Thursday, January 31, 2019

कांग्रेसको विरोधका बीच राष्ट्रियसभाबाट चिकित्सा शिक्षा विधेयक पारित

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसको विरोधका बीचराष्ट्रिय चिकित्सा शिक्षा विधेयक,२०७५ संघीय संसद राष्ट्रियसभाबाट पनि पारित भएको छ। प्रतिनिधिसभाबाट सन्देससहित राष्ट्रियसभामा पठाइएको विधेयक  राष्ट्रियसभा बिहिबार बहुमतले पारित भएको हो ।अब राष्ट्रपतिले प्रमाणित गरेपछि विधेयक लागू हुनेछ । उक्त विधेयकमा राष्ट्रियभामा तीन संशोधन परेका थिए। राजपाका वृशेषचन्द्र लाल र कांग्रेसका सांसदहरू सरिता प्रसाइँ, प्रकाश मल्ल,बद्रीप्रसाद पाण्डे र राधेश्याम अधिकारीले संशोधन हालेका थिए।

उनीहरूले सरकार र डा. गोविन्द केसीबीच उनको १५औँ अनशन तोड्ने बेला भएका सहमतिका बुँदा, जो विधेयकमा समेटिएका थिएनन्, लाई संशोधनमार्फत विधेयकमा राख्न संशोधन राखेका थिए।  तर दुबै संशोधन प्रस्तावलाई अध्यक्ष गणेश तिमिल्सिनाले निर्णयार्थ पेश गरेका थिए । तिनै  संशोधन प्रस्ताव बहुमतले अस्वीकृत भएका थिए ।

बिहीबार राष्ट्रियसभाको बैठकभरी नेपाली कांग्रेसका सांसदहरु भने उभिएरै विरोध जनाइरहेका थिए ।

 

 

0 comments:

Post a Comment

Loading...

Popular Bla Bla's

Loading...

Latest Bla Bla's on Fun2Sh

Powered by Blogger.
Copyright © Funtoosh Blog