers can’t even apply. You also need to join USAA and become a member before you can even apply for a personal loan. This is an added step some consumers may not want to take, military affiliation or not.

Who USAA Personal Loans are Best For:

  • Military members with less than perfect credit who may pay a higher interest rate with other lenders.
  • USAA members who need funding the same day.
  • Members who want a personal loan with no origination fees or hidden fees.

How We Rate USAA Personal Loans

At The Simple Dollar, we aim to provide a general overview of a lender’s products and services through a standard rating process. After a thorough research and discovery period, here’s how USAA stacks up:

USAA Personal Loans at a Glance
Overall Rating
🌕🌕🌕🌗🌑
Affordability (interest rates, fees, and terms) 🌕🌕🌕🌕🌑
Availability (credit requirements, geographic reach) 🌕🌕🌑🌑🌑
Ease of Use 🌕🌕🌕🌕🌑
Transparency 🌕🌕🌕🌕🌑

How to Apply for a Personal Loan through USAA

To begin the application process for a personal loan through this bank, you’ll first need to become a USAA member. To become a member, you’ll need to create an account online by providing your date of birth, your contact information, a Social Security number, and details about the military service that deems you eligible.

From there, you can apply for your personal loan online and through USAA’s secure website. USAA doesn’t allow you to get “pre-qualified” for a loan without a hard inquiry on your credit report, but they will show you the rate you qualify for right away if you’re approved. If you decide to move forward, you may be able to have your loan funds deposited in your bank account as soon as the same business day.

The Bottom Line

There are many reasons to consider a personal loan for your borrowing needs. This type of loan comes with a fixed interest rate for starters, but you also get a fixed repayment period and a fixed monthly payment that will never change. Rates for personal loans are also considerably lower than what you’ll get with credit cards, making personal loans are more affordable option any time you need to borrow money for the long haul.

USAA personal loans are a good option for some military members, but consumers with excellent credit would likely save money if they went with a different lender. No matter where you stand, it always make sense to shop around and compare loan terms and rates with at least three lenders before you decide.

Related Articles: 

The post USAA Personal Loans Review appeared first on The Simple Dollar.

Continue Reading…

प्रधानमन्त्रीलाई कालोझण्डा देखाउने घिमिरे रिहा

१७ वैशाख, बुटवल । बुटवलको जितगढीमा वैशाख ७ गते प्रधानमन्त्री केपी शर्मा ओलीलाई कालो झण्डा देखाउने रुद्रप्रसाद घिमिरे रिहा भएका छन् ।

सर्वोच्च अदालतका न्यायाधीश दीपककुमार कार्की र हरिप्रसाद फुयालको संयुक्त इजलासले घिमिरेलाई गैरकानूनी रुपमा थुनामा राखिएको भन्दै मंगलबार बन्दी प्रत्यक्षीकरण रीट जारी गरेपछि उनी रिहा भएका हुन् ।

उनलाई इलाका प्रहरी कार्यालयमा १० दिन थुनामा राखिएको थियो । बुटवल उपमहानगरपालिका १ मा वैशाख ७ गते प्रधानमन्त्रीले भाषण गरिरहेका बेला कालो झण्डा देखाउँदा देखाउँदै घिमिरे पक्राउ परेका थिए ।

घिमिरेलाई थुनामा राख्दा संवैधानिक तथा कानुनी रुपमा संरक्षित अभिव्यक्ति स्वतन्त्रता एवं मानव अधिकारको चरम उल्लंघन भएको दावी गर्दै महेश डंगोलले सर्वाेच्च अदालतमा बन्दी प्रत्यक्षीकरणको रीट दायर गरेका थिए ।

मंगलबार सर्वाेच्चमा घिमिरेको पक्षमा वरिष्ठ अधिवक्ता बालकृष्ण न्यौपाने, सुरेन्द्र भण्डारी र डा. नारायणप्रसाद घिमिरे तथा अधिवक्ताहरु अनन्तराज लुईंटेल र विकास भट्टराईले बहस गरेका थिए ।

Continue Reading…

सौतेनी आमासँग करणी गरेको आरोपमा युवक पक्राउ

१७ वैशाख, जनकपुरधाम । धनुषामा सौतेनी आमालाई करणी गरेको आरोपमा एक युवक पक्राउ परेका छन् ।

जिल्लाको बिहारी नगरपालिका ५ मा २८ वर्षकी महिलालाई करणी गरेको आरोपमा २५ वर्षका युवक मंगलबार दिउँसो पक्राउ परेका छन् ।

महिला युवकका बुबाको कान्छी श्रीमती रहेको प्रदेश २ प्रहरी कार्यालयले जानकारी दिएको छ । यस विषयमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

Continue Reading…

प्रधानमन्त्रीलाई कांग्रेसको आग्रह : न्यायाधीश बन्ने लोभ नगर्नुस्

१७ वैशाख, काठमाडौं । प्रमुख विपक्षी नेपाली कांग्रेसले बालुवाटार जग्गा प्रकरणमा प्रधानमन्त्रीको अभिव्यक्तिप्रति आपत्ति जनाएको छ । उसले प्रधानमन्त्री केपी शर्मा ओलीलाई न्यायाधीश बन्ने लोभ नगर्न आग्रह गरेको छ ।

मंगलबार नेकपा संसदीय दलको बैठकमा प्रधानमन्त्री ओलीले जग्गा प्रकरणमा मुछिएका नेकपा महासचिव विष्णु पौडेलको बचाउ गरेका थिए । सरकार र नेकपालाई कमजोर बनाउने पौडेलबारे भ्रम छरेको उनको दाबी छ ।

पौडेलले पनि बालुवाटारमा ८ आना जग्गा किनेको तर, सरकारी जग्गा व्यक्तिको नाममा लैजान आफ्नो भूमिका नभएको स्पष्टीकरण दिएका छन् ।

तर, कांग्रेसले भने प्रधानमन्त्रीले अमुख व्यक्तिको वकालत गर्न गलत भएको बताएका छन् । प्रवक्ता विश्वप्रकाश शर्माले विज्ञप्ति जारी गर्दै भनेका छन्, दोषीलाई जोगाउने ढंगले, बिषयलाई ढाकछोप गर्ने, मोड्ने र विषयान्तर गर्ने ढंगले गरिने प्रचारहरुप्रति सजगताका लागि अपिल गर्दछौं ।’

पार्टी सभापति शेरबहादुर देउवाले संसदमै बोलेर बालुवाटार जग्गा प्रकरण उठाइसकेको अवस्थामा फेरि विज्ञप्ति जारी गर्नु भएछ नि भन्ने प्रश्नमा प्रवक्ता शर्माले भने, ‘प्रधानमन्त्रीले संसदीय दलमा बोल्नु भएछ नि ।’

बाइडवडी प्रकरणमा पनि प्रधानमन्त्रीले यसरी नै अमुख व्यक्ति निर्दोष हो भनेको स्मरण गर्दै शर्माले भने, ‘प्रधानमन्त्री प्रधानमन्त्री रहनुस्, न्यायाधीश नबन्नुस् । प्रधानमन्त्रीले अमुख नेताको एड्भोकेसी गरेको सुहाउँदैन ।’

Continue Reading…

बालुवाटार प्रकरणमा बिष्णु पौडेलको संलग्नता छैन, अनावश्यक हल्ला गरियो- देवेन्द्र पौडेल

काठमाडौं । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का स्थायी समिति सदस्य देवेन्द्र पौडेलले नेकपाका महासचिव विष्णु पौडेलको नाम बालुवाटार जग्गा प्रकरणमा आवश्यकभन्दा बढि हल्ला गर्न आवश्यक नरहेको बताएका छन् ।

मंगलबार राजधानीमा आयोजित कार्यक्रममा बोल्दै नेता पौडेलले बालुवटार जग्गा प्रकरणमा विष्णु पौडेलको संलग्नता नरहेको दावि गरे । उनले भने, ‘यो विषयमा नैतिकताको आधारमा उहाँले राजीनामा दिने कुरा होईन, ८ आना जग्गा किन्नुभएको हो । उहाँले सरकारी स्रोत दुरुपयोग गरेर किन्नुभएको होईन् । व्यक्तिलाई जग्गा किनबेचको अधिकार छ ।’

नेता पौडेलले व्यक्तिले जग्गा किनबेच गर्न पाउने बताए । ‘ विष्णुजीले ०६१ सालमा जग्गा किन्नुभएको हो । त्यतिवेला उहाँको पार्टी शक्तिशाली पनि थिएन् ।’ नेता पौडेलले भने, ‘ त्यति बेला सरकारमा पनि थिएन् । उहाँले सरकारी हैसियतमा त्यो जग्गा किनेको होईन् । तर, सार्वजनिक पद धारण गरेका व्यक्तिहरु पारदर्शी हुनुपर्छ ।’

एक ईन्चपनि सरकारी जग्गा अपचलन नगर्ने स्पष्ट पारेका छन् । उनले भने,‘यदि कसैले सरकारी जग्गा अतिक्रमण गरेको छ भने सरकारलाई प्रमाण दिनुहोस, दोषीहरुलाई कारबाही गर्छ ।’ वर्तमान सरकारले भ्रष्टाचार हुनै नदिने पनि पौडेलले विश्वास दिलाए । उनले भने,‘यदि भ्रष्टाचार गरेको प्रमाणित भयो भने अनुहार पनि नहेरी ठाडै कारबाही हुन्छ । यो कुरा आजपनि प्रधानमन्त्री केपी शर्मा ओलीले हाम्रो संसदीय दलको बैठकमा भन्नुभएको छ।’

भ्रष्टाचार गरेको प्रमाणित भएकाहरु कोही पनि नबच्ने उनले उद्धघोष गरे । यद्धपी बिना कारण र प्रमाण कसैलाई पनि कारबाही नहुने उनले जिकिर गरे । नेता पौडेलले सरकारले आफ्नो स्वामित्वमा रहेका सबै जग्गाको संरक्षण गर्ने स्पष्ट पारे । उनले भने ,‘यदि कसैले सरकारी जग्गा अतिक्रमण गरेको छ भने भूमाफीया र उनीहरुको कुनै पक्ष वा अंशलाई पनि बाँकी राख्दैन् । सरकारले ठाडै कारबाही गर्छ ।’

Continue Reading…

पत्रकार महर्जन रिहा

१७ वैशाख, काठमाडौं । पत्रकार जितेन्द्र महर्जन रिहा भएका छन् । सर्वाेच्चले बन्दीप्रत्यक्षीकरणको रिटमा सुनुवाई गर्दै मंगलबार पत्रकार महर्जनलाई छोड्न आदेश दिएको हो ।

नेपाल पत्रकार महासंघका तर्फबाट केन्द्रीय सदस्य जन्मदेव जैसीले दायर गरेको रिटमाथि सुनुवाई गर्दै सर्वाेच्चका न्यायाधीसद्वय दीपककुमार कार्की र हरिप्रसाद फुयालको इजलासले रिहाइको आदेश दिएको हो ।

राज्यविरुद्धको मुद्धा लगाइएका पत्रकार महर्जनलाई यसअघि पनि न्यायाधीसद्वय अनिलकुमारमा सिन्हा र डम्मबरबहादुर शाहीको इजलासले रिहाई गर्न आदेश दिएको थियो । तर, रिहाई भए लगत्तै महर्जनलाई प्रहरीले पक्राउ गरेको थियो ।

नेपाल पत्रकार महासंघले महर्जनको रिहाईको माग गर्दै विभिन्न दवावमुलक कार्यक्रम गर्दै आएको थियो ।

Continue Reading…

मजदुर दिवसमा हेमन्तको गीत रिलिज

गायक हेमन्त शर्माले मजदुर दिवसको अवसर पारेर मजदुरको कथा बोकेको गीत सार्वजनिक गरेका छन् । यो गीतमा सबैलाई स्वतन्त्र हुन आग्रह गरिएको छ । गायक शर्माकै शब्द तथा संगीत रहेको गीतको म्यूजिक भिडियोमा पनि मजुदुरको कथालाई समावेश गरिएको छ ।

उनले गीत मार्फत साना– साना उपलब्धिहरुमा पनि खुशी मिल्ने भाव प्रस्तुत गरेका छन् । गायक शर्माले सार्वजनिक गीतलाई जनताको गीत भनेका छन् । गीतको म्यूजिक भिडियोमा युमी बलामी तथा शुभम भुजेलले अभिनय गरेका छन् । साथमा एउटै खुट्टाले नृत्य प्रस्तुत गरेर चर्चामा रहेकी कलाकार रोमा न्यौपानेलाई पनि उक्त म्यूजिक भिडियोमा देख्न सकिन्छ । गीतको म्यूजिक भिडियो गायक शर्मालेनै निर्देशन गरेका हुन् ।

Continue Reading…

वीरगञ्जको श्रीपुरमा भिषण आगलागी

१७ वैशाख, वीरगञ्ज । वीरगञ्ज ११ को श्रीपुरमा भिषण आगलागी भएको छ । पेन्ट गोलामबाट आगो सुरु भएको थियो । आगलागी भएको क्षेत्रमा नेपाल फर्मासिटकल्स लिमिटेड (एनपीएल)को औषधि कारखाना र बाक्लो बस्ती छ ।

वीरगञ्ज महानगरपालिकाको दमकल आएको छ भने अर्को आउने क्रममा छ ।

 

Continue Reading…

बालुवाटार प्रकरणमा कांग्रेसको स्पष्टिकरण: दोषि को हो जगजाहेर छ

काठमाडौं । नेपाली कांग्रेसले बालुवाटार जग्गा प्रकरणमा तथ्यलाई बग्याउन खोजिएको भन्दै आपत्ति जनाएको छ । कांग्रेसले सत्य तथ्य छानबिन गरि दोषिलाई कारबाहिको माग समेत गरेको छ ।

मंगलबार एक विज्ञप्ति जारी गर्दै कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले बालुवाटार जग्गा प्रकरणका विषयमा गहिरो छानविन गरेर दोषिलाई कारबाहि गर्न माग गरेका हुन् । ‘बालुवाटारको सरकारी जग्गा व्यक्तिका नाममा दर्ता भएको गम्भीर विषयप्रति नेपाली कांग्रेसले सार्वजनिक रुपमा आपक्ति व्यक्त गर्दै आएको तथ्य सर्वविदितै छ’, विज्ञप्तिमा उल्लेख गरिएको छ, ‘वैशाख २५ बाट शुरू हुने ‘राष्ट्रिय जागरण अभियान’मा यस्ता सबै खाले विसंगतिका विरुद्ध राष्ट्रव्यापी रुपमा आवाज घनिभूत तुल्याइदैछ ।’

जग्गा प्रकरणबारे स्वयं सभापति शेरबहादुर देउवाले १६ गतेको प्रतिनिधिसभाको बैठकमा कडा अभिमत व्यक्त गरिसकेको शर्माको दाबी छ । उनले विज्ञप्तिमा लेखेका छन्, ‘नेपाली कांग्रेस सो प्रकरणको गहिरो छानवीन गरेर दोषीलाई दण्डित गरिनुपर्ने विषयमा एकमतका साथ प्रष्ट रहेको धारणा दोहोर्याउन चाहन्छ ।’

बालुवाटारको जग्गा कसको नाममा कसरी पुग्यो भन्नेबारेमा सार्वजनिक भइसकेको शर्माले दाबी गरे । ‘तथ्यको जगमा सत्यको खोजी र दोषीमाथि कारवाहीका लागि आम नागरिकको सजगता, संचार माध्यमको निष्पक्ष प्रखरता, अनुसन्धानकर्मीको इमानदारीतासँगै प्रतिपक्षको दबाब र सरकारको ईमान्दार विवेक यतिबेला परिक्षाको कसीमा छ’, शर्माले विज्ञप्तिमार्फत भनेका छन्, ‘नेपाली कांग्रेस बालुवाटार जग्गा प्रकरणमा गहिरो र गम्भीर छानबिनका साथ कुनैपनि मोलाहिजा बेगर दोषीमाथि कारवाहीको माग पुन दोहोर्याउन चाहन्छ ।’

बालुवाटार जग्गा प्रकरणमा कांग्रेस सभापति देउवाको पनि संलग्नता रहेको समाचार विभिन्न सञ्चार माध्यहरुबाट बाहिएपछि प्रवक्ता शर्माले मंगलबार एक विज्ञप्ति मार्फत स्पष्टिकरण दिएका हुन् ।

 

Continue Reading…

केएनपी राष्ट्रिय महिला भलिबलको उपाधि एपिएफको पोल्टामा

काठमाडौं । विभागीय टोली नेपाल एपिएफ क्लब केएनपी राष्ट्रिय महिला भलिबल च्याम्पियन बन्‍न सफल भएको छ । अर्को विभागीय टोली त्रिभुवन आर्मी क्लबलाई ३-० को सोझो सेटमा पराजित गर्दै एपिएफले उपाधि रक्षा गरेको हो ।

लगनखेलस्थित सैनिक तालिम केन्द्रको कोर्टमा भएको फाइनल भिडन्तमा एपिएफले सोझो नतिजा निकाल्दै उपाधि आफ्नो पोल्टामा पारेको हो । अर्कातिर नेपाल पुलिस क्लबलाई ३-० को सेटमा पराजित गर्दै न्यू डायमन्ड तेस्रो बन्‍न सफल भएको थियो ।

Continue Reading…

मामाले दोस्रो बिहे गर्दा भान्जाको अपहरण

१७ वैशाख, सप्तरी । राजगढ गाउँपालिका ३ नर्घोका जागेश्वर यादवका १२ वर्षीय छोरा लक्ष्मण शुक्रबार मामा भोलेन्द्र यादवको बिहेमा जन्ती गए । राजगढ गाउँपालिकामै गएको जन्ती बेहुलीलाई लिएर फर्कियो तर, लक्ष्मण आएनन् । भोलेन्द्रले जिल्ला प्रहरी कार्यालय आएर आइतबार हुलियासहित भान्जा हराएको भन्दै निवेदन दिएका थिए ।

