Thursday, January 31, 2019

सरकारले नयाँ–नयाँ कामको थालनी गर्दै एकपछि अर्को सफलता चूमिरहेको छ: प्रधानमन्त्री ओली

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारले मुलुकको समृद्धिको अभियानलाई दृढतापूर्वक अगाडि बढाइरहेको बताएका छन्।प्रधानमन्त्री ओलीले सरकारले मुलुकमा नयाँ–नयाँ कामको थालनी गरिरहेको र त्यसले एकपछि अर्को सफलता चूमिरहेको दाबी पनि गरे। बिहीबार नेपाल टेलिभिजनको ३४ औं वार्षिकोत्सव तथा एचडी प्रशारणको शुभारम्भ गर्दै उनले जनताको विकासको चाहनालाई तीव्रता दिन सरकारले नयाँ–नयाँ प्रविधिको विकासमा जोड दिएको पनि स्पष्ट पारे।

जनताको चाहनाअनुसार विकास, निर्माणको कामलाई तीव्रता दिन सरकारले मुलुकको आवश्यक्ताअनुसार नयाँ–नयाँ प्रविधि भित्र्याउँदै जाने प्रधानमन्त्री ओलीको योजना छ। प्रधानमन्त्री ओलीले सरकारले हरेक दिन एक कदम अघि बढने संकल्प लिएको उल्लेख गर्दै त्यसलाई सफलतापूर्वक अघि बढाउने दृढता पनि व्यक्त गरे। त्यस अवसरमा प्रधानमन्त्री ओलीले नेपाल टेलिभिजनको प्रगतिको कामना पनि गरे।

0 comments:

Post a Comment

Loading...

Popular Bla Bla's

Loading...

Latest Bla Bla's on Fun2Sh

Powered by Blogger.
Copyright © Funtoosh Blog