Sunday, March 31, 2019

In pictures: How locals in Nepal’s southern districts are facing crisis after storm

A strong storm and lightning in southern Nepal has killed as many as 31 people on Sunday night. The natural disaster has injured over 500 people in Bara and Parsa districts.

Home Ministry officials say police and rescue personnel have been sent to the affected villages in the districts, but reaching the victims has a challenge during the night.

The storm destroyed many houses leaving people without a roof over their head. Locals have said that their harvest was also destroyed in the storm.

 


The news of load carrying lorries overturning due to the storm has also been reported.

Many people died after being buried under the rubble of houses or being hit by the zinc sheets blown by the roofs.

The amount of infrastructural damages incurred in the disaster is yet to be ascertained as the storm has damaged hundreds of houses, electric pylons and pools, while uprooted trees have obstructed the roads and highways.


The storm had led to power outage last night. The internet service has resumed in the affected districts.

Security agencies including two battalions of Nepal Army, Nepal Police and Armed Police Force of Nepal have been mobilised to carry out the rescue and relief operation in the affected area.

 





Continue Reading…

माछापुच्छ्रेको थप ८ शाखा रहित बैंकिङ्ग सेवा

१७ चैत, काठमाडाैं । माछापुच्छ्रे बैंक लिमिटेडले कास्कीमा ८ शाखा रहित बैंकिङ्ग सेवा एकैपटक संचालनमा ल्याएको छ ।

बैंकले कास्की स्थित मादी गाउँपालिकाको टाङटिङ, थक, तापराङ, चितेपानी, तारकाङ, मिजुरेडाँडा, थुम्सिकोट, र सैमराङ मा ८ शाखा रहित बैंकिङ्ग सेवा सञ्चालनमा ल्याएको छ ।

बैंकिङ्ग पहूँचदेखि टाढा रहेका ग्रामीण भेगमा बैंकले आफ्ना ग्राहक सेवा केन्द्रहरु मार्फत अत्याधुनिक बैकिङ्ग सेवा पु¥याइरहेको छ ।

यो सहित माछापुच्छ्रे बैंक लिमिटेडको हालसम्म ७३ शाखा रहित बैंकिङ्ग सेवा सुचारु भईसकेको बैंकले जनाएको छ ।

ग्राहक सेवा केन्द्रको रुपमा संचालित उक्त शाखा रहित सेवा केन्द्रहरुबाट खाता खोल्ने, रकम जम्मा गर्ने र झिक्ने, रेमिटेन्स भुक्तानी, साथै कर्जा आवेदन गर्न सकिने सुविधाको समेत व्यवस्था गरेको छ ।

बैंकले नेपालमै पहिलो पटक तुरुन्त (रियल टाइममा) खाता खोल्ने व्यवस्था गरेको छ भने चिपमा आधारित डेबिट कार्ड पनि तुरुन्त उपलब्ध गराएको छ ।

Continue Reading…

नेपाली समाजको वास्तविक हिरो मदन भण्डारी- प्रधानमन्त्री ओली

उर्लाबारी । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाली समाजको वास्तविक हिरो मदन भण्डारी भएको बताएका छन् । आफ्नो जीवन गएको २५ वर्षपछि पनि जननेता भण्डारीले लिएका सोच र विचारअनुसारै देशले नयाँ बाटो प्राप्त गरेको बताए ।

मोरङको उर्लाबारी नगरपालिका–३ स्थित मदन भण्डारी स्मृति प्रतिष्ठानमा इञ्जिनीयरिङ कलेजको उद्घाटन, प्रतिष्ठानको रजतजयन्ती स्तम्भ अनावरण र साधारणसभाको उद्घाटन गर्दै प्रधानमन्त्री ओलीले मदन भण्डारीको विचार अहिले पनि उत्तिकै सान्दर्भिक रहेको बताए । जननेता भण्डारीको विचारअनुसारै अहिलेको शासन प्रणाली स्थापित भएको उल्लेख गरे ।

कोही मानिसले नबुझेर र स्वार्थका कारण विरोध गरे पनि जननेता भण्डारीको विचारअनुसारै अब देशको सुशासन र विकास हुने बताए । प्रतिष्ठानको विकासका लागि सङ्घीय, प्रदेश र स्थानीय तह तीन वटै सरकार एक भएर लाग्नुपर्नेमा जोड दिँदै प्रधानमन्त्री ओलीले सो संस्थामा अध्ययन गर्ने भाइबहिनी इञ्जिनीयर र प्राविधिक भएर निस्कने भएकाले नै संस्थाको विकास नै समाजको विकास हुने बताए ।

यस्तै प्रधानमन्त्री ओलीले शिक्षाको गुणस्तरमा कुनै सम्झौता गर्न नहुने बताए । प्रधानमन्त्री ओलीले शिक्षामा राजनीतिक रङ देखाउन नहुनेमा जोड दिए । “जे उद्देश्य हो त्यहीअनुसार काम गनुपर्छ”। प्रधानमन्त्री ओलीले भने, “यसलाई देश र जनताप्रति साझा संस्थाका रुपमा विकास गर्नुपर्छ ।” प्रधानमन्त्री ओलीले संस्थाको लेखाप्रणाली स्वच्छ र पारदर्शी हुनुपर्नेमा जोड दिए । प्रधानमन्त्रीले लगानी सम्मेलनको सफलतापछि अब यही आर्थिक वर्षभित्रै युवाको व्यापक सहभागितामा अन्तरराष्ट्रिय खोज, अध्ययन एवम् अनुसन्धान सम्मेलन आयोजना गरिने जानकारी दिए ।

प्रधानमन्त्री ओलीले जननेता भण्डारीको सम्झनामा यहाँ निर्माण गरिएको मदन भण्डारी सङ्ग्रहालयको पनि अवलोकन गरेका थिए । भण्डारीको राजनीतिक, सामाजिक एवम् पारिवारिक गतिविधिलाई समेटेर सो सङ्ग्रहालय निर्माण गरिएको हो । करीब आधा घण्टाको समयमा प्रधानमन्त्री ओलीले सङ्ग्रहालय प्रवेशद्वारमा रहेको जननेता भण्डारीको तस्बीर र उहाँ जन्मिएको ताप्लेजुङको ढुङ्गेसाँघु गाउँको चित्रणदेखि अन्त्यमा चितवनको दासढुङ्गामा उनको सवार दुर्घटनामा परेको जीपको अवलोकन गरे ।

जननेता भण्डारीको जीवनका विषयमा जो कोहीलाई पनि बुझ्न सहज होस् भन्ने उद्देश्यले सङ्ग्रहालय निर्माण गरिएको प्रतिष्ठानका अध्यक्ष गुरुप्रसाद बरालले जानकारी दिए ।

Continue Reading…

सोमबार दराजको ‘ब्राण्ड डे’ टाइटनका साथमा

१७ चैत, काठमाडौं । अनलाइन शपिङ गन्तब्य दराजले आफ्नो ब्राण्ड डे श्रृखंला सोमबार टाइटनका साथमा गर्ने भएको छ ।
एक दिनको लागि मात्र हुने यस ब्राण्ड डे मा उपभोक्ताहरुले अप्रिल १ मा राती १२ बजेदेखि सोही दिनको राती ११:५९ बजेसम्म टाइटनका खास अफरहरुको फाइदा लिन सकिने कम्पनीले जनाएको छ ।
कम्पनीका अनुसार यो अफर दराजको दराज मलमा रहित टाइटनको अधिकृत स्टोरमा मात्र लागू हुनेछ । ब्राण्ड डे मा टाइटनका सबै घडीहरुमा २० प्रतिशत छुट, निःशुल्क वितरण तथा दुई हजारसम्मको संग्रहणीय भाउचरहरु प्रदान गरिने कम्पनी बताउँछ ।
विशेषगरी  बिहान १० बजे देखी दिउसो २ बजेसम्म टाइटनको खास मोडेलहरुमा न्यूनतम् ३० प्रतिशत छुट प्रदान गरिने जनाइएको छ । यस्तै पाँच हजारसम्मको कलेक्टीभ भाउचरहरु प्रदान गरिनेछ ।
त्यति मात्र नभई ५ भाग्यशाली उपभोक्ताहरुले दुई हजारको कलेक्टीभ भाउचरहरु जित्ने मौका पनि रहेको कम्पनीले जनाएको छ । कम्पनीका लागि त्यसका लागि उपभोक्ताहरुले दराजमा टाइटनको स्टोर फलो गर्नुपर्नेछ ।
‘टाइटनका घडीहरु उत्कृष्ट गुण्स्तरका, विश्वसनीय तथा सुपथ मूल्यमा पाइने हुने भएकाले विश्वभरी लोकप्रिय छन्, त्यसैले दराजले प्रस्तुत गरेको टाइटनको विशेष कारोबारहरुको निसंकोच भरपूर आनन्द लिन तयार रहनुहोस्’, कम्पनीद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।
दराजको ब्राण्ड डे अफर गत १ फेब्रुअरीमा क्लोभियाका साथमा शुरु भएको थियो । ब्राण्ड डे मा एक प्रख्यात ब्राण्डले ग्राहकहरुलाई एक दिनका लागि आकर्षक एवंम विशेष छुटको अफर दिनेछन् ।
दराजका अनुसार यो ब्राण्ड डे हरेक महिनाको १ र १५ गते आयोजना हुन्छ र २४ घण्टाको सीमित अवधिभित्र उपभोक्ताहरुले नाम चलेका प्रसिद्ध ब्राण्डहरु जस्तै गोल्ड्स्टार, अमेरिकन टुरिस्टर, बाल्ट्रा, शियोमी, मेबलिन्, कन्वर्स्, रङ्गोलि, लोरिअल पेरिस, सलाना र अन्य ब्राण्डहरु आकर्षक बार्गेन डिलमा फाइदा उठाउन सक्नेछन् ।
Continue Reading…

प्रदेश ३ मा मुख्यमन्त्री जनता स्वास्थ कार्यक्रम लागू

१७ चैत , हेटौंडा । प्रदेश ३ सरकारले नीति तथा कार्यक्रम र बजेटमा घोषणा गरेको मुख्यमन्त्री जनता स्वास्थ्य परीक्षण कार्यक्रम आइतबार मकवानपुरको हेटौंडा अस्पतालबाट सुरु गरेको छ ।

प्रदेश ३ का मुख्यमन्त्री डोरमणि पौडेलले कार्यक्रमको उद्घाटन गरेका हुन् । विपन्न वर्गका जनताको स्वास्थ्य परीक्षण गर्ने उद्देश्यले प्रदेश सरकारले यो कार्यक्रम ल्याएको हो ।

शहीद परिवार, जनआन्दोलनका घाइते बेपत्ता परिवार र निम्न आयस्तर भएका विपन्न परिवारका मानिसले वडाको सिफारिसमा यो उपचार सेवा पाउने बताइएको छ ।

नसर्ने रोग पहिचानका लागि विभिन्न १६ किसीमका परीक्षण निःशुल्क गरिनेछ । यसवापात लाग्ने २ हजार २ सय रुपैयाँ प्रदेश सरकारले बेहोर्नेछ ।

सरकारले पहिलो पटक मकवानपुर, धादिङ, भक्तपुर, सिन्धुली र सिन्ुधपाल्चोक गरी पाँच जिल्लामा यो कार्यक्रम पाइलट प्रोजेक्टका रुपमा ल्याएको छ ।

अबको केही दिनमा ५ वटै जिल्लाको सरकारी अस्पतालबाट यो सेवा सञ्चालन हुने प्रदेश ३ सरकारका सामाजिक विकासमन्त्री युवराज दुलाललेे बताए ।

प्रदेश सरकारले यो आर्थिक वर्षमा १० हजार जनताको स्वास्थ्य परीक्षण गर्ने लक्ष्य लिएको छ । कार्यक्रमका लागि चालु वर्षका लागि ३ करोड २० लाख रुपैयाँ बजेट विनियोजन गरीसकेको छ ।

Continue Reading…

सोमबारदेखि मलेसियाको ‘कलिङ भिसा’ लागेकाहरूले श्रम स्वीकृति पाउने

काठमाडौं । मलेसिया जानका लागी यस अघि नै ‘कलिङ’ भिषा पाइसकेकाहरुले सोमबारदेखि श्रम स्वीकृति पाउने भएका छन् ।

बैदेशिक रोजगार विभागले सोमबार (भोलि) देखि श्रम स्वीकृति दिनका लागी श्रम कार्यालय ताहाचललाई पत्राचार समेत गरिसकेको छ । बैदेशिक रोजगार विभागले मलेसियन राजदूताबासबाट भिसा स्वीकृति गराउन बैदेशिक रोजगार व्याबसायि संघलाई जिम्मा समेत दिइ सकेको छ ।

सोमबार (भोलि) देखि ‘कलिङ’ भिसाको लागि खुले पनि नयाँ जानेहरुका लागी भने अझै एक महिना लाग्ने वैदेशिक रोजगार व्यवसायी संघका अध्यक्ष रोहन गुरुङले जानकारी दिए। ‘आज विभागसँग भएको छलफलमा भोलिदेखि कलिङ भिसाका लिएकाहरूलाई भोलिदेखि श्रम स्वीकृति दिने सहमति भएको छ।’ उनले भने, ‘नयाँका लागि एक महिना लाग्ने छ ।’

सरकारको तथ्याङक अनुसार अहिलेसम्म ७ हजार नेपालीले ‘कलिङ’ भिसा लिएका छन् । तर सरकारले श्रम स्वीकृति नदिएकाले उनिहरु जान पाएइ रहेका थिएनन्।

Continue Reading…

बाहिरी चक्रपथ विकासको डीपीआर संशोधन गर्ने तयारी

१७ चैत, काठमाडौं । काठमाडौं उपत्यका विकास प्राधिकरणले काठमाडौंको बाहिरी चक्रपथ विकास आयोजनाको विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) संशोधन गर्ने जनाएको छ ।

प्राधिकरणका विकास आयुक्त भाईकाजी तिवारीले सो आयोजनाका लागि आवश्यक जग्गाको व्यवस्थापन सहज ढंगले गर्न पनि त्यसको डीपीआर संशोधन गर्न लागिएको उनले बताए ।

आइतबार संघीय संसदको विकास तथा प्रविधि समितिको सिंहदरबारमा बसेको बैठकमा सो आयोजनाको सम्बन्धमा गरिएको छलफलमा भाग लिँदै उनले बाक्लो बस्ती भएको ठाउँबाट नभई अन्यत्रबाट सो आयोजनाको कामलाई अघि बढाउन पनि डिपीआर संशोधन गर्नुपर्ने अवस्था आएको बताए ।

उनले सो आयोजनाको डीपीआर संशोधनका लागि निःशुल्क काम गर्ने गरी प्रस्तावहरु आएको पनि समितिलाई जानकारी दिए ।
जग्गाको मुआब्जालाई लिएर हुने विवादका कारण तथा आवश्यक बजेटको समेत व्यवस्था नहुँदा सो आयोजनाको काम अघि बढाउन नसकिएको पनि विकास आयुक्त तिवारीको भनाइ छ ।

प्राधिकरणले सो आयोजना अघि बढाउन बजेटको अभाव नहुने पनि स्पष्ट पारेको छ ।  विकास आयुक्त तिवारीले बाहिरी चक्रपथ वरपर २ सय ५० मिटर जग्गा चक्रपथका लागि व्यवस्था हुने गरी कामलाई अघि बढाउने पनि बताए ।

करिब १ खरव लागतमा निर्माण हुने अनुमान गरिएको सो आयोजनामा चक्रपथ निर्माणका लागि करिव ७२ अर्ब र पीडित पक्षलाई क्षतिपूर्ति दिन करिव २८ अर्ब खर्च हुने प्राधिकरणको अनुमान छ ।

यता, समितिका सदस्यहरुले भने विकास, निर्माणको कामलाई अघि बढाउन ठोस योजना तय गर्न नसकेको भन्दै सरकारको आलोचना गरेका थिए ।

समितिका सदस्य टोपबहादुर रायमाझीले मुलुकलाई समृद्ध बनाउने गरी विकास, निर्माणको कामलाई अघि बढाउन ठोस योजना नै तय गर्न नसकेको भन्दै सरकारको चर्को आलोचना गरे ।

उनले विकास र समृद्धिको अभियानलाई सफल बनाउन भूगोलको गहिरो अध्ययन गरेर ठोस योजना तय गर्न पनि सरकारलाई सचेत गराए ।

समितिका अर्का सदस्य गणेशकुमार पहाडीले विकास, निर्माणको कामलाई अघि बढाउन आवश्यक ऐन, कानुन संशोधन गर्न सरकारसँग माग गरे ।

उनले स्मार्ट सिटी बनाउने सरकारको लक्ष्य पनि ठोस योजनाको अभावमा अलपत्र परेको भन्दै असन्तुष्टि व्यक्त गरे । समितिका सदस्यहरुले विकास आयोजनाको कामलाई अघि बढाउन आवश्यक बजेटको व्यवस्था गर्न पनि सरकारले ढिलाई गर्न नहुने बताएका थिए ।

Continue Reading…

हिन्दु राष्ट्र माग गर्दै हस्ताक्षर संकलन (फोटो फिचर)

१७ चैत, काठमाडौं । सनातन धर्म सापेक्ष हिन्दु राष्ट्रको माग गर्दै काठमाडौंमा हस्ताक्षर संकलन गरिएको छ ।

राप्रपाको आयोजनामा बसन्तुरमा हस्ताक्षर संकलन सुरु गरिएको हो । राप्रपाले घोषणा गरेको संघर्षका कार्यक्रमअन्तर्गत सुरु गरिएको हस्ताक्षर अभियान २३ गतेसम्म चल्ने छ ।

कार्यक्रम राप्रपाका बरिष्ट उपाध्यक्ष एवंम बुद्धिमान तामाङको प्रमुख आतिथ्यतामा भएको हो ।

तस्वीर ः चन्द्र आले

         

Continue Reading…

स्वीस ज्वाइँको सुझाव – ससुरालीहरु कानूनअनुसार चलुन् !

