Thursday, May 23, 2019

मिडिया काउन्सिल विधेयकमाथि छलफल हुन्छ, फिर्ता हुँदैन- प्रवक्ता बाँस्कोटा

काठमाडौं । सरकारले संसदमा दर्ता गरेको मिडिया काउन्सिल विद्येयक फिर्ता नहुने बताएको छ । सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटाले सदनमा दर्ता भएको मिडिया काउन्सिल विधेयक फिर्ता नहुने प्रष्ट पारेका छन् ।

बिहिबार मन्त्रालयमा मन्त्रिपरिषदका निर्णय सार्वजनिक गर्न आयोजित पत्रकार सम्मेलनमा मन्त्री बाँस्कोटाले विधेयकबारे संसदमा छलफल हुने तर फिर्ता नहुने बताए । उनले नेपाल पत्रकार महासंघलगायत संघसंस्थाले विधेयकमाथि दिएका सुझाव हेर्ने र बहस सुरू गर्ने पनि बताए । ‘विधेयक फिर्ता हुँदैन,’ उनले भने।

प्रेस क्षेत्रको समृद्धि सरकारको चाहना भए पनि सरकारले आरती भने नखोजेको उनले बताए। ‘धेरै नबोलुँ। मैले बोल्यो कि अप्ठ्यारो परिहाल्छ,’ उनले भने।

सत्तारूढ नेकपाकै सचिवालय सदस्य वामदेव गौतम, नेता सुवास नेम्वाङ, पत्रकार महासंघ, सम्पादकहरूले विधेयक फिर्ता लिन माग गरिरहेकै बेला मन्त्री बाँस्कोटाले विद्येयक फिर्ता नहुने प्रष्ट पारेका हुन् ।

मन्त्री बाँस्कोटाले नेपालका लागि अमेरिकी राजदूतले सञ्चालन गर्न लागेको ‘जनतासँग गफगाफ’ कार्यक्रम कूटनीतिक मर्यादाभित्रै रहेर गर्नेमा सरकारले आशा राखेको बताए । ‘कूटनीतिक प्रोटोकल, मान्यता र सहमति तथा मापदण्डभित्रै रहेर काम गर्नुहुन्छ होला भन्ने आशा राख्छौं’ उनले भने ।

मन्त्री बाँस्कोटाले राजदूतले कार्यक्रम चलाउन लागेकोबारे सरकारको ध्यानाकर्षण भएको पनि बताए।

Continue Reading…

भाजपाको ऐतिहासिक जित, मोदी फेरि प्रधानमन्त्री

काठमाडौं । भारतमा फेरि नरेन्द्र मोदी प्रधानमन्त्री हुने पक्का भएको छ । लोकसभा चुनावको जारी मतगणनामा भाजपा एक्लै बहुमत उन्मुख छ भने उसको गठबन्धन ३४३ सिटमा अगाडि छ ।

मतगणना चलिरहँदा वर्तमान प्रधानमन्त्री मोदीले भारतको जित भएको प्रतिक्रिया दिएका छन् ।

भाजपा कार्यकर्ताले देशभर खुसी मनाइरहेका छन् ।

चुनावी परिणामबारे कंग्रेस अध्यक्ष राहुल गान्धीले यसबारे केही बोलेका छैनन् । जारी मतगणनामा कांग्रेस गठबन्धन मात्र ९६ सिटमा अगाडि छ भने अन्य १०६ सिटमा अगाडि छ ।

लोकसभामा बहुमत ल्याउन २ सय ७२ सिट आवश्यक पर्छ । सन् २०१४ को निर्वाचनमा भाजपा एक्लैले २ सय ८२ सिटमा जित हासिल गरेको थियो । यस पटक त्यस भन्दा पनि बढी सिटमा अग्रता लिएको छ ।

Continue Reading…

खोलाले बगाएर बालिकाको मृत्यु

९ जेठ, भोजपुर । भोजपुरको अरुण गाउँपालिका ५ याकुमा खहरे खोलाले बगाउँदा बालिकाको मृत्यु भएको छ ।

बिहीबार साँझ  स्थानीय ६ वर्षीय छोरी सन्दीपा श्रेष्ठको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय भोजपुरले जनाएको छ ।

आमासँग घर फर्कदै गरेकी सन्दीपाको वर्षापछि बढेको खहरे भेलले बगाउँदा मृत्यु भएको प्रहरीको भनाइ छ ।

बालिकाको पोष्टमार्टमको लागि जिल्ला अस्पताल ल्याइएको छ ।

Continue Reading…

इटहरीका मेयरको अर्को चेतावनी- अब लात्तले हान्छु !