लक्ष्मणको प्रहरीले सोमबार राति भारतबाट उद्दार गरेको सप्तरीका प्रहरी प्रमुख एसपी राजेन्द्र बिष्टले जानकारी दिए । उनका अनुसार बिहार राज्य अन्तर्गत दरभंगा र सितामढीको बीचमा रहेको एक ढावाबाट उद्दार गरिएको हो ।

भोगेन्द्रले अर्काे विवाह गरेपछि उनलाई भान्जालाई अपहरण प्रहरीको अनुसन्धानले देखाएको छ ।

मामाको दोस्रो विवाह, भान्जाको अपहरण 

बालकको उद्दारपछि सप्तरी प्रहरीले मंगलबार पत्रकार सम्मेलन गरी घटनाको नालीबेली सुनाएको छ । बिष्टका अनुसार निवेदन परे लगतै बालक अपहरण परेको निष्कर्ष निकाल्दै चार वटा टोली खोजीमा जुटेको थियो ।

मुम्बईमा काम गरिरहेका बालकका पिता तथा गाउँमा रहेका ठूलो बुवा वीरेन्द्रलाई अपहरणकारीले ५० लाख फिरौती मागेको सूचना पनि प्रहरीलाई थियो । तर, प्रहरीले खोजी तीव्र बनाएपछि अपहरणकारीले बालकलाई एउटा ढाबा (होटल) मालिकको जिम्मा लगाएर भागेको छ ।

‘ढावाबालालाई नेपालबाट मान्छे लिन आउँछ, अनि दिनुहोला भनेर अपहरणकारीले भनेका रहेछन्’ एसपी बिष्टले भने, ‘हामी त्यहाँ पुग्दा ठूलो भीड जम्मा भइसकेको रहेछ । हामीमाथि नै आक्रमण गरौं झै गरे ।’

उनका अनुसार उद्दार गर्दा बालकलाई मिठाईमा नशालु पदार्थ मिसाएर लठ्ठ पारिएको भेटिएको छ । प्रहरीले बालक अपहरणमा संलग्न रहेको आशंकामा तीन जनालाई नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको छ ।

प्रहरी श्रोतको दाबीलाई मान्ने हो भने नियन्त्रणमा लिएएका तीन जना अपहपरित बालकका मामा भोलेन्द्रकी जेठी श्रीमतीका माइती पक्षका व्यक्ति हुन् ।

भोलेन्द्रले केही वर्षअघि सप्तरीकै महदेवा गाउँपालिका निवासी एक युवतीसँग बिहे भएको थियो । तर, सम्बन्ध राम्रो भएन । पारिवारिक कलह सुरु भयो । दुबैले सप्तरी जिल्ला अदालतबाट सम्बन्ध विच्छेद गरे । भोलेन्द्रले अर्काे बिहे गर्ने निर्णय गरे । अपहरित बालक लक्ष्मणकी आमा (भोलेन्द्रकी दिदी) ले केटी खोज्न सहयोग गरिन् र शुक्रबार बिहे भयो ।

‘आफ्नी चेलीलाई छाडेर भोलेन्द्रले अर्की युवतीसँग विवाह गर्न लागेको खबरले उनका जेठी पत्नीको माइती पक्ष विरक्तियो र, बदला लिने खोजे’ प्रहरी श्रोतले भन्छ, ‘उनीहरुको निगरानीमा लक्ष्मण नै परे ।’

जन्ती गएका लक्ष्मण शौच गर्न बाहिर आएको समयमा दुई जना मिलेर उनलाई मोटरसाइकलमा राखेर अपहरण गरेको प्रहरीले जनाएको छ । अपहरणमा संलग्न भएको आरोपमा प्रहरीले भोलेन्द्रकी जेठी पत्नीका पिता, सालोको छोरा र आफन्तलाई पक्राउ गरेको छ ।

Continue Reading…

एपीएफले जित्यो राष्ट्रिय महिला भलिबलको उपाधि

काठमाडौं । पाँचौं केएनपी राष्ट्रिय महिला भलिबल प्रतियोगिताको उपाधि एपीएफले जितेको छ । मंगलबार भएको फाइनलमा आर्मीलाई ३-० को सोझो सेटमा हराउँदै एपीएफल लगातार पाँचौ पटक च्याम्पियान बनेको हो ।

एपीएफले आर्मीलाई २५-१४,२९-९ र २५-१५ को सोझो सेटमा पराजित गरेको थियो । उसले २ लाख हात पारेको छ भने आर्मीले १ लाखमा चित्त बुझायो ।

एपीएफको जितमा उत्कृष्ट खेलाडीको उपाधि जितेकी सरस्वती चौधरीले स्पाईकमार्फत २७ अंक, ब्लकमा ८ र सर्भिसबाट १ अंकको योगदान दिएकी थिइन् । फाइनल खेलकी वुमन अफ दि म्याच चुनिएकी नेभिका चौधरीले स्पाईकमा २३ अंक जोड्दा ब्लकमा ६ र सर्भिसबाट १ अंकको योगदान पुर्याइन् । एपिएफकै हिरा केसीले टिमका लागि स्पाईक र ब्लकबाट ९/९ अंक जोडिन् ।

उपबिजेता बनेको आर्मीकी निरुता ढंगुन्ना १३ अंक, सुनिता खड्काले १२ अंक तथा सोफिया पुनले ९ अंकको योगदान दिएका थिए ।

शेरवहादुर खड्का स्मृति प्रतिष्ठानको आयोजनामा भएको प्रतियोगितामा होङगान्जी न्यृडायमण्ड तेस्रो भयो । न्युडायमण्डले नेपाल पुलिसलाई २५-२२,२५-१८ र २५-२२ को सोझो सेटमा हराएको थियो ।

Continue Reading…

दीपक भन्छन्–‘रेटिङ होइन, फिल्मले २०–२५ करोड कमाउनुपर्यो’

निर्माता तथा कलाकार दिपकराज गिरीले कमेडी चलचित्रलाई दोश्रो दर्जाको मानिने गरिएको भन्दै समिक्षकसँग असन्तुष्टी पोखेका छन् । चलचित्र ‘छ माया छपक्कै’को कार्यक्रममा बोल्दै दिपकले भने–‘विदेशमा कमेडी चलचित्रले पनि ४ रेटिङ पाउँछन् । तर, नेपालमा २ भन्दा माथि कहिले उकालो लाग्दैन ।’

दिपकका अनुसार, कमेडी चलचित्रले समाजको गम्भिर कथालाई हाँस्यरसको माध्यमबाट भन्न सक्ने बताए । अरु, बिषयवस्तुका चलचित्रमा यसरी भन्न अप्ठ्यारो भएपनि कमेडी कथाका चलचित्रले भन्न सक्ने उनको भनाई थियो ।

समिक्षक दिपेन्द्र लामालाई लिएर चलचित्र बनाउन लागेका दिपकले समिक्षकलाई निर्देशनको जिम्मा दिएर रेटिङ बढाउन नखोजेको बताए । उनले ब्यङ्ग्य गर्दै भने–‘अहिले मलाई जती रेटिङ मेरा चलचित्र पाइरहेका छन्, त्यो नै ठिक छ । विदेशमा रेटिङ राम्रो पाएका चलचित्र चल्छन्, नेपालमा त्यसको उल्टो छ । रेटिङ बढ्न थाल्यो भने मलाई चिन्ता हुन्छ ।’

दिपकले समिक्षक निर्देशक लिनुको कारण रेटिङ बढाउनु नभएर २० करोडबाट व्यापार २५ करोड पुर्याउनु रहेको समेत बताए ।

Continue Reading…

फ्यानमाझ पूजाको यस्तो क्रेज

नायिका पूजा शर्माले यस अगाडि आफ्ना जन्मदिन धेरै पटक मनाइन् होला । तर, २७ औं बर्षमा प्रवेश गर्दै गर्दा उनको जन्मदिन विशेष रहन पुग्यो । नायिका पूजा शर्माले आफ्ना फ्यानहरुमाझ जन्मदिन सेलिव्रेशन गरेकी छिन् । काठमाण्डौको एक रेष्टुरेन्टमा फ्यानहरुकै आयोजनामा पूजा र नायक आकाश श्रेष्ठले केक काटे ।

नायिका शर्माले फ्यानहरुमाझ केक काट्दै भनिन्–‘मलाई यति धेरै माया फ्यानबाट पाउँछु भन्ने लागेको थिएनँ । यो माया नै मेरा लागि सबैभन्दा अमुल्य छ ।’ पूजा शर्माका करिब २ दर्जन फ्यानले एकसाथ भेला भएर उनको जन्मदिन सेलिव्रेशन गरेका थिए । जन्मदिनमा पूजालाई फ्यानहरुले सुनको सिक्री उपहार दिए । पूजालाई मात्र होइन, आकाशलाई पनि फ्यानहरुले सुनको सिक्री उपहार दिएका थिए । पूजा र आकाशलाई अन्य थुप्रै गिफ्ट ह्याम्पर पनि फ्यानहरुले उपहार दिएका थिए ।

पूजा शर्माको हार नमानी अगाडि बढ्ने शैली र हरेक कुरामा स्पष्ट बोल्ने बानी आफूहरुलाई विशेष मनपर्ने उनका फ्यानहरुले बताए । पूजा र आकाशको जोडी सबैभन्दा उत्कृष्ट लागेको उनीहरुको भनाई थियो । जन्मदिन विशेष कार्यक्रममा बोल्दै नायक आकाश श्रेष्ठले पूजाको पथमा आफू हिडेको बताए । पूजा जस्तो आफू पनि अगाडि बढ्ने र अरुलाई पनि सँगै लिएर जाने साथी पाएकाले आफू उनीसँग नजिक भएको उनले सुनाए ।

Continue Reading…

ठेकदारसँग रिसाए प्रधानमन्त्री ! मोबिलाइजेसनको पैसा लियो, अरु धन्दा गर्‍यो !

१७ वैशाख, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली निर्माण व्यवसायी अर्थात ठेकेदारहरुसँग आक्रोशित बनेका छन् । काठमाडौंमा मंगलबार बसेको नेकपा संसदीय दलको बैठकमा लामो मन्तव्य व्यक्त गरेका प्रधानमन्त्री ओलीले ठेकदारहरुले देश बर्बाद पारेको आरोप लगाए ।

नेकपा संसदीय दलका नेतासमेत रहेका प्रधानमन्त्री ओलीले धेरैवटा ठेक्काहरु लिएर काम नगर्नेमाथि सरकार कडारुपमा प्रस्तुत हुने चेतावनीसमेत दिए । प्रधानमन्त्री ओलीले काठमाडौंका केही सडकको उदाहरण नै दिए ।

प्रधानमन्त्री ओलीले दलको बैठकमा प्रस्तुत गरेको ठेकदारमाथिको आक्रोश यस्तो थियो-

कतिको मुटुमा ढ्याङ्ग्रो ढोकिएको होला, त्यसो भएर पहिल्यैबाट खुट्टा फुत्त झिक्नेखालका प्रयासहरु भएका हुन सक्छन्, म त्यसमा केही पनि भन्न चाहन्न अहिले । त्यो समयक्रममा हामी हेर्छौं ।

एउटा क्षेत्रमा मात्रै होइन, सबै क्षेत्रमा हामी भ्रष्टाचारको खोजविन, छानविन र अनियमितताको छानविन गर्छौं ।

अहिले पनि कतिपय ढिलाढाला गर्दिने । कामको जिम्मा लिने, काम नगर्ने । ठेकदारले नसक्ने गरी अनेक ठेक्का लिने । अनेक ठेक्का लिने र त्यो अपूरो राख्ने ।

काठमाडौंको वरिपरि साँघु जाने बाटो होस् कि चाँगुनारायण जाने बाटो होस् कि अर्कोतिर जाने बाटो होस्, या नागढुंगा कलंकी बाटो होस्, विभिन्न बाटाहरु एउटै मान्छेले ठेक्का दिएको छ, काम गर्दैन । शायद उसको क्षमता पनि छैन, एकैचोटि त्यत्रो काम गर्ने ।

देशको विकासलाई बर्बाद पारेर अनि मोबिलाइजेसनको पैसा लिएर मोबिलाइजेसनको पैसाले प्लटिङ गरेर, अरु-अरु काम गरेर, अरु-अरु धन्दा गरेर… ।

खर्बौंको ठेक्का लिने, त्यसो गर्दा १० अर्बको ठेक्का लियो भने २० प्रतिशतका दरले उसले २ अर्ब त मोबिलाइजेसनको पैसा पाउने भयो । २ अर्ब पैसा पायो भने काम नगर्‍यो, अनि अरु धन्दा गर्‍यो । अनि देशलाई बर्बाद । त्यसपछि त्यो सबै महंगो हुन्छ । काम राम्रो हुँदैन । यसप्रकारको परिपाटी छ । त्यस्ता परिपाटीहरुलाई हामी नियन्त्रण गर्ने, काम अगाडि बढाउने काम गर्दैछौं ।

मैले भनेको छु, म भ्रष्टाचार गर्दिनँ र भ्रष्टाचार सहन्न । भ्रष्टाचार कल्ले गर्‍यो, त्यसको मुख हेर्दिनँ, त्यसको काम हरेर कानूनवमोजिम दण्ड सजायँ गर्ने काम गरिन्छ । यसमा देशमा कसैलाई भ्रम नरहे पनि हुन्छ । कसैभित्र, कहीँ, कतै पनि भ्रम नरहे हुन्छ । भ्रष्टाचार गरेको फेला पर्‍यो भने, छानविन गर्दा भ्रष्ट आचार गरेको छ भने फेला परिहाल्छ र त्यसको कारवाही हुन्छ ।

हामीले कालोबजारी, तस्करी, भ्रष्टाचार, अनियमितता यस सम्बन्धमा अहिले जसरी कारवाही कहिल्यै पनि भएको थिएन ।

आग्रहपूर्ण ढंगले भन्नु, आग्रहपूर्ण ढंगले नक्कली आयोग बनाउनु, अख्तियारलाई ओझेलमा पारेर नक्कली आयोग बनाएर विरोधीहरुलाई तर्साउन खोज्नु बेग्लै कुरा हो ।

अहिले हामीले चलाएको भ्रष्टाचार विरोधी प्रयास यो नक्कली अनधिकृत कुनै संस्था निर्माण गरेर त्यसबाट विपक्षी तर्साउने, विपक्षी फसाउने हिसाबको होइन । देशलाई स्वच्छतामा लाने प्रयास हो ।

Continue Reading…

हतकडी र बलपूर्वक अनुसन्धान हुन सक्दैन : माहान्यायाधिबक्ता खरेल

१७ वैशाख, गुल्मी । माहान्यायाधिबक्ता अग्निप्रसाद खरेलले फौजदारी कसुरमा आरोपितहरुको हतकडी लगाएर र बलपूर्वक अनुसन्धान हुन नसक्ने बताए ।

मंगलबार जिल्ला सरकारी वकिल कार्यलय गुल्मीको नवनिर्मित भबनको उदघाटन गर्दै खरेलले घटनाहरुमा बलपूर्वक र हतकडी लगाएर अनुसन्धान हुन नसक्ने बताएका हुन् ।

उनले यातना दिएर बयान लिने समयको अन्त्य भएको बताए । सरकारी वकिल कार्यलयमा पीडितमैत्री कक्ष भएकाले पीडित साक्षी कक्षमा बसी शान्त रुपमा छलफल गर्नु पर्ने बताए ।

अनुसन्धानका क्रममा बयान लिदाँ आत्तिनु पर्ने अबस्था नहुने उनको भनाइ छ ।

महान्यायाधिबक्ता खरेलले संबिधानले नागरिकका धेरै अधिकारहरु सुनिश्चित गरेको भन्दै यसलाई कार्यान्वयन गर्नु पर्ने बताए । खरेलले आगामी चारवर्ष भित्रै सबै सरकारी वकिल कार्यालयहरुमा नयाँ भबनहरु बनाउने आश्वासन दिए ।

नयाँ भबनहरुमा पीडितमैत्री कक्ष र सुबिधा सम्पन्न निवास हुने उनले बताए । सरकारी वकिल सरुवा भएर जादाँ आवासका लागि बिगतमा आएका समस्याहरुको अन्त्य गर्ने गरी सुबिधा सम्पन्न भवनहरु निर्माण गर्ने उनको भनाइ छ ।

नवनिर्मित आवाससहितको सरकारी बकिल भवन २ करोर ९ लाख ९४ हजार २३७ रुपैयाँ १४ पैसामा बाँसुरी सुनिल समिर जेभीले निर्माण कार्य सम्पन्न गरेको हो ।

Continue Reading…

समाजकल्याणको निर्णयविरुद्ध टुकुचा तरकारी बजार अदालतमा

बैशाख १७, काठमाडौं । तरकारी बजार सञ्चालनका लागि गरिएको २५ बर्षे करार सम्झौता खारेजीबिरुद्ध टुकुचा तरकारी बजारले काठमाडौं जिल्ला अदालतमा मुद्धा दायर गरेको छ ।

समाज कल्याण परिषद हरिहर भवन र समाज कल्याण परिषदको अनियमितताबारे छानबिन गर्न गठित मोहनरमण भट्टराई नेतृत्वको आयोगलाई विपक्षी बनाएर मंगलबार मुद्धा दायर गरिएको हो ।

वरिष्ठ अधिवक्ता रमण श्रेष्ठले मुद्धा दायर गरेको हरित कृषि सहकारीका कार्यकारी प्रमुख कोमल चन्द्र बरालले जानकारी दिए । सरकारी जग्गा दर्ता तथा भाडामा दिने कार्यविधिलाई उद्वृत गर्दै दायर रिट निवेदनमा परिषदले एकतर्फीरुपमा परिषदले सम्झौता रद्द नसक्ने उल्लेख गरिएको छ ।

