Thursday, January 31, 2019

सरकारका प्रवक्ता भन्छन्– अनसनको औचित्य सकियो, पिलो कोट्याए जस्तो नगरौं

१७ माघ, काठमाडौं । सरकारले डा. गोविन्द केसीको अनसन तोडाउने जिम्मा उनलाई ‘बोक्ने’हरुकै भएको बताएको छ । राष्ट्रियसभाबाट चिकित्सा शिक्षा विधेयक पास भएपछि यो विषय सकिएको सरकारका प्रवक्ता गोकुल बास्कोटाले बताए ।

मन्त्रिपरिषद्का निर्णय सार्वजनिक गर्न आयोजित नियमित पत्रकार सम्मेलनमा सञ्चारमन्त्री बास्कोटाले डा. केसीको माग सम्बोधन भइसकेको दाबी गरे । उनले भने, ‘अझ एक स्टेप अगाडि बढेर सरकारले मागहरु सम्बोधन गरिसकेको छ ।’

संसदको दुबै सदनले पास गरेपछि पनि अनसनको औचित्य समाप्त भएको उनको दाबी छ ।

अब जजसले धेरै नै बोक्नुभएको छ, अन्धाधुन्धसित बस्ने ठाउँको ठेगान नभई जहाज उडाउनुभएको छ । उहाँहरुले नै अवतरण गराउनुपर्छ’ मन्त्री बास्कोटाले भने ।

माग पूरा भएको खुसीयालीमा अनसन छोड्ने, उक्साउनेहरुले पनि त्यो काम छाड्नु पर्ने उनको दाबी छ । मन्त्री बास्कोटाले भने, ‘जनताको जीत भएको छ भन्दै सिटामोल बोकेर जानु महानता हुन्छ । सरकारको अनुरोध यत्ति हो ।’

अस्पतालसम्बन्धी माग पूरा भइसके पनि पनि कांग्रेसले संसद अवरोध गरेको भन्दै उनले केही मान्छेको हठले संसदीय प्रक्रिया बन्धक बनाउन उपयुक्त नहुने बताए ।

कांग्रेस सांसद मिनेन्द्र रिजालको नाम नलिई संसदमा जुहारीसँग गीत पनि सुनेको भन्दै उनले भने, अर्को एउटा पनि गीत छ, सालको पात मात्र टपरी हुन्छ, सल्लाको हुँदैन । चर्चित प्रकरण सकियो । सल्लाको न डोरी बाट्न हुन्छ, न टपरी हुन्छ ।’

0 comments:

Post a Comment

Loading...

Popular Bla Bla's

Loading...

Latest Bla Bla's on Fun2Sh

Powered by Blogger.
Copyright © Funtoosh Blog