९ जेठ, इटहरी । उपमहानगरपालिकाका मेयर द्वारिकलाल चौधरी केटौले उमेरका नेता हैनन् । उनले आफैं भनिसकेका छन्- मेरो एउटा छोरो ३१ वर्षको छ, अर्को २४ वर्षको ।

करिब ३० वर्ष राजनीतिमा बिताइसकेका मेयर चौधरी गुण्डागर्दी गर्ने पृष्ठभूमिका व्यक्ति पनि हैनन् । चौधरीको विगत राजनीतिक रहँदै आएको छ । तर, अहिले उपमहानगरपाकिलाका कर्मचारी कुटेर पत्रकारलाई समेत लोपारिसकेका चौधरी बुढेसकालमा फौजदारी जोश निकाल्दै भन्छन्- पहिले हातमात्रै चलाएँ, अब लात चलाउँछु । अब लात्तैलात्ताले हान्छु ।’

आखिर मान्छे हो, आवेशमा कतिपय कमजोरीहरु हुन पनि सक्छन् । इटहरी उपमहानगरनगरपालिका कर्मचारी र एकजना पार्टी नेतालाई कुटपिट गरेकोमा आलोचना खेपिरहेका चौधरीले गल्ती पो महसुस गरे कि ? उनले क्षणिक आवेशमा आएर पो यस्तो व्यवहार देखाएका हुन् कि ? बुधबारको घटनापछि ठण्डा दिमागले सोचेर चौधरीले आफ्नो कमजोरी महसुस गर्न पनि त सक्लान् कि ?

हामीले यही मानवीय पक्षलाई विचार गर्दै बिहीबार दिउँसो मेयर चौधरीलाई सोध्यौं ‘आफ्नै कर्मचारी, पार्टी नेता र स्थानीय पत्रकारसँग तपाईको सम्बन्ध किन बिगि्रयो ? अनि यसरी हातै हाल्नु तपाईको गल्ती हो कि होइन ?’

अनलाइनखबरको अनुमान विपरीत मेयर चौधरी अझै आक्रामक रुपमा प्रस्तुत भए । कानूनको शासन रहने लोकतान्त्रिक एवं सभ्य समाजले नै नपचाउने खालको अराजनीतिक भाषामा प्रस्तुत भए मेयर चौधरी ।

युवावस्थामै भएको भए उनी आवेशमा आए भन्न सकिन्थ्यो । गुण्डागर्दीको छवि भएको भए पनि यस्तै हो भन्न सकिन्थ्यो । तर, पूर्वएमालेको जिल्ला प्रमुख भइसकेका र यसअघि १० वर्ष जनप्रतिनिधिको भूमिका निभाइसकेका यी नेताले ‘लात्ताले हान्ने’ र ‘ताजन दिने’ बाहेक तलको कुरै गरेनन् ।

उनले भ्रष्टाचार गर्ने कर्मचारीलाई लात्तले हानेरै तह लगाउने चेतावनी दिए । मेयर साहेबले अनलाइनखबरसँग भने- ‘एत्राको नियम कानून ! तिनीहरु नियम कानून मिलाएर भ्रष्टाचार गर्छन्, म लात्ताले हान्छु !’

उपमहानगरपालिकाको नेतृत्व गरिरहेका मेयर चौधरीले इटहरीका २० वटै वडाका वडाध्यक्ष, सचिव र नगरपालिकाका कर्मचारीलाई लात्तैलात्ताले हान्ने बताए । ‘इटहरी सरकार’ मा संकट आउन सक्ने र आवधिक निर्वाचनसमेत हुने सक्ने उनले बताए ।

आफूले पत्रकारलाई लोपारेको भिडियो भाइरल बनेको भन्दै चौधरीले खुशी प्रकट गरे ।

नेकपाका प्रदेश कमिटी सदस्यसमेत रहेका मेयर चौधरीले अनलाइनखबरसँग गरेको उग्रवादी कुराकानी उनकै शब्दमा-