परिषदले २०७४ असोज १ गते आफ्नो स्वामित्वको ८ रोपनी जग्गामा २५ वर्षसम्म तरकारी बजार सञ्चालन गर्न दिन हरित कृषि सहकारीसंग करार सम्झौता गरेको थियो ।

सरकारद्वारा गठित पूर्व न्यायधिश मोहनरमण भट्टराई नेतृत्वको समाज कल्याण परिषदको अनियमितता छानबिन आयोगले टुकुचासहित भृकुटीमण्डपको ३ स्थानमा गरिएको करार बिद्यमान करार कानुन र सार्वजनिक खरिद ऐन बिपरित भएको जनाएको थियो ।

छानबिन समितिको प्रतिवेदनलाई टेकेर हरित कृषि सहकारी, काठमाडौं फनपार्क र ल्यम्ह पोचः संगको करार परिषदले खारेज गरेको थियो ।

यो पनि पढ्नुहोस फनपार्कलाई भृकुटीमण्डप छोड्न परिषदको पत्र यो पनि पढ्नुहोस टुकुचाको तरकारी बजारलाई लिएर नेकपाभित्र लफडा
Continue Reading…

शेयर बजारमा दोहोरो अकंको गिरावट

१७ वैशाख, काठमाडौं । शेयर बजार परिसुचक नेप्सेमा मंगलबार ११.७० अंकको गिरावट आएको छ । सोमबारदेखि ओरालो लागेको बजारमा लगानीकर्ताको आर्कषण मंगलबार जलविद्युतमा देखिए पनि बजार सुधार भने हुन सकेन ।

मंगलबार १३१०.३० मा खुलेको बजार ११.७० अंकको गिरावटपछि १२९८.६० को विन्दुमा झरेको छ । आज १७६ कम्पनीको २९ लाख ६७ हजार ३५८ कित्ता किनबेच हुंदा कारोबार रकम ९५ करोड ८६ हजार रुपैयाँ कायम रह्यो ।

मंगलबार कारोबार भएका ११ उपसमुह मध्ये ९ उपसमूहको सूचक नकारात्मक देखियो भने जलविद्युत र फाइनान्स उपसमुहको सूचक सकारात्मक देखियो । मंगलबार जलविद्युत समूहको सूचक ४५.४९ अंकले बढ्दा फाइनान्स समुहको सूचकमा पनि १.०३ अंकको सुधार आयो ।

मंगलबार सानिमा माई हाइड्रोपावरका शेयरधनीहरुले सबै भन्दा धेरै ९।९६ प्रतिशत कमाए भने राष्ट्रिय बीमा कम्पनीको शेयरधनीहरुले सबै भन्दा धेरै ५।९८ प्रतिशत गुमाएउन पुगे ।

Continue Reading…

समर्थकमाथि नै स्टार खेलाडी नेयमारले हात हालेपछि..

एजेन्सी । पेरिस सेन्ट जर्मेंन (पिएसजी) का प्रशिक्षक थोमस तुचेलले आफ्ना स्टार खेलाडी नेयमारको आलोचना गरेका छन्। फ्रेन्च कप फाइनलमा उनले नेयमारको आलोचना गरेका हुन्।

फेन्च कप फाइनलमा २-० को अग्रता गुमाउँदै २-२ को बराबरी पछि पिएसजी रेन्नेसविरुद्ध पेनाल्टीमा ६-५ ले पराजित भएको थियो। खेलपछि भिडियो खिच्दै गरेका एक समर्थकमाथि आक्रोशित हुँदै नेयमारले हात हालेका थिए। उक्त घटनामा बोल्दै तुचेलले नेयमारको त्यस व्यवहार अप्रत्याशित रहेको बताए।

उनले हारपछि सबैमा आक्रोश र निराशा हुने भन्दै खेलाडीले हारलाई अंगाल्दै समर्थकलाई इज्जत गर्न जरुरी भएको प्रतिक्रिया दिए ।

उक्त हारपछि पिएसजी लगातार ४ वर्षपछि पछि फ्रेन्च कप उपाधी जित्न बन्चित भएको छ ।

Continue Reading…

ओलीले खान्न भन्दाभन्दै सबै खाए : विश्वकर्मा

१७ वैशाख, काठमाडौं । नेपाली कांग्रेसका नेता मीन विश्वकर्माले बालुवाटार जग्गा प्रकरणको सेटिङ नेकपा महासचिव विष्णु पौडेलले मिलाएको आरोप लगाएका छन् । त्यही सेटिङ मिलाएबापत ८ आना जग्गा बकस पाएको विश्वकर्माको आरोप छ ।

मंगलबार रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कारमा नेता विश्वकर्माले भने, ‘मैले सुनेको चाहिँ उहाँले सबै सेटिङ मिलाएकोले त्यो ८ आना जग्गा बकस पाउनुभएको हो । आफ्नो नाममा राख्दा नराम्रो सन्देश जान्छ र अर्काको नाममा राख्दा सुरक्षित नहुने भएकाले छोराको नाममा राख्नुभएको हो अरे ।’

ललिता निवासलाई मोही कायम गर्न लाखौं/करोडौं खर्चिएका भूमाफियाहरुले पौडेलको कारण आफूहरु फसेको गुनासो गरेको उनको दाबी छ ।

‘किसुनजी, गिरिजाप्रसाद कोइराला, मनमोहन अधिकारी वा शेरबहादुर देउवा जो हुन्, सबैको बारेमा गहिरो छानबिन गरियोस्’ मीन विश्वकर्मा

प्रधानमन्त्री केपी शर्मा ओलीले खान्न भन्दाभन्दै बालुवाटार, खुल्लामञ्चलगायत सबै खान थालेको भन्दै उनले भने, ‘दुर्वाशा ऋषिले खान्न भन्दाभन्दै लड्डु खाएजस्तै ओलीजी पनि सबै खानुभयो ।’

बालुवाटार जग्गा प्रकरणमा मुछिएपछि पौडेलले नैतिकताको आधारमा राजीनामा दिनुपर्ने उनले बताए । नेता विश्वकर्माले भने, ‘सरकारी जग्गा हडप्न किर्ते गर्नेहरु, गैरकानूनी ढंगले सरकारी जग्गाहरु कब्जा गर्ने सबैजना दण्ड, सजायको भागीदार हुनुपर्छ ।’

कांग्रेस सभापति शेरबहादुर देउवाको नाम मुछिएकोतर्फ संकेत गर्दै उनले सरकारले हिजोबाट एक्कासी आफ्नो तातो खरानी प्रतिपक्षी दलतर्फ फालेको आरोप लगाए । ‘३३ केजी सुन तस्करी प्रकरणमा अनुहार हेर्दा आफ्नै मान्छे परेपछि ओलीजीले बाजेको सेकुवा बन्द गराउनुभयो । यो सरकार अपराधीकरणलाई संरक्षण गर्नेतर्फ लागेको छ’ कांग्रेस नेता विश्वकर्माले भने ।

जग्गा प्रकरणमा संलग्न सबैलाई कारबाही गर्नुपर्ने भन्दै उनले भने, ‘किसुनजी, गिरिजाप्रसाद कोइराला, मनमोहन अधिकारी वा शेरबहादुर देउवा जो हुन्, सबैको बारेमा गहिरो छानबिन गरियोस् ।’

राष्ट्रिय जनता पार्टी (राजपा) का उपाध्यक्ष वृषेशचन्द्र लालले बालुवाटार जग्गा प्रकरणका आरोपितहरुले उन्मुक्ति पाउन नहुने बताए ।

अहिले मुलुकमा लुटतन्त्र, भ्रष्टाचार र आर्थिक गतिविधिको अराजकता रहेको भन्दै उनले भने, ‘सबै क्षेत्रमा माफियाहरु सक्रिय छन् । भूमाफियाहरुको गतिविधि त झनै बढ्दो छ । भूमाफियाहरुले सरकारी जग्गा कब्जा गरेर निजी बनाएका छन् ।’

सत्तारुढ नेकपाका नेता देवेन्द्र पौडेलले वर्तमान सरकारले एक इन्च पनि सरकारी जग्गा अपचलन नगर्ने दावी गरे । ‘यदि कसैले सरकारी जग्गा अतिक्रमण गरेको छ भने सरकारलाई प्रमाण दिनुहोस्, दोषीहरुलाई कारबाही गर्छ’ उनले भने ।

नेकपाका महासचिव विष्णु पौडेलको नाम बालुवाटार जग्गा प्रकरणमा आवश्यकता भन्दा बढी हल्ला गर्न नहुने उनले टिप्पणी गरे । ‘उहाँले ०६१ सालमा जग्गा किन्नुभएको हो । त्यतिवेला उहाँको पार्टी शक्तिशाली पनि थिएन । सरकारमा पनि थिएन’ पौडेलले भने ।

Continue Reading…

प्रदेश १ को सम्पर्क राजधानी धनकुटा तोकियो

१७ वैशाख, विराटनगर । प्रदेश नम्बर १ को नाम र स्थायी राजधानी तोक्न नसकिरहेका बेला प्रदेश सरकारले धनकुटालाई सम्पर्क राजधानी तोकेको छ । मन्त्रिपरिषदको मंगलवार बसेको बैठकले धनकुटामा मुख्यमन्त्रीको सम्पर्क कार्यालय राख्ने निर्णय गरेको हो ।

यसअघि क्षेत्रीय प्रशासन कार्यालय रहेको भवनमा मुख्यमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय रहने गरि निर्णय भएको प्रदेश सरकारका प्रवक्ता हिक्मत कार्कीले जानकारी दिए । धनकुटा यसअघि पूर्वाञ्चल विकास क्षेत्रको राजधानी थियो ।

संघीय सरकारले क्षेत्रीय प्रशासन कार्यालयहरु भंग गरे लगत्तै प्रदेश सरकारले पूरानो क्षेत्रीय सदरमुकामलाई प्रदेशको सम्पर्क राजधानी बनाएको हो । त्यस्तै प्रदेश १ को यातायात कार्यालय पनि धनकुटामै राख्ने निर्णय प्रदेश सरकारले गरेको छ ।

यसैबीच प्रदेशको नाम र राजधानीका बारेमा छलफल गर्न नेकपा संसदीय दलको बैठक बुधवारदेखि बोलाइएको मुख्यमन्त्री शेरधन राईका प्रेस सल्लाहकार धुव्र सुवेदीले बताए ।

Continue Reading…

सत्यमोहन जोशीको जन्मदिनमा ललितपुरमा सार्वजनिक विदा, वर्षभर कार्यक्रम

काठमाडौं । सँस्कृतिविद सत्यमोहन जोशी सय वर्ष पुगेको अवसरमा ललितपुर महानगरपालिकाले जन्मशताब्दी मनाउन एक वर्षभर विभिन्न कार्यक्रम गर्ने भएको छ ।

नेपाली कला, सँस्कृति र साहित्यमा योगदान गरेका जोशी वैशाख ३० गते सय वर्ष पुग्दैछन् । त्यस दिन ललितपुर महानगरपालिकाले स्थानीय सरकारको अधिकार प्रयोग गरेर महानगरपालिकाभर सार्वजनिक विदा दिएको छ । महानगरपालिकाले २०७६ वैशाख ३० गतेदेखि २०७७ वैशाख ३० गतेसम्म विभिन्न कार्यक्रम गर्ने पनि बताएको छ ।

‘पाटनको एउटा सामान्य परिवारमा जन्मिएको व्यक्तिले आफ्नै बलबुतामा मुलुकको गरिमालाई उच्च बनाउन निर्वाह गरेको अमूल्य योगदानको सम्मानस्वरुप जन्मशताब्दी महोत्सव मनाउने निर्णय गरिएको हो’ महानगरद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।

जोशीको जन्मशताब्दी महोत्सव मनाउन ललितपुर महानगरपालिकाका मेयर चिरिबाबु महर्जनको संयोजकत्वमा १ सय ११ सदस्यीय समिति गठन भएको छ । समितिमा राष्ट्रियसभाका सांसदहरु, प्रतिनिधिसभाका सांसदहरु, प्रदेशसभाका सांसदहरु, काठमाडौं महानगरपालिकाका मेयरलगायत छिमेकी नगरपालिकाका मेयरलाई पनि समावेश गरिएको छ । ।

यस्ता छन् जन्मदिनका दिन वैशाख ३० गते हुने कार्यक्रम

१) शताब्दी महोत्सवको पहिलो दिन वैशाख ३० गते (जन्मदिन)मा मंगलबजारबाट लगनखेल, जावलाखेल हुँदै सांस्कृतिक जन्मोत्सव र्‍याली गरी बाजागाजासहित नगर परिक्रमा गराई र पुल्चोकमा विशेष कार्यक्रम गर्ने ।

२) विहान रक्तदान कार्यक्रम गर्ने ।

३) साँझ दिपावली कार्यक्रम गर्ने ।

४) महानगरपालिकाभित्र स्थायी बसोवास गर्ने १०० वर्ष पूरा गरेका जेष्ठ नागरिकहरुलाई सम्मान गर्ने ।

५) स्थानीय सरकारको अधिकार प्रयोग गरी वैशाख ३० गते महानगरपालिका अन्तर्गतका सबै कार्यालयहरुमा स्थानीय सार्वजनिक विदा दिने ।

वर्षभर गरिने कार्यक्रमको खाकासमेत महानगरपालिकाले तय गरेको छ । नेपाल र भारतको परापूर्व कालदेखिको दौत्य सम्बन्ध रहेको अशोक सम्राटको छोरी चारुमतीको बारेमा र्‍याली गर्ने, सेतो चैत्य पुस्तक अंग्रेजीमा प्रकाशन गर्ने, चारुमति पुस्तक नेपालीमा प्रकाशन गर्ने, जोशीको तस्विर अंकित व्यानर सगरमाथामा फहराउने, तस्वीर अंकित हुलाक टिकट प्रकाशन गर्न पहल गर्ने लगायतका कार्यक्रम रहेको महानगरले जनाएको छ ।

यसका साथै जोशीलाई गोसाइकुण्ड दर्शन गराउने, दिनचर्या समेटेर अडियो भिडियोको अभिलेख राख्ने, जोशीको विशेष स्मारिका पुस्तक प्रकाशन गर्नेलगायतका कार्यक्रम महानगरले तय गरेको छ ।

Continue Reading…

पहिचानको खोजी गर्दै ‘लयात्मक अस्तित्व’ चित्रकला प्रदर्शनी

१७ वैशाख, वीरगञ्ज ।

आक्रोश, पीडा
उकुसमुकुस, छटपटाहट, याद
मौनता, खोज, सिर्जनशीलता, उत्खनन्
निरन्तर यात्रा…

वीरगञ्जमा चलेको ‘लयात्मक अस्तित्व’ चित्रकला प्रदर्शनीमा राखिएका चित्रहरु हेरिसकेपछि उषा तितिक्षुले यस्तै  प्रतिक्रिया दिइन् । चित्रहरुको प्रदर्शन वीरगञ्जको राणीसति अतिथि सदनमा भइरहेको छ ।

सप्तरी हनुमाननगर घर भइ काठमाडौं बस्दै आएका हरिओम मेहताले कपडामा कोरिएका चित्र प्रदर्शन गरेका हुन् । तीन दिनदेखि प्रदर्शन चलिरहेको छ । तराई मधेसका विभिन्न ठाउँको इतिहास र अहिलेको वास्तविकता झल्कने २९ वटा चित्र प्रदर्शनीमा राखिएको छ ।

यो प्रदर्शनीले वर्ण विभेद अन्त्य गर्नका लागि प्रदर्शन गरिएको मेहताको भनाइ छ । र, प्रदर्शनी उनकै कथासँग जोडिएको छ । उनी ११ वर्षदेखि काठमाडौंमा बस्दै आएका छन् । ०६५ सालमा पहिलो पटक उच्च शिक्षा अध्ययनका लागि उनी काठमाडौं गएका थिए ।

काला वर्णका मेहतालाई काठमाडौंमा भेटिनेहरुले सोध्थे- तिमि इण्डियन हो ? उनी जवाफ दिन्थे – म नेपाली नै हो । तर, उनको जवाफले मान्छेहरुले चित्त बुझाउँदैन्थे । कतिपयले त अर्काे प्रश्न गर्थे, ‘ खै नेपाली भए नागरिकता देखाउ त ?’

धेरै पटक उनले यस्ता प्रश्नको सामना गर्नु पर्थ्यो । त्यो कुराले मलाई सँधै पोल्थ्यो । उनी भन्छन्, ‘त्यसपछि मैले अठोट गरें, अब बनाउने चित्र त्यो मेरो भूगोल, त्यहाँको इतिहास, संस्कृति र सभ्यतासँग जोडिएको हुनुपर्छ । जन्मेको ठाउँ वरपरको इतिहासलाई खोतल्न थाले । त्यही चित्र प्रदर्शन गर्दै आइरहेको छु । ‘

उनले वीरगञ्ज भन्दा अघि काठमाडौं, जनकपुर र बिराटनगरमा चित्रकला प्रदर्शन गरेका छन् । ‘वीरगञ्जको प्रदर्शनी आज सकिन्छ । त्यसपछि काठमाडौं र्फकन्छु,’ उनले भने, ‘प्रदर्शनीपछि केही मानिसहरुले चित्र खरिद गर्ने आश्वासन पनि दिएका छन् ।’

‘लयात्मक अस्तित्व’ नै किन ?