१७ चैत, जुरिच । स्वीट्जरल्याण्डको सबैभन्दा ठूलो शहर हो जुरिच । शहरदेखि पूर्व झन्डै ७१ किलोमिटरको यात्रापछि एउटा पहाडी क्षेत्र आउँछ, जसको नाम हो मुलेहन ।

स्वीट्जरल्याण्डमा २६ वटा प्रदेशहरु (क्यान्टोन) छन् । त्योमध्येको एक रमणीय क्यान्टोन हो– ग्लारुस । सोही क्यान्टोनमा रहेको नगरपालिका ग्लारुस नडमा मुलेहन अवस्थित छ ।

वालेन्सी तालकै छेउमा एउटा रिसोर्ट जस्तै लाग्ने घर छ, जहाँबाट हिउँले टल्केको हिमालसमेत देख्न सकिन्छ । त्यही घरमा हामीले भेट्यौं– इन्जिनियर डिक्ट्रिक एल्मर, जोसँग नेपालको वैवाहिक साइनोसमेत गाँसिएको रहेछ ।

४५ वर्षअघि नेपालमा नै पुगेर शुभ एल्मर लामासँग उनले लगनगाँठो कसेका रहेछन् । यो जोडीको प्रेम अझै पनि लोभलाग्दो छ । अझ त्योभन्दा पनि उनीहरुभित्रको नेपाल प्रेम !

इन्जिनियर एल्मरको नेपाल प्रेम उनले बोल्ने नेपाली भाषामै झल्कन्छ । उनी नेपाली राम्रोसँग बुझ्ने मात्र हैनन्, प्रष्टसँग बोल्न पनि सक्छन् । उनी ४५ बर्ष पहिले नेपालको सुदूरपश्चिम बझाङ जिल्लामा पुगेका थिए । झोलुङ्गे पुल बनाउन दशकौं अघि नेपाल पुगेका उनले त्यतिबेलाको रोचक अनुभव सुनाए ।

वालेन्सी तालकै छेउमा पुगेर हामी मज्जाले गफियौं । र, उनीमार्फत ४५ बर्षअघिको नेपालबारे पनि बुझ्ने मौका पायौं ।

पटक–पटक नेपाल पुगेका एल्मरले नेपालको विकास निर्माणबारे टिप्पणी गरे । नेपाललाई स्वीट्जरल्याण्ड जस्तै बनाउने चर्चा उनको कानमा पनि पुगिसकेको रहेछ । यसबारे उनले नेपाल सरकारलाई सुझाव दिनसमेत भ्याए ।

प्रस्तुत छ स्वीट्जरल्याण्ड भ्रमणका क्रममा अनलाइनखबरका लागि युरोप संयोजक बसन्त रानाभाटले इञ्जिनियर एल्मरसँग गरेको कुराकानी–

यति राम्रो नेपाली बोल्न कहाँ सिक्नुभयो ?

म स्वीट्जरल्याण्डबाट नेपालमा काम गर्न गएको थिएँ । सुरुमा नेपाली भाषाकै लागि ६/७ हप्ता इन्टेन्सिभ ट्रेनिङ पनि गरें । बाहिर कामका लागि जानुपर्दा त्यो अनिवार्य पनि थियो । मैले केही वर्ष नेपालमै बिताएँ, यसले भाषा सिक्न सहयोग पुग्यो ।

नेपालको सुदूर पश्चिमस्थित बझाङ जिल्लामा झोलुङे पुल बनाउन स्वीट्जरल्याण्डदेखि तपाई लगायत ३ जनाको टोली पुगेको सुनियो, यसबारे बताइदिनुहोस् न ।

हो । त्यो सन् १९७३ डिसेम्बरतिरको कुरा हो । ४५ वर्षअघि स्वीस सरकारमार्फत पुगेका हौं । कामकै सिलसिलामा मैले २ बर्ष ३ महिना त्यहीँ बिताएँ । छिटो र राम्रो कामका लागि त्यतिबेला हामीलाई विश्वास गरियो । नेपालमा पुगेर काम गर्ने अवसर मिल्यो । अहिले सम्झँदा झनै आनन्द लाग्छ ।

त्योबेलामा बझाङ्सम्म कसरी पुग्नुभयो ?

काठमाडौंबाट प्लेनमा धनगढीसम्म । त्यसपछि पैदल यात्रा गर्नुपर्थ्यो । हप्ताको एकपटक डोटी दिपायलसम्म प्लेन चल्थ्यो । त्यसपछि पनि हिँड्नु पर्दथ्यो ।

पहिलोपटकको यात्रामा त्यहाँ पुग्न अलि अप्ठ्यारो पनि भयो । सुरुमा ३ दिनमा त्यहाँ पुगिन्थ्यो । बाटो राम्रोसँग थाहा हुँदै गएपछि त २ दिनमै पनि पुगियो ।

तर, फर्कँदा अलि झन्झट नै हुथ्यो । प्लेनको कुनै भर नहुने । धनगढीसम्म हिँडेर जान्थ्यौं । त्यहाँ हप्तामा ३/४ वटासम्म प्लेन चल्थे । कतिपय अवस्थामा हामी इण्डियाको सडक हुँदै पनि काठमाडौं फर्कियौं ।

४५ बर्ष पहिले बझाङ कस्तो थियो नि ?

मलाई त बझाङ धेरै राम्रो लाग्यो । स्वीटजरल्याण्डमा धेरै पहाडहरु छन् । नेपाल–स्वीटजरल्याण्डको भौगोलिक बनावट धेरै मिल्छ । मलाई त धेरै रमाइलो लाग्यो । बरु मलाई दुख लागेको के भने त्यतिबेला बझाङका नेपालीहरुले कहिल्यै काठमाडांै देखेनन् । सडक बाटो थिएन । किनमेलदेखि अन्य कामका लागि उनीहरु भारत जानुपर्ने बाध्यता थियो ।

त्यतिबेला स्वीटजरल्याण्डमा त पूर्वाधारहरु थिए, विकास भइसकेको हुँदो हो । तपाई नेपालको विकट ठाउँमा पुगेर पनि कसरी घुलमिल हुनुभयो ?

साँच्चै बताउनुपर्दा मलाई त्यस्तो गाह्रो लागेन । हिँड्न, पहाडमा चढ्न, नयाँ ठाउँमा पुगेर काम गर्न मलाई असाध्यै मन पर्छ । स्वीटजरल्याण्डमा रहँदा पनि म पहाडमा हिँडडुल गर्दै काम गर्थें । त्यसैले बझाङमा घुलमिल हुन र काम गर्न धेरै सजिलो भयो । बझाङमा मान्छेहरु धेरै राम्रा थिए, सहयोगी थिए । ती पुराना दिनहरु सम्झँदा अहिले आनन्द र रमाइलो लाग्छ ।

त्यसबेलाको खानपिनबारे पनि बताइदिनुहोस् न, के–के खानुहुन्थ्यो ?

मैले त्यतिबेला खाना पकाउन त सक्दैनथें । तर, नेपाली दाजुभाइहरुले मीठो खाना बनाएर दिनुहुन्थ्यो । सबैको एउटै पाक्थ्यो । मज्जाले दालभात खायौं । ३/४ हप्तामा एकचोटि खसीको मासु पनि खान पाइन्थ्यो ।

त्यतिबेला विदेशीहरुलाई स्थानीयले कुन रुपमा हेर्थे ?

अलि नयाँ र फरक लाग्थ्यौं होला । तर हामीवीच माया र आत्मीयता थियो ।

पछि फर्केर त्यही ठाउँमा कहिल्यै पुग्नुभयो ?

अहिलेसम्म पुगेको त छैन । तर गुगलमा धेरैपटक हेरेको छु । त्यो पुल अझै छ । नेपाल १२÷१५ पटक नै पुगें । तर, त्यहाँ पुग्ने समय जुरेन । अहिले त बझाङ्सम्म पुग्ने सडकहरु बनेका छन् । पुग्न त्यति गाह्रो छैन ।

त्यो ठाउँ वा पुलको नामबारे केही याद छ ?

अलिअलि याद छ । नाम चिर । नदी खलङ्गा । त्योपछि सेतीसँग मिल्छ । पुलको नाउ त थिएन । तर, गाउँको नाम सेञ्झु जस्तो लाग्छ ।

तपाईको टोलीमा रहेका अन्य साथीहरुसँग अहिले भेटघाट वा कुराकानी हुन्छ ?

हो, हिजो मात्रै एकजनालाई भेट्यौं । त्योबेला स्वीट्जरल्याण्डबाट त्यहाँ पुगेका सिनियर इन्जिनियर थिए उनी । अहिले फिनल्याण्ड बस्छन् । तर, हामीलाई भेट्न आएका थिए । ८४ बर्ष पुगिसके उनी । नेपालबारे धेरै कुराकानी भयो । हामीले पुराना यादहरुलाई ताजा गर्‍यौं ।

अब अलिकति फरक कुरा गरौं, नेपाल पनि प्राकृतिकरुपमा स्वीटजरल्याण्डजस्तै देखिन्छ । के तपाईंलाई नेपाल पनि स्वीटजरल्याण्डजस्तै बनाउन सकिन्छ जस्तो लाग्छ ?

पहिले भन्दा अहिले धेरै कामहरु भएका छन् । तर, अझै धेरै बाँकी छ । आधारभूतरुपमा सरकारबाट व्यवस्थापन राम्रो हुनुपर्छ । नेपाली जनताबारे मलाई राम्रोसँग थाहा छ । ४५ वर्ष पहिले वा अहिले पनि । उनीहरु राम्रो काम गर्न सक्छन् । मेहनती छन् । सम्वन्धित क्षेत्रको ज्ञान र विज्ञता पनि छ । तर, सरकारबाट व्यवस्थापन मिलाउनैपर्छ । राम्रो कामलाई प्रोत्साहन दिने नीति आउनुपर्छ । नियम विपरीत काम गर्नेलाई दण्डित पनि गर्न सक्नुपर्छ ।

नेपालमा नीति र नियम त राम्रा तर, त्यसलाई पछ्याएजस्तो लाग्दैन । एउटा राम्रो सिष्टम हुनुपर्छ, त्यो नै विकासको मुख्य आधार हो ।

पहिले र अहिलेको स्वीट्जरल्याण्ड बारे पनि भनिदिनुहोस् न ।

धेरै नै फरक छ । सडक, रेल बाटोघाटो लगायतका पूर्वाधारहरु पहिले धेरै कम थिए । म बच्चा हुँदा ( हाँस्दै मेरो उमेर त नभनौं) एउटा घरमा एउटा ट्वाइलेट मात्र थियो होला । बाथरुमहरु बनेका थिएनन् । नुहाउनका लागि गाउँमा एउटै ठाउँ थियो । सबै गाउँलेहरु त्यहीँ नुहाउन आउँथे । तर, अहिले त धेरै परिवर्तन भइसक्यो ।

तपाईले बताएअनुसार ५० वर्षअघि र अहिलेको स्वीट्जरल्याण्डमा धेरै भिन्न देखियो नि, त्यो कसरी सम्भव भयो ?

उद्योग धन्दा राम्रो चल्यो । लगानीको वातावरण बन्यो । त्यसो हुँदा मुलुकको अर्थतन्त्र पनि राम्रो र बलियो बन्यो । यहाँ धनीहरुमात्रै धनी भएनन्, गरिबले पनि धन कमाउन सक्ने व्यवस्थापन सरकारबाट भयो । सुरुमा यहाँ पनि धनीहरु धेरै नै धनी थिए । अन्यको जीवनस्तर राम्रो थिएन । तर, दोस्रो विश्वयुद्धपछि मुलुकले ठूलो फड्को मार्‍यो । नीति र नियमहरु बने र तिनलाई सबैले पालना गर्दै गए ।

अन्त्यमा, एक नेपालप्रेमीको नाताले समृद्ध नेपाल बनाउन के सुझाव दिनुहुन्छ ?

तिनीहरुले नियम कानुनअनुसार चल्नुपर्छ । कानूनलाई कार्यान्वयन गर्नुपर्छ । यति राम्रा नीति नियम, कानुन बनेका छन्, मात्र कार्यान्वयन हुन बाँकी छ । त्यसो भएमा देश विकास गर्न समय लाग्दैन ।

Continue Reading…

कलिङ भिसा आएका ७ हजार कामदारका लागि खुल्यो मलेसिया

१७ चैत, काठमाडौं । सरकारले कलिङ भिसा आएका कामदारलाई मलेसिया जान श्रम स्वीकृति दिन थालेको छ । यो सँगै झण्डै १० महिनापछि मलेसियामा कामदार पुन पठाउन सुरु हुने भएको छ ।

वैदेशिक रोजगार विभागले श्रम कार्यालय ताहाचललाई पत्र लेखेर कलिङ भिसा आएकाहरुलाई मलेसिया जान अन्तिम श्रम स्वीकृति दिन अनुमति दिएको छ ।

सरकारले मलेसिया जाने कामदारलाई विभिन्न बाहनामा थप शुल्क लगाएर ठगी गरिएको भन्दै गत जेठ १२ गतेबाट मलेसियाका लागि श्रम स्वीकृति दिन रोकेको थियो । विभिन्न विचौलिया संयन्त्रमार्फत कामदारलाई सिन्डिकेट लादेर ठगी भएको भन्दै श्रम मन्त्री गोकर्ण बिष्टले ठगी गर्नेमाथि कारवाही चलाएका थिए ।

ती संयन्त्रमाथि गृह मन्त्रालयमार्फत अनुसन्धान गरेर हाल अदालतमा ठगीको मुद्दा विचाराधीन अवस्थामा छ । यही बीचमा कामदारले मलेसिया जाँदा एक रुपैयाँ पनि शुल्क तिनुनपर्ने र लागेको सबै शुल्क रोजगारदाताले बेहोर्ने गरी दुई देशबीच श्रम समझदारी भएको थियो ।

समझदारीमा कलिङ भिसा आएकाहरुलाई तत्कालै जान दिने उल्लेख भएपनि पुरानो बिचौलिया (भेन्डर)मार्फत कामदारको भिसा प्रक्रिया अघि बढाउन नसकिने अडान नेपालले लिएको थियो । तर, मलेसियाले पनि तत्कालै भेन्डर नफेर्ने संकेत गरेको थियो ।

यसैका कारण श्रम समझदारीपछि पनि कलिङ भिसा आएकाहरुलाई पनि मलेसियाका लागि श्रम स्वीकति दिइएको थिएन । बीचमा २० जना कलिङ भिसा पाएका कामदार मलेसिया दूतावासको सिफारिसमा उडेका थिए ।

त्यसपछि सरकारले कलिङ भिसा आएका कामदारको विवरण म्यानपावरहरुसँग मागेको थियो । मन्त्रालय स्रोतका व्यवसायीले ७ हजार कलिङ भिसा आएका कामदारको सूची बुझाएका छन् ।

अब पहिलो चरणमा ती कलिङ भिसा आएका कामदारलाई पठाएर मलेसियामा खोल्ने तयारीमा सरकार छ । अब संस्थागततर्फबाट भिसा आइसकेकाहरु पनि मलेसिया उड्न पाउनेछन् ।

सरकारले केही समयभित्रै नयाँ कामदारलाई पनि मलेसिया जान दिने गरी प्रक्रिया अघि बढाउने बताएको छ । मलेसियाले स्वास्थ्य परीक्षणको मापदण्ड पठाइसकेकाले कामदारको स्वास्थ्य जाँचमा योग्य नयाँ अस्पताल तथा स्वास्थ्य संस्थालाई सूचीकृत हुन सरकारले सूचना जारी गरिसकेको छ ।

यसअघि मलेसियाले ३९ वटा स्वास्थ्य संस्थालाई मात्रै कामदारको स्वासथ्य परीक्ष्ण गर्न सक्ने गरी तोकेको थियो । अब भने मापदण्ड पुरा गर्ने सरकारी स्वास्थ्य संस्थासहित सबैले यसमा दावेदारी राख्न पाउनेछन् । यसबाट स्वासथ्य परीक्षणमा विगतमा रहेको सिन्डिकेट पनि सकिने दावी श्रम मन्त्रालयको छ ।

मलेसियासँगको श्रम समझदारीको मर्ममै रहेर नयाँ कामदार पठाउन लागिएको सरकाकरो दावी छ ।

Continue Reading…

वीरगञ्ज महानगरपालिकाका कर्मचारी फेरि आन्दोलित

१७ चैत, वीरगञ्ज । वीरगञ्ज महानगरपालिकाका कर्मचारीहरु पुनः आन्दोलित भएका छन् । बोर्डले गरेको निर्णयसमेत कार्यान्वयन नभएको भन्दै कर्मचारीहरु आन्दोलनमा उत्रिएका हुन् ।

कर्मचारीहरुले आ-आफ्नो शाखामा तालाबन्दी गरी वीरगञ्ज महानगरपालिकाको कामकाज ठप्प पारेका छन् । स्थानीय तह कर्मचारी संघ नेपाल र नेपाल नगरपालिका कर्मचारी एशोसिएसनमा आवद्ध कर्मचारीहरु आन्दोलित भएका हुन् ।

उनीहरुले बारुण यन्त्र, विहानको एक पटक सरसफाइ, शिक्षा, स्वास्थ्य चौकी र लामखुट्टे नियन्त्रणका लागि भइरहेको स्प्रे बाहेकका सबै कामकाज ठप्प पारेका छन् ।

आइतबार बिहानैदेखि कर्मचारीहरु धर्नामा बसेका कारण महानगरपालिकाको कामकाज ठप्प छ । विभिन्न काम लिएर महानगरपलिाकामा पुगेर सेवाग्राहीहरु मर्कामा परेका छन् ।