‘भ्रष्ट कर्मचारीलाई ताजन दिने हो, अझै दिन्छु’

केको पत्रकार ? जब राँगो बम्किएर हिँड्न थाल्छ नि, माकुराको जालो सिङमा बेरिएर कहाँ पुग्छ ! यस्ता पत्रकार ! यस्ता कर्मचारी ! हामीले प्रतिगमनविरोधी आन्दोलन गरेकै हो । राजाको विरुद्ध, निरंकुशता पञ्चायतको विरुद्ध आन्दोलन गरेकै हो । अश्रुग्यास खाकै हो । लाठीमुंग्री खाकै हो । यस्ता नाथे थट् !

के चैं गर्छन् पत्रकारले ? पत्रकार मुला, जे कुरा सोध्नपर्ने हो, त्यो नसोध्ने । कार्यपालिकाको बैठकबाट निर्णय गरेर सीएफएलको भुक्तानी दियो भनेर आरोप लाउँछ वायस भएर । मैले त लोपारी नै दिएँ, भाइरल भइरहेछ त्यो भिडियो । लोपारेको हुँ पत्रकारलाई ।

एकपटक कर्मचारीले ट्याङ्करको तेल चोर्न पाउनुपर्छ भनेर आन्दोलन गरेकै हो । हामीले तेल चोर्न पाउँ भन्या हैन ? इटहरीका कर्मचारीले घुस खान पाउँ भनेको हडताल हो यो । यो हडतालको कसले समर्थन गर्छ ?

मैले हात नहाल्नु ? लात्तले दिन्छु ती भ्रष्टाचारीहरुलाई । हात नहाल्नु ? लात्तले कुट्छु । तपाई लेख्नुहोस्, अब हातले मात्रै होइन, लात्ताले हान्छ मेयरले । म थारुको छोरो हुँ, एत्राको नियम कानून ! तिनीहरु नियम कानुन मिलाएर भ्रष्टाचार गर्छन्, म लात्ताले हान्छु । भ्रष्टाचार उनीहरुले गर्ने, मैले वयान दिने ? चोरहरुलाई ! तपाईको केही भन्नु छ ? लात्तैलात्ताले दिन्छु म । २० सै वटा वार्डमा लात्तले दिन्छु वडाध्यक्ष र सचिवलाई ।

पत्रकार, त्यो २० वर्षको केटा ! मेरो छोरो ३१ वर्षको छ । कान्छो छोरो २४ वर्षको छ । लोकतन्त्र मलाई सिकाउने ? ३० वर्ष राजनीति मैले गरिसकें । लोकतन्त्र, मानवअधिकार, प्रेस स्वतन्त्रता, वाक् स्वतन्त्रताको कुरा सिकाउने ?

जब मुलुक संकटमा हुन्छ, त्यतिखेर वाक् स्वतन्त्रता, प्रेस स्वतन्त्रता, मौलिक हकका कतिपय संविधानका धारा पनि निलम्वन हुन्छन् । सुन्नुहोस् पत्रकारज्यु, त्यतिखेर आवधिक निर्वाचन, धेरै कुराहरु पनि हुन सक्छन् । यो पनि सरकारको त्यसकारण जब इटहरी सरकारमा संकट आयो, जनताको सुविधामा अवरोध भो, भ्रष्टाचार भो, त्यस्ता कर्मचारीलाई फूलमाला लाएर नगरभरि मैले रथारोहण गर्नु ? यस्तालाई ताजन दिने हो, अझै दिन्छु ।

Continue Reading…

चन्द्रबाबु नायडू पत्तासाफ, जगनमोहन चम्किए

९ जेठ, काठमाडौं । भारतको आन्ध्र प्रदेशमा चन्द्रबाबु नायडूको तेलगुदेशम पार्टीले नराम्रो हार व्यहोरेको छ ।

देशभर आम चुनाव हुँदा आन्ध्र प्रदेश र ओडिशामा भने विधानसभाको लागि पनि मतदान भएको थियो ।