उनले संस्कृतिको वरपर रहेर अध्ययन गर्न थाले । समाजको सिम्रौनगढको इतिहास खोतल्न थाले । १०९७ देखि १३२६ सम्म मुगल सम्राटको साम्राज्य रहेको इतिहास भेटियो ।

धनुषाको मुखियापट्टीमा २५ सय वर्ष अगाडिको इतिहास रहेको पाए । त्यहाँ महाभारतकालीन पूर्ण टेराकोटाको मूर्ति फेला परेको रहेछ । बौद्धकाल भन्दा अघि त्यहाँ मिथिलाको राजधानी रहेको दावी इतिहासविद् गर्छन् ।

सिम्रौनगढ राज्य रहँदा सर्लाहीको मूर्तिया उपराज्य, सप्तरीको कनकपट्टी बि.स. ३२० देखि ५ सयसम्ममा विभिन्न बस्तुहरु फेला परेका छन् ।

सिराहाको खप्टेडाँडा १० हजार वर्षअघिका भाला फेला ठाउँ हो । यसरी १० हजार वर्षअघि २५ सय वर्ष हुँदै ८/९ वर्ष पुराना इतिहासहरु एकपछि अर्को एक अर्कासँग क्रमबद्ध रुपमा जोडिएर आइरहेका छन् । त्यसैलाई आफूले लयात्मक भनेको मेहताले बताए ।

उनले थपे, ‘यी ठाउँको वर्तमान अवस्था के छ त ? समाज र परिभेषको अस्तित्व के छ त त्यो पनि चित्रमा देखाउन खोजिएको छ । त्यसैले लयात्मक अस्तित्व भनेर नाम दिएको हुँ ।’

मधेस आन्दोलन, शक्तिको दुरुपयोग, भारतले सीमा क्षेत्रमा बाँध बाँधेका कारण नेपालमा पर्ने असरलगायतका कुरालाई चित्रमा उतारिएको उनको भनाइ छ ।

‘विदेहको राज, समृद्ध राज, जानकीको जन्मभूमि, शिक्षित भूमि, सुखी भूमि, समृद्ध र सम्पन्न भूमि भनिन्थ्यो,’ चित्रकार मेहताले भने, ‘तर, अहिले यो ठाउँ र यहाँका मानिसको अवस्था कस्तो छ त ? भन्ने कुरा पनि चित्रमा देखाउन खोजेको छु ।’

Continue Reading…

नागरिकसँग गरिएका प्रतिबद्धा पूरा गर्छौं- भीम रावल

डोटी । पूर्व उपप्रधानमन्त्री तथा गृहमन्त्री भीम रावलले नागरिकसँग विगतमा गरिएका सबै प्रतिबद्धता पूरा गरिने बताएका छन् ।

झोलुङ्गे पुल शिलान्यासका लागि डोटी पुगेका नेता रावलले पत्रकारसँग कुरा गर्दै नागरिकसँग विगतमा गरिएका सबै प्रतिबद्धता पूरा गरिने बताएका हुन् । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) सुदूरपश्चिम प्रदेशका ईञ्चार्जसमेत रहेका रावलले भने, “हामीले जनता सामु जे गर्छौं भनेका थियौँ ती सबै पूरा गरेरै छोड्छौँ ।” स्थानीय तहको निर्वाचनका क्रममा दिपायल सिलगढी नगरपालिका–५ घोल्तडामा पनि विगतमा गरिएको प्रतिबद्धता स्वरुप भूमिगत खानेपानी आयोजना निर्माण र झोलुङ्गे पुल निर्माण गर्न लागिएको नेता रावलले बताए ।

नेता रावलले सार्वजनिक यातायातका लागि दिपायल सिलगढी नगरपालिकाले किनेको नयाँ नगर बसको पनि एक कार्यक्रमका बीच पनि शुभारम्भ गरे ।

प्रादेशिक भौतिक पूर्वाधार मन्त्रालयको रु ५७ लाख ३१ हजार ४११ को लागतमा बन्न लागेको उक्त पुलले जिल्लाको पिपल्ला बजार, घोल्ताडा, रातुली तथा पाकरी गाउँ जोड्ने स्थानीयवासी टीकासिंह भण्डारीले जानकारी दिए ।

Continue Reading…

१० वर्षीया बालिकाको आत्महत्या, बुवाबिरुद्ध बलात्कारको उजुरी

१७ वैशाख, विराटनगर । १० वर्षीया बालिकाले आत्महत्या गरेपछि मोरङमा बुवाबिरुद्ध बलात्कार प्रयास गरेको उजुरी परेको छ । मोरङको बेलबारी नगरपालिका- ११ मा बस्दै आएकी बालिकाले आत्महत्या गरेपछि १४ वर्षीया दिदीले बुवाबिरुद्ध बलात्कार प्रयास गरेको भन्दै उजुरी दिएकी हुन् ।

प्रहरीका अनुसार आइतबार आफ्नै घरमा झुण्डिएको अवस्थामा बालिकाको शव भेटिएको थियो । आइतबार झुण्डिएको अवस्थामा बहिनीको शव फेला परेपछि सोमबार उनकी दिदीले झड्केलो बुवाबिरुद्ध बलात्कार प्रयासको किटानी जाहेरी दिएकी हुन् ।

बालिकाको उजुरीपछि सोमबार नै झड्केलो बुबालाई नियन्त्रणमा लिएर अनुसन्धान सुरु गरिएको जिल्ला प्रहरी कार्यालय मोरङका डीएसपी घनश्याम श्रेष्ठले जानकारी दिए । बुबालाई जबरजस्ती करणी उद्योग सम्बन्धी मुद्दा दायर गरी अनुसन्धान सुरु गरिएको डीएसपी श्रेष्ठले बताए ।

प्रारम्भिक अनुसन्धानका क्रममा बालिकाले पासो लगाएर आत्महत्या गरेको देखिएको प्रहरीको भनाइ छ । आइतबार आमाबुवा काममा निस्किएको बेला बालिकाले घरको सिलिङमा पासो लगाएर आत्महत्या गरेको प्रहरीले जनाएको छ ।

दिदीले दिएको उजुरीमा भने बुवाले बलात्कार प्रयास गरी दिएको मानसिक यातनाका कारण बहिनीले आत्महत्या गरेको दावी गरिएको छ ।

प्रहरीका अनुसार गत वैशाख १ गते झड्केलो बुबाले उजुरी गर्ने छोरीलाई जबरजस्तीकरणी प्रयास गरेका थिए । तर, भागेर बचेकी उनले आफन्तलाई बुबाको व्यवहार बारे सुनाएकी थिइन् ।

घटना बाहिर आए बदनाम हुने भन्दै आफन्तले घटनालाई घरभित्र नै थामथुम पारेका थिए । आफूमाथि दुर्व्यबहार भएको १५ दिनपछि बहिनीले आत्महत्या गरेपछि दिदीले बुबाबिरुद्ध जाहेरी दिएकी हुन् ।

आफ्ना बुबाको दुर्घटनामा मृत्यु भएको र आमाले दोस्रो बिहे गरेपछि तीन बालिकाहरु आमा र झड्केलो बुबासँग बस्दै आएका थिए ।

Continue Reading…

राष्ट्रपति भण्डारी बेइजिङबाट ल्हासा

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारी चीनको राजकीय भ्रमणका क्रममा आज बेइजिङबाट ल्हासा पुगेकी छन्। राष्ट्रपति भण्डारी एयर चाइनाको विमानबाट ल्हासा आइपुगेकी हुन्।

राष्ट्रपति भण्डारीलाई ल्हासाको गोङ्गर विमानस्थलमा तिब्बत स्वशासित क्षेत्रका कार्यकारी उपाध्यक्ष चियाङ जीले स्वागत गरेका छन्।

भ्रमणका क्रममा राष्ट्रपति भण्डारी बेइजिङमा आयोजना भएको दोस्रो बेल्ट एण्ड रोड फोरम फर इन्टरनेशनल कोअपरेशनमा सहभागी हुन उनी चीन पुगेकी थिइन् । सोमबार ग्रेट हल अफ द पिपलमा द्विपक्षीय बैठक भई नेपाल चीनबीच सात सम्झौतामा हस्ताक्षर भएको थियो।

ती सम्झौतामध्ये आर्थिक तथा प्राविधिक सहयोगको सम्झौतानुसार चीन सरकारले नेपाललाई जीवनस्तर उकास्न, विपत्तिपछिको पुनःनिर्माण तथा आधारभूत संरचनाका क्षेत्रमा आपसी सहमतिका परियोजनामा लगानी गर्न एक अर्ब आरएमबी बराबरको सहयोग उपलब्ध गराउने भएको छ ।

Continue Reading…

कर्णाली प्रिमियर लिगमा न्यू होराइजन विजयी

१७ वैशाख, काठमाडौं । सुर्खेतमा जारी कर्णाली प्रिमियर लिग क्रिकेटमा शक्ति गौचन कप्तान रहेको न्यू होराइजन क्रिकेट एकेडेमीले हिमालयन क्रिकेट एकेडेमीलाई पराजित गरेको छ ।

आज भएको खेलम न्यू होराइजनले हिमालयनलाई ५ विकेटले पराजित गर्न सफल भएको हो ।

कालिन्चोक मैदानमा मंगलबार भएको खेलमा टस जितेर ब्याटिङ गरेको न्यू होराइजन क्रिकेट एकेडेमीले १८.२ ओभरमा सबै विकेट गुमाएर ९२ रन बनएको थियो । हिमालयनको लागि दीपेन्द्र ऐरीले सर्वाधिक २५ रन बनाए । होराइजनका बलर अर्जुन रायमाझीले सर्वाधिक ३ विकेट तथा शक्ति गौचन र गोविन्द खत्रीले २–२ विकेट लिए ।

९३ रनको लक्ष्य न्यू होराइजनले १४ ओभरमा ५ विकेट गुमाएर भेटायो । निश्चल चौधरीले विस्फोटक ब्याटिङ गर्दै २९ बलमा ४ छक्का र ३ चौका प्रहार गर्दै अविजित ५० रन बनाए । त्यस्तै सुरज दराईले ११, अर्जुन रायमाझीले १० तथा शक्ति गौचनले अविजित १० रन बनाए ।

हिमालयन क्रिकेट एकेडेमीका बलर पवन कार्कीले ३ विकेट तथा हेमन्त धामीले २ विकेट लिए ।

समुह ‘बि’ अन्तर्गत न्यू होराइजनले ३ खेल खेल्दा २ जित र १ हार बेहोर्दै ४ अंक पुगेको छ । यता, एपीएफको २ खेल खेल्दा २ जितको साथ ४ अंक रहेको छ । महेन्द्रनगर क्रिकेट एकेडेमीको २ खेलमा १ जित र १ हार सहित २ अंक रहेको छ ।

Continue Reading…

प्राधिकरण पूर्वाग्रही कि पाइलट विजय लामा अनुशासनहीन ?

१७ वैशाख, काठमाडौं । नेपाल एयरलाइन्सका ‘सेलिब्रिटी पाइलट’ विजय लामा निलम्बनमा परे भनेर सोमबार दिउँसो केही अनलाइनमा समाचार आए । लगत्तै सामाजिक सञ्जालमा लामाको बचाउमा स्टाटसहरु ह्वार्रह्वार झर्न थाले । यद्यपि, त्यो खबर पूर्ण सत्य थिएन ।

समाचारमा आएजस्तो लामाको लाइसेन्स निलम्बन भएको नभएर उनी प्रवक्ताको जिम्मेवारीबाट मात्रै हटाइएका थिए । निगमका कार्यकारी अध्यक्ष मदन खरेलले हस्ताक्षर गरेको पत्रमा ‘तपाईंलाई तत्कालैदेखि लागू हुने गरी हाल सम्हालिआउनुभएको प्रवक्ताबाट हटाइएको’ उल्लेख छ ।

यो पनि एकप्रकारको कारवाही नै हो, तर निलम्बनजस्तो गम्भीर होइन । त्यसोभए, निलम्बनको समाचार कसरी आयो त ?

खासमा सोमबार नेपाल नागरिक उड्ड्यन प्राधिकरणले लामालाई एउटा पत्र पठाएको थियो, जसमा उनले दोहोरो जिम्मेवारी सम्हाल्दा उडान सुरक्षा प्रभावित बन्ने तर्क गर्दै पाइलट र प्रवक्तामध्ये एउटा जिम्मेवारी छोड्न भनिएको छ ।

प्राधिकरणको पत्रमा लामालाई ‘अनुशासनको कारवाही’ गरिएको झल्किँदैन । प्राविधिक अप्ठेरो देखाएर एउटा जिम्मेवारी छोड्न भनिएको छ । तथापि, यो प्रकरणको चुरो भनेको लामाबाट भएको ‘अनुशासन उल्लंघन’ नै हो ।

पत्रमा लेखिएको छ, ‘एनएसीको प्रवक्ताका रुपमा अतिरिक्त जिम्मेवारी निभाउँदा तपाईंमा पर्न सक्ने दबाव उडान सुरक्षाका लागिले घातक हुन सक्ने तथ्यलाई ध्यान दिँदै प्राधिकरणले २६ अप्रिल (१३ वैशाख) मा गरेको निर्णयअनुसार तपाईंलाई सुचित गरिन्छ कि जबसम्म तपाईं प्रवक्ताको जिम्मेवारीबाट मुक्त हुनुहुन्न, तबसम्म प्राधिकरणले जारी गरेको एयरलाइन ट्रान्सपोर्ट पाइलट लाइसेन्स १४४ (ए) लाई उपभोग गर्न सक्नुहुने छैन ।’

यसको अर्थ हो, निगमको प्रवक्ता रहेसम्म लाइसेन्स निलम्बन हुने । सो पत्र आएलगत्तै निगमले लामालाई सोमबार नै प्रवक्ताबाट हटायो र यसको जानकारी प्राधिकरणलाई गरायो । त्यसैले लामाको लाइसेन्स निलम्बन हुनबाट जोगियो । तर, हतारमा समाचार लेखिँदा गलत सन्देश सम्प्रेषण हुन पुग्यो ।

प्राधिकरणको पत्रमा लामालाई ‘अनुशासनको कारवाही’ गरिएको झल्किँदैन । प्राविधिक अप्ठेरो देखाएर एउटा जिम्मेवारी छोड्न भनिएको छ । तथापि, यो प्रकरणको चुरो भनेको लामाबाट भएको ‘अनुशासन उल्लंघन’ नै हो ।

लामाले एउटा यूट्यूव च्यानललाई दिएको अन्तरवार्तालाई लिएर प्रश्न उठाउँदै प्राधिकरणले उनलाई स्पष्टीकरण सोधेको थियो । यद्यपि, स्पष्टीकरण पत्रमा पनि अनुशासन उल्लघंनको सिधा आरोप लगाइएको छैन ।

लामाले यूट्यूव अन्तरवार्तामा के भनेका थिए भनेर खोतल्नु अगाडि यस प्रकरणको जरोतिर फर्किउँ ।

गत चैत १९ गतेको घटना यससँग जोडिएको छ । त्यसदिन राति सवा ९ बजे दुबईका लागि उड्नुपर्ने एनएसीको जहाज रातभर काठमाडौं बिमानस्थलमा रोकिएको थियो । प्राधिकरणले ४ मिनेट पनि समय नदिँदा उडान हुन नसकेको र यसले निगमको साख गिर्नुका साथै आर्थिक क्षतिसमेत भएको भन्दै लामाले प्राधिकरणको नेतृत्वमाथि आक्रोश पोखेका थिए ।

के भएको थियो ?

नेपाल एयरलाइन्स विमान डिलेका लागि ‘प्रख्यात’ नै छ । यसका उडानहरु केही मिनेट होइन, केही घन्टा ढिला हुनु पनि सामान्य मानिन्छ । तर, त्यस दिन भएको ढिलाईमा निगम जिम्मेवार नभएको लामाको तर्क थियो । आखिर के भएको थियो त १९ चैतमा ?