चैत ११ गते तीन दिने अल्टिमेटमसहित प्रमुख प्रशासकीय अधिकृतलाई निर्णय कार्यान्वयन गर्नका लागि ध्यानाकर्षण गराएको भए पनि सुनुवाई नभएपछि बाध्य भएर आन्दोलनमा उत्रनु परेको स्थानीय तह कर्मचारी संघ नेपालका वीरगञ्ज अध्यक्ष मुकेश गुप्ताले बताए ।

०७५ भदौं २० गतेदेखि नै मौखिक तथा लिखित रुपमा स्थानीय तहमा कार्यरत कर्मचारीहरुको हकहित, वृत्ति विकास, दरबन्दी एवं संगठन तालिकाका सम्बन्धमा आवाज उठाउँदै आएको हो ।

‘विगतमा झण्डै एक महिना आन्दोलन पनि गरेका हौं,’ उनले भने, ‘वार्ता समिति गठन गरेर सहमति भइ पुस ३० गतेको कार्यापालिका बोर्ड बैठकबाट निर्णयसमेत भइसक्दा निर्णय कार्यान्वयन नहुनु दुःखद हो त्यसैले आन्दोलनमा उत्रन बाध्य भएका छौं । अब निर्णय कार्यान्वयन नभएसम्म आन्दोलन जारी राख्छौं ।’

वीरगञ्ज महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत उमेश बस्नेतले भने कार्यापालिका बोर्डबाट निर्णय भएपनि कार्यान्वयन गर्न कानुनी आधार नभएको बताए ।

उनले नीतिगत रुपमै समस्याको समाधान खोज्नुपर्ने भएकोले महानगरपालकाले चाहेर मात्रै केहि नहुने बताए । ‘कर्मचारी समायोजन संघीय कानूनअनुसार हुनेछ भनिएको छ ।

‘ऐनमा स्थानीय तहका कर्मचारी समायोजनका बारेमा खुलाइएको छैन । कानुनी आधार नभएकोले बोर्डको निर्णय कार्यान्वयन गर्ने कानुनी देखिदैन,’ उनले भने, ‘एक साता अघि नै बोर्डले गरेको निर्णय, कर्मचारीहरुको मागका विषयमा मन्त्रालयमा लिखित जानकारी पठाएका छौं । माग पूरा गर्न कानुनी आधार बनाईदिन आग्रह गरेका छौं ।’

यस्तो थियो सहमति

भदौदेखि नै राख्दै आएको मागबारे सुनुवाई नभएको भन्दै पुसमा पनि स्थानीय तह कर्मचारी संघ वीरगञ्ज र नगरपालिका कर्मचारी एशोसिएसनको आव्हानमा कर्मचारीहरु आन्दोलनमा उत्रिएका थिए ।

पुस १९ गतेदेखि कर्मचारीहरुले महानगरपालिकाको कामकाज नै ठप्प पारेर आन्दोलन गरेपछि महानगरपािलकाले वार्ता समिति गठन गरेको थियो ।

महागनरपालिकाको कार्यपालिका सदस्य अरविन्दप्रसाद गुप्ता नेतृत्वको वार्ता टोली र आन्दोलनरत कर्मचारीहरुबीच भएको वार्तामा ६ बुँदे सहमति भएको थियो ।

वार्तामा संगठन तालिका र कर्मचारी दरबन्दी, तह वृद्धि/वृत्ति विकास, स्थानीय तह कर्मचारी सेवा ऐन निर्माण, कर्मचारीहरु नियुक्ति गर्दा आवश्यकता र औचित्यताको आधारमा सामाजिक परिचालकहरुलाई प्राथमिकता दिने, समायोजन भइ आउने कर्मचारीहरुको तलब, भत्तालगायतका सुविधाका बारेमा खुलाई पठाउन सरकारसँग माग गर्ने र नियमित काममा र्फकने सहमति भएको थियो । तर, अहिलेसम्म सहमति कार्यान्वयन नभएको कर्मचारीको गुनासो छ ।

Continue Reading…

महिला क्रिकेटको पहिलो अक्सन सम्पन्न, रेखा थापाले किनिन सर्वाधिक महँगा तीन खेलाडी

काठमाडौं । वुमन्स टी २० क्रिकेट लिगको पहिलो अक्सनमा १० महिला क्रिकेटर महगो मुल्यमा बिकेका छन् । महँगा १० मध्ये तीन खेलाडीलाई रेखा थापाको टिमले खरिद गरेको छ । आइतबार काठमाडौंको गैरीधारास्थित एलिस रिसेप्सनमाभएको अक्सनमा ८० खेलाडी सहभागी थिए । ति मध्ये १० जना महँगो मुल्यमा बिक्रि भएका छन् ।
नेपालको इतिहासमै पहिलो पटक वुमन्स टी २० क्रिकेट लिग हुन थालेको छ । लिग खेल्न चार टोली दर्ता भएका छन् । चार टोलीले आइतवार ५२ खेलाडी बोलकबोलमा खरिद गरेका छन् । भैरहवा क्वीन्सले सोन खड्का, इन्दु बर्मा र बिन्दु रावललाई ७५ हजार मुल्य दिएर आफ्नो टीममा पारेको छ भने रेखा थापाको काठमाडौं सुपर च्याम्पियनले ममता चौधरी, सरिता मगर र रोमा थापालाई पनि ७५ हजार रकम दिएर टीममा लिएको छ । विराटनगर रोअरिङ लायोनेसले काजोल श्रेष्ठ, अप्सरी बेगमलाई ७५ हजार लियो भने धनगढी ओन्डर वुमनले कविता कुँवर र ज्योति पाण्डेलाई ७५ हजारमै लिएको छ ।

एनसिएल स्पोर्ट्सले आयोजना गरेको वुमन्स टी २० ले नेपाली महिला क्रिकेटरको क्षमता बृद्धि गर्ने लक्ष्य लिइएको छ ।

Continue Reading…

रिङरोडमा बसलाई डेडिकेटेड लेन, आधुनिक बीआरटी चलाउने योजना

१७ चैत, काठमाडौं । काठमाडौं उपत्यकाको अस्तव्यस्त सार्वजनिक यातायातलाई व्यवस्थित गर्न बस र्‍यापिड ट्रान्जिट (बीआरटी) निर्माण हुने भएको छ । चक्रपथको २७ दशमलब ३ किमीमा बीआरटी निर्माण हुने भएको हो ।

आर्थिक वर्ष ०७१/७२ कै बजेटमा काठमाडौं उपत्यकाको सार्वजनिक यातायात व्यवस्थित गर्न धेरै यात्रु क्षमताको बस र्‍यापिड ट्रान्जिट (बीआरटी) को योजना समावेश गरिएको थियो ।

उपत्यकाको सडक पूर्वाधारले यात्रुको चाप थेग्न नसकेपछि सरकारले धेरै यात्रु क्षमताका ठूला बस सञ्चालनमा जोड दिँदै आएको छ । तर, चक्रपथमा साझा यातायात लगायतका केही नीजि कम्पनीले थोरै मात्रामा ठूला बस सञ्चालन गरेपनि बीआरटी मोडेलमा भने अहिलेसम्म सञ्चालन भएको छैन ।

अब वैदेशिक लगानी भित्र्याएरै सरकारले यो परियोजना अघि बढाउने भएको छ । शुक्रबार र शनिबार काठमाडौंमा भएको लगानी सम्मेलनमा यो परियोजना निर्माणका लागि प्रस्ताव आएको लगानी बोर्डले जनाएको छ ।

१४९.५० मिलियन अमेरिकी डलर (१६ अर्ब ५४ करोड) को लागतमा निर्माण गर्ने गरी सम्मेलमा परियोजना ‘सो केस’ गरिएको थियो ।  प्रस्तावक कम्पनीसँग प्रक्रिया पूरा गरी परियोजना अघि बढाउने बोर्डले जानकारी दिएको छ ।

यस्तो छ परिकल्पना

चक्रपथमा दुई वटा ‘डेडिकेटेड लेन’ बीआरटीको हुनेछ । साढे ७ देखि ८ मिटरको लेन यसका लागि छुट्याउने योजना छ । १६० यात्रु क्षमताका ७० देखि ७५ वटा लामो आकारको विद्युतीय बस यो लेनमा गुड्नेछन् ।

बीआरटी परियोजना अन्तर्गत २६ देखि ३० वटा चढ्ने-ओर्लने स्टेशन हुनेछन् । यात्रुको सहजताका लागि स्टेशनमा बस आउने–जाने समयतालिकासहित आवश्यक सूचना प्रवाहित हुनेगरी डिजिटल डिस्प्ले राखिनेछ ।

एउटा स्टेशन पाँच मिटर चौडाइको हुनेछ र ६९३ आना क्षेत्रफलमा बीआरटी टर्मिनल बन्नेछ । विद्युतीय बस चार्ज गर्न ३० वटा आधुनिक चार्जिङ स्टेशन बनाउने योजना छ ।

दैनिक २० घण्टा सञ्चालन गर्ने लक्ष्य राखिएको बीआरटी परियोजा सार्वजनिक-नीजि साझेदारी (बूट) मोडेलमा निर्माण गरिनेछ ।
इच्छा देखाएको निर्माण कम्पनीले अब योजना, डिजाइन, निर्माण, वित्तीय व्यवस्थापन, सञ्चालन र मर्मतको काम गर्नुपर्नेछ ।

४ महिनाभित्र सम्भाव्यता अध्ययन (फिजिबिलिटी स्टडी) सकेर ६ देखि ८ महिनाभित्र विस्तृत अध्ययन प्रतिवेदन -डीपीआर) र वित्तीय व्यवस्थापन गरिसक्नुपर्नेछ ।

उक्त कम्पनीले २ वर्ष निर्माण सक्नुपर्नेछ । निर्माण कम्पनीले ३० वर्ष सञ्चालन गरेर सरकारलाई हस्तान्तरण गर्ने छ भने निर्माण अवधिमा परियोजनाका लागि आवश्यक सहायताले सरकारले गर्नेछ ।

के हो बीआरटी ?

विकसित देशमा सहरी यातायात व्यवस्थित गर्न धेरै यात्रु बोक्ने ठूला र लामा बस सञ्चालन गर्नेगरी ल्याइएको अवधारण हो- बस र्‍यापिड ट्रान्जिट (बीआरटी) ।

यसका लागि छुट्दै बस-वे अथवा ट्रान्जिट-वे को व्यवस्था गरिन्छ । र त्यो लेनमा धेरै यात्रु क्षमताका ठूला बस गुडाइन्छ । क्षमता बढाएर सार्वजनिक यातायातलाई व्यवस्थित र दिर्घकालीन बनाउन यसको अवधारणा ल्याइएको पाइन्छ ।

छुट्टै डेडिकेटेड लेनमा सञ्चालन हुने भएकाले यसमा यात्रा गर्दा ट्राफिक जामको समस्या भोग्नु पर्दैन । सन् १९७४ मा पहिलो पटक ब्राजिलको क्युरिटीबामा बीआरटी सञ्चालनमा आएको थियो ।

सहरी यातायात व्यवस्थित गर्न यो अवधारणालाई धेरै देशले रुचाएका छन् । ल्याटिन अमेरिकी देश, युरोप, कोलम्बिया, मेक्सिको, चीन, इरान लगायतका देशले पनि अपनाएका छन् ।

Continue Reading…

झापाको सीमावर्ती क्षेत्रबाट औषधी तस्करी

१७ चैत, झापा । अवैध रुपमा भारतबाट नेपाल भित्रिँदै गरेको अवस्थामा प्रहरीले २२ लाख ३० हजार मूल्य बराबरको औषधी बरामद गरेको छ ।

झापाको दक्षिणी सीमावर्ती क्षेत्र कचनकवल–१ स्थित अस्थायी प्रहरी चौकीबाट खटिएको टोलीले मोटरसाइकल र मारुती भ्यानबाट ल्याउँदै गरेको औषधिसहित ४ जनालाई पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा बाह्रदशी–४ का २४ वर्षीय सम्दान हुसेन, २२ वर्षीय इतियाज आलम, २८ वर्षीय ताहिर आलम र भारतको दिल्लीस्थित जंगपुरी घर भइ काठमाडौँको जोरपाटी बस्ने ३२ वर्षीय फुन्चोक लामालाई पक्राउ गरेको छ ।

लामा नै औषधिको मुख्य कारोबारी रहेको प्रहरीले दाबी छ । बरामद भएका औषधिमा ब्रेस्ट्रिम आयल, ओर्लिस्ट्याट क्याप्सुल, फ्लोमिस्ट नसल स्प्रे, केयरप्रोस्ट, अमाग्रा, जुरिग ८०, फोरडर्म र पि–फोर्स छन् ।

बी आर ३७ जी १४४० नम्बरको भारतीय मोटरसाइकल र नेपालकै मे १ च ४०६३ नम्बरको मारुती भ्यानमा लुकाएर १४ कार्टुन औषधि भित्राउँदै गर्दा उनीहरुलाई पक्राउ गरिएको झापाका एसपी दिनेशराज मैनालीले बताए ।

उनका अनुसार बरामद औषधि र सवारीसाधनसहित ४ जनै अभियुक्तलाई थप अनुसन्धान र आवश्यक कारबाहीका लागि औषधि व्यवस्था विभाग, विराटनगरमा बुझाइनेछ । योसँगै ७ लाख ७८ हजार ६ साय ६० रुपैयाँ मूल्य बराबरको भन्सार छली गरी ल्याइदै गरेको सामान बरामद समेत बरामद गरेको प्रहरीले जनाएको छ ।

Continue Reading…

मैले जस्तै राजनीति सबैले गरे फिल्म क्षेत्रलाई फाइदा हुन्थ्योः प्रदिप(भिडियो)

नायक प्रदिप खड्का र नायिका जसिता गुरुङको दौडधुपले पनि के पुष्टी गर्छ भने चैत्रको २२ गतेबाट रिलिज हुन लागेको चलचित्र ‘लभ स्टेशन’ उनीहरुका लागि विशेष छ । यो बर्ष नै रिलिज भएको चलचित्र ‘रोज’ असफल भएका कारणले पनि प्रदिपका लागि यो चलचित्रको व्यापार महत्वपूर्ण छ ।

प्रदिप र जसितासँग गरिएको ‘ओके मस्ती टक’को भिडियो यहाँ हेर्नुहोस्ः


नायक प्रदिप खड्काले या चलचित्रबाट दर्शक निराश हुन नपर्ने बताएका छन् । उनले अनलाइनखबरसँग भने–‘लभ स्टेशन एउटा यस्तो चलचित्र हो जहाँ पुराना चलचित्रहरुमा जस्तो प्रेम, बदला, एक्सन सम्पूर्ण खुराकलाई फिल्मी शैलीमा देखाइएको छ । यसले दर्शकलाई पूर्ण मनोरञ्जन दिनेछ ।’ प्रदिप यो चलचित्रको निर्माण युनिटसँग पनि विश्वस्त छन् । ‘म राम्रो टिम पाएकै कारण यो चलचित्रमा जोडिएको हुँ । चलचित्रको नयाँपनले मलाई तानेको हो ।’

त्यस्तै नायिका जसिता गुरुङ आफूले यो चलचित्रमा धेरै मिहिनेत गरेको बताउँछिन् । उनी भन्छिन्–‘लिलिबिली पहिलो चलचित्र भएका कारण त्यसमा लुक्समा बढी ध्यान दिइएको थियो । तर, यो चलचित्रमा मैले अभिनयमा धेरै सुधार गरेको छु । मैले यसमा आफ्नो काम देखाउन पाएको छु ।’

प्रदिप र जसिताको जोडीलाई चलचित्र ‘लिलिबिली’मा रुचाइएको थियो । यो जोडीलाई रियल लाइफमा पनि जोडी भएको हेर्न चाहाने फ्यानहरु पनि धेरै छन् । प्रदिप र जसिता भने यो कुरालाई आफूहरुको सफलता मान्छन् । ‘हामीलाई पर्दामा रुचाइएको भएर नै दर्शकले रियल लाइफमा पनि हेर्न खोज्नु भएको हो । त्यो त हाम्रो सफलता नै हो नि ।’ उनीहरुले भने ।

चैत्र २२ गते चलचित्रको लागि निकै राम्रो मिति भएको प्रदिपको बुझाई छ । उनले भने–‘यो नराम्रो मिति होइन । यदि चलचित्र राम्रो छ भने अर्को साता पर्ने नयाँ वर्षमा पनि राम्रो फाइदा उठाउन सक्छ ।’ जसिता माथि प्रदिप हाबी बनेका समाचारहरु पनि मिडियामा आइरहेको हुन्छ । प्रदिपको निर्णयबिना जसिताले अन्य चलचित्रमा काम गर्दिनन् भन्ने कुराहरु गसिप बनिरहेको पाइन्छ । तर, यो सब कुरा हल्ला मात्र भएको जसिताले बताएकी छिन् । ‘मैले धेरै पटक भनिसकेँ, उहाँ म माथि हाबी हुनुहुन्न । उहाँको निर्णय अनुसार म चल्ने पनि होइन, जसिताले थपिन्–‘तर, म उहाँसँग राम्रो काम गर्नका लागि सल्लाह भने लिन्छु ।’

प्रदिप बेला–बेला विभिन्न विवादमा फसिरहेका हुन्छन् । तर, प्रदिप आफूले जोक गर्दा त्यसलाई गम्भिर रुपमा लिएर चर्चा चलाइने गरेको बताउँछन् । उनले भने–‘म जे बोल्छु भएको र भोगेको कुरा नै बोल्छु । तर, सबै कुराहरु गम्भिर भएर मात्र होइन की जोकको रुपमा बोलेको हुन्छु । त्यसैलाई गम्भिर बनाएर इश्यु बनाइन्छ । त्यसमा पनि मेरो भन्नु केही छैन् ।’ यदि आफूले गल्ती बोलेको भए माफी माग्न पनि पछि नहट्ने प्रदीपले दावी गरे ।