मत गणनाको प्रारम्भिक विवरणले पूर्वमुख्यमन्त्री वाईएसआर रेड्डीका छोरा जगनमोहन रेड्डीको पार्टी वाईएसआर कांग्रेसलाई ऐतिहासिक जितको संकेत गरेको छ ।

प्रदेशमा विधानसभाको कुल १७५ सिट छ, जसमध्ये १५२ मा वाईएसआर कांग्रेस अगाडि छ ।

तेलगुदेशमको खातामा मात्र २३ सिट आउने देखिएको छ । भारतीय जनता पार्टी एक सिटमा पनि अगाडि छैन भने अन्य दलको खातामा दुई सिट छ ।

मुख्यमन्त्री चन्द्रबाबु नायडूले छिट्टै राजीनामा दिनसक्ने भारतीय सञ्चार माध्यमहरुले जनाएका छन् ।

यसअघिको विधानसभामा तेलगुदेशम ९९ र वाईएसआर कांग्रेसको ६६ सिटमा विजयी भएको थियो । यस्तै भाजपा चार सिटमा थियो ।

विधानसभामा मात्र होइन, लोकसभामा पनि तेलगुदेशम हार उन्मुख छ ।

Continue Reading…

बाह्य मुलुकका उत्पादनसँग भिड्दै यतीको पीभीसी कार्पेट

९ जेठ, हेटौंडा । हेटौंडामा रहेको एक उद्योगको उत्पादन  विदेशी राष्ट्रका उत्पादनसँग प्रतिस्पर्धामा छ । छिमेकी राष्ट्र भारतसँग प्रतिश्पर्धा गर्न नसक्दा मुलुकमा रहेका धेरै उद्योग रुग्ण बनिरहेको समयमा हेटौंडेली एक उद्योग भने तेस्रो मुलुकका उत्पादनलाई माथ खुवाउन सफल भएको  छ ।

विशेष कोठाको सजावट र व्यवस्थापनमा प्रयोग हुने स्पेशल कार्पेट उत्पादन गरीरहेको यति पोलिकेमको उत्पादन बाह्य मुलुक चाइना, मलेसिया र कोरियामा उत्पादन भै नेपाल आउने पिभिसी कार्पेटसँग प्रतिश्पर्धा गर्दैछ ।

भारतीय उद्योगीले उत्पादन बन्द गरेपछि नेपाली उद्योगीले यो उदोग सञ्चालनमा ल्याएका हुन् । यो उद्योगको उत्पादनल नेपाली बजारमा बाह्य मुलुकबाट उत्पादन भएर भित्रिएका पिभीसी कार्पेटसँग प्रतिश्पर्धा गर्दै आफ्नो प्रभुत्व कायम राखेको छ ।

जुटका कार्पेटमा नेपाली बजारमा ख्याती कमाएको यतीले हेटौंडामा पिभीसी कार्पेट उत्पादन गर्दै आएको छ । उद्योगले उत्पादन गर्ने कार्पेट सुरुका समयमा छिमेकी राष्ट्र भारतसम्म जाने भएपनि अहिले नेपाली बजारमै उत्पादन बिक्री हुने गरेको प्रशासकीय प्रबन्धक प्रदिप केशर लामिछानेले बताए ।

उनका अनुसार उद्योगले दैनिक उत्पादन गर्ने ३० टन पिभीसी कार्पेट नेपाली बजारमै खपत हुने गरेको छ । अहिले पीभीसी कार्पेटको सिजन भएकाले उत्पादन भएको सबै खपतका लागि जाने गरेको उनले जानकारी दिए ।

उद्योगले अहिले बजार सुहाउँदो २५ देखि ६० एमएमसम्म मोटाई भएको कार्पेट उत्पादन गर्दै आएको छ । जसको बजार मूल्य ३ सय ५० देखि १ हजार रुपैयाँ प्रतिमिटर पर्ने उद्योगले जनाएको छ ।


प्रशासकीय प्रबन्धक लामिछानेका अनुसार माग आएमा नियमित उत्पादन भन्दा फरक मोटाई र मुल्य पर्ने कार्पेट पनि उद्योगले उत्पादन गर्ने गरिन्छ ।

मागअनुसार उत्पादित कार्पेटको उद्योग मूल्य न्युनतम् १२ सय रुपियाँसम्म पर्ने बताए । उद्योगले उत्पादन गर्ने कार्पेटको माथिल्लो भागमा लाग्ने ‘क्लियर सीट’ प्लाष्टिक आफैले उत्पादन गर्ने तयारी गरेको छ ।