करिब चार महिनाअघि विमानस्थलले नोटाम (विमानस्थल बन्दको सूचना) जारी गरेको थियो, जसमा धावनमार्गमा नयाँ कालोपत्रे गर्नुपर्ने भएकाले अप्रिल १ देखि तीन महिनाका लागि दैनिक १० घन्टा बिमानस्थल बन्द गरिने उल्लेख थियो ।

नेपाल एयरलाइन्सको दुबई उडान नोटामबाट प्रभावित हुने समयभित्र पर्दैन । किनकि यससँग अतिरिक्त ४५ मिनेट समय हुन्छ । त्यस दिन आर ए २३१ विमानलाई निगमका पाइलटले बेलुकी सात बजेदेखि ह्यांगरबाट पार्किङ वेमा ल्याउने अनुमति मागेको बताइएको छ । एयर ट्राफिक कन्ट्रोलले ८ः३५ मा मात्रै अनुमति दिए । तैपनि ८ः३५ मा उड्ययन गेटमा राखिएको जहाजले आरामसँग ९ः३० भित्रमा उड्न सक्थ्यो ।

तर, यात्रुहरु मिसप्लेस हुँदा केही ढिलाइ भयो । समाचारमा आएअनुसार, निगमको दोहा जानुपर्ने यात्रु र दुबई जानुपर्ने यात्रु अलमलमा गलत जहाजमा बस्न पुगेका थिए । उनीहरुलाई सार्ने क्रममा केही समय गुज्रियो ।

यात्रुहरु ९ः३५ बजे मात्रै सही विमानमा बसे । त्यसपछि बिमानमा इन्धन राखियो । ९ः४५ मा इन्जिनियरिङ टिमले उडानका लागि अनुमति दियो र बिमानका सबै ढोका बन्द गरिए । अनि, बल्ल पाइलटले एटीसीसँग उडान अनुमति मागे ।

तर, निगमको जहाजभन्दा अगाडि ड्रागन एयरको वाइडबडी जहाजले अनुमति पाइसकेको थियो । नेपाल एयरलाइन्सले यात्रु चढाउन थालेपछि ९ः१० मा हङकङबाट क्याथे ड्रागन ल्यान्ड भएको थियो । उसले यात्रु उतारेर यताका यात्रु फटाफट चढायो । ड्रागन एयरको जहाज रनवेमा जाँदा निगमको जहाज ट्याक्सी वेमै थियो । ड्रागनका कारण बोर्डिङ गरिसकेको निगमको जहाजलाई रन वेमा जान केही मिनेट ढिला भएको थियो ।

दुईवटा वाइडबडी एकैपटक रन वेमा लैजान मिल्दैन । र, ड्रागन ९ः५७ मा तीन सय ५ यात्रु लिएर उडिहाल्यो । तर, निगमको बिमान हेरेको हेर्‍यै भयो । १० बजेपछि विमानस्थल बन्द भएको भन्दै कन्ट्रोल टावरले निगमको जहाजलाई उडान अनुमति दिन नसक्ने बताइदियो ।

चालक दलका १४ सदस्यसहित २७६ यात्रु विमानभित्र थिए । ११ः०७ मा चालक र क्रु मेम्बर सबै निस्किए । यात्रुहरुले भने उडान हुनुपर्ने भन्दै होहल्ला गरे । केही यात्रुलाई निगमले निकालेर होटलमा लगेर राख्यो । तर, सयौं यात्रु जहाजभित्रै छोडिए । राति ९ बजे जहाजमा चढेका यात्रुलाई भोलिपल्ट बिहान ५ः१५ मा मात्रै प्रहरीले बाहिर निकाल्यो ।

निगमका प्रवक्ता लामाले आफ्नो पाइलटले उडानका लागि ४ मिनेटको समय माग्दा पनि एटीसीले नदिएको बताएका छन् । विमानस्थल प्रशासनले भने १० बजे विमानस्थल बन्द भएपछि मात्रै अनुमति मागिएको दाबी गरेको छ ।

रातभर यात्रुलाई धावनमार्गमा रहेको विमानभित्र राखिनु यो एउटा गम्भीर घटना हो । यसमा नागरिक, निगमका पाइलट र एयर ट्राफिक कन्ट्रोलर दुवैतर्फको कमजोरी रहेको भनेर सरकारद्वारा गठिन छानविन समितिले प्रतिवेदन बुझाएको छ । प्रतिवेदनमा एटीसीमा रहेका कर्मचारीले मानवीय हिसाबले परिपक्व निर्णय लिन नसकेको ठहर्‍याइएको छ भने बिमानस्थलमा भएका निगमका कर्मचारीले सञ्चार समन्वयमा कमजोरी गरेको जनाइएको छ ।

पर्यटन मन्त्रालयका सहसचिव बुद्धिसागर लामिछानेको संयोजकत्वमा गठित समितिले घटनासँग सम्वन्धित विभिन्न निकायका ६ जना कर्मचारीलाई विभागीय कारवाहीका लागि सिफारिस गरेको छ ।

यात्रुहरु रातभर विमानभित्र अलपत्र परेको घटनाका बारेमा पाइलट विजय लामाले फेसबुकमा लेखेको प्रष्टीकरण यस्तो छ–

१. ह्यांगरमा राखिएको जहाजलाई पार्किङ वे ल्याउनलाई साँझ ६ बजेदेखि अनुमति माग्दा पनि ८ः२५ प्राप्त भएपछि मात्र वेमा ल्याइएको अनि ८ः३५ मा जहाजको ढोका खोलिएको र उडान कर्मचारी छिरेको ।

२. ए ३३० वाइडबडीलाई त उडान तयारी कम्तीमा १ घन्टा ३० मिनेट लाग्छ । त्यही पनि सबैको सहयोग र नोटामको समयलाई ध्यानमा राखी साढे ९ बजे यात्रु सबै राखी उडान तयारी अवस्थामा हुँदा सानो प्राविधिक कारण ढोका खोलिएको अनि पुन ९ः४५ मा बन्द गरी उडान अनुमति ९ः४७ मा मागेको । त्यो भनेको नोटाम सुरु हुनुभन्दा १३ मिनेट अगाडि नै मागेको । पुस ब्याक गरेको ४ मिनेटमा नै उडान भर्न सक्छु भन्दा पनि अनुमति दिइएन ! कतै पनि तोकिएको नोटामको समय कट्दैन थियो ।

३. ड्रागन एयर ९ः५७ मिनेटमा उडेको ।

४. १० बजे नै टावर र विमानस्थल बन्द भएको । यदि त्यो ड्रागन एयरले ३० मिनेटभित्र आकस्मिक अवतरण गर्नुपरेको भए के हुन्थ्यो ? नेपालको हवाई क्षेत्र छाडेर जान नै करिब १५ मिनेट लाग्छ ।

लामाको ‘विवादस्पद’ अन्तरवार्ता

निगमको प्रवक्ताका हैसियतले लामाले दिएको यो प्रष्टीकरण स्वाभाविक नै थियो । तर, त्यसभन्दा अगाडि नै उनले एउटा यूट्यूव च्यानललाई आक्रामक अन्तरवार्ता दिएका थिए, जसलाई प्राधिकरणले पचाउन सकेन । अन्तरवार्तामा उनले आफ्नो लाइसेन्स खारेज गर्न प्राधिकरणलाई चुनौति दिएका थिए ।

‘सत्य बोल्दा जागिर धरापमा पर्छ भने अरु काम गरौंला,’ उनले अन्तरवार्तामा भनेका छन्, ‘कालो खाए पो कालो निकालिन्छ । मलाई डराउनुपर्ने केही आवश्यकता छैन ।’

युट्युव अन्तरवार्तामा उनले बोलेका केही शब्द यस्ता थिए :

‘‘हामी थकित छौं, स्ट्रेसमा छौं । यसमा कामको कुरा आउँछ । स्वास्थ्यको कुरा आउँछ । आज रातभरि निद्रा लागेको छैन । नेपाल एयरलाइन्सको चिन्ता छ । धेरै सोचमा बस्दा बस्दा थाकिँदो रहेछ । आफ्नो गल्ती भएको भए सायद फरक पर्दैनथ्यो, क्षमा माग्ने थियौं । तर, आफ्नो गल्ती नहुँदा नेपाल एयरलाइन्स र यात्रुलाई दुःख हुने र समस्त उडान उथलपुथल हुने समस्या आउँदा गाह्रो हुँदो रहेछ ।’

‘विमानस्थलको रन वे जीर्ण अवस्थामा छ, र त्यसलाई मर्मत गर्ने कुरामा म पनि खुशी छु । तर, यात्रुहरु बोर्ड भइसकेको जहाजलाई उड्नका लागि ४ मिनेट पनि नदिइनु आपत्तिजनक हो । यस्तो अवस्थामा १ घन्टा मागेको भए पनि दिनुपथ्र्यो ।’

‘पार्किङ स्पेस छैन भने यतिका एयरलाइन्सलाई किन अनुमति दिइयो ? तपाईंको घरमा १० बेड छ भने ३० जनालाई कसरी सुताउने ?’

प्राधिकरणले सोधेको स्पष्टीकरणमा लामाले कडा जवाफ फर्काएका थिए । उनले प्राधिकरणसँग आफूलाई स्पष्टीकरण सोध्ने अधिकारै नभएको बताएका छन् ।

‘राष्ट्रसँग संलग्न संयन्त्रहरुले राष्ट्रिय ध्वजाबाहकलाई सहुलियत दिनु पर्छ कि पर्दैन ? केही दिएको छ ? हिजो ४ मिनेट दिएको भए के रन वे नै पूरा फुटेर आउँथ्यो ? देश समृद्ध बनाउने हो भने २४ घन्टा काम गर्नु पर्छ कि पर्दैन ? २७६ जना यात्रुले कति मानसिक पीडा भोग्नुपर्‍यो ? सोझा मेरा दाजुभाइ दिदीबहिनीलाई यहीँ होटल बस्न टिकट कटाएको हो ?’

‘हामी सबै कर्मचारी भोक, निद्रा, घाम पानी नभनी उडिरहेका छौं । एयरबस आएपछि ९५ प्रतिशत फ्लाइट समयमा उडाएका छौं । प्यासेन्जर बढेका छन् । तर, पत्रकार मित्रहरुले मात्रै हाम्रो टाइममा उडेन भन्छन् । विदेशी एयरलाइन्सका जहाजहरु ढिलो हुँदा कुनै न्युज आउँदैन ।’

‘म चेयरम्यान साबसँग अनुमति लिएर बोल्दैछु । मैले प्राधिकरणका सबै मान्छे खराब भनेको छैन । सिस्टमको कुरा गर्न पाउने कि नपाउने ? (यति बोल्दा) मलाई कालोसुचीमा राख्ने हो ? राखेर कुरा गर्ने भए गरौं । म डराएको छैन । म्याक्सिमम के गर्नुहुन्छ ? लाइसेन्स खारेज गर्नुहुन्छ होइन ? गरे हुन्छ । सत्य बोल्नको निम्ति लाइसेन्स गुमाउन तयार छु, आपत्ति छैन । जहिल्यै नेपाल एयरलाइन्स खराब कति भन्ने ?

लामाको यो अन्तरवार्ता प्रशारण भएपछि नागरिक उड्ययन प्राधिकरणमा छलफलको विषय बनेको थियो । त्यसपछि वैशाख ४ गते प्राधिकरणले लामालाई स्पष्टीकरण सोध्यो ।

स्पष्टीकरण पत्रमा पनि पदीय मर्यादा विपरीत अभिव्यक्ति दिएको वा अनुशासन उल्लंघन गरेको आरोप भने लगाइएको छैन । अन्तरवार्तामा लामाले आफू थकित र तनावग्रस्त हुने भनेर बोलेको विषयलाई इस्यू बनाइएको छ । तनाव र थकानमा रहने पाइलटले कसरी सुरक्षित उडान गर्न सक्छ भनेर प्रश्न उठाइएको छ ।

प्राधिकरणले सोधेको स्पष्टीकरणमा लामाले कडा जवाफ फर्काएका थिए । उनले प्राधिकरणसँग आफूलाई स्पष्टीकरण सोध्ने अधिकारै नभएको बताएका छन् । प्राधिकरणलाई लामाले दिएको जवाफको व्यहोरा यस्तो छ :

‘हामी सबैलाई थाहा छ कि हामी रुल अफ लबाट प्रशासित छौं न कि कुनै व्यक्ति वा व्यक्तिगत अनुगमनबाट । पत्रमा तपाईंले मलाई स्पष्टीकरण माग्नुभएको छ । कानूनी शासन प्रणाली अन्तरगत कुनै पनि निकायलाई एक व्यक्तिसँग स्पष्टीकरण सोध्नलाई कानूनी अधिकार देखाउनुपर्छ । तपाईंले कुनै कानून देखाउनुभएको छैन, जसले तपाईंलाई मसित स्पसष्टीकरणका लागि अधिकार दिन्छ ।

यो पनि सम्झाउन चाहन्छु कि तपाईंले संविधानले सुनिश्चित गरेको मेरो अभिव्यक्ति स्वतन्त्रता लगायत आधारभूत अधिकारहरुमाथि अतिक्रमण गर्ने प्रयास गर्नुहुँदैन । छोटकरीमा भन्दा तपाईंको पत्र नै वैध छैन किनकि यसलाई कानूनले साथ दिँदैन । साथै तपाईंले प्रयोग गरेको ‘दोहोरो भूमिका’ भन्ने शब्द अपमानजनक छ ।

तपाईंको सूचनाका लागि, मैले १९८८ देखि पाइलटका रुपमा देशको सेवा गरिरहेको छु र त्यसका अतिरिक्त मैले अभिनेता, पत्रकार, सामाजिक कार्यकर्ता र प्रशिक्षकका रुपमा पनि जिम्मेवारी निर्वाह गरेको छु । हालै निगमले मलाई प्रवक्ताको जिम्मेवारी दिएको छ । अहिलेसम्म मैले आफ्ना सबै जिम्मेवारीहरु कुशलतापूर्वक व्यवस्थापन गरेको छु । मलाई ककपिटभित्र पाइलटको भूमिका थाहा छ । युनिफर्ममा हुँदा म पूर्णरुपमा तनावमुक्त हुन्छु र यात्रुहरुलाई सुरक्षित तरिकाले गन्तव्यमा पुर्‍याउन सक्षम छु ।’

प्राधिकरणले पाइलटको लाइसेन्स खारेज गर्न सक्छ ?

नागरिक उड्डयन क्षेत्रको नियामक निकाय प्राधिकरण हो । नागरिक उड्डयन नियमावली ०५८ मा प्राधिकरणलाई पाइलटको लाइसेन्स खारेज वा निलम्बन गर्ने अधिकार दिएको छ । तर, त्यसका लागि केही पूर्वशर्त छन् ।

लामाको सन्दर्भमा प्राधिकरणले आवेशमा आएर रीत नपुर्‍याई निर्णय लिएको देखिन्छ । अधिकारप्राप्त अधिकारीले निरीक्षण गरेर प्रतिवेदन दिएपछि त्यसको आधारमा निगमलाई कारवाहीका लागि सिफारिस गर्नुपर्नेमा सोझै लामालाई पत्र पठाइएको छ । यसमा केही न केही पूर्वाग्रह झल्किन्छ ।

प्राधिकरणले लामालाई सोमबार पठाएको दोस्रो पत्रमा उनले दिएको प्रष्टीकरणप्रति असन्तोष व्यक्त गरिएको छ । पत्रमा लेखिएको छ, ‘तपाईंले पठाउनुभएको स्पष्टीकरण पत्र असान्दर्भिक हुनुका साथै अतार्किक पनि छ । नागरिक उड्डयन प्राधिकरणको एटीपी लाइसेन्सबाहेकका रुपमा तपाईं नेपालको नागरिक उड्ययनसँग सम्वन्धित नियमहरुका बारेमा जानकार हुनैपर्छ । एउटा लाइन क्याप्टेनका रुपमा तपाईंले प्रवक्ताको अतिरिक्त सांगठिनक भूमिकाको औचित्य सावित गर्न सक्नुभएन, जसले सुरक्षित उडानलाई प्रतिकूल प्रभाव पार्न सक्छ ।’

प्राधिकरणको पछिल्लो पत्रपछि लामाले खासै प्रतिक्रिया दिन चाहेका छैनन् । अनलाइनखबरसँग उनले आफू यस विषयमा दुई दिनपछि बोल्ने बताए ।

पछिल्लो कारवाहीपछि सामाजिक सञ्जालमा लामाप्रति जनसमर्थन देखिएको छ । धेरैले उनीमाथि चालिएको कदमलाई आलोचना गरेका छन् ।

लामा कति सही ?

विगत ३२ वर्षदेखि निगममा सेवारत लामा नवौं तहका वरिष्ठ क्याप्टेन हुन् । उनी एयरबसको वाइडबडी बिमान उडाउँछन् । लामाले अमेरिकाको टेक्सासबाट उनले पाइलट कोर्स गरेका हुन् । उनी मल्टिइञ्जिनसम्मको लाइसेन्स लिएर १९८७ मा नेपाल फर्केका थिए । सोही वर्षको जून १ बाट उनले आरएनएसीमा कोपाइलटको जागिर सुरु गरेका हुन् ।

कोपाइलटबाट सुरु गरेका लामा क्रमशः क्याप्टेन, इन्स्ट्रक्टर, चिफ पाइलट, सुपरभाइजर, सुपरीटेन्डेन्ट, ग्राउन्ड इन्स्ट्रक्टर, रिसोर्स म्यानेजमेन्ट इन्स्ट्रक्टर र डेपुटी डाइरेक्टर भए ।

सामाजिक सञ्जालमा र अन्तरवार्तामा आफ्ना धारणा प्रकट गरिरहँदा उनी आफू एक जिम्मेवार सरकारी जागिरे हुँ भन्ने बिर्सिदिन्छन् ।

केही वर्षअगाडि नेपाल एयरलाइन्सले उनीसहित केही पाइलटलाई एयरबसको तालिमका लागि फ्रान्स पठाएको थियो । एनएसीसँग रहेका थोरै एयरबस कमाण्डरहरुमध्ये लामा एक हुन् ।

पहिलेका फिल्मी हिरो पनि भएकाले लामालाई धेरै नेपालीले चिन्छन् । साथै प्रष्टवक्ता र निर्भिक स्वभावका उनी बेलाबखत आफ्नो अभिव्यक्तिका कारण पनि चर्चामा आउने गरेका छन् । पछिल्लो समय उनले देशप्रेमी नागरिकको छवि बनाएका छन् ।

उनी सामाजिक सञ्जालमा विविध विषयमा आफ्नो खुल्ला असन्तुष्टि पोख्ने गर्छन् । केपी शर्मा ओली अघिल्लोपटक प्रधानमन्त्री छँदा उनले लेखेको एउटा स्टाटस निकै चर्चामा आएको थियो । ओलीले निजी क्षेत्रको विमानमा चीन भ्रमणमा गएको विषयलाई लिएर लामाले निराशा व्यक्त गरेका थिए ।

लामाले लेखेका थिए, ‘के बस्नु यस्तो देशमा, जहाँ नेताहरुले राष्ट्रिय ध्वजावाहकको कदर गर्न जान्दैनन् । धिक्कार्छु आफ्नो कर्मलाई, यस्तो अवस्था आउँदा पनि केही गर्न नसक्दा ।’

गत ४ पुसमा निगमले लामालाई निगमको प्रवक्ता नियुक्त गरेको थियो । निगमले एउटा पाइलटलाई प्रवक्ताको जिम्मेवारी दिनु व्यवहारिकरुपमा अनुपयुक्त थियो । प्रवक्ताको भूमिकाका लागि लामा अयोग्य होइनन् । तर उनलाई दोहोरो जिम्मेवारी निभाउन भने सहज थिएन । प्रवक्ता हरेक समय सञ्चार माध्यमको पहुँचमा हुनुपर्छ । तर, उनी आफैं विमान उडाउने भएकाले प्रायः सम्पर्क गर्न कठिन हुन्थ्यो ।

प्रवक्ताले आफ्नो संस्थाको हितमा बोल्नु/लेख्नु स्वाभाविक नै हो । त्यसमाथि लामाले नेपाल एयरलाइन्सलाई हृदयदेखि माया गर्छन् । निगमपछि उनको समर्पणभाव अतुल्य छ । तथापि, कहिलेकाहीँ उनको अभिव्यक्तिमा बढी आक्रामकता र भावुकता पनि छल्किन्छ । सामाजिक सञ्जालमा र अन्तरवार्तामा आफ्ना धारणा प्रकट गरिरहँदा उनी आफू एक जिम्मेवार सरकारी जागिरे हुँ भन्ने बिर्सिदिन्छन् । सामाजिक सञ्जालमा व्यक्त हुने समर्थनले उनलाई प्रोत्साहित गरिरहेको छ ।

सरकारी जिम्मेवारीमा रहेको व्यक्तिले कुनै पनि विवादित विषयमा मुख खोल्दा निकै सोच्नुपर्छ । तर, लामाले भने बेहिच्किचाहट एनसेलको कर विवाददेखि वाइड बडी भ्रष्टाचार प्रकरणसम्म प्रतिक्रिया जनाउँदै आएका छन् । पछिल्लोपटक उनले एनसेलको सिम बहिस्कार गर्न सार्वजनिक आह्वान गरेका थिए ।

अनुभवी र दक्ष पाइलट लामा नेपाल एयरलाइन्सका सम्पत्ति मात्र होइनन्, देशकै गौरव हुन् । उनीबाट अझै परिपक्व व्यवहार अपेक्षित छ ।

जातीय रंग दिने युवराज लामाको प्रयास

विजय लामालाई कारवाही गरिएको खबर सार्वजनिक गरिएसँगै एकाध व्यक्तिहरु यसलाई जातीय रंग दिने प्रयासमा लागेका छन् । आङ्काजी शेर्पाको त कुरा नगर्दा भयो, तर उनलाई पछ्याउँदै युवराज लामाले पनि स्टाटस लेखेपछि यो विषयमा प्रतिक्रिया जनाउनैपर्ने भएको छ ।

लामो समय नेपाल खेलकुद परिषदको कमाण्ड सम्हालेका युवराजले विजय लामामाथिको कारवाहीलाई ‘नस्लवादको भद्दा नमूना’ भन्दै एउटा सक्षम तामाङमाथि राज्यको प्रत्यक्ष र परोक्ष विभेदकारी श्रृंखलावद्ध प्रक्रिया र स्वर्गीय आइजीपी डीबी लामा प्रकरणको निरन्तरताका रुपमा व्याख्या गरेका छन् ।

यति मात्र होइन, युवराजले अब कुलमान घिसिङले समेत सचेत हुनुपर्ने उल्लेख गरेका छन् ।

अहिले विजय लामाप्रति सम्पूर्ण नेपालीहरुको सद्भाव र सहानुभूति छ । उनी कुन जातका हुन् भन्नेसँग कसैको चासो छैन र यो चासोको विषय पनि होइन । तर, युवराज लामाले यसलाई जातीय भड्काव दिएर आफ्नो कुटिल र संकुचित सोचलाई उजागर गरेका छन् ।

सम्वन्धित निकाय सचेत बन्ने हो भने युवराजको स्टाटस साइबर क्राइमको विषय बन्न सक्छ । पाँच वर्षसम्म मन्त्रीभन्दा शक्तिशाली मानिने खेलकुद परिषदको सदस्य सचिव खान के युवराज लामालाई जातले रोकेको थियो ?

Continue Reading…

जापानका राजा अकिहितोले गद्दी त्यागे

१७ वैशाख, काठमाडौं । जापानका राजा अकिहितोले राजगद्दी त्यागेको घोषणा गरेका छन् । जापानको राजदरबारमा आयोजित विशेष समारोहमा उनले जनताका नाममा संबोधन गर्दै आफ्नो राजकीय शक्ति सांकेतिक रुपमा जनतामा हस्तान्तरण गरेका छन् ।

राजा अकिहितो ३० वर्ष शासनपति स्वेच्छिक रुपमा गद्दी त्याग गरेका हुन् ।

८५ वर्षका राजाले बुढेशकाल र कमजोर स्वास्थ्यका कारण आफ्नो भूमिका निर्वाह गर्न कठिन भएको बताएपछि राजगद्दी छाड्न अनुमति पाएका हुन् । दुई सय वर्षको इतिहासमा उनी राजगद्दी छाड्ने पहिलो राजा हुन् । राजकुमार नारुहितोले बुधबार राज्याभिषेक गर्नेछन् ।

जापानका राजा सांकेतिक भनिए पनि देशको राजकीय शक्ति उनीहरुको हातमा नै हुन्छ । राजा अकिहितो रोग तथा प्रकोपपीडित जनतासँग प्रत्यक्ष संवाद गर्ने बानीका कारण जापानमा शक्ति आर्जन गरेका थिए ।

गद्दीत्याग मूल समारोहको कार्यक्रम राजदरबारमा करिब तीन सय जनाको उपस्थितिमा भएको थियो । समारोहमा जापानी प्रधानमन्त्री सिञ्जो अबे, राजकुमार नारुहितो र युवराज्ञी मसाको पनि सहभागी थिए ।

कार्यक्रममा प्रधानमन्त्री अबेले पनि छोटो संबोधन गरेका थिए । राजा अकिहितो पनि आज पश्चिमा शैलीको मर्निङ कोट लगाएर आएका थिए । उनले संबोधनका क्रममा भने ‘जापान र विश्वभर शान्ति र समृद्धिको कामना गर्नछु ।’

Continue Reading…

दुई महिनामै हिमाल आरोहणको रोयल्टी ५० करोड

काठमाडौँ । संसारका आरोहीलाई आकर्षित गर्ने सर्वोच्च शिखर सगरमाथासहितका हिमाल आरोहण मुलुकको आम्दानीका हिसाबले पनि दरिलो आधार बनेको छ ।

यसको उदाहरणको रुपमा यस वर्षको वसन्त ऋतुको सगरमाथा आरोहणमा देखिएको आरोहीको उत्साहजनक सहभागितालाई लिन सकिन्छ । पर्यटन विभागको तथ्याङ्कअनुसार सगरमाथासहितका २७ हिमाल आरोहणका लागि १०० आरोही समूहका ८२४ ले आरोहण अनुमति लिएका छन् । सगरमाथा आरोहणका लागि मात्रै ३९ आरोहण समूहका ३७७ आरोही छन् । यीमध्ये ३४ विदेशी आरोही समूहका ३६४ सदस्य तथा पाँच वटा नेपाली आरोही समूहका १३ आरोही सगरमाथा आरोहणमा निस्किएका छन् ।

सन् २०१८ को सोही याममा सगरमाथा आरोहण गर्न ३८ समूहबाट ३४६ आरोहीले अनुमति लिएका थिए जसमा ३४ विदेशी र चार नेपाली समूह थिए । सगरमाथासहितका हिमाल आरोहणबाट झण्डै रु ५० करोड रोयल्टी जम्मा भएको विभागले जनाएको छ । विभागको विवरणमा रु ४८ करोड ७४ लाख १९ हजार ६६२ रोयल्टी सङ्कलन भएको छ ।

यसमा सगरमाथाको थप एक समूहसहितका साना हिमालको हिसाब जोड्न बाँकी छ । आजसम्मको हिमाल आरोहण अनुमति लिनेबाट ५० करोड राजश्व जम्मा हुने विभागका रामेश्वर निरौलाले बताए । यो रकममध्ये सबैभन्दा धेरै सगरमाथाबाट ४३ करोड ५२ लाख ५५ हजार ९१२ रुपैयाँ रोयल्टी जम्मा भएको छ ।

त्यसैगरी ल्होत्सेका लागि १० आरोही समूहका ९२, अमादब्लमका पाँच समूहका ४९, कञ्चनजङ्गमा पाँच आरोही समूहका ३२ र मकालुमा चार आरोही समूहका ५३ आरोही गएका छन् । अन्नपूर्ण र धौलागिरि हिमाल आरोहणलाई तीन तीन आरोही समूहले अनुमति लिएको विभागको विवरणमा उल्लेख छ ।

पर्यटन विभागका अनुसार धेरै आरोही सगरमाथाको आधार शिविरभन्दा माथिततिर लागिसकेका छन् । विभागका महानिर्देशक डण्डुराज घिमिरेले आरोहण अनुमति लिएका सबैजसो आरोही सगरमाथा आधार शिविर र केही क्याम्प दुई र तीनसम्म पुगिसकेको जानकारी दिए । ‘यस पटकको सगरमाथा आरोहण पनि उत्साहजनक हुने देखिएको छ । अहिले केही आरोही क्याम्प तीनतिर पुगिसकेका छन् भने कतिपय आधार शिविरमा छन्’, महानिर्देशक घिमिरेले भने ।

यतिखेर विभिन्न ४८ मुलुकका करीब ५०० आरोही हिमाल आरोहणका लागि आएका छन् । सगरमाथा आरोहणमा सबैभन्दा बढी ४०० को हाराहारीमा विदेशी छन् । सबैभन्दा धेरै छिमेकी मुलुक भारत, चीन, संयुक्त राज्य अमेरिका र बेलायतबाट आरोही आएका छन् । त्यस्तै, जापान, लेवनान, नर्वे, क्यानाडा, ब्राजिल, अर्जेन्टिनालगायत मुलुकबाट पनि सगरमाथा आरोहणका लागि आएका छन् ।

रोयल्टी बढी उठ्यो

अघिल्लो वर्ष ९सन् २०१८ को० वसन्त ऋतुको तुलनामा यो याममा हिमाल आरोहणबाट रोयल्टी रकम बढी जम्मा भएको छ । अघिल्लो याममा सगरमाथासहितका हिमाल आरोहणबाट ४६ करोड रुपैयाँ भन्दा बढी रोयल्टी उठेको थियो । सगरमाथाबाट मात्रै करीब ३४ करोड रुपैयाँ रोयल्टी जम्मा भएको थियो ।

संसारका आरोहीको उत्कृष्ट रोजाइमा सगरमाथासहितका हिमाल पर्छन् । त्यसैले हरेक वर्ष विभिन्न मुलुकका आरोही उल्लेख्य सङ्ख्यामा आरोहणका लागि नेपाल आउने गर्छन् । पर्वतारोहणका लागि आठ हजार मिटरभन्दा अग्ला विश्वका १४ मध्ये नेपालमा आठ हिमाल पर्दछन् ।

सगरमाथा आरोहणका लागि विदेशी नागरिकले ११ हजार अमेरिकी डलर तिर्नुपर्छ भने नेपाली नागरिकले ७५ हजार रुपैयाँ रोयल्टी बुझाउनुपर्छ । सरकारले आरोहणका लागि ४१५ हिमाल खुला गरेको छ । अझै आरोहणयोग्य हिमाल एक हजार ३०० भन्दा बढी रहेको बताइन्छ ।

Continue Reading…

शेयर बजार मंगलबार दोहोरो अङ्कले घट्यो

काठमाडौँ । एक हजार ३०० को बिन्दुमा पुगेको शेयर पुनःओरालो लागेर एक हजार २९८ बिन्दुमा झरेको छ । नेपाल स्टक एक्सचेञ्चनका अनुसार कारोवार मापक नेप्से परिसूचक ११.७० बिन्दुले घटेर एक हजार २९८.६० बिन्दुमा पुगेको छ । लगातार उकालो लाग्दै आएको बजार सोमबारदेखि ओरालो लाग्न थालेको हो ।

यस्तै ठूला कम्पनीको शेयर कारोवार मापन गर्ने सेन्सेटिभ परिसूचक २.७४ बिन्दुले घटेर २७९.१० मा पुगेको छ । कारोवार रकम पनि आइतबार, सोमबारको तुलनामा घटेको छ । अर्ब माथिको कारोवार घटेर रु ९५ करोडमा झरेको छ । कूल १७६ कम्पनीको २९ लाख ६७ हजार ३५८ कित्ता शेयर रु ९५ करोड ८६ हजार ९३६ मूल्यमा खरीद बिक्री भए ।

स्टकका अनुसार कूल ११ उपसमूहको कारोवार भएकोमा दुई उपसमूहको शेयर बढेको छ भने नौ उपसमूहको शेयर घटेको छ । जलविद्युत् ४५.४९ र वित्त १.०३ बिन्दुले बढेको छ । बैंकिङ ९.८२, व्यापार ४.८२, होटल २४.८८, विकास बैंक २.७३, निर्जीवन बीमा २०५.३१, उत्पादन ५.३७, अन्य ६.९, लघुवित्त १८.०२ र जीवन बीमा २०१.८२ बिन्दुले घटेको छ ।

स्टकका अनुसार घटेको बजारमा नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको प्रतिकित्ता रु एक हजार २७१ मूल्यमा रु १६ करोड सात हजार २५८ बराबरको कारोवार भई शीर्ष स्थानमा रहेको छ ।

यस्तै नेपाल बैंक लिमिटेडको प्रतिकित्ता रु नौ करोड ३१ लाख सात हजार १९८ मा कारोवार भई दोस्रो स्थानमा रह्यो । माथिल्लो तामाकोशी जलविद्युत् कम्पनी रु तीन करोड ७९ लाख ११ हजार ४८९, कुमारी बैंक रु तीन करोड ७६ लाख ४८ हजार १७४, सानिमा माई हाइड्रोपावर रु तीन करोड ४० लाख एक हजार १६६, छिमेक लघुवित्त वित्तीय संस्था रु दुई करोड ९५ लाख सात हजार १४९ मूल्यमा कारोवार भई शीर्ष स्थानमा रहे ।

स्टकका अनुसार सानिमा माई हाइड्रोपावर कम्पनीका शेयरधनीले ९।९६ प्रतिशतले कमाए । यस्तै अरुण भ्याली हाइड्रोपावर डेभलपमेन्ट कम्पनी ९।७१, यूनाइटेड मोदी ८।१८, रैराङ हाइड्रोपावर ६।५९, नेशनल हाइड्रोपावरका शेयरधनीले ५।८० प्रतिशतले कमाए तर रैराङ र नेशनल हाइड्रोपावरको शेयर भने रु १०० भन्दा तल रहेको छ ।

यसैगरी राष्ट्रिय बीमा कम्पनी ५।८९, एशियन लाइफ इन्स्योरेन्स ४।९५, जनउत्थान सामुदायिक लघुवित्त विकास बैंक ४।५०, नेपाल इन्स्योरेन्स कम्पनी ३।८१, ग्लोबल आइएमइ लघुवित्त वित्तीय संस्थाका शेयरधनीले ३।७८ प्रतिशतले गुमाए ।

Continue Reading…

विप्लव समूहमाथि लगाइएको प्रतिबन्ध हट्दैन्- प्रधानमन्त्री ओली

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा आलीले नेत्रबिक्रम चन्द ‘विप्लव’ नेकपामाथि लगाइएको प्रतिबन्ध फिर्ता नहुने बताएका छन् । प्रधानमन्त्री ओली आतंकारी गतिविधिहरु नरोकेसम्म प्रतिबन्ध फिर्ता नहुने बताएका हुन् ।

मंलबार पार्टी संसदीय दलको बैठकलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले जनताका नाममा बम पड्काउन, उदण्डता मच्चाउन नदिइने बताए । ‘कतिपयले प्रतिबन्ध फिर्ता लिनुपर्छ भनेका छन्। यो फिर्ता लिन लगाएको होइन। आतंकपूर्ण क्रियाकलाप, विध्वंसात्मक क्रियाकलाप र त्यस्तो विचार प्रवृत्ति अन्त्य गर्नका लागि लगाएको हो,’ उनले भने, ‘फिर्ता गर्ने भन्ने कुरा हुँदैन। बम पड्काउन, मान्छे मार्न प्रतिबन्ध लगाइएको हो।’

विप्लव समूहले हिंसाको नीति परित्याग गरेर हतियार बुझाउने बाटोमा गए मात्रै निष्कर्षमा पुग्न सकिने प्रधानमन्त्रीको भनाइ छ। ‘हिंसाको नीति परित्याग गरेर हतियार बुझाउने बाटोमा जानुभयो भने सेफल्यान्डिङ हुन्छ। निष्कर्षमा पुग्छ,’ उनले भने, ‘होइन भने सरकारले बचाउने होइन। नियन्त्रण गर्छ। कारबाही गर्छ। गिरफ्तारी गर्छ।’

सरकारले आतंकारी गतिविधि गरेको भन्दै विप्लव समूहमाथि गत २८ फागुनमा प्रतिबन्ध लगाएको थियो ।

Continue Reading…

५० अर्बको बजेट ल्याउने प्रदेश ३ सरकारको तयारी, राजश्व सङ्कलनको दायरा बढाइने

हेटौँडा । प्रदेश नं ३ सरकारले आगामी आर्थिक वर्षका लागि करिब रु ५० अर्बको बजेट ल्याउने भएकोे छ ।

चालू आर्थिक वर्षमा बजेट खर्च गर्न नसकेर समस्यामा परेको प्रदेश सरकारले प्रोजेक्ट बैंकमार्फत् बजेट ल्याउने तयारी थालेको हो । आगामी आवको बजेट तयार पार्नका लागि प्रदेशको आर्थिक मामिला तथा योजना मन्त्रालय र प्रदेश नीति तथा योजना आयोगका कर्मचारी लागिपरेका छन् ।

चालू आवमा हालसम्म पूँजीगत र चालू खर्च गरी ३० प्रतिशत मात्र बजेट खर्च भएको छ । बजेट खर्चको अनुपात हेर्दा यो आवको अन्त्यसम्म पनि प्रदेश सरकारले पूँजीगत खर्च ५० प्रतिशतसम्म पु¥याउन नसक्ने देखिएको । यद्यपि प्रदेश सरकार सतप्रतिशत खर्च गर्ने दाबी गर्दै आइरहेको छ । चालू आर्थिक वर्षको शुरुआती दिनमा कानून अभावलगायतका समस्या देखिए पनि अब त्यस्तो नहुने हुँदा बजेट खर्च हुने प्रदेश सरकारको दाबी छ ।