प्रदिपलाई निर्देशक तथा निर्मातामाथि हावी बन्ने गरेको आरोप पनि लाग्ने गर्छ । यस कुरालाई उनी स्विकार्छन् पनि । भन्छन्–‘राम्रो गर्नका लागि उहाँहरुसँग सल्लाह गर्ने हो । मेरो कुरा राम्रो लाग्यो भने उहाँहरुले गर्नुहुन्छ । राम्रो नलागे गर्नहुन्न । मैले भनेको गर्नैपर्छ भन्ने पनि त छैन ।’

प्रदिपलाई चलचित्र क्षेत्रमा राजनीति गर्ने गरेको आरोपनि लाग्छ । उनी यो कुरा केही हदसम्म स्विकार पनि गर्छन् । उनी भन्छन्–‘म राजनीति गर्छु तर, मैले गर्ने राजनीति राम्रो कामको लागि हो । मेरो जस्तो सोचले राजनीति गर्ने हो भने चलचित्र क्षेत्रलाई नै राम्रो हुने थियो ।’

Continue Reading…

‘रणवीर भन्दा तैमुर स्टाइलिसः करिना

बलिउडमा अहिले यदि कुनै स्टारकिडको चर्चा सबैभन्दा बढी हुन्छ भने ती हुन् नायिका करिना कपुरका छोरा तैमुरअली खान । तैमुर हरेक दिन मिडियामा छाइरहेका हुन्छन् । उनको हरेक गतिविधी मिडियाका लागि मसला बनिरहेको छ ।
हालैमात्र, ‘एचटी स्टाइलिस अवार्ड’मा नायिका करिना कपुरलाई ‘स्टाइलिस अवार्ड जुरी च्वाइल फिमेल’ प्राप्त भयो ।

उनले अवार्ड पाएपछि भनिन्–‘म यो अवार्ड मेरो छोरा तैमुरको स्थानमा बसेर लिइरहेको छु । जो यतिबेलाको सबैभन्दा स्टाइलिस व्यक्ति हुन् । हो, रणवीर सिंह तिमी भन्दा पनि स्टाइलिस ।’ करिनाले तैमुरलाई रणवीर कपुर भन्दा पनि बढी स्टाइलिस भनेपछि अवार्ड शोमा हाँसो छुटेको थियो । यो अवार्डमा नायक रणवीर सिंहलाई ‘स्टाइलिस अवार्ड रिडर्स च्वाइस’ प्राप्त भएको थियो ।

Continue Reading…

तीन महिनादेखि ब्रेन डेड महिलालाई बनिन् आमा

१७ चैत, काठमाडौं । पोर्चुगलमा २६ वर्षीया महिला खेलाडीले बच्चालाई जन्म दिएकी छन् । लगत्तै उनको मृत्यु भएको छ । डिसेम्बरदेखि नै महिलाको ब्रेन डेड अर्थात मानसिक रुपमा मृत थियो ।

अन्तर्राष्ट्रिय स्तरको खेलाडी रहेकी क्याथरिना सेकेरा डिसेम्बरमा तीव्र दमको समस्या देखिएको थियो । त्यही बेला चिकित्सकले उनको ब्रेन डेथ घोषणा गरेका थिए ।
बिहीबार ३२ हप्ताको गर्भपछि बच्चाको जन्म भएको छ र उनको नाम स्लवाडोर राखिएको छ ।

उनी अहिले नियोनेटल अस्पतालको निगरानीमा छ ।

सेकेरा निकै प्रभावशाली नेभिगेटर थिइन् । तर, उनी सानैदेखि दमको विरामी थिइन् । पछिल्लो पटक दमले च्याप्दा उनी गर्भवती थिइन् । त्यसको केही दिनमा उनको ब्रेन डेडको घोषणा भएको थियो ।

उनलाई ५६ दिनसम्म भेन्टिलेटरमा राखियो, ताकी उनको गर्भमा हुर्किएको बच्चा जीवित रहोस् ।

चिकित्सकहरुका अनुसार शुक्रबारसम्म डेलिभरीका लागि पर्खिने योजना थियो । किनकी शुक्रबार नै ३२ हप्ता पूरा हुँदै थियो । तर, सेकेराको अवस्था बिग्रिएपछि बिहीबार नै डेलिभरी गराइएको छ ।

अस्पतालका अनुसार सेकेराको गर्भमा हुर्किरहेको बच्चालाई जीवितै राख्ने निर्णय परिवारको सल्लाहमै लिइएको थियो ।

बीबीसीको सहयोगमा

Continue Reading…

गर्मीमा कुल लुक्सः यस्तो छ काइदा

घामको राप बढ्दैछ । वायुमण्डलमा तातो हावा चल्न थालेको छ । सुख्खा हावा र धूलो-धुँवा उड्न थालेको छ ।

यतिबेला तपाईंलाई यताउता हिँड्न गाह्रो हुँदो हो । शरीर पसिनाले निथु्रक्क भिज्न सक्छ । त्यसमाथि धुलो र धूँवाको लेप लाग्न सक्छ । त्यसैले तपाईंलाई केही गर्न जाँगर चल्दैन । अल्छी लाग्छ । तपाईंको फुर्ति एकाएक शिथिल हुन्छ ।

त्यसो भए के गर्ने त ?

यो बद्लिदो मौसमबाट दिक्क हुने होइन । बरु यसलाई कसरी स्विकार्ने भन्ने कुरा महत्वपूर्ण हो । त्यसो हो भने तपाईंले यस्ता केही काइदा अपनाउन सक्नुहुनेछ, जसले तपाईंको लुक्स कुल देखिनेछ । आलस्यता पनि हुनेछैन । शरीरमा बेग्लै स्फूर्ति एवं ताजगी महसुष गरिनेछ ।

काइदा एक

गर्मीमा शरीरलाई शीतल राख्नुपर्छ । अर्थात वाह्य वातावरणसँग शरीरको तापमान सन्तुलित राख्नुपर्छ । जब तपाईं शारीरिक रुपले फिट रहनुहुन्न, पहिरन वा मेकअपले मात्र तपाईंले कुल लुक्स दिन सक्नुहुन्न । त्यसैले सबैभन्दा पहिलो सर्त हो, स्वास्थ्य ।

गर्मीमा तपाईंले शरीरलाई भित्रैबाट सितल राख्नुपर्छ । यसको काइदा भनेको तरल पदार्थ सेवन हो । अर्थात पानी, जुस, सर्वत आदि पिउनुहोस् । गर्मीमा बजारको जुस वा प्याकेटबन्द जुस सेवन गर्नु त्यती राम्रो होइन । सर्बोत्तम चाहि सर्वत हो, जो हामीकहाँ विगतदेखि नै पिउने प्रचलन छ । त्यस्तै, दही, मोही पनि यतिबेला निकै उपयोगी पेय हुन् ।

गर्मीमा तातो पानी वा तातो पेय भने त्यती राम्रो हुँदैन । जस्तो कफी, चिया ।

यतिबेला मौसमी फलफूल सेवन गर्नु अरु बढी उपयोगी हुन्छ । ऋतु एवं मौसम अनुसार प्रकृतिले विभिन्न फलफूल उत्पादन गरेको हुन्छ । अतः यी मौसमी फलफूल शरीरका लागि निकै लाभदायक हुन्छ ।

काइदा दुई

गर्मीमा शारीरिक सरसफाईमा अरु बढी ध्यान दिनुपर्छ । पसिना आउने र मैला जम्ने भएकाले नुहाइ-धुवाई गर्नुपर्छ । यसले गर्दा शरीरमा व्याक्टेरिया जम्न पाउँदैन । शरीरबाट दुर्गन्ध निस्कदैन ।

गर्मीमा चिसो पानीले नुहाउँदा बेग्लै स्फूर्ति पनि जाग्छ । खासगरी शरीरको कापमा, काखीमा फोहोर मैला जम्ने हुन्छ । त्यस्ता ठाउँको सफाईमा बढी ध्यान दिनुपर्छ ।

पसिना र धुलोको लेप लाग्ने भएकाले छालाको रोमछिद्र बन्द हुन्छ । यसले गर्दा शरीर भित्रका विकार वाहिर निस्कन सक्दैन । त्यही कारण छालामा समस्याहरु देखापर्न थाल्छ । शरीरको भित्री विकारलाई हटाउन पनि नुहाई-धुवाई गर्नु उपयुक्त हुन्छ ।

काइदा तीन

गर्मीमा लगाइने पहिरनले पनि खास अर्थ राख्छ । फेसन विज्ञहरुका अनुसार यतिबेला सहज, खुला र उज्यालो रंगको पहिरन लगाउनुपर्छ ।

उज्यालो रंगको पहिरनमा घामको किरण परावर्तन हुन्छ । यसले गर्दा शरीरमा गर्मी अनुभव हुन पाउँदैन । फिटिङ्स लुगामा पसिना बढी आउने र असहज हुने भएकाले खुला लुगा लगाउनु उपयुक्त हुन्छ ।

यद्यपी शरीर खुला राख्नु भने त्यती ठिक हुँदैन । पुरा शरीर ढाक्ने लुगा लगाउनुपर्छ, खासगरी घरबाहिर निस्कने बेलामा । उज्यालो रंग, खुला पहिरनले गर्मीमा कुल लुक्स दिन्छ ।

काइदा चार

गर्मी सिजनमा तपाईंको लागि सबैभन्दा उपयोगी हुनसक्छ, छाता । यसको उपयोगिता घाम चर्किएको बेला मात्र होइन, पानी दर्किएको बेला पनि हुन्छ ।

गर्मीमा हिँडडुल गर्दा छाता ओड्न सकिन्छ । यसले घामको सोझो प्रकाश शरीरमा पर्न दिदैन । साथसाथै सितलता पनि महसुष हुन्छ । यो सिजनमा पानी पर्ने संभावना पनि उत्तिकै हुन्छ । त्यसैले पानी परेको बखत छाता उपयोगी हुन्छ ।

काइदा पाँच

गर्मीमा कपालको साजसज्जा पनि केही बदल्न सकिन्छ । खासगरी पुरुषले कपाल छोटो बनाउन सक्छन् । हेयर स्टाइलिस्टहरुका अनुसार गर्मीमा छोटो कपाल बनाउँनु बढी सुहाउँदो हुन्छ ।

त्यस्तै महिलाले कपाललाई पातलो सल वा स्कार्फले ढाक्न सक्छन् । यसले गर्दा कपालमा धुँवा धूलो जम्ने डर हुँदैन ।

गर्मीमा स्टाइलिस देखिन मात्र होइन, आँखाको रक्षाको लागि पनि सनग्लास लगाउनुपर्छ । यसले कुल लुक्स दिलाउनका साथै आँखालाई धुलो धूँवाबाट जोगाउँछ ।

Continue Reading…

Eighth National Games: 5,211 athletes competing for 1,307 medals

Kathmandu, March 31

Total 5,211 athletes will be competing for 1,307 medals in the eighth National Games taking place in and around Nepalgunj from April 18.

The National Sports Council (NSC) informs that 2,825 are men and 2,386 women will be taking part in 35 different sporting events. They will be competing for 327 gold, 372 silver and 563 bronze medals.

Similarly, Rs 25,000 will be awarded to those who break a national record during the National Games.

Thirty-five games including football, athletics, boxing, weight lifting, table tennis, cricket, swimming, shooting, volleyball, taekwondo, basketball, paragliding, golf, chess and bodybuilding have been included in this year’s National Games.

RSS

Continue Reading…

Kami Rita Sherpa to climb Everest for the 23rd time

Kathmandu, March 31

Nepali mountaineer Kami Rita Sherpa, 49 will be climbing Mount Everest for the 23rd time this season.

Sherpa who stood on top of Mount Everest in 2018 to be the only man to summit the world’s highest mountain 22 times is looking to break his own record.

Sherpa will be the lead guide for mountaineering company Seven Summit Treks. Sherpa along with other lead Sherpas of other expedition groups will make the routes to the top which will make it easier for others to climb.

“I feel happy and excited when I think about it. I am making yet another attempt to create history to make the entire Sherpa community and my country proud,” Sherpa says.

Continue Reading…

Investment summit fruitful: Prime Minister Oli

Kathmandu, March 31

Prime Minister KP Sharma Oli says the Nepal Investment Summit, which concluded on Saturday, was fruitful.

Oli, who was speaking at a programme organised to mark the 21st anniversary of Reporters’ Club Nepal, said that the summit will help build new infrastructure in the country.

“We successfully organised the event and the whole nation stood together. We sent a message that we are focused and we have one voice,” he asserted. The Prime Minister said that it would be difficult for Nepal to march on its quest for development without the support of foreign partners.

On a different note, he said although the adjustment of government employees under the new federal system was not an easy task to accomplish, it was completed with the passage of the new law. “The federal, provincial and local levels will now work in coordination as per their jurisdictions.”

Continue Reading…

काम गर्न सक्दैनौं भन्दै वन कार्यालयले फर्कायो प्रदेशले पठाएको बजेट

१७ चैत, गोरखा । गोरखाको दुई पदमार्ग स्तरोन्नतीका लागि प्रदेश सरकारले पठाएको बजेट डिभिजन वन कार्यालयले काम गर्न नसक्ने भन्दै फिर्ता लैजान आग्रह गरेको छ ।

सोतीखोला–माछाखोला–दोभान पदमार्ग र देउराली–खारचोकभन्ज्याङ–लाप्राक–उहिया–जगत हुदै मनाङ जाने पदमार्ग मर्मत सम्भारका लागि प्रदेशको उद्योग, पर्यटन वन तथा वातावरण मन्त्रालयले पठाएको २० लाख रुपैयाँ डिभिजन वन कार्यालयले फिर्ता लैजान आग्रह गरेको हो ।

‘पदमार्गका लागि वन कार्यालयमा रकम आएको यो पहिलो पटक हो,’ कार्यालय प्रमुख इमनाथ पौड्यालले भने, ‘रकम फ्रिज भएर जाने सम्भावना बढी छ ।’ दुईवटा पदमार्ग मर्मत सम्भारका लागि गण्डकी प्रदेशको उद्योग पर्यटन वन तथा वातावरण मन्त्रालयले पर्यटन पूर्वाधार विकास आयोजना अन्तर्गत उक्त रकम बिनियोजन गरेको हो ।

मन्त्रालयले प्राविधिक स्टिमेट गराएर आवश्यक परेको ठाउँमा पदमार्गको मर्मत सम्भारका साथै स्तरोन्नती गर्न भनी रकम पठाएको हो । वन कार्यालयसँग यस्तो काम गरेको अनुभव नभएको र बजेटको अख्तियारी ढिला आएकाले खर्च गर्न नसकिने डिभिजन प्रमुख पौड्याल बताउँछन् ।

‘पदमार्गसम्बन्धी वन कार्यालयमा अहिलेसम्म योजना आएको थिएन, फेरि अख्तियारी पनि ढिला गरी आयो, हामीले यो कार्यक्रम गर्न सक्दैनौं भनेर मन्त्रालयमा भनिसकेका छौं,’ उनले भने । कार्यालयमा उक्त बजेटको अख्तियारी माघ १८ गते आएको थियो ।

‘नयाँ काम पनि भयो फेरि अख्तियारी पनि ढिलो गरी आयो, काम गर्न सक्दैनौं भनेर मन्त्रालयलाई जानकारी गराइसकेको छौं । टिप्पणी उठाएर रकम फिर्ता पठाउनु भनेर मन्त्रालयले भनेको छ,’ कार्यालय प्रमुख पौड्यालले भने ।

Continue Reading…

महिला टी–२० लिग : अक्सनमा १० खेलाडी सर्वाधिक महंगा

१७ चैत, काठमाडौं । एनसीएल महिला टी–२० क्रिकेट लिगको अक्सनमा १० खेलाडी सर्वाधिक रकममा बिक्रि भएका छन् । आइतबार ८० खेलाडी सम्मिलित अक्सनमा प्रतियोगिताका चार टिमले गरेर ५२ खेलाडी अनुबन्ध गरेका छन् ।

भैरहवा क्विजले सोनु खड्का, इन्दु बर्मा र बिन्दु रावल, विराटनगर रोरिङ लायोनेसले काजोल श्रेष्ठ र अप्सरी बेगम, धनगढी ओन्डर वुमनले कविता कुँवर र ज्योती पाण्डे साथै काठमाडौं सुपर च्याम्पियन्सले ममता चौधरी, सरिता मगर र रोमा थापालाई सर्वाधिक ७५ हजार रुपैयाँ खर्चेका हुन् ।

पहिलो श्रेणीमा रहेका खेलाडीको अधिकत मूल्य ७५ हजार रुपैयाँ नै रहेको थियो । दोस्रो श्रेणीमा रहेका खेलाडीका लागि अधिकतम ५० हजार र तेस्रो श्रेणीमा रहेकाका लागि २५ हजार रुपैयाँ अधिकत रकम रहेको थियो ।

धनगढीले सवनम राईलाई ७० हजार, विराटनगरले रिता कुमारी कनौजियालाई ६५ हजार रुपैयाँमा किने ।

भैरहवाले कविता जनोशी र रश्मी शर्मा चौलागाईं, विराटनगरले अञ्जली चन्द, धनगढीले रेखा रावल, काठमाडौंले सुमन खतिवडा, रावती धामी, सुमन विस्ट र मञ्जु कुमारी चौधरीका लागि ५०/५० हजार रुपैयाँ खर्च गरेका छन् ।

यस्तै भैरहवामा रुबिना क्षेत्री, विराटनगरमा करुणा भण्डारी, धनगढीमा सिता राना मगर र काठमाडौंमा नेरी थापा मार्की खेलाडीका रुपमा रहेका थिए ।

अक्सनमा सबैभन्दा धेरै ५ लाख ७० हजार रुपैयाँ काठमाडौंले खर्च गर्‍यो । भैरहवाले ५ लाख ५० हजार, विराटनगरले ५ लाख २० हजार र धनगढीले ५ लाख ५ हजार रुपैयाँ खर्च गरे ।

हरेक टिमले अधिकतम ६ लाख ५० हजार रुपैयाँ खर्च गर्न पाउने सीमा तोकिएको थियो । जसमा ए श्रेणीमा २१ जना, बी श्रेणीमा २५ जना र सी श्रेणीमा ३५ जना रहेका थिए ।

प्रतियोगिता आउँदो वैशाख ७ गतेदेखि १४ गतेसम्म विराटनगरको बैजनाथपुर क्रिकेट मैदानमा हुने मिति तय भएको छ । जसमा विजेताले १० लाख र उपविजेताले ५ लाख रुपैयाँ पुरस्कार जित्ने छन् ।

हेर्नुहोस् को कति महंगा

Continue Reading…

नेप्सेमा सामान्य गिरावट, २६ करोडको कारोबार

१७ चैत, काठमाडौं । साताको पहिलो दिन आइतबार सेयर बजारमा झिनो अंकको गिरावट आएको छ । नेप्से परिसूचकमा ० दशमलव ९१ अंकको गिरावट आएर नेप्से परिसूचक १ हजार १ सय ४३ दशमलव ५९ अंकमा झरको हो ।

नेप्से परिसूचकमा झिनो गिरावट आउदा कारोबार रकम भने २६ करोड रुपैयाँ भन्दा माथि पुगेको छ । दिनभर भएका ५ हजार ७ सय ७७ कारोबारबाट ९ लाख ५० हजार ६ सय ४३ कित्ता सेयर किनबेच भएका छन् ।

जसअनुसार कारोबार रकम २६ करोड ६६ लाख ६ हजार ८ सय १० रुपैयाँको सेयर कारोबार भएको नेपाल स्टक एक्सचेञ्जले जनाएको छ । आइतबार अधिकांश समूहहरु राताम्मे देखिएका छन् ।

बैंकिङ, उत्पादनमूलक क्षेत्र र अन्य गरी ३ वटा समूह भने झिनो अंकले सुधार आएर हरियाली देखिएका छन् । कारोबार रकमका आधारमा आइतबार पहिलो नम्बरमा बैंक अफ काठमाण्डू लिमिटेड देखिएको छ । यो बैंकको २ करोड १२ लाख रुपैयाँ भन्दा बढीको सेयर कारोबार भएको छ ।

कारोबार रकमका आधारमा प्रभु बैंक आज दोस्रो स्थानमा देखिएको छ । १ करोड ५४ लाख रुपैयाँ बढीको कारोबार भएर प्रभु दोस्रो नम्बरमा देखिएको हो । यसपछि शिवम् सिमेन्ट, नागरिक लगानी कोष, एनआईसी एसिया बैंक क्रमशः तेस्रो, चौथो र पाँचौ स्थानमा देखिएका छन् ।

Continue Reading…

दुई उमेर समूहमा एन्फाले थाल्यो खेलाडी छनोट

१७ चैत, काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा) ले देशभरबाट दुई उमेर समूहमा खेलाडी छनोट थालेको छ ।

एन्फाले शुक्रबार ४५ वटा जिल्ला फुटबल संघ र तीन अस्थायी जिल्ला फुटबल संघलाई पत्र काट्दै स्थानीय तहमा १३ वर्षमुिन र १६ वर्षमुनिको गरी दुई उमेर समूहमा खेलाडी छनोट गर्न निर्देशन दिएको हो ।

एन्फाले यू–१३ टिमका लागि छनोट हुन निश्चित नियम राखेको छ । १३ वर्षमुनि खेलाडीको लागि २०६२ साल पुस १७ गतेभन्दा पछि र २०६३ साल पुस १६ गतेभन्दा अगाडि जन्मिएको हुनु पर्नेछ । त्यस्तै, छनोटमा सहभागिता हुँदा खेलाडीले जन्मदर्ताको प्रमाणपत्र र नाबालकको प्रमाणपत्र अनिवार्य रुपमा ल्याउनुपर्नेछ ।

त्यस्तै १६ वर्षभन्दा कम उमेर समूहका लागि २०५९ पुस १७ गतेभन्दा पछि र २०६० पुस १६ गतेभन्दा अघि जन्मेको हुनुपर्नेछ ।

पहिलो चरणमा १७ वटा जिल्लामा छनोट हुनेछ । झापा, पाँचथर, इलाम, धनकुटा, उदयपुर, सिराह, सप्तरी, सुनसरी, धनुषा, महत्तरी, मोरङ, सर्लाही, रौतहट, बारा, पर्सा, मकवानपुर र चितवनमा हुने छन् ।

छनोट भएका खेलाडीलाई एन्फाले आफ्नो धरान र बुटवल फुटबल एकेडेमीमा राख्ने छ ।

Continue Reading…

बेरोजगारलाई भत्ता होइन रोजगार : माधव नेपाल

१७ चैत, काठमाडौं । पूर्वप्रधामन्त्री माधवकुमार नेपालले सरकारले वेरोजगारहरुलाई भत्ता दिने गरी ल्याएको योजना क्षणिक रुपमा राम्रो भए पनि सधैका लागि यो ठीक नभएको बताएका छन् ।

आइतबार सरोकार समाज नेपालले राजधानीमा आयोजना गरेको कार्याशालामा बोल्दै पूर्वप्रधानमन्त्री नेपालले बेरोजगार भत्ताले युवाहरुमा परनिर्भता बढ्न सक्ने भन्दै उनले भत्ता होइन रोजगार सिर्जना गर्नु पर्ने बताए ।

राज्यले आफ्ना देशका युवाहरुलाई रोजगारीका लागि योग्य बनाउन कसरी हुन्छ काम गर्नु पर्ने उनले बताए । नेपालको शिक्षा जीवन उपयोगी नभएको भन्दै उनले पाठ्क्रम पनि परिमार्जन गर्नुपर्ने बताए ।

पाठ्यक्रम परिमार्जन गरेर राज्यले सिप आर्जन हुने किसिमको शिक्षा नीति बनाउनु पर्ने उनको सुझाव थियो । तर सबै कुरामा राज्यकै भर नपर्न युवाहरुलाई उनको सुझाव थियो ।

‘राज्यले रोजगारी दिन अग्रसरता देखाउनु पर्छ, तर राज्यले दिन्छ भनेर भर नपर्न भने म युवाहरुलाई आग्रह गर्छु’ उनले भने, ‘एदम गर्नुस, स्वरोजगार बन्नुस, गाई पालेर सफल भएका उदाहरण धेरै छन् ।’

स्वरोजगार बन्न आत्मविस्वास चाहिने भन्दै बलियो आत्मविस्वास भएर उद्यम गर्न पूर्वप्रधानमन्त्री नेपालले युवाहरुलाई सुझाव दिए ।

Continue Reading…

ओखलढुंगा जीप दुर्घटना : मृतक ६ जनाकै सनाखत

१७ चैत, काठमाडौं । ओखलढुंगाको मानेभञ्ज्याङ गाउँपालिका- ६ स्थित डडुवाडाँडामा भएको जीप दुर्घटनाका सबै मृतकको खनाखत भएको छ । मृतक ६ जनाकै खसनाखत भएको जिल्ला प्रहरी कार्यालय ओखलढुंगाले जानकारी दिएको छ ।

प्रहरीका अनुसार मृत्यु हुनेहरुमा ताप्लेजुङको फक्ताङलुङ गाउँपालिका-७ का ५५ वर्षीय मिङमा शेर्पा, सोही ठाउँका ४५ वर्षे साङ्गेल शेर्पा, काठमाडौं बौद्ध निवासी ३५ वर्षीय नोर्बु शेर्पा, ४० वर्षीय ङवाङ शेर्पा र ४५ वर्षीया डोमा शेर्पा र वाङदा शेर्पा भएको प्रहरीले जानकारी दिएको छ ।

दुर्घटनामा अन्य तीन जना घाइते भएका छन् ।

सोलुखुम्वुको सोलुगुम्बाबाट काठमाडौं जाँदै गरेको बा१६च २२०७ नम्वरको स्कोरपियो डडुवाडाँडास्थित सडकबाट ५ सय मिटर तल पिपल खोलामा खसेको थियो ।

घाइतेलाई उपचारका लागि काठमाडौं ल्याइँदैछ ।

Continue Reading…

हिन्दु राष्ट्र पुनर्स्थापनाका लागि राप्रपाले थाल्यो हस्ताक्षर संकलन

काठमाडौं । कमल थापा नेतृत्वको राष्ट्रिय प्रजातन्त्र पार्टीले मुलुकमा हिन्दु राष्ट्र पुनर्स्थापनाका लागि सरकारलाई दबाव दिन आइतबारबाट काठमाडौंलगायत देशभर हस्ताक्षर संकलन अभियान सुरु गरेको छ।

८१ प्रतिशत हिन्दुहरु रहेको मुलुकमा हिन्दुराष्ट्र पुनःस्थापनाका लागि सरकारलाई दवाव दिन कमल थापा नेतृत्वको राप्रपाले देशभर एकैसाथ हस्ताक्षर संकलन अभियान सुरु गरेको हो ।

काठमाडौं, ललितपुर र भक्तपुरको हस्ताक्षर संकलन अभियान भने संयुक्त रुपमा काठमाडौंको बसन्तपुरबाट सुभारम्भ गरिएको छ । विश्वकै हिन्दुहरुको पहिचानका लागि पनि नेपाललाई हिन्दु राष्ट्र पुनःस्थापना गर्न एक हप्ते हस्ताक्षर संकलन अभियान संचालन गरिएको पार्टीका नेता बुद्धिमान तामाङले जानकारी दिए ।

विश्वकै हिन्दुहरूको पहिचानका लागि पनि नेपाललाई हिन्दु राष्ट्र पुनर्स्थापना गर्न एक हप्ते हस्ताक्षर संकलन अभियान संचालन गरिएको पार्टीका नेता बुद्धिमान तामाङले जानकारी दिनु भयो। संकलन गरिएको सो हस्ताक्षर आगामी चैत्र २३ गते प्रधानमन्त्री केपी शर्मा ओलीलाई बुझाउने राष्ट्रिय प्रजातन्त्र पार्टीको योजना छ। ८१ प्रतिशतभन्दा बढी हिन्दुहरू बसोबास रहेको मुलुकमा हिन्दु राष्ट्र पुनर्स्थापना गर्न सरकारलाई दबाव दिन सो हस्ताक्षर संकलन अभियान सुरु गरिएको पनि नेता तामाङले बताए।

राष्ट्रिय प्रजातन्त्र पार्टीले गत फागुन ७ गते प्रजातन्त्र दिवसको अवसर पारेर मुलुकमा हिन्दु राष्ट्र पुनर्स्थापनाका लागि दबाव दिन सरकारलाई ज्ञापन(पत्र बुझाउनका लागि मेची(महाकाली अभियान पनि संचालन गरेको थियो।

Continue Reading…

ओलम्पिक छनोटका लागि नेपाली महिला टिम म्यानमार प्रस्थान

काठमाडौं । ओलम्पिक छनोटको दोस्रो चरण खेल्न म्यानमार जाने नेपालको राष्ट्रिय महिला फुटबल टोलीको बिदाई गरिएको छ । अखिल नेपाल फुटबल संघले (एन्फा)ले आईतबार एक कार्यक्रमकाबीच महिला फुटबल टोलीको बिदाई गरेको हो ।

कार्यक्रममा बोल्दै एन्फा अध्यक्ष कर्मा छिरिङ शेर्पाले छनोट प्रतियोगितामा महिला टिमले इतिहास रच्ने विश्वास रहेको बताए । उनले नेपाली महिला टोलीले म्यानमारमा राम्रो प्रर्दशन गर्ने कुरामा आफु आशावादी भएको धारणा राखे ।

नेपाली राष्ट्रिय महिला फुटबल टोली दिउँसो ३ बजे म्यानमार प्रस्थान गर्नेछन् । ओलम्पिकको पहिलो चरणको खेलमा नेपालले भारत र आयोजक म्यानमारसँग समान १–१ गोलको बराबरी खेल्दै दोस्रो चरणमा प्रवेश गरेको थियो। दोस्रो चरणको छनोट प्रतियोगितामा नेपाल समूह ुबीु मा रहेको छ। नेपाल सम्मिलित समूहमा आयोजक म्यानमारसहित भारत र इन्डोनेशिया छन्।

Continue Reading…

अन्तरंग पल कसरी साट्ने ? यी हुन सात फाइदा

यौन एक जैविक प्रक्रिया हो । प्राकृतिक आवश्यक्ता हो । यद्यपी हामी यौनको कुरा गर्नसाथ लज्जावती झार झै खुम्चन्छौ । किन ?

किनभने यौनलाई हामीले गलत ढंगले व्याख्या गर्‍यौं । यौनप्रतिको बुझाई गलत भयो । तर, त्यो भन्दा पनि हाम्रो यौन-व्यवहार सही र सन्तुलित भएन । यौन भन्नसाथ क्षणिक आवेग शान्त गर्ने मेलो भनेर बुझ्यौं । जथाभावी यौनजन्य मानसिकता बनायौं र यौन प्यास मेटाउने चक्करमा फस्यौं ।

वास्तवमा नियमपूर्वक गरिने यौन व्यवहारले हामीलाई शारीरिक र मानसिक दुबै रुपमा फाइदा गर्छ । यौन के हो ? यौन व्यवहार कस्ता हुन्छन् ? कसरी चरम सन्तुष्ट प्राप्त हुन्छ ? सदियौंदेखि यसमा खोज अनुसन्धान र अभ्यासहरु हुँदै आएका छन् । अतः हाम्रा पितापूर्खाले पनि यौन व्यवहारबारे विस्तृतमा बताएकै छन् ।

भनिन्छ, दम्पतीबीच नियमित र सक्रिय यौन सम्बन्ध हुनुपर्छ । यसले दाम्पत्य सम्बन्धलाई थप कसिलो र रसिलो बनाउँछ । यौन दाम्पत्य सुखको एउटा कडी हो । यद्यपी हामीकहाँ यौनलाई फरक ढंगले हेर्दै र व्याख्या गर्दै आइएको छ । यसलाई छाडा भनिन्छ । यही कारण दम्पतीले खुलेर यौन सुखभोग गरिरहेका हुँदैनन् । जबकी यौनमा हुने यहि असन्तुष्टि र असमझदारीले दम्पतीबीचको सम्बन्धमा चिसोपना आउने गरेको छ ।

यौन र स्वास्थ्यको सम्बन्ध

आफ्नो रगतमा निखार ल्याउन चाहनुहुन्छ वा मुड ठिक राख्न चाहनुहुन्छ । क्यान्सर वा हृदयघातको खतराबाट बच्न चाहनुहुन्छ । त्यसो हो भने यी सबैको जादुयी औषधी हो, यौन ।

यो कुनै मनगढन्ते भनाई होइन । विभिन्न अध्ययनले यही नतिजा निकालेको छ कि यौन एक औषधी हो, जसले थुप्रै्र किसिमको शारीरिक समस्या हटाइदिन्छ ।

अध्ययनले भन्छ, यौन केवल एक उत्कृष्ट व्यायाम मात्र होइन, यसले तपाईंलाई केही गंभीर रोगबाट समेत बचाउन सक्छ । आखिर कस्ता रोगबाट छुटकारा दिलाउँछ त ?

१. स्वस्थ्य मुटुको लागि उपयोगी व्यायाम

अमेरिकन जनरल अफ कार्डियोलोजीमा प्रकाशित अध्ययनका अनुसार जो व्यक्ति हप्तामा दुई पटक यौन सम्बन्ध राख्छन्, उनलाई स्ट्रोक वा हृदयघातको खतरा कम हुन्छ ।

खासगरी यौन सम्पर्कको क्रममा पुरुष र महिलाको शरीरले अत्याधिक क्यालोरी बर्न गर्छ । अर्थात आधा घण्टा सक्रिय यौन सम्बन्ध राख्दा उनीहरुले आधा घण्टा ट्रेड मिलमा दौडिएको भन्दा बढी क्यालोरी बर्न गर्छ । त्यो पनि फन अर्थात रमाइलोका साथ ।

यो कुरा त केही रिसर्चले पुष्टि गरिसकेको छ कि, यौन एक उत्कृष्ट व्यायाम हो । स्वस्थ्य मुटुको लागि यसले प्रत्यक्ष प्रभाव पुर्‍याइरहेको हुन्छ ।

२. पेनकिलरको काम

क्यालिफोर्नियामा भएको एक अध्ययनबाट के सावित भएको थियो भने, कुनैपनि शारीरिक वा मानसिक पीडाबाट मुक्त रहने गजबको काइदा हो यौन सम्बन्ध ।

शारीरिक वा मानसिक पीडा भइरहेको अवस्थामा दम्पतीले यौन सम्बन्ध राख्न सक्छन् । यतिबेला दुबैले आफ्नो पीडा भुल्छन् । खासगमा सेक्स अर्गाज्म एक पेनकिलर जस्तै हुन्छ । कतिपय शारीरिक पीडा त यसले पूर्णत कम गराइदिन्छ ।

३. उच्च रक्तचाप कम गर्छ

यौन सम्बन्धका क्रममा शरीरले एन्डाफिर्न हर्मोन स्राव गर्छ, जसले मुड राम्रो बनाउने काम गर्छ । स्कटल्यान्डको बायोलोजिकल साइकोलोजीमा छापिएको एक रिपोर्ट अनुसार तनावको कारण बढ्ने उच्च रक्तचाप नियन्त्रण गर्न यौन व्यवहार निकै उपयोगी हुन्छ ।

यसका लागि यौन सम्बन्ध नै राख्नुपर्छ भन्ने पनि छैन । कुनैपनि यौन व्यवहारले तपाईंलाई तनावबाट मुक्त राख्छ । जस्तो कि, हस्तमैथुन ।

४. प्रोस्टेट क्यान्सरको खतराबाट बचाउँछ

यूरोपियन यूरोलोजीमा प्रकाशित एक रिपोर्ट अनुसार जो पुरुषले महिनामा २१ पटक विर्य स्खलन गर्छन्, उनीहरुमा प्रोस्टेट क्यान्सरको खतरा निकै कम हुन्छ ।

५. गहिरो निद्रा

अहिले धेरैको समस्या हो, अनिद्रा । राती निद्रा पर्दैन । सुतेपनि गहिरो निद्रा लाग्दैन । अनिद्राकै कारण मान्छेको दैनिकी विथोलिएको छ । उनीहरु मधुमेह, उच्च रक्तचाप जस्ता रोगको जोखिममा परेका छन् ।

नेशनल स्लीप फाउन्डेशनमा प्रकाशित रिपोर्ट अनुसार अर्गाज्मपछि हाम्रो शरीरमा प्रोलैक्टिन हर्मोन स्राव हुन्छ, यसले गर्दा गहिरो निद्रा लाग्छ । तपाईंले पनि अनुभव गर्नुभएकै होला, सक्रिय यौन सम्बन्ध पछि तपाईं मस्त निदाउन सक्नुहुनेछ ।

६. चम्किलो छाला

यौन सम्बन्धको साइनो सौन्दर्यसँग पनि छ । अनुहार चम्किलो र झरिलो बनाउनका लागि स्वस्थ्य खाना र व्यायाम नै आवश्यक हुन्छ । साथसाथै यसमा यौनको पनि उत्तिकै योगदान रहन्छ । यौन सम्पर्कको बेला शरीरमा रक्त प्रवाह बढी हुन्छ, यसले अनुहारमा निखार ल्याउँछ । साथै तनाव हटाउने र मुड ठिक बनाउने काम पनि गर्छ ।

७. ह्याप्पी मुड, बलियो रिलेशन

स्वस्थ्य यौन जीवनको कारण शरीरमा न्यूरोट्रान्समीटर्स रिलिज हुन्छ, जसले तपाईंको मुड ठिक बनाउँछ । केमिकल्स र हार्मोन्सलाई छाडौं, स्वस्थ्य यौनले तपाईको सम्बन्धलाई पनि बलियो बनाउँछ । तपाईंको दाम्पत्य जीवन सुखमय र सुमधुर हुन्छ ।

Continue Reading…

सोमबारदेखि त्रिभुवन विमानस्थल दैनिक १० घण्टा बन्द

काठमाडौँ । मुलुकको एक मात्र अन्तर्राष्ट्रिय विमानस्थल, त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भोलि सोमबार रातिदेखि दैनिक १० घण्टा बन्द हुने भएको छ ।

दैनिक २२ घण्टा सञ्चालनमा रहेको विमानस्थलको धावनमार्ग पूर्णरूपमा मर्मतका लागि चैत १८ देखि तीन महीना दैनिक १० घण्टा बन्द हुने भएको हो । धावनमार्गको पिच परिवर्तन गर्दा विमानस्थलको सञ्चालन अवधि १४ घण्टाको हुनेछ । मर्मतको अवधि अर्थात ९ (अप्रिल २०१९ देखि जुन ३०) सम्म विमानस्थल दैनिक बिहान ८ बजेदेखि राति १० बजेसम्म मात्र खुला गरिनेछ । अहिले बिहान ६ बजेदेखि राति ३ बजेसम्म विमानस्थल सञ्चालनमा छ ।

अन्तर्राष्ट्रिय विमानस्थल निर्माण इतिहासमा पहिलो पटक धावनमार्ग पुनः सुधार गर्न लागिएको नियामक निकाय नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान)ले जनाएको छ । विमानस्थलमा रहेको तीन किलोमिटर लामो एक मात्र धावनमार्ग मर्मत गर्न तीन महीना लाग्नेछ । हरेक दिन राति १० बजेदेखि बिहान ८ बजेसम्म धावनमार्ग मर्मत हुने विमानस्थलका महाप्रबन्धक राजकुमार क्षेत्रीले जानकारी दिए । उनले विमानस्थल मर्मत अवधिमा नियमित उडानमा कुनै कटौती नहुने स्पष्ट पारे ।

क्यानअन्तर्गतको हवाई यातायात क्षमता अभिवृद्धि आयोजनाका निर्देशक बाबुराम पौडेलका अनुसार अप्रिल १ अर्थात भोलि रातिदेखि विमानस्थलको धावनमार्ग स्तरोन्नतिको काम शुरु हुनेछ । मर्मतका लागि सम्बन्धित ठकेदार कम्पनीले आवश्यक जनशक्ति र उपकरणका साथ पूर्व सम्भावित जोखिम व्यवस्थापनको तयारीसमेत गरेको निर्देशक पौडेलले बताए ।

पहिलो चरणमा तीन हजार मिटरको धावनमार्गको कालोपत्र परिवर्तन गर्नुपर्नेछ । दैनिक ८० मिटरका दरले मिलिङ मेशिनका साथमा राति धावनमार्ग बनाइनेछ । लामो समयदेखि धावनमार्गको कालोपत्र उप्कँदा पटकपटक समस्या परेपछि सरकारले धावनमार्ग पूर्णरूपमा मर्मत ‘रनवे रिह्याब’ गर्ने योजना बनाएको हो ।

देशकै ऐनाका रूपमा रहेको संवेदनशील मानिने अन्तर्राष्ट्रिय विमानस्थलको स्तरोन्नति गरी भरपर्दो र विश्वसनीय सेवा उपलब्ध गराउने उद्देश्यले विमानस्थल मर्मतको काम उच्च प्राथमिकतामा परेको क्यानले जनाएको छ ।

क्यानका महानिर्देशक सञ्जीव गौतमले दैनिक १० घण्टा विमानस्थल बन्द गरेर पहिलो चरणमा धावनमार्गको मर्मत गरिने बताउनुभयो । धावनमार्गको काम सकेपछि बाँकी अरु आठ महीनाभित्र ट्याक्सी पार्किङलगायतका काम सक्ने योजना छ ।

धावनमार्ग स्तरोन्नतिका लागि गत नोभेम्बर महीनामा क्यानले चिनियाँ कम्पनी चाइना नेशनल एग्रो टेक्नोलोजी इन्टरनेशनल इञ्जिनीयरिङ कर्पोरेसनसँग निर्माण सम्झौता गरेको थियो ।

चिनियाँ निर्माण कम्पनीसँग करबाहेक रु तीन अर्ब ७५ करोड लागतमा धावनमार्ग कालोपत्र परिवर्तनका लागि सम्झौता भएको थियो । सन् १९८० मा निर्माण भएको धावनमार्ग अहिलेसम्म विस्तार तथा मर्मत हुन सकेको छैन । धावनमार्ग सकेपछि ‘पार्किङ वे’ को काम शुरु गरिनेछ । निर्माण कम्पनीले ४५ दिनको स्तरोन्नतिको तालिका बनाए पनि क्यानले ७० दिनको अवधि तोकेको छ ।

सन् २०१४ बाटै विमानस्थलको धावनमार्ग बिग्रन शुरु भएको थियो । त्यसपछि २४ सै घण्टा द्रुत उद्धार टोली बनाएर सतर्क अवस्थामा राखियो । धावनमार्गमा केही समस्या आएमा छोटो समयमै मर्मत गरिँदै आएको छ ।

यसरी गरिन्छ मर्मत :

विमानस्थलको धावनमार्ग मर्मत ९कालोपत्र० जिरो टु बाट शुरु गरिनेछ । हरेक दिन ८० मिटर धावनमार्ग जोतेर त्यसबाट निक्लेको सामान फालेपछि विभिन्न तहमा निर्माण सामग्री राखेर सतहसम्म ल्याएर विमान ८ बजे सञ्चालनका लागि तयार गरिनेछ ।

जिरो टु देखि एक हजार ६०० मिटरसम्म अत्यन्त बिग्रिएको अवस्थामा छ । यो भूकम्पपछि बढी समस्या आएको छ । क्यानले धावनमार्ग मर्मतका लागि तीन जोत्ने मेसीन, तीन पेभलर मेसीन तथा अन्य थुप्रै उपकरणको व्यवस्था गरेको छ ।

चुनौतीपूर्ण काम:

धावनमार्ग दैनिक ८० मिटर जोतेर १० घण्टामा पुनः उडानका लागि तयार गर्नु निकै चुनौतीपूर्ण छ । “उपकरणको पर्याप्त व्यवस्था गरी चुनौतीको सामना गर्छौँ । समस्या आउन सक्छन् किनभने पहिलो पटक यो काम गर्दैछौँ”, महानिर्देशक गौतमले भने ।

बारम्बार कालोपत्रे उप्किएर अवरुद्ध हुँदै आएको विमानस्थलमा अब स्थायी समाधान खोजिने भएको हो । विमानस्थलको दक्षिणतर्फको भाग कमजोर भएकाले त्यताबाट नै मर्मत शुरु गरिने विमानस्थलले जनाएको छ । दिनहुँ ८० मिटर कालोपत्रे उक्काएर मर्मत गरिने छ । अहिले ३० सेन्टिमिटर गहिराइसम्मको कालोपत्रे हटाएर नयाँ कालोपत्रे हाल्ने प्राधिकरणको योजना छ ।

खासगरी अन्तर्राष्ट्रिय विमानस्थलको धावनमार्गमा हरेक एक दशकमा कालोपत्र फेर्नुपर्ने अन्तर्राष्ट्रिय मापदण्ड छ । तर नेपालको विमानस्थल निर्माण भएयता कालोपत्रे फेरिएको छैन । विमानस्थलमा अहिले १०० बढी अन्तर्राष्ट्रियसहित दैनिक सरदर ४०० उडान हुन्छन् । विमानस्थलबाट आन्तरिकतर्फ हेलिकप्टरसहित २० र अन्तर्राष्ट्रिय उडानमा तीन नेपालीसहित ३१ वायुसेवा प्रदायक कम्पनीले उडान भर्दै आएका छन् ।

प्राधिकरणको प्रतिवेदनअनुसार देशभरका ५६ विमानस्थलमध्ये ३३ सञ्चालनमा छन् । सञ्चालनमा रहेकामध्ये ३१ विमानस्थलमा कालोपत्रे गरिएको छ ।

Continue Reading…

ओखलढुंगा जिप दुर्घटनाका मृतक ६ जनाकै सनाखत

ओखलढुङ्गा । ओखलढुंगाको मानेभन्ज्याङ गाउँपालिका-६ मा भएको जिप दुर्घटनामा मृत्यु भएका ६ जनाकै सनाखत भएको छ।

सोलुखुम्बुबाट काठमाडौँ जाँदै गरेको रातो नम्बर प्लेटको बा १६ च २२०७ नं को स्कार्पियो जीप मानेभञ्ज्याङ गाउँपालिका–६ हिलेपानीमा अपराह्न दुर्घटना उनीहरुको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय ओखलढुङ्गाका प्रहरी निरीक्षक राजीव श्रेष्ठले जानकारी दिए ।

दुर्घटनामा परी मृत्यु हुनेमा ताप्लेजुङ जिल्ला ओलाङचुङगोलाका ४५ वर्षीय साङ्गेल शेर्पा, ५५ वर्षीय मिङ्मा शेर्पा, काठमाडौं बौद्धका ३५ वर्षीय नुर्बु शेर्पा, करीव ३० वर्षीय वाङ्दा शेर्पा, करीव ४५ वर्षका डोमा शेर्पा र ४० वर्षिय ङ्वाङ सेर्तुङ शेर्पा रहकेको जिल्ला प्रहरी कार्यालय ओखलढुंगाका प्रहरी निरीक्षक राजीव श्रेष्ठले बताए।

चालक कृष्ण श्रेष्ठका अनुसार जीप सडकबाट करीब २०० मिटर तल खसेको थियो ।  दुर्घटनामा एक बालकसहित तीन जना गम्भीर घाइते भएका छन् । दुर्घटनामा परी चालक श्रेष्ठ पनि घाइते भएका छन् । उनीहरुको उदयपुरको घुर्मीस्थित आस्था मेडिकल सपमा उपचार भइरहेको छ ।

Continue Reading…

कांग्रेससँग सरकार भागबण्डा गर्ने पक्षमा छैन्- प्रधानमन्त्री ओली

विराटनगर । प्रधानमन्त्री केपी शर्मा ओलीले शनिबार सम्पन्न लगानी सम्मेलनबाट सरकार निकै उत्साहित भएको बताएका छन् ।

आईतबार विराटनगर विमानस्थलमा सञ्चारकर्मीसँग कुरा गर्दै प्रधानमन्त्री ओलीले सम्मेलनमा एशियाली विकास बैँक, विश्व बैँकदेखि संसारका विभिन्न देशका प्रतिनिधिको उल्लेखनीय सहभागिताले पनि नेपालमा लगानी भित्रिनेमा सरकार विश्वस्त रहेको बताए ।

प्रधानमन्त्री ओलीले गत वर्षलाई सरकारले आधार वर्ष मानेर काम गरेको र यस वर्ष तीव्र विकास गर्ने वर्ष भएको बताए । प्रधानमन्त्री ओलीले आधार वर्षमा संरचना र कानून निर्माणमा समय खर्च गर्दा पनि नेपालमा आर्थिक वृद्धिदर ८ प्रतिशत हुनु निकै उपलब्धि हो भन्दै अब विकास तीव्र गतिमा हुन्छ भन्नेमा ढुक्क हुन आग्रह गरे ।

प्रधानमन्त्री ओलीले राजनीतिक दलका रुपमा दर्ता नभएका समूहलाई राजनीतिक दल भन्न नमिल्ने बताउँदै नेत्रविक्रम चन्द्र नेतृत्वको समूहले गरिरहेका अराजक गतिविधिलाई सरकारले प्रतिबन्ध लगाएको स्पष्ट पारे ।

अदालत र सरकार अलग अलग विषय भएकाले सञ्चारकर्मीलाई सोहीअनुसार बुझ्न आग्रह गर्दै प्रधानमन्त्री ओलीले सञ्चारकर्मीले सरकार र अदालतबीच झगडा लगाउने समाचार सम्प्रेषण गर्न नहुने बताए । ‘अदालतले पुरै प्रमाण नपुगे छाड्ने, त्यो कानुनी कुरा हो, सरकारले राजनीति नीति, कानून बमोजिम र संविधानबमोजिम काम गर्ने हो, तर थुन्ने छोड्ने कुरा अदालतको दृष्टिमा केही पुगेन भने छोडी दिन्छ ।’ उनले अदालत र सरकारबीचको अन्तरविरोध नदेखाउन आग्रह गरे ।

अर्को प्रसंगमा प्रधानमन्त्री ओलीले प्रतिपक्ष नेपाली कांग्रेसले संवैधानिक नियुक्तिहरुमा भागवन्डा खोजेको आरोप लगाए । उनले सरकार भाग नदिएका कारण कांग्रेस सरकारमाथि खनिएको पनि दावी गरे । उनले भने ‘औचित्य र गुण दोषको आधारमा मान्छेलाई जिम्मेवारी दिनुपर्छ, भागबन्डा गर्नुहुँदैन भन्नेमा म छु’ उनले भने ।

सरकारले निर्वाचन आयोगका प्रमु्ख आयुक्तमा सिफारिस गरिएका दिनेश थपलिया पनि आफनो पार्टीको नभएको बताए । कांग्रेसका कारण नै सरकारले गर्ने संवैधानिक अंगहरुमा गरिने नियुक्तिमा अहिले पनि सरकारले प्रयाप्त ठाँउहरु छाडेको जानकारी दिए ।

उनले अन्तर विरोध र द्वन्द्व बढाउने किसिमको समाचार सम्प्रेषण गर्नु राम्रो होइन भन्दै प्रधानमन्त्री ओलीले सञ्चारकर्मी सकारात्मक हुनुपर्नेमा सुझाव दिए ।

Continue Reading…

‘आमा भन्नुहुन्थ्यो, धत् ! केटीले पनि फुटबल खेल्छन् ?’

१७ चैत, काठमाडौं । मैदानमा आक्रामक फुटबलरको रुपमा चिनिन्छिन् मञ्जलीकुमारी योञ्जन । तर, उनको हृदयको कोमलता उनीसित कुरा गर्दा मात्रै महसुस हुन्छ । कठिन संघर्षमा हुर्किएकी मञ्जली आफ्नो अतितमा फर्किँदा अहिले पनि भावविह्वल बन्छिन् ।

उनी ८ वर्षकी हुँदा आर्थिक अभावका कारण आमा फुलमाया वैदेशिक रोजगारीका लागि लेबनान गइन् । बाबा टेकबहादुर योञ्जन कामकै कारण घर बाहिर नै हुन्थे । त्यसैले बाबुआमाकी जेठी छोरी भएकाले परिवारको सम्पूर्ण बोझ मञ्जलीको टाउकोमा थियो ।

घरमा मञ्जली, बहिनी र भाइ गरी तीन जना थिए । बेलाबेलामा बाबा घरमा आए पनि भाइबहिनी हेर्नेदेखि घरको काम मञ्जलीले नै गर्नुपर्थ्यो । साथीभाइसँग खेल्ने रमाउन त परैको कुरा, विद्यालय पनि उनको लागि बिरानो जस्तै हँुदै थियो । दुःखै दुःखले थिचिएकी मञ्जलीका लागि फुटबलर बन्ने कुरा त कल्पनाभन्दा पनि बाहिर थियो ।

रौतहट चन्द्रनिगाहपुरमा हुर्किएकी उनी गाउँमा दाइहरुले फुटबल खेलेको चाख मानेर हेर्थिन् । खेल्न मन पनि लाग्थ्यो । तर, केटाहरुको हुलमा मिसिएर खेल्न सम्भव थिएन ।

तर उनको जीवनले एकाएक नयाँ मोड लियो । अहिले राष्ट्रिय महिला फुटबल टिमकी महत्वपूर्ण सदस्य छिन् उनी । उनले मैदानमा आफूलाई प्रमाणित पनि गरिसकेकी छिन् । विराटनगरमा सम्पन्न साफ महिला च्याम्पियनसिपमा पनि उनको खेल लोभलाग्दो नै रह्यो । उनले भुटान र बंगलादेशविरुद्ध गोल गरेकी थिइन् ।

यसरी बनिन् फुटबलर

बाल्यकालमा पाएको दुःख सम्झिँदा मञ्जलीका आँखा रसाउँछन् । अन्तरवार्ताका क्रममा पनि भावुक बनेकी मञ्जलीले पारिवारिक अवस्थाका कारण सानोमा राम्रोसँग पढ्न नपाएको दुःख पोखिन् ।

‘हाम्रै लागि भनेर आमा विदेश जानु भएको होला । तर, ‘मैले स्कुल पनि जान पाइनँ । घरमा सबै काम गर्नुपथ्र्यो । ा बहिनी र भाइलाई हेर्नुपथ्र्यौ । आमालाई सम्झेर रुन्थेँ’ मञ्जली सुुँक्सुकाइन् ।

करिब तीन वर्ष लेबनानमा बसेर आमा घर फर्किएपछि भने उनको लुटिएको खुशी फर्कियो । अब उनी घरबाट फुर्सदिलो भइन् । साथीभाइसँग समय बिताउन थालिन् ।

फुटबल खेल्ने चाहना मनमनै दबाइरहेकी मञ्जलीले एक दिन हिम्मत गरेर आमालाई भनिन्, ‘आमा म पनि फुटबल खेल्ने ।’

आमाले भनिन्, ‘धत् लाटी, केटीले पनि फुटबल खेल्छन् ?’

आमाले अनुमति नदिए पनि उनले गाउँकै चौर र खेतमा मोजाको बल हानेर धीत मार्ने प्रयास गरिन् । त्यो देखेर गाउँका दाइहरुले उनलाई फुटबल खेल्न अवसर दिए ।

 

गाउँमा खेल्दाखेल्दै उनी खारिँदै गइन् । उनले रौतहट जिल्लाबाट फुटबल खेल्ने अवसर पाइन् । ‘दुई वर्ष रौतहट जिल्लाबाटै खेलेँ । इन्टर स्कुल र एनसेल कप भएमा भाग लिएँ,’ उनी सुनाउँछिन् ।

यू–१४ प्रतियोगितामा छनोट हुँदै काठमाडौं आएकी मञ्जलीले २०७२ बैशाखमा नेपालमै सम्पन्न एएफसी यू–१४ गर्ल्स क्षेत्रीय च्याम्पियनसिप फुटबलमा पहिलोपटक राष्ट्रिय जर्सी लगाएकी थिइन् । त्यसपछि उनको फुटबल करिअरले लय समात्यो । यू–१४ मा राम्रो छाप छोडेकी मञ्जलीमाथि विभागीय टिम एपीएफको नजर प¥यो ।

पूरा भएको सपना

सपना साकार हुनु या नहुनु आफ्नो ठाउँमा छ तर, सपना देख्ने अधिकार सबैलाई हुन्छ । फुटबलमा भिज्न थालेपछि मञ्जलीले नेपाली राष्ट्रिय टिमबाट खेल्ने सपना बुन्न थालिन्, लगातार मेहनत पनि गरिन् । एक दिन यो सपना पनि यथार्थमा बदलियो ।

एपीएफ क्लबमा आबद्ध भएपछि लिग खेलिन् । आफ्नो कमजोरीलाई सुधार्दै गइन् । प्रधानसेनापति कपमा राम्रो प्रदर्शन गरेपछि उनलाई भारतको सिलिगुढीमा हुने चौथो साफ महिला च्याम्पियनसिप फुटबलका लागि राष्ट्रिय टिमको बन्द प्रशिक्षणमा बोलाइयो । क्लोज क्याम्पमा पनि मिहिनेत गरिन् । लेफ्ट एट्याकिङ मिडफिल्डर मञ्जली फाइनल लिस्टमा पनि पर्दै साफ च्याम्पियनसिप खेल्न भारततर्फ लागिन् ।

भुटानविरुद्ध नेपालको पहिलो खेलमै मञ्जलीले डेब्यु गरेकी थिइन् । त्यसपछि उनले साफ च्याम्पियनसिपको सबै खेल खेलिन् भने गोल पनि गर्दै आफ्नो डेब्यु प्रतियोगितामै राम्रो छाप छोड्न सफल भइन् । उनले माल्दिभ्सविरुद्ध एक गोल गरेकी थिइन् ।

‘साफ महिला च्याम्पियनसिपको लागि टिममा परेँ । सिनियर टिममा पर्दा छुट्टै उमंग हुने त भइहाल्यो’, मञ्जली सुनाउँछिन् ।

साफ च्याम्पियनसिपको इतिहासमा नेपाल सेमिफाइनलबाट बाहिरिएको त्यो एक मात्र प्रतियोगिता बन्यो । यसअघि लगातार तीनपटक नेपाल फाइनलमा पुगेको थियो । टिम असफल भएपनि मञ्जली भने व्यक्तिगतरुपमा सफल भइन् । त्यसयता, उनी बेन्चमा बस्नु परेको छैन । पहिलो रोजाइमै परेर खेल्ने गरेकी छिन् ।

उनका अनुसार अब आमा फुलमाया पनि छोरी फुटबल खेलाडी भएकोमा खुशी मान्न थालिन् ।

हौसला र साथ दिनेहरु पनि बढिरहेका छन् । उनी भन्छिन्, ‘गाउँघरबाट पनि आजभोलि निकै राम्रा सन्देशहरु पाइरहेको हुन्छु । अझै राम्रो खेल्दै जानू भन्नुहुन्छ । खुशी लाग्छ ।’

लक्ष्य गोल्ड मेडल

भारतको एकाधिकार तोड्दै साफ च्याम्पियनसिपको उपाधि नेपालले आफ्नै भूमिमा जित्ने अवसर चुकायो । यसले अन्य खेलाडी जस्तै मञ्जलीलाई पनि खिन्न बनाएको छ ।

उनको पनि सपना हो, नेपाललाई साफ च्याम्पियन बनाउने । ‘हामीले हार खाएको भने होइन । जसरी भए पनि नेपाललाई गोल्ड मेडल जिताएरै छाड्ने लक्ष्य छ,’ मञ्जली भन्छिन्, ‘पहिले यस्तो राम्रो टिमचाहिँ थिएन । प्रतियोगिता हुनुभन्दा १०–१५ दिनअघि मात्रै क्लोज क्याम्प हुने गरेको थियो । तर अहिले त्यस्तो छैन ।’

अनिता बस्नेत राइट विङबाट खेल्छिन् भने मञ्जली लेफ्टबाट । दुवै आक्रामक फुटबल खेल्न रुचाउँछन् र दुवैको खेल्ने शैली एउटै छ । दुवै खेलाडी एपीएफका ब्यवसायिक फुटबलर हुन् । ‘क्लबमा पनि सँगै हो । राष्ट्रिय टिममा पनि अहिलेसम्म सँगै खेलिरहेका छौं । पासहरुदेखि तालमेल पनि राम्रोसँग मिल्छ,’ उनी भन्छिन् । तालमेल मात्र होइन, गोल सेलिब्रेसन गर्ने स्टाइल पनि दुवैको मिल्छ ।

तस्वीर/भिडियो :  शंकर गिरी

Continue Reading…

पत्रकारलाई प्रधानमन्त्रीको प्रश्न : के तपाईहरु मुलुकलाई सधै द्वन्द्वमा नै फसाई राख्ने ?

१७ चैत, विराटनगर । प्रधानमन्त्री केपी शर्मा ओलीले मुलुकलाई द्वन्द्वमा फसाइराख्ने खेलमा नलाग्न पत्रकारलाई सचेत गराएका छन् । आइतबार विराटनगर विमानस्थलमा पत्रकारसँग कुरा गर्दै उनले पत्रकारले अदालत र सरकार तथा प्रदेश सरकार र केन्द्र सरकारबीच द्वन्द्व गराउन खोजेको आरोप लगाएका हुन् ।

विप्लव समूहका कार्यकर्तालाई प्रहरीले पक्राउ गर्ने, अदालतबाट धमाधम छुट्ने भइरहेको छ नि भनी पत्रकारले सोधेको प्रश्नको जवाफमा उनले भने ‘के तपाईंहरु मुलुकलाई सधै द्वन्द्वमा नै फसाई राख्ने ? तपाईहरुको सधै भूमिका त्यही हो ? अदालत र सरकारबीचमा झगडा लाउने, प्रदेश सरकार र केन्द्र सरकार बीचमा झगडा लाउने ?’

प्रधानमन्त्री ओलीले पत्रकारलाई रचनात्मक भूमिका निर्वाह गर्न सुझावसमेत दिए । उनले अदालतले आफनो ढंगबाट काम गर्ने सरकारले आफनो ढंगबाट काम गर्ने बताए । ‘अदालतले पुरै प्रमाण नपुगे छाड्ने, त्यो कानुनी कुरा हो, सरकारले राजनीति नीति, कानून बमोजिम र संविधानबमोजिम काम गर्ने हो, तर थुन्ने छोड्ने कुरा अदालतको दृष्टिमा केही पुगेन भने छोडी दिन्छ ।’ उनले अदालत र सरकारबीचको अन्तरविरोध नदेखाउन आग्रह गरे ।

उनले अदालत स्वतन्त्र रहने र त्यो शक्ति पृथकीकरणको सिद्धान्त राज्य चलेको भन्दै सञ्चालन अदालत र सरकार एउटै नभएको पनि बताए ।

प्रधानमन्त्री ओलीले राजधानी काडमाडौंमा दुई दिनसम्म चलेकोे लगानी सम्मेलन पूर्ण सफल भएको बताए । सम्मेलनबाट विश्व बैंकसहित विभिन्न विदेशी राष्ट्रहरुबाट लगानीको प्रतिबद्धता आएको पनि उनले बताए । तर मुलुक विकासको गतिमा अघि बढेको हेर्न नचाहनेहरुले भने सम्मेलनबारे अनर्गल प्रचार गरिरहेको आरोप लगाए ।
प्रधानमन्त्री ओलीले लगानी सम्मेलनसम्मको समयलाई आधार बर्षकोरुपमा लिएको बताउदै त्यसपछि विकास वर्ष सुरु हुने बताए ।

कांग्रेसले भाग खोज्यो

अर्को प्रसंगमा प्रधानमन्त्री ओलीले प्रतिपक्ष नेपाली कांग्रेसले संवैधानिक नियुक्तिहरुमा भागवन्डा खोजेको आरोप लगाए । उनले सरकार भाग नदिएका कारण कांग्रेस सरकारमाथि खनिएको पनि दावी गरे ।

उनले भने ‘औचित्य र गुण दोषको आधारण मान्छेलाई जिम्मेवारी दिनुपर्छ, भागबन्डा गर्नुहुँदैन भन्नेमा म छु’ उनले भने ।

सरकारले निर्वाचन आयोगका प्रमु्ख आयुक्तमा सिफारिस गरिएका दिनेश थपलिया पनि आफनो पार्टीको नभएको बताए । कांग्रेसका कारण नै सरकारले गर्ने संवैधानिक अंगहरुमा गरिने नियुक्तिमा अहिले पनि सरकारले प्रयाप्त ठाँउहरु छाडेको जानकारी दिए ।

Continue Reading…

ओलम्पिकको दोस्रो राउण्ड खेल्ने नेपाली टिमलाई विदाइ

१७ चैत, काठमाडौं । ओलम्पिक खेलकुदको महिला फुटबलअन्तर्गत एसिया क्षेत्र छनोटको दोस्रो चरण खेल्ने नेपाली महिला फुटबल टिमलाई विदाइ गरिएको छ ।

अखिल नेपाल फुटबल संघ एन्फाले ललितपुरको सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा आज नेपाली महिला टिमलाई विदाइ गरेको हो । नेपाली टिम आज साढे तीन बजे म्यानमार प्रस्थान गर्दैछन् ।

गत बुधबारदेखि महिला टिमले अभ्यास थालेको थियो । गत चैत ८ गते विराटनगरमा सम्पन्न साफ महिला च्याम्पियनसिप फुटबलमा उपविजेता बनेको नेपाली महिला टिमले केही दिनको अभ्यासपछि ओलम्पिक छनोट खेल्न म्यानमार प्रस्थान गर्न लागेको हो ।

जापानमा २०२० मा हुने ओलम्पिक खेलकुदको महिला फुटबलको एसिया क्षेत्र छनोटको दोस्रो चरणको खेल यही अप्रिल तीन तारिखदेखि म्यानमारमा सुरु हुँदैछ ।

समूह ‘ए’ मा रहेको नेपालसँगै आयोजक म्यानमार, इन्डोनेसिया र भारत रहेका छन् । नेपालले आफ्नो पहिलो खेल ३ अप्रिलमा आयोजक म्यानमारसँग खेल्नेछ । दोस्रो खेलमा नेपालले भारतसँग ६ अप्रिल प्रतिस्पर्धा गर्दैछ । भारतलाई साफको बदला लिने लक्ष्यमा नेपाल हुनेछ । छनोटको अन्तिम खेलमा नयाँ प्रतिद्वन्द्वी इन्डोनेसियासँग नेपालले ९ अप्रिलमा प्रतिस्पर्धा गर्नेछ ।

नेपाली टिम

गोलकिपर : एञ्जिला सुब्वा, अञ्जना राना मगर, उषा नाथ

डिफेन्डर : हिराकुमारी भुजेल, गीता राना, पुनम जर्घामगर, अमृता जैशी, कविता धिमाल, पुजा राना, मनमाया लिम्बु

मिडफिल्डर : अनिता बस्नेत, दिपा राई, मञ्जली योञ्जन, शर्मिला थापा, सरु लिम्बु, रेनुका नगरकोटी, अनिता केसी

फरवार्ड : निरु थापा (कप्तान), सावित्रा भण्डारी, रेखा पौडेल

Continue Reading…

श्रीलंकाका टेस्ट कप्तान मापसे गरी दुर्घटना गर्दा पक्राउ

१७ चैत, काठमाडौं । श्रीलंकाली टेस्ट क्रिकेटका कप्तान दिमुथ करुणारत्ने मादक पदार्थ सेवन गरेर गाडी चलाउँदा पक्राउ परेका छन् । उनले गाडीले एक तीन पाङ्ग्रे सवारीलाई ठक्कर दिएको थियो ।

मादक पदार्थ सेवन गरेर गाडी चलाएका कारण करुणारत्नेलाई प्रहरीले पक्राउ गरेको थियो । अहिले उनी जमानतमा रिहा भएका छन् । सोमबार उनलाई अदालत बोलाइने बताइएको छ । प्रहरीका अनुसार घाइतेको अवस्था सामान्य रहेको छ ।

घाइतेको अवस्था आँकलन गरेर उनीमाथिको कारबाहीको निर्णय हुने छ । अदालतले दिएको निर्णयका आधारमा उनीमाथि अन्य व्यावसायिक कारबाही पनि हुन सक्ने क्रिकेट वेबसाइट क्रिकइन्फोले उल्लेख गरेको छ । श्रीलंकाली क्रिकेट बोर्डले पनि अदालतको फैसला कुर्ने जनाइएको छ ।

फेब्रुअरीमा दक्षिण अफ्रिकासँगको टेस्ट सिरिज जिताएर चर्चामा रहेका करुणारत्नेलाई विश्वकपमा श्रीलंका टिमको कप्तान बन्न सक्ने खेलाडीका रुपमा पनि हेरिएको छ । यो घटनाले उनको क्रिकेट जीवनमा असर गर्ने क्रिकेट विश्लेषकहरु बताउँछन् ।

Continue Reading…

ब्लड क्यान्सरले थलिएकी कमला २ महिनादेखि दुबई अस्पतालको बेडमा

युएई । माझीफेदी-७, काभ्रेकी कमला गिरी डेढ महिनादेखि दुबई अस्पतालमा थलिएकी छिन् । चिकित्सकले बताए अनुसार उनमा ल्युकीमिया ब्लड क्यान्सर भएको छ ।

अचेत अवस्थामा अस्पतालको आईसीयु कक्षमा भर्ना भएकी गिरीको स्वास्थ्यमा क्रमिक सुधार आउँदै छ ।

चिकित्सको नियमित निगरानीमै रहने गरी अहिले नर्मल बेडमा सारिएको छ । रोगसँग लडिरहेकी उनको थप उपचारमा आर्थिक समस्याले पनि सताएको छ । कमला, दुबई अस्पतालको सातौँ तलाको ७१० नम्बर कोठाको बेडमा उपचाररत अवस्थामै छिन् ।

सोहीअनुसार १२ वर्षअघि रोजागारीका लागि कमला र उनका श्रीमान बिमल युएई आएका थिए । श्रीमान पनि यहीँको एक कम्पनीमा सेल्सम्यानको रुपमा कार्यरत छन् ।

कमला पनि सेल्स् र क्यासियरका रुपमा काम गर्थिन् । तर, छोरीको जन्मपश्चात चारवर्षयता उनी उनको हेरविचारमा मात्र लागेकी थिइन् । बिमलको कमाइले दुःख सुख जीवन चलिरहेकै थियो ।

गत माघ २६ गते कमलालाई सामान्य ज्वरो आउन थाल्यो । विमलले नजिकैको मेडिकलबाट ज्वरोको औषधि ल्याएर खुवाए । अवस्था सुधारोन्मुख भएन ।