यस अघि भारतबाट ल्याउनु परेको उक्त प्लाष्टिक उत्पादनको लागि सबै व्यवस्था मिलाइसकेको लामिछानेले जानकारी दिए । क्लियर सिटका कारण उत्पादनमा पनि समस्या हुने भएकाले उद्योग आफैंले उत्पादन गर्न लागेको हो ।

उद्योगमा रिलायन्स ग्रुपको लगानी छ । उद्योगमा १ सय ३० जना कामदार कर्मचारी कार्यरत छन् । उद्योगले उत्पादित फोहर व्यवस्थापनमा समस्या रहेको बताइएको छ ।

औद्योगिक क्षेत्र व्यवस्थापन लिमिटेडसँग कार्पेटको ‘कटिङ्ग’ गरेपछि निष्कने ठोस फोहर व्यवस्थापनको लागि आग्रह गरेपनि समस्या नसुल्झेको उद्योगले जनाएको छ ।

रिलायन्स समूहले नेपालमा सिमेन्ट र कागजमा लगानी गरिरहेको छ । समुहकै लगानीमा काठमाडौंमा सञ्चालित यती कार्पेट उद्योगमा आगलागी भएपछि नयाँ उद्योग जितपुरमा निर्माण भईरहेको बताइएको छ ।

Continue Reading…

सरकारले भन्यो : मिडिया काउन्सिल विधेयक फिर्ता हुँदैन, प्रोसेसमा जान्छ

९ जेठ, काठमाडौं । सरकारले मिडिया काउन्सिलसम्बन्धी विधेयक फिर्ता नहुने बताएको छ । सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल बास्कोटाले मिडिया काउन्सिल विधेयक आफ्नो प्रक्रियामा अघि बढ्ने बताएका हुन् ।

‘व्यवसायिक शुद्धता, सुरक्षा, मर्यादा र अभिव्यक्ति वा लेखन स्वतन्त्रतालाई सुनिश्चित गर्ने हिसाबले आउने कुनै पनि सकारात्मक कुरालाई हमेसा स्वागत गर्छौं, भनेकै छौं, तर फिर्ता गर्ने कुरा हुँदैन, त्यसको आफ्नै प्रोसेसमा अगाडि बढ्छ’ उनले भने ।

तर सरोकारवालाले राखेको सुझाव भने विधेयकमा समेट्ने मन्त्री बास्कोटाले बताए । विधेयकमा चित्त नबुझेको कुरामा छलफल गर्न सकिने भन्दै उनले संसद नै सबैभन्दा ठूलो छलफलको ठाउँ भएको बताए ।

संविधानले पूर्ण प्रेस स्वतन्त्रताको ग्यारेन्टी गरेको भन्दै उनले संविधानले बर्खिलाप गरेको कुरा विधेयकमा नआउने स्पष्ट पारे । मन्त्री बास्कोटाले सरकार प्रेस स्वतन्त्रताको विपक्षमा नरहेको पनि बताए ।

प्रेसलाई सरकारको भजन गाऊ नभनेको भन्दै मन्त्री बास्कोटाले प्रेस जनता, नागरिक र पाठकप्रति नै उत्तरदायी हुनुपर्ने बताए । ‘सरकारको आलोचना गर्नुस्, तर मिसन नचाउनुस्, सहीलाई सही गलतलाई गलत भन्नुस्’ उनले भने ।

Continue Reading…

सरिता हत्या प्रकरण : श्रीमानसहित ५ जना पुर्पक्षका लागि थुनामा

९ जेठ, काभ्रे । काभ्रेको मण्डन देउपुर-६, सिपाघाटकी सरिता दुलालको हत्यामा संलग्न भएको आरोपमा पक्राउ परेका ५ जनालाई पुर्पक्षका लागि थुनामा राख्न अदालतले आदेश दिएको छ ।

जिल्ला अदालत, काभ्रेले बिहीबार श्रीमान् सुदिप, ससुरा पिताम्बर, सासु गंगा, जेठाजु केशव र जेठानी संगीतालाई पुर्पक्षका लागि थुनामा राख्ने आदेश दिएको हो ।