राजश्व सङ्कलनको महत्वपूर्ण हिस्सा मानिएको ढुङ्गा, गिट्टी, बालुवाको सबै कर स्थानीय तहले मात्र लिन पाउने सङ्घीय सरकारले निर्णय गरेपछि प्रदेशको आर्थिक स्रोत घट्ने चिन्ता बढेको छ । तर राजश्व सङ्कलनको दायरा बढाएर आर्थिक स्रोत वृद्धि गर्ने तयारीमा प्रदेश सरकार लागेको आर्थिक मामिला तथा योजनामन्त्री कैलाशप्रसाद ढुङ्गेलले बताए ।

आर्थिक मामिला तथा योजना मन्त्रालय अहिले सचिवविहीन छ । लामो समयदेखि सचिव नभएका कारण बजेटको तयारीमा धेरै समस्या परेको मन्त्री ढुङ्गेलले बताए । सङ्घीय सरकारले सचिव नपठाएकोमा मन्त्री ढुङ्गेलले आक्रोश समेत पोखे ।

Continue Reading…

प्रधानमन्त्रीको सन्देश : विप्लवमाथिको प्रतिबन्ध हट्दैन

१७ वैशाख, काठमाडौं । नेकपा विप्लव समूहमाथि लगाएको प्रतिबन्ध नहट्ने प्रष्ट पारेका छन् । प्रमुख विपक्षी सहितका दलहरुले वार्ता र सम्वादबाट समाधान खोज्नुपर्ने बताए पनि प्रधानमन्त्री ओलीले भने प्रतिबन्ध फिर्ता लिने सम्भावना नरहेको बताए ।

मंगलबार संसदीय दलको बैठकलाई सम्बोधन गर्दै सत्तारुण् नेकपा अध्यक्षसमेत रहेका प्रधानमन्त्री ओलीले जनताका नाममा बम पड्काउन, उदण्डता मच्चाउन नदिइने बताए । प्रतिबन्ध भन्ने शब्द उल्लेख नगरी उनले भने, ‘कतिपयले फिर्ता लिनुपर्छ भनिरहेका छन् । बम पड्काउन पाइन्न भन्ने पनि फिर्ता लिने ? यो हुँदैन ।’

विप्लव समूहले हतियार बुझाए सहज हुने उनले बताए । नभए सरकारले नियन्त्रण गर्ने प्रष्ट पारे ।

सरकारले विप्लव समूहमाथि २८ फागुनमा प्रतिबन्ध लगाएको थियो । त्यसयता विप्लव समूहमा संलग्न भएको आरोपमा थुप्रै नेता कार्यकर्ता पक्राउ परे पनि केही भने छुटेका छन् ।

Continue Reading…

हिमाल आरोहणको रोयल्टी दुई महिनामै ५० करोड

१७ वैशाख, काठमाडौँ । संसारका आरोहीलाई आकर्षित गर्ने सर्वोच्च शिखर सगरमाथासहितका हिमाल आरोहण मुलुकको आम्दानीका हिसाबले पनि दरिलो आधार बनेको छ ।

यसको उदाहरणको रुपमा यस वर्षको वसन्त ऋतुको सगरमाथा आरोहणमा देखिएको आरोहीको उत्साहजनक सहभागितालाई लिन सकिन्छ । पर्यटन विभागको तथ्याङ्कअनुसार सगरमाथासहितका २७ हिमाल आरोहणका लागि १०० आरोही समूहका ८२४ ले आरोहण अनुमति लिएका छन् । सगरमाथा आरोहणका लागि मात्रै ३९ आरोहण समूहका ३७७ आरोही छन् । यीमध्ये ३४ विदेशी आरोही समूहका ३६४ सदस्य तथा पाँच वटा नेपाली आरोही समूहका १३  आरोही सगरमाथा आरोहणमा निस्किएका छन् ।

सन् २०१८ को सोही याममा सगरमाथा आरोहण गर्न ३८ समूहबाट ३४६ आरोहीले अनुमति लिएका थिए जसमा ३४ विदेशी र चार नेपाली समूह थिए । सगरमाथासहितका हिमाल आरोहणबाट झण्डै रु ५० करोड रोयल्टी जम्मा भएको विभागले जनाएको छ । विभागको विवरणमा रु ४८ करोड ७४ लाख १९ हजार ६६२ रोयल्टी सङ्कलन भएको छ ।

यसमा सगरमाथाको थप एक समूहसहितका साना हिमालको हिसाब जोड्न बाँकी छ । आजसम्मको हिमाल आरोहण अनुमति लिनेबाट ५० करोड राजश्व जम्मा हुने विभागका रामेश्वर निरौलाले बताए । यो रकममध्ये सबैभन्दा धेरै सगरमाथाबाट ४३ करोड ५२ लाख ५५ हजार ९१२ रुपैयाँ रोयल्टी जम्मा भएको छ ।

त्यसैगरी ल्होत्सेका  लागि १० आरोही समूहका ९२, अमादब्लमका पाँच समूहका ४९, कञ्चनजङ्गमा पाँच आरोही समूहका ३२  र मकालुमा चार आरोही समूहका ५३ आरोही गएका छन् । अन्नपूर्ण र धौलागिरि हिमाल आरोहणलाई तीन तीन आरोही समूहले अनुमति लिएको विभागको विवरणमा उल्लेख छ ।

पर्यटन विभागका अनुसार धेरै आरोही सगरमाथाको आधार शिविरभन्दा माथिततिर लागिसकेका छन् ।      विभागका महानिर्देशक डण्डुराज घिमिरेले आरोहण अनुमति लिएका सबैजसो आरोही सगरमाथा आधार शिविर र केही क्याम्प दुई र तीनसम्म पुगिसकेको जानकारी दिए । ‘यस पटकको सगरमाथा आरोहण पनि उत्साहजनक हुने देखिएको छ । अहिले केही आरोही क्याम्प तीनतिर पुगिसकेका छन् भने कतिपय आधार शिविरमा छन्’, महानिर्देशक घिमिरेले भने ।

यतिखेर विभिन्न ४८ मुलुकका करीब ५०० आरोही हिमाल आरोहणका लागि आएका छन् । सगरमाथा आरोहणमा सबैभन्दा बढी ४०० को हाराहारीमा विदेशी छन् । सबैभन्दा धेरै छिमेकी मुलुक भारत, चीन, संयुक्त राज्य अमेरिका र बेलायतबाट आरोही आएका छन् । त्यस्तै,  जापान, लेवनान, नर्वे, क्यानाडा, ब्राजिल, अर्जेन्टिनालगायत मुलुकबाट पनि सगरमाथा आरोहणका लागि आएका छन् ।

रोयल्टी बढी उठ्यो

अघिल्लो वर्ष (सन् २०१८ को) वसन्त ऋतुको तुलनामा यो याममा हिमाल आरोहणबाट रोयल्टी रकम बढी जम्मा भएको छ । अघिल्लो याममा सगरमाथासहितका हिमाल आरोहणबाट ४६ करोड रुपैयाँ भन्दा बढी रोयल्टी उठेको थियो । सगरमाथाबाट मात्रै करीब ३४ करोड रुपैयाँ रोयल्टी जम्मा भएको थियो ।

संसारका आरोहीको उत्कृष्ट रोजाइमा सगरमाथासहितका हिमाल पर्छन् । त्यसैले हरेक वर्ष विभिन्न मुलुकका आरोही उल्लेख्य सङ्ख्यामा आरोहणका लागि नेपाल आउने गर्छन् । पर्वतारोहणका लागि आठ हजार मिटरभन्दा अग्ला विश्वका १४ मध्ये नेपालमा आठ हिमाल पर्दछन् ।

सगरमाथा आरोहणका लागि विदेशी नागरिकले ११ हजार अमेरिकी डलर तिर्नुपर्छ भने नेपाली नागरिकले ७५ हजार रुपैयाँ रोयल्टी बुझाउनुपर्छ । सरकारले आरोहणका लागि ४१५ हिमाल खुला गरेको छ । अझै आरोहणयोग्य हिमाल एक हजार ३०० भन्दा बढी रहेको बताइन्छ ।

Continue Reading…

महिला टी–२० लिगको मिति परिवर्तन, खेल त्रिवि मैदानमा

१७ वैशाख, काठमाडौं । महिला टी–२० लिग क्रिकेटको मिति र स्थल परिवर्तन भएको छ ।

एनसीएल स्पोर्ट्स प्रालिले प्रेस विज्ञप्ति जारी गर्दै प्रतियोगिता यही जेठ २४ देखि ३० गतेसम्म टियु क्रिकेट मैदानमा हुने जानकारी दिएको छ ।

पटक पटक सारिएको प्रतियोगिता यसअघि जेठ ६ देखि १३ गतेसम्म आयोजना गर्ने निर्णय गरेको थियो । विराटनगरमा हुने भनिएको महिला क्रिकेट लिग काठमाडौंमा सारिएको हो । राष्ट्रिय खेलकुद परिषद् (राखेप) कै समन्वयनमा प्रतियोगिता सारेको आयोजकले जानकारी दिएको छ ।

पछिल्लो मिति घोषणा गरेपनि प्रधानमन्त्री कप क्रिकेटसँग मिति जुधेपछि प्रतियोगिता सारिएको आयोजकले जानकारी दिएको छ । प्रतियोगिताका मार्की खेलाडीदेखि टिमले अक्सनबाट खेलाडीसमेत अनुबन्धित गरिसकेका छन् ।

प्रतियोगितामा विराटनगर रोअरिङ लायोनेस, भैरहवा क्विन्स, धनगढी वन्डर वोमेन, र काठमाडौ सुपर च्याम्पियन्स रहेका छन् ।

Continue Reading…

संघ अन्तरगतका सडकको छिनोफानो नहुँदा बजेट बनाउन समस्या

१७ वैशाख, काठमाडौं । सरकारले संघ अन्तरगत रहने सडकहरुको छिनोफानो गर्न ढिलाइ गरेको छ । यसका कारण बजेट निर्माणमा अन्योल उत्पन्न भएको छ ।

भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका एक उच्च अधिाकरीका अनुसार संघले हेर्न सडकहरु तत्काल नटुंगिए यो वर्ष पनि बजेट निर्माणमा अन्योल हुने बताए । यसका कारण अहिले नै समस्या आइसकेको भन्दै उनले सडकमार्ग हेर्ने अधिकार क्षेत्रबारे छिनोफानो नहुँदा त्यसको असर आर्थिक वर्षभरि नै पर्ने बताए ।

मन्त्रालयले करिब १४ हजार किलोमिटर सडकलाई संघले हेर्ने गरी मन्त्रिपरिषदमा प्रस्ताव लगेको छ । तर, लामो समयसम्म पनि मन्त्रिपरिषदमै प्रस्ताव अडिक्एको छ ।
यसका कारण प्रदेशमा जाने सडकको पनि अन्तिम छिनोफानो हुन सकेको छैन । स्थानीय तहमा जाने सडककको पनि अन्तिम सूची तयार हुन सकेको छैन ।

सडकमार्गमाथि विभिन्न राजनीति दलका नेताहरुको चासो छ । सकेसम्म केन्द्रीय तवरका नेताहरु आफ्नो निर्वाचन क्षेत्रको सकडमा सीधै संघको बजेट जाओस् भन्ने चाहान्छन् ।

विभिन्न सडकमार्ग कसले हेर्ने भन्ने विवाद छ । संघले प्रदशेमा पठाएका कतिपय सडक संघले नै हेर्नुपर्ने भन्दै फिर्ता आएका छन् ।

राजनीतिक तवरमा सडकमार्गबारे सहमति नजुट्दा सडकको दायित्व र जिम्मेवारी तोक्न समस्या भएको छ ।

देशभर करिब ८० देखि ८२ हजार किलोमिटरको सडक सञ्जाल छ । त्यसमध्ये राष्ट्रिय राजमार्ग, रणनीतिक सडक र राजमार्गका महत्वपूर्ण लिंक सडकहरु मात्रै संघले हेर्ने प्रस्ताव गरिएको छ ।

त्यसबाहेकका केही ठूला सडकहरु प्रदेशलाई हेर्न दिने योजना छ । करिब २५ देखि ३० हजार किलोमिटर सडक प्रदेश सरकारले हेर्ने र बाँकी सडक स्थानीय तहलाई जिम्मा लगाउने योजना छ ।

सरकारले १४ वटा सडक डिभिजन कार्यालयलाई प्रदेश सरकारलाई हस्तान्तरण गरेको छ । यसअघि ३४ वटा रहेका सडक डिभिजन कार्यालय संघ अन्तरगत अब १९ वटा मात्रै छन् ।

अब ८ वटा सडक डिभिजन कार्यालय संघ अन्तरगत नै रहने गरी थप्न मन्त्रालयले प्रस्ताव गरेको छ । यसका लागि कर्मचारी दरबन्दी सिर्जना गर्न माग गर्दै सामान्य प्रशासन मन्त्रालयमा प्रस्ताव पेश भएको छ । तर, अझै ८ वटा सडक डिभिजनको संगठनात्मक संरचना स्वीकृत भएको छैन ।

भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले आगामी आर्थिक वर्षका लागि १ खर्ब ३७ अर्ब बराबरको बजेट सिलिङ पाएको छ । योजना आयोगले दिएको यो सिलिङ चालु आर्थिक वर्षको बजेटभन्दा झण्डै ३५ प्रतिशत बढी हो ।

नयाँ सिलिङअनुसार कार्यक्रम बनाउन मन्त्रालय जुटेको छ । तर, करिब ९५ अर्ब क्रमागत आयोजनाहरुमै खर्च हुने निश्चित छ । बाँकी रकम भने नयाँ कार्यक्रम सुरु गर्न र पुरानै आयोजनामा थप खर्च गर्ने गरी बजेट निर्माणको तयारी गरिएको छ ।

भौतिक पूर्वाधारतर्फ आगामी वर्ष पनि सडक आयोजनाहरुमै बढी बजेट खर्च गर्ने योजना छ । भौतिक पूर्वाधारतर्फ हाल बिभिन्न सडक आयोजना राष्ट्रिय गौरबका आयोजनाका रुपमा निर्माणाधीन छन् ।

आगामी वर्ष हुलाकी सडक आयोजना र पुष्पलाल मध्यपहाडी लोकमार्गलाई यो वर्षको भन्दा झण्डै दोब्बर बजेट दिने गरी गृहकार्य भएको छ । यो वर्ष दुबै आयोजनाले साढे ५ अर्ब बजेट पाएका थिए । तर, काम अपेक्षाभन्दा राम्रो भएकाले रकमान्तर गरेर थप बजेट दिने तयारी गरिएको छ ।

२०७९/८९ सम्म दुबै सडक निर्माणको काम टुंग्याउने गरी आगामी वर्ष १० अर्बसम्म बजेट दिने गरी छलफल भएको भौतिक पूर्वाधार मन्त्रालय स्रोतले बतायो ।

अरु सडक आयोजनाका लागि भने यस वर्षकै बजेटमा थोरै बढाएर बजेट दिने तयारी छ । उत्तरदक्षिण ब्यापारिक मार्गलाई सरकारले प्राथमिकतामा राखेको छ ।

यो वर्ष नयाँ सुरुङमार्गका लागि बजेट विनियोजन हुनेछ । सडक विभागले बनाउने गरी केही स्थानमा सुरुङमार्ग निर्माणका लागि अध्ययन सुरु गर्ने तयारीमा विभाग छ ।

मन्त्रालय स्रोतका अनुसार जाइकाको सहयोगमा नागढुंगामा सुरुङमार्ग निर्माण थाल्न अन्तिम तयारी भइरहेको छ । यसबाहेक अन्य स्थानमा पनि सुरुङमार्गहरुको निर्माण थाल्न आगामी वर्षको बजेटमा रकम नै विनियोजन हुनेछ ।

सरकारले गत वर्ष नै नेपाल अब सुरुङ मार्गको युगमा प्रवेश गर्ने उद्घोष गरेको थियो । तर, त्यसअनुरुपको कार्यक्रम ल्याएको थिएन ।

Continue Reading…

प्रधानमन्त्री ओलीले गरे विष्णु पौडेलको बचाऊ

१७ वैशाख, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले बालुवाटार जग्गा प्रकरणमा मुछिएका नेकपा महासचिव विष्णु पौडेलको बचाउ गरेका छन् ।

नेकपा संसदीय दलको बैठकलाई सम्बोधन गर्दै ओलीले पौडेलबारे भ्रम फैलाइएको बताएका हुन् । पौडेलले पदीय दुरुपयोग गरेर जग्गा नजोडेको दाबी गर्दै नेकपा अध्यक्ष समेत रहेका ओलीले भने, ‘राजाको शासनका बेला उहाँले जमिन किन्नु भएको रहेछ ।’

पौडेललाई आक्रमण गरेर पार्टी र सरकारलाई कमजोर बनाउन खोजेको उनको दाबी । पौडेलले किनेको जग्गा सार्वजनिक जग्गाभित्र पर्छ कि पर्दैन ? जालझेलभित्र पर्छ कि पर्दैन ? हडपेको हो कि होइन सबै तथ्यसहित प्रस्तुत हुने प्रधानमन्त्री ओलीले बताए ।

प्रधानमन्त्री ओलीले सार्वजनिक जग्गा मिच्न नदिने र सरकारको नाममा फिर्ता गर्ने बताएका छन् ।

Continue Reading…

बालुवाटारमा बिष्णु पौडेलले जग्गा किन्दा राजाको शासनमा थियो, कसरी पदको दुरुपयोग भयो ?

काठमाडौं । नेकपा महासचिव बिष्णु पौडेललाई बालुवाटारको सरकारी जमिन अतिक्रमण गरेको नियोजित आरोप लागिरहेका बेला प्रधानमन्त्री केपी शर्मा ओलीले खुलेर बचाउ गरेका छन् ।

पार्टी संसदीय दलको बैठकमा ओलीले महासचिव पौडेलमाथी नियोजित रुपमा आक्रमण भइरहेको बताए । ‘बिष्णु पौडेलले राजाको शासन कालमा जग्गा किनेका रहेछन् । राजाको शासन कालमा उनले पदको दुरुपयोग कसरी गरे ?’ प्रधानमन्त्री ओलीले भने ‘पार्टी नेतालाई कमजोर बनाउने उदेश्यका साथ यस्ता प्रपन्चहरु रचिदैछ ।’

नेकपा महासचिव पौडेलमाथी दिन प्रतिदिन सुनियोजितरुपमा आक्रमण भइरहेको छ । तरपनि नेकपाका प्रभावशाली नेताहरुले औपचारिकरुपमा मुख खोलेका थिएनन् । मंगलबार प्रधानमन्त्री ओली नेकपा संसदीय दलमा खुलेर पौडेलको बचाउ गरेका छन् ।

सोमबार विहान बसेको नेकपा सचिवालय बैठकमा पनि बालुवाटार जग्गा प्रकरणले प्रवेश पाएको थियो । वरिष्ठ नेता माधव नेपाल र सचिवालय सदस्य इश्वर पोखरेलले छानविन गर्नुपर्ने माग गरेका थिए । पार्टीका तर्फबाट आधिकारिक धारणा बाहिर ल्याउन आग्रह पनि गरेका थिए ।

Continue Reading…

अण्डा बिक्री हुनै छाड्यो, व्यवसायी घाटामा

१७ वैशाख, तनहुँ । आयातित अण्डाको मूल्यमा प्रतिस्पर्धा गर्न नसक्दा तनहुँका कुखुरापालक कृषक चिन्तित भएका छन् । भारत र चितवनलगायतका विभिन्न स्थानबाट सस्तो मूल्यका अण्डा बजारमा भित्रिएपछि यहाँ उत्पादन हुने अण्डाको बिक्री हुन छाडेपछि उनीहरु चिन्तित भएका हुन् ।

जिल्लामा दैनिक रुपमा ८४ हजार अण्डा उत्पादन हुँदै आएको छ । आयातित अण्डासँग मूल्यमा प्रतिस्पर्धा गर्न नसक्दा उत्पादनको झन्डै २० प्रतिशत मात्र बिक्री हुने गरेको तनहुँ अण्डा उत्पादक सङ्घका अध्यक्ष रविन भुजेलले बताए ।

‘अण्डा बिक्री हुन छाडेपछि व्यावसायिक रुपमा कुखुरापालन गर्ने दुई/तीनजना व्यवसायीले पेशा नै छाडेर पलायन भइसकेका छन्’, अध्यक्ष भुजेलले भने, ‘वैशाख महीनाभरी यस्तै तरिकाले अण्डा बिक्री हुँदै जाने हो भने तनहुँका कृषकले करौँडोको घाटा ब्यहोर्नुका साथै अधिकांश कृषक यसबाट पलायन हुने अवस्थामा देखिएको छ ।’

जिल्लाको जनसङ्ख्याको तुलनामा चार गुणा बढी अण्डा यहाँ उत्पादन हुने गर्छ । ‘तनहुँलगायत छिमेकी जिल्ला गोरखा र लमजुङमा बिक्रीका लागि अण्डा लिएर जाँदासमेत बिक्री हुन छाडेको छ’, अध्यक्ष भुजेलले भने, ‘दश लाखको लगानीमा शुरु गरेको कुखुरा पाल्न व्यवसायमा अहिले नौ करोड रुपैयाँ लगानी भइसकेको छ तर अण्डा बिक्री नहुँदा बैकको ऋण तिर्न पनि धौ धौ भएको छ ।’

उनले २४ हजार कुखुरा राखेर पाल्दै आएका छन् । कुखुरापालनबाट दैनिक २३ हजार अण्डा उत्पादन भइरहेको छ । उक्त फार्ममा १४ जना जनशक्ति रहेको बताइएको छ ।

त्यसैगरी व्यास १ गल्बुबेँसी निवासी खेमराज अधिकारीले करीब रु डेढ लाखको लगानीमा १० रोपनी क्षेत्रफलमा खोर निर्माण गरी पाँच हजार लेर्यस जातका कुखुरा पालेर व्यवसाय शुरु गरे पनि यसबाट फाइदा लिन नसकिएको बताए । ‘अघिल्ला वर्षमा आम्दानी खर्च बराबर जस्तो भए पनि यस वर्ष झनै नसोचेअनुरुप नोक्सान ब्योर्हनु परेको छ’ उनले भने । तनहुँमा ४४ वटा कुखुरा फार्म रहेकोमा ३३ वटा तनहुँ अण्डा उत्पादक कृषक सङ्घमा आबद्ध छन् ।

मुलुकका विभिन्न जिल्लाबाट अण्डा रातको समयमा आयत हुने गरेपछि अण्डा उत्पादक कृषक सङ्घले त्यसको नियन्त्रणका लागि जिल्ला प्रशासन कार्यालय तनहुँलाई आग्रह गरेको छ । प्रमुख जिल्ला अधिकारी भरतकुमार शर्माले भेटेरिनरी अस्पताल र क्वारेन्टाइनबाट सिफारिस नभई बजारमा बिक्री वितरण हुँदै आएका अण्डा तथा कुखुरालाई नियन्त्रणमा लिन परिपत्र गरिएको बताए ।

Continue Reading…

प्रचण्ड निवास पुगेका मेयर मेहता नेकपा नभई किन फर्किए ?

१७ वैशाख, काठमाडौं । रौतहटको इशनाथ नगरपालिकाका मेयर सन्तोष मेहतालाई मंगलबार बिहान नेकपा अध्यक्ष प्रचण्डको निवासमा पुग्दा पार्टी प्रवेश कार्यक्रम चलिरहेको थियो ।

अमर यादव नेतृत्वको तराई मधेश फोरम नेकपामा बिलय हुने कार्यक्रममा मेहताले पनि नेपाली कांग्रेस परित्याग गरेर नेकपा प्रवेश गरेको चर्चा चल्यो । मेहताकै नगरपालिकाका कांग्रेसका अन्य नेता कार्यकर्ता प्रचण्डको हातबाट टीका लगाएर नेकपा प्रवेश गरे पनि उनले भने टीका लगाएनन् ।

उनका निकट सहयोगी मोहनप्रसाद मेहतासहित ४०/५० जना स्थानीय नेता नेकपा प्रवेश गरे । तर कतिपय सञ्चारमाध्यममा मेयर पनि नेकपा प्रवेश गरेको समाचार आएपछि अनलाइनखबरले उनैलाई सोध्दा आफू पार्टी प्रवेश भने नगरेको बताए ।

मेयर भन्छन् : म न्युट्रल छु, कांग्रेसमा छैन

मेहताले पार्टी प्रवेश नगरे पनि प्रचण्ड निवासमा पुगेको स्वीकार गरे । रौतहटका सांसदसमेत रहेका नेकपा प्रदेश २ का सचिव प्रभु शाहले पनि मेयर मेहता पार्टी प्रवेश कार्यक्रममा उपस्थित भएको तर, औपचारिक रुपमा पार्टी प्रवेश नगरेको बताए ।

कांग्रेस र मधेसवादी नेताहरु नेकपा प्रवेश गर्ने कार्यक्रममा मेयर किन गए त ? उनीहरु दुवैले यो जवाफ भने दिएनन् ।

मेयर मेहता औपचारिक रुपमा नेकपा प्रवेश नगरेको भनिए पनि उनी पछिल्लो समय कांग्रेसमा पनि छैनन् । तत्कालिन लोकतान्त्रिक फोरमबाट मेयर जितेका मेहता पार्टी बिलयसँगै कांग्रेस भएका थिए । तर, उनी कांग्रेसमा सक्रिय भएका छैनन् र नेकपा नेता प्रभु साहको निकट रहेर काम गर्दै आएका छन् । मेहताले पनि आफू कांग्रेसमा नरहेको प्रष्ट पारे ।

अनलाइनखबरसँग कुरा गर्दै उनले भने, ‘म जुन पार्टीबाट जितेको थिएँ । त्यो पार्टी छाड्न संविधानले दिँदैन । मेरो पार्टी फोरम लोकतान्त्रिक कांग्रेसमा बिलय भएको भनिए पनि म कांग्रेस चाहिँ होइन । यसरी बुझ्नुस् कि म कांग्रेस पनि होइन र नेकपामा गइसकेको पनि छैन । अहिलेलाई न्युट्रल भनेर लेखिदिनुस् । कानुनको पनि कुरा छ क्या ।’
मेहता मंगलबार नेकपा प्रवेश नगर्नु र नयाँ शक्ति पार्टीका प्रदेशसभा सदस्य तथा रसुवाका नेता प्रेम तामाङ कांग्रेस प्रवेश गर्ने भनेर एकाएक गायब हुनुको कारण एउटै हो – निर्वाचित भएको दल त्याग गरेमा पद जाने डर ।

यसअघि वीरगन्ज महानगरपालिकका मेयर बिजय सरावगीले पनि संघीय समाजवादी फोरम परित्याग गर्न लाग्दा यही डरले रोकिएका थिए । कतै पार्टी छाडेपछि मेयर पद पनि जान्छ कि ? उनीमाथि यो दबाव थियो ।

यस्तै प्रश्न कांग्रेस नेता विजयकुमार गच्छदारले पनि गरेका थिए । गच्छदार नेतृत्वको तत्कालिन लोकतान्त्रिक फोरमबाट रुपन्देहीको सम्मरीमाई गाउँपालिका अध्यक्षमा निर्वाचित जितेन्द्र शुक्ल तत्कालीन एमालेमा प्रवेश गरेपछि गच्छदारले उनको निर्वाचित पद जानुपर्ने तर्क गरेका थिए ।

शुक्ल आफ्नी पत्नी पल्लबीलाई एमालेबाट प्रदेशसभा उम्मेदवार बनाउनसमेत सफल भएका थिए ।

सांसद र मेयरको लागि फरक कानुन ?

रौतहटको इशनाथ नगरपालिकाका मेयर मेहताको पछिल्लो प्रकरणले स्थानीय तहका जनप्रतिनिधिको हकमा दल त्याग ऐन लाग्छ कि लाग्दैन भन्ने प्रश्न खडा भएको छ । पद जाने डरले प्रेम तामाङ पार्टी प्रवेश कार्यक्रममै नगई लुकेपछि केही दिनअघि कांग्रेस सभापति शेरबहादुर देउवा र नेता रामचन्द्र पौडेल रसुवा पुगेर रित्तो हात फर्किएका थिए ।

सो घटना सेलाउन नपाउँदै मेयर प्रकरण आएको छ ।

स्थानीय तहका कुनै मेयर, उपमेयर वा गाउँपालिका अध्यक्ष उपाध्यक्ष वा वडाध्यक्षले आफू निर्वाचित भएको पार्टी छाडेमा के हुन्छ ? अथवा सम्बन्धित राजनीतिक दलले निर्वाचित जनप्रतिनिधिलाई कारवाही गरेमा उसको पद जान्छ कि जाँदैन ? स्थानीय तहमा यो प्रश्नको अन्यौलपूर्ण जवाफ यथावत छ ।

संविधान, राजनीतिक दल सम्बन्धी ऐन र स्थानीय तह निर्वाचन सम्बन्धी ऐन आपसमा बाझिएकाले स्थानीय तहमा निर्वाचित जनप्रतिनिधिले पार्टी त्यागेमा वा पार्टीले कारवाही गरेमा उनीहरुको पद के हुन्छ भन्ने कानुनी जटिलता थपिएको जानकारहरु बताउँछन् । यसबारेमा अदालतमा कुनै परीक्षण नभएसम्म आ आफ्नो ढंगले ब्याख्या गर्न सकिने विज्ञहरु बताउँछन् ।

संविधानले स्थानीय तहका पदाधिकारीको पद रिक्त हुने अवस्था राजीनामा, मृत्यु वा पदावधि सकिएमात्र भनेको छ ।

संविधानको धारा २१६ को उपधारा ८ मा स्थानीय तहका प्रमुख, उपप्रमुख, वडाध्यक्ष र सदस्यहरुको पद निजले राजीनामा दिएमा, मृत्यु भएमा र पदावधि सकिएमा रिक्त हुने प्रष्ट व्यवस्था छ ।

जबकी संविधानले प्रतिनिधिसभा र प्रदेश सभा सदस्यहरुको हकमा सम्बन्धित दल त्यागेमा वा दलले कारवाही गरेको सूचना दिएमा निजको पद जाने भनिएको छ ।

कारवाहीबाट बच्नका लागि दलको ४० प्रतिशत संख्या भएमा अर्को दल गठन गर्न सकिनेछ । प्रदेशसभा सदस्य प्रेम तामाङ कांग्रेस प्रवेश गरेका भए उनको पद जाने अवस्था थियो । तर मेयरले पार्टी परित्याग गर्दा संविधानको सो धारा अनुसार पद जाने अवस्था देखिन्न ।

संविधानले स्थानीय तहका पदाधिकारीले दल त्याग गरेमा उनीहरुको पद जाने भनेको छैन । तर राजनीतिक दल सम्बन्धी ऐन २०७३ ले भने संघीय संसद, प्रदेशसभा र स्थानीय तहमा निर्वाचित प्रतिनिधिले निर्वाचित भएको दल त्याग गरेमा स्वतः पद रिक्त हुने भनेको छ ।

यो विरोधाभाषको न्यायिक निरुपण अदालतबाट मात्र हुने अधिवक्ता योगिता राई बताउँछिन् ।

राजनीतिक दल सम्बन्धी ऐनको दफा ३१ मा भनिएको छ– कुनै दलको तर्फबाट उम्मेदवार भई निर्वाचित भएको सङ्घीय संसदको सदस्य, प्रदेश सभाको सदस्य वा स्थानीय तहको सदस्यले त्यस्तो पदको पदावधि कायम रहेसम्म जुन दलको उम्मेदवार भई निर्वाचित भएको हो त्यस्तो दल त्याग गर्न सक्ने छैन । (२) उपदफा (१) प्रतिकूल हुने गरी कुनै सदस्यले दल त्याग गरेमा निज निर्वाचित भएको पद निजले दल त्यागेको मितिदेखि स्वतः रिक्त भएको मानिनेछ ।

त्यस्तै स्थानीय तह निर्वाचन ऐन २०७३ मा निर्वाचनका बखत जुन दलको चुनाव चिन्ह लिएर उम्मेदवार भएको हो,सम्बन्धित दलले कारवाही गरेमा पद रिक्त हुने भनिएको छ । यद्यपी यो दफा भने निर्वाचनको बेलामात्र लागु हुने खालको गोलमटोल भाषामा छ ।

दफा २६ को उपदफा ४ मा भनिएको छ–उम्मेदवारलाई निर्वाचन चिन्ह प्रदान गरिसकेपछि त्यस्तो उम्मेदवारले आफ्नो दल त्याग गरेमा वा अर्को दलमा प्रवेश गरेमा सो निर्वाचन चिन्ह परिवर्तन हुन सक्ने छैन । त्यस्तो उम्मेदवार निर्वाचित भएमा सम्बन्धित दलले प्रमाण सहित आयोगमा उजूरी दिएमा निजको सदस्यता खारेज हुनेछ ।

स्थानीय तह निर्वाचन सम्बन्धी ऐनले सम्बन्धित प्रतिनिधिले दल त्याग गरेमा पद रिक्त हुने किटान नगरेकाले संविधान र स्थानीय तह सम्बन्धी ऐन बमोजिमनै हुने तर्क केही विज्ञको छ । संविधानले स्थानीय तहका प्रतिनिधिको पद रिक्त हुने किटानी व्यवस्था गरेकाले ऐनहरु त्यो हदसम्म बाझिन सक्छन् ।

यद्यपी राजनीतिक दलसम्बन्धी ऐनले स्थानीय तहका प्रतिनिधिलाई पनि दल त्यागको प्राबधान लागु हुने भनेकाले सर्बोच्च अदालतबाट संविधानको थप ब्याख्या नभएसम्म आ आफ्नो सुबिधा अनुसार व्याख्या गर्न सकिने राई बताउछिन् ।

दल त्याग ऐन चाहिन्छ

स्थानीय तहका जनप्रतिनिधिलाई दल त्याग ऐन नलगाउने हो भने अराजकता बढ्ने तर्क राजनीतिक दलका नेताहरुको छ । स्थानीय तहका प्रतिनिधि प्रतिनिधिसभा र प्रदेशसभा सदस्यभन्दा बढी जनतासँग प्रत्यक्ष सरोकार राख्ने भएकाले दलको निश्चित अनुशासनको दायरमा रहनैपर्ने नगरपालिका संघका अध्यक्ष अशोक ब्यान्जु बताउँछन् ।

दलले निर्वाचित जनप्रतिनिधिलाई मार्गनिर्देशन गर्ने हदसम्म स्भाविक लिनुपर्ने भन्दै दलीय अनुशासन नमान्दा जनप्रतिनिधि स्वेच्छारी बन्न सक्ने भएकाले दल त्याग ऐन आवश्यक रहेको उनीहरुनै स्वीकार गर्छन् । तर संविधान संशोधन नगरी स्थानीय तहका प्रतिनिधिलाई दल त्याग ऐन लाग्छ ? यसको प्रष्ट जवाफ चाहिँ अदालतबाटमात्र आउला ।

Continue Reading…
Loading...

Popular Bla Bla's

Loading...

Latest Bla Bla's on Fun2Sh

Powered by Blogger.
Copyright © Funtoosh Blog