दुई दिनपछि उनलाई थप उपचारका लागि दुवईको इरानी अस्पताल लगियो । बिमल रोजगारीमा भएकाले समय दिन सकेनन् । साथीको सहारामा कमलालाई अस्पताल पुर्‍याइयो ।

अवस्था झनै खस्कदै जान थालेपछि माघ २८ गते वरदुबईको अल रफा अस्पताल लगियो । चिकित्सकले कमलाको स्वास्थ्य परीक्षण गरे । तर, रातिको डिउटीमा रहेका चिकित्सकले सम्बिन्धत चिकित्सक नभएकाले सोही दिन रिपोर्ट दिएनन् ।

भोलिपल्ट, परीक्षण गर्दाको रिपोर्टमा कमलामा ल्यूकेमिया ब्लड क्यान्सरको लक्षण देखिएको अस्पतालले जनायो । त्यो समय आफ्नो जीवनमा आइपरेको बज्रपातबारे बिमल शव्दमा व्यक्त गर्न सक्दैनन् ।

निजी अस्पतालमा उपचार गराउँदा खर्चले धान्न नसक्ने बुझेर कमलालाई रशिद अस्पताल पुर्‍याइयो । तर, उक्त अस्पतालले क्यान्सर रोगको उपचार नहुने भन्दै दुबई अस्पतालमा लैजान सुल्झायो । त्यसपछि फागुन १ गते डेरा दुबईमा रहेको दुबई अस्पतालमा कमलालाई भर्ना गरियो ।

एक महिनासम्म आईसीयु कक्षमा राखेर उनको उपचार भयो । स्वास्थ्यमा सामान्य सुधार हुन थालेपछि अहिले नर्मल वेडमा राखिएको छ ।

उपचार खर्च १ करोड २० लाख बढी पुग्यो

दुईमहिना हुन लाग्यो कमला अस्पतालको शैय्यामा रोगसँग लडिरहेको । उनको हालसम्मको उपचारमा ४ लाख दिराम -एक करोड २० लाख बढी) खर्च भइसकेकोे श्रीमान बिमलले बताए ।

आईसीयु कक्षमा राखेर उपचार गराउँदा नै करिब ३ लाख दिरामको बील उठिसकेको थियो । बीलको सबै खर्च तिर्न बाँकी छ । बिमलको सामान्य कमाइले यहीँ अध्ययन गरिरहेकी छोरी र श्रीमतीको नियमित उपचार धान्न कठिन छ ।

श्रीमती अस्पतालमा भर्ना भएदेखि उनी रोजगारीमा गएका छैनन् । रोजगारदाता कम्पनीलाई आफ्नो समस्याबारे जानकारी गराएका छन् । कम्पनीले कहिलेदेखि काममा आउने भनेर बेलाबेला सोध्ने गर्छ । तर, बिमल यो दिन भन्न सकिरहेका छैनन् ।

बिमलका अनुसार कमलाको नियमित स्वास्थ्य परीक्षण र उपचारमा मात्र दैनिक ४५ सय दिराम खर्च हुन्छ ।

आईसीयुमा हुँदा जीवन बचाउन चिकित्सकले आवश्यक औषधि प्रयोग गर्थे । नर्मल वेडमा आएपछि अहिले उनीहरुले आवश्यक औषधिको नाम लेखेर दिन्छन् । औषधि बाहिरबाट खरिद गरेर ल्याउन पर्ने बिमलले बताए ।

उनले अहिलेसम्म साथीभाइहरुको सहयोगले औषधि जुटाइरहेका छन् । वेड चार्ज, स्वास्थ्य परीक्षण, औषधि खरिदलगायतमा रकम बढिरहेको छ ।

बिमल २४ सै घण्टा श्रीमतीको साथमा अस्पतालमा हुन्छन् । यहीँ अध्ययन गर्दै गरेकी ५ वषर्ीया छोरीको हेरचाहमा पनि समय दिन समस्या छ ।

‘आमाको अवस्था देखेर आजभोलि छोरी अस्पताल आउन मान्दिनन् । छोरीको कुरा सुनाउँदै उनले भने, ‘म जादिन बाबा तपाईं मामुलाई खाना खुवाएर आउनु है भन्छिन् ।’ उनलाई कोठामा छोरीलाई एक्लै छोड्नु पर्दा थप पीडा हुने गरेको छ ।

सहयोगको अपील

चिकित्सकले कमलाको ६ पटक केमो गराउनुपर्ने जनाएका छन् । तीन पटक केमो भइसकेको र अब तीनपटक गर्नुपर्ने छ ।

केमो गराउन एकपटकमा ७ हजार दिहराम खर्च लाग्ने अस्पतालले जनाएको छ । यसका लागि मात्र २१ हजार दिहरामको आवश्यक हुन्छ ।

बिमललाई श्रीमतीको थप उपचारका लागि आर्थिक समस्या छ । हालसम्म उपचारमा लागेको खर्चको बील तिर्ने चिन्ता छ । तर पनि उनको आत्मविश्वासले कमलाको उपचार भइरहेको छ ।

बिमलले युएईमा रहेका सामाजिक संघसंस्था तथा नेपाली समुदायमा सहयोगको याचना गरेका छन् । भन्छन्- आफूले सकेको गरिरहेको छु । मस्ाँग भएको सबै कुरा सकियो । अब तपाईंहरुको सहयोग पाए श्रीमतीले नयाँ जीवन पाउने छिन् ।

कमलाको उपचारमा सहयोग गर्न यहाँ कार्यरत नेपालीलाई सामुहिक आह्वान गरिएको छ ।

युएईमा कार्यरत गायक प्रकाश पौडेलले सामाजिक संजालमार्फत सबैलाई सहयोगका लागि आहृवान गरेका छन् । आफ्नो तर्फबाट सहयोग घोषणा गर्दै उनले आहृवान गरेपछि अहिले विभिन्न व्यक्तिले सहयोगको प्रतिवद्धता जनाएका छन् ।

यस्तै सम्बन्धित जिल्ला समाज, संघसंस्था तथा व्यक्तिहरुले समेत सहयोग गर्ने प्रतिबद्धता जनाएका छन् ।

खर्च मिनाहाका लागि दूतावासको आग्रह

यसैबीच नेपाली दूतावास आबुधाबीले बिमारीको खर्च मिनाहाका लागि सम्बन्धित अस्पतालाई अनुरोध गरेको छ ।

बिमारीको परिवारको आर्थिक अवस्थाबारे अस्पताललाई अवगत गराउँदै उपचारमा लागेको खर्च छुट गरिदिन दूतावासले आग्र्रह गरेको हो । तर, दूतावासबाट आधिकारिक प्रतिनिधि आउनुपर्ने जनाउँदै अस्पतालले पत्र नबुझेको बिमलले अनलाइनखबरलाई बताए ।

यसबारेमा दूतावासले थप जानकारी लिने र आवश्यक पहल गर्ने दूतावासका उपनियोग प्रमुख तथा प्रवक्ता सागरप्रसाद फुयाँले जनाए ।

Continue Reading…

शान्ति सेना परिचालन गर्न नेपाल तयार छ- उपप्रधानमन्त्री पोखरेल

काठमाडौँ । उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेलले शान्ति मिसनमा परिचालित हुने नेपाली सेना र नेपाल प्रहरीका लागि राष्ट्रसङ्घीय मुख्यालय र शान्ति मिसनको उच्च तहको नेतृत्वमा सहभागिता हुनुपर्ने बताएका छन् ।

संयुक्त राष्ट्रसङ्घको मुख्यालयमा आयोजित शान्ति स्थापनाका लागि मन्त्रीस्तरीय सम्मेलनलाई पहिलो वक्ताको रुपमा सम्बोधन गर्दै उनले विगत ६१ वर्षदेखि राष्ट्रसङ्घीय शान्ति मिसनमा सघाइरहेको देशको हैसियतले उच्च तहमा नेपालको सहभागिताको माग गरे ।

उनले भने, “युएन मिसनमा परिचालन हुने शान्ति सेना र प्रहरीका लागि राष्ट्रसङ्घीय मुख्यालय र शान्ति मिसनको उच्च तहमा थप सहभागिताका लागि आह्वान गछौँ ।”

उपप्रधानमन्त्री पोखरेलले राष्ट्रसङ्घको अनुरोधमा १० हजारसम्म शान्ति सेना परिचालन गर्न नेपाल तयार रहेको बताउँदै राष्ट्रसङ्घको अनुरोधमा नेपालले विभिन्न ११ देशका १२ मिसनमा रहेर काम गरिरहेको जानकारी दिए ।

“अहिलेसम्म ७३ नेपाली शान्ति सेनाले ज्यान गुमाइसकेका छन् । विभिन्न चुनौतीका बाबजुद पनि हामी आफ्नो शान्ति सेनालाई परिचालन गराइरहेका छौँ । राष्ट्रसङ्घको अनुरोधमा १० हजारसम्म शान्ति सेना परिचालन गर्ने हामी तयार छौँ”, उपप्रधानमन्त्री पोखरेलले भने ।

उपप्रधानमन्त्री पोखरेलले राष्ट्रसङ्घका महासचिवले अघि सार्नुभएका शान्ति कार्य र लैङ्गिक रणनीतिलगायतका सुधारमा नेपालको समर्थन रहेको उल्लेख गर्दै शान्ति मिसनको कार्यक्षमतामा नयाँ ढङ्गले सुधार गर्ने आह्वान गरे ।

शान्ति सेनाका लागि आवश्यक तालीम र शान्ति मिसनका लागि चाहिने तालीम केन्द्रको सुविधा तथा प्रशासनिकलगायतका कुनै पनि सहयोग गर्न नेपाल तयार रहेको उल्लेख गर्दै उनले विगतमा भएका मन्त्रीस्तरीय सम्मेलनमा व्यक्त अधिकांश प्रतिबद्धता पूरा गरिसकेको बताए ।

उपप्रधानमन्त्री पोखरेलले हामीले दक्षिण सुडानमा हाइ रेडिनेस कम्पनी, लिवियामा स्पेशल गार्ड युनिट र सिरियामा मेसिनाइज इन्फेन्ट्र कम्पनी परिचलना गरिसकेको बताए । यसबाहेक हामीले २०१८ मा सेन्ट्रल अफ्रिकन रिपब्लिकमा हाइ रेडिनेस प्रोटेक्सन बटालियन पनि परिचालन गरिसकेको बताए । नेपालले सन् २०१९ र २०२० का पिस किपिङ क्यापाविलिटी रेडिनेस सिस्टमका लागि एउटा इन्फेन्टी बटालियन र फोर्स प्रोटेक्सन कम्पनीमा बढुवाका लागि आफ्नो घोषणा गरेको जानकारी दिए ।

“शान्ति मिसनका लागि तोकिएको शर्तहरु पालना गर्नका लागि हामी हाम्रो प्रतिबद्धता दोहो¥याउँछौँ”, उनले भने, “स्टाफ अधिकृतको रुपमा महिला शान्ति सेनाको सहभागिताका लागि मिलिटरी अब्जवर्स र व्यक्तिगत अधिकृतहरुले पनि राष्ट्रसङ्घले तोकेका शर्तहरु पूरा गरिसकेका छन् । यसबाहेक नेपालले सन् २०१७÷१८ देखि ३०÷३५ महिला शान्ति सेनाको सहभागिता रहने गरी महिला सहभागी दलको समायोजन शुरु गरिसकेको छ ।”

Continue Reading…

‘यात्रा’ निर्माता भन्छन्–‘चुनाव हारेर मन्त्री बन्न पाइनँ, अब फिल्ममै भएपनि बन्छु’

चिजकुमार श्रेष्ठ चलचित्र क्षेत्रको लागि नयाँ नाम हो । उनी चैत २९ गतेबाट रिलिज हुने तयारीमा रहेको चलचित्र ‘यात्रा’का प्रस्तुतकर्ता समेत हुन् । लामो समय राजनीतिमा आफ्नो समय खर्चिएका उनी अहिले चलचित्र निर्माणमा लागेका छन् ।

उनले आफूलाई धेरै समय अगाडिबाट नै चलचित्रमा क्षेत्रमा आउने रुचि भइरहेको बताएका छन् । ‘मलाई चलचित्र क्षेत्रमा रहेर काम गर्ने मन पहिलेबाट नै थियो । तर, बाटो पाएको थिइन । बल्ल बाटो पाएको छु र काम गर्न सुरु गरेको छु ।’ उनले चलचित्र क्षेत्रमा आइपुग्नुको अर्को रमाइलो कुरा पनि शेयर गरेका छन् ।

चलचित्र ‘यात्रा’कै एक कार्यक्रममा उनले आफू चुनावमा हारेर सरकारको मन्त्री बन्न नपाएकोले चलचित्रमा भएपनि मन्त्री बन्ने सोचले यो क्षेत्रमा प्रवेश गरेको बताए । उनले भनेका छन्–‘चुनाव हारेर मन्त्री बन्ने सपना पूरा भएन । अब चलचित्र क्षेत्रमा रहेर पुन काम गर्ने अवसर पाए भने पर्दामै भएपनि मन्त्री बन्नेछु ।’ उनले अबको दिनमा पनि चलचित्र क्षेत्रमा नै रहेर काम गर्ने बताएका छन् । उनले भनेका छन्, ‘अब देखि म चलचित्र निर्माणलाई निरन्तरता दिनेछु ।’

सलिनमान बनिया, मलिका महत, सलोन बस्नेत, रेअर राई, जाहन्वी बस्नेत लगायतको मुख्य भूमिका रहेको चलचित्र ‘यात्रा’बाट उनी निकै आशावादी पनि छन् । ‘मलाई यो क्षेत्रको विषयमा खासै जानकारी त छैन तर पनि मलाई मेरो टिममा पूर्ण विश्वास छ । त्यसैले चलचित्र सफल हुनेमा विश्वस्त छु ।’ केशव भट्टराई पनि प्रस्तुतकर्ताका रुपमा रहेको यो चलचित्रलाई सम्राट शाक्यले निर्देशन गरेका हुन् । सुशिल पोखरेल चलचित्रका निर्माता हुन् ।

Continue Reading…

शनिबार आक्रामक, अरु दिन फिल्मको व्यापार ‘ठन्डाराम’

शुक्रबारदेखि रिलिजमा आएको चलचित्र ‘साइँली’को शनिबारको व्यापार सुखद थियो । शनिबार काठमाण्डौका मल्टिप्लेक्सहरुमा चलचित्रले पाएको शोज हेर्दा सोल्ड आउट र फिलिङ फास्टमा देखिएका थिए । यसैले पनि यो चलचित्रले राम्रो व्याापर गर्ने अनुमान गरियो ।

शुक्रबार चलचित्रले ओपनिङ कलेक्शन राम्रो गरेन । चलचित्रले क्यूएफएक्समा मात्र १९ शोज पाउँदा दर्शकको उपस्थिती खासै देखिएको थिएन । तर, शनिबारको बिदामा चलचित्रले राम्रै फाइदा लिएको थियो । आइतबारबाट फेरि चलचित्रको व्यापार पुरै खस्किएको छ ।

नेपाली चलचित्रको व्यापार हेर्दा अहिले शनिबार केही आक्रामक हुने र त्यसपछि खस्किने देखिएको छ । शुक्रबार चलचित्रको व्यापार कमजोर देखिएको छ । शनिबार प्रचार ठिकै भएका चलचित्रले दर्शक राम्रै बटुलेका छन् । तर, आइतबारदेखि भने चलचित्रको व्यापार ठन्डाराम देखिएको छ ।

फागूण १७ गते रिलिज भएको चलचित्र ‘क्याप्टेन’मा पनि यही समस्या देखिएको थियो । शुक्रबार फितलो ओपनिङ गरेको चलचित्र हेर्न शनिबार सिंगल र मल्टिप्लेक्समा दर्शक उर्लिए । आइतबारदेखि फेरि सुस्ताएको चलचित्रको व्यापार शिवरात्रीको बिदामा फेरि उकासियो ।

चलचित्रले दर्शक हलसम्म तान्न फेरि दोश्रो हप्ताको शनिबार कुर्नुपर्यो । नेपाली चलचित्र हेर्न अहिले शनिबार र बिदा बाहेक अरु दिनमा दर्शकको उपस्थिती निकै नै कमजोर देखिन थालेको छ । शुक्रबार र शनिबार स्टार र क्रेजको आधारमा पनि चलचित्रले कमाई राम्रो गर्नुपर्ने हो । तर, शुक्रबार नै दर्शक भड्किएका छन् ।

नेपालमै बलिउड चलचित्रको व्यापार हेर्ने हो भने शुक्रबार, शनिबार, आइतबारको ग्राफमा खासै फरक पर्दैन । तर, नेपाली चलचित्रको व्यापार खस्किनुको पछाडि दर्शकले नेपाली चलचित्रलाई पत्याउन छाड्नु हो ।

समिक्षकले निकै राम्रो भनेका चलचित्रले पनि आइतबारदेखि दर्शक तान्न सकेको पाइदैन । यसकोकारण, नेपाली चलचित्रप्रति दर्शकको विश्वास कम हुनु हो । ‘बुलबुल, साइँली’लाई समिक्षकले निकै नै राम्रो भनेपनि दर्शकले भने त्यसमाथि पनि विश्वास गर्न नसकेको अवस्था हो ।

शनिबारको एक दिने व्यापारले मात्र चलचित्रको लगानी सुनिश्चित हुँदैन । यसका लागि चलचित्रले एक साता राम्रै कमाई गर्नुपर्छ । तर, नेपाली चलचित्रको व्यापारको ग्राफ हेर्दा दयनिय छ ।

Continue Reading…
Loading...

Popular Bla Bla's

Loading...

Latest Bla Bla's on Fun2Sh

Powered by Blogger.
Copyright © Funtoosh Blog