न्यायधीश दुर्गा खड्काको इजलासले उनीहरुलाई पुर्पक्षका लागि कारागार चलान गर्ने आदेश दिएको जनाइएको छ । यसअघि १३ वैशाखमा दुलालको घाँटीमा थिचेर हत्या गरिएको थियो ।

पक्राउ परेका ४ जना प्रतिवादीले अदालतमा इन्कारी बयान दिए पनि सरिताका श्रीमान सुदिपले सामुहिक रुपमा हत्या गरेको बयान दिएको जनाइएको छ । अन्य प्रमाणबाट पनि परिवारका अन्य व्यक्ति कसुरदार होइनन् भन्ने आधार नदेखिएको फैसलामा उल्लेख छ ।

प्रहरीको दाबी अनुसार त्रिवि शिक्षण अस्पताल, महाराजगञ्जमा भएको पोष्टमार्टम रिपोर्टले पनि सरिताको हत्या एक जना व्यक्तिबाट मात्रै नभएको देखाएको थियो ।

दुलाल परिवारमा सम्पत्ति र सरिताको नागरिकता तथा सरिता दम्पतीबाट बच्चा नभएको विषयमा विवाद रहेको स्थानीयवासीले बताउँदै आएका छन् । पक्राउ परेका ५ जनैविरुद्ध प्रहरीले ज्यान मुद्दामा अनुसन्धान अघि बढाएको थियो ।

दुलालका दाजु चैनपुरका कृष्णप्रसाद दाहालले दिएको जाहेरीमा भनिएको छ, ‘सरिताको हत्यापछि श्रीमान् सुदीप फरार हुनु, भुइँतलामा बस्दै आएकी सरिताको घाँटीमा डोरीले कसेको नीलडामसहितको शव माथिल्लो तलामा भेटिनु, बिहान १० बजे मात्रै घरका अन्य व्यक्तिले सरिता मृत अवस्थामा भेटिएको भनेर प्रहरीलाई खबर गर्नुले कर्तव्य गरी मारेको सम्भावनालाई बलियो बनाएको छ ।’

Continue Reading…

कन्हैयाकुमारले अझै हार मानेका छैनन्

काठमाडौं । भारत लोकसभा चुनावमा चर्चामा रहेका पात्र मध्ये एक हुन् कन्हैयाकुमार । तर, मतगणनाको प्रारम्भिक रुझान उनको पक्षमा देखिएन ।

बेगूसरायमा भाजपा उम्मेदवार गिरिराज सिंह अगाडि छन् । कन्हैयाकुमारले भने अझै हार मानेका छैनन् । उनले भनेका छन्, ‘हामी हारिरहेका छैनौं । संख्यामा पछाडि छौं तर, यो नम्बर परिर्वतन हुनसक्छ ।’

उनका अनुसार १२ लाख १८ हजार भोट मध्ये अहिलेसम्म ३ लाख मात्र गणना भएको छ । साथै चुनावमा आफूले गुमाउने केही नभएको उनले बताए ।

विकल्प नभएका कारण भाजपाले लाभ लिएको उनको टिप्पणी छ ।

Continue Reading…

२१ सम्पादकको संयुक्त विज्ञप्ति : मिडिया विधेयक फिर्ता लिन माग

९ जेठ, काठमाडौं । नेपालमा विभिन्न सञ्चार माध्यममा आवद्ध २१ जना सम्पादकहरुको समूहले मिडिया काउन्सिल विधेयकसंविधानको मर्मविपरीत भएको निश्कर्ष निकालेको छ ।

बिहीबार संयुक्त वक्तव्य जारी गर्दै सम्पादकहरुले संसदमा पेश भएको पत्रकारितासम्बन्धी विधेयकहरु लोकतान्त्रिक मूल्य मान्यता र संविधानको मर्म विपरीत भएको बताएका छन् । ‘संविधानले सुनिश्चित गरेको पूर्ण प्रेस स्वतन्त्रता यो विधेयकले संकुचित गर्छ भन्ने हाम्रो निष्कर्ष छ’, वक्तव्यमा भनिएको छ ।

सरोकारवालाहरुसँग परामर्श नै नगरी ल्याइएको मिडिया काउन्सिल विधेयक फिर्ता लिन र आफूहरुसँग यसबारे छलफल गर्न सम्पादकहरुले सरकारसँग माग गरेका छन् ।

संयुक्त विज्ञप्तिमा भनिएको छ, ‘सरोकारवालाहरूसँग कुनै छलफल नगरी, प्रेसमाथि सरकार सर्वेसर्वा हुने गरी ल्याइएको प्रेस स्वतन्त्रता विरोधी मिडिया काउन्सिल विधेयक फिर्ता लिन र सरोकारवालासँगको परामर्शमार्फत यो विषय सम्बोधन गर्न हामी सम्पादकहरु सरकारसँग माग गर्दछौं ।’

पत्रकारिता स्वनियमनमा चल्ने स्पष्ट पार्दै सम्पादकहरुले पत्रकारिताका नाममा देखिएका विकृति र असंयमित प्रस्तुतिका कारण पत्रकारिताप्रति प्रश्न उठेको स्वीकार गरेका छन् । यसलाई व्यवस्थित बनाउन आफूहरु तयार रहेको भन्दै उनीहरुले पत्रकारितालाई नियमन गर्ने बाहनामा गरिने नियन्त्रण स्वीकार्य नभएको बताएका छन् ।

‘पत्रकारिता क्षेत्रका कतिपय विकृत र असंयमित अभ्यासप्रति हामी सचेत छौं’ विज्ञप्तिमा भनिएको छ, ‘त्यस्ता विकृति सम्वोधन गर्ने विधि विकासको आवश्यकताबारे हामी उत्तिकै प्रष्ट छौं ।’

संयुक्त विज्ञप्ति जारी गर्ने सम्पादकहरुमा अखिलेश उपाध्याय, अनुप काफ्ले, अमित ढकाल, अरुण बराल, कसमस विश्वकर्मा, किरण नेपाल, कुन्द दीक्षित, कृष्णज्वाला देवकोटा, गुणराज लुइँटेल, दिलभुषण पाठक, नारायण वाग्ले, पूर्ण बस्नेत, प्रकाश रिमाल, प्रतीक प्रधान, प्रशान्त अर्याल, युवराज घिमिरे, राजेन्द्र दाहाल, शिव गाउँले, सुधीर शर्मा, सुवास घिमिरे र हरिबहादुर थापा छन् ।

Continue Reading…

कतार एयरवेजद्वारा ‘समर इन कतार’का लागि पर्यटन परिषद्सँग सहकार्य

९ जेठ, काठमाडौं । कतार एयरवेजले विश्वको १६० भन्दा बढी गन्तव्यबाट दोहासम्मको उडानका लागि १५ अगस्टसम्मको सम्पूर्ण बुकिङमा यात्रुहरुलाई ‘समर इन कतार’को विभिन्न गतिविधिको अनुभव गराउने उद्देश्यले २५ प्रतिशतसम्मको छुट प्रदान गर्न कतार राष्ट्रिय पर्यटन परिषद् (क्यूएनटिसी) सँग सहकार्यमा गरेको छ ।

हमाद अन्तर्राष्ट्रिय विमानस्थल (एच.आई.ए.) मार्फत आगमन, प्रस्थान तथा ट्रान्जिट गर्नुहुने यात्रुहरुले कतार एयरवेजको विशेष अल माहा सेवामा २५ प्रतिशतसम्मको छुट प्राप्त गर्न सक्नेछन् ।

कतार एयरवेज ग्रुपका प्रमुख कार्यकारी अधिकृत तथा कतार राष्ट्रिय पर्यटन परिषद्का महासचिव सम्माननीय श्री अकबर अल बकरले भने, “कतारको अद्वितीय संस्कृति तथा आतिथ्य अनुभव गराउन यस वर्षको ग्रीष्म मौसमले पर्यटकहरुलाई लक्षित गरेको छ । जुनदेखि मध्य अगस्ट सम्म ‘समर इन कतार’ ले अतिथिहरुलाई जुन ४ मा सुरु हुने इद-अल-फितर र १२ अगस्टमा हुने इद-अल-अधाका बीचमा विभिन्न उत्सवहरुमा सहभागी हुने अवसर प्रदान गर्नेछ । “

Continue Reading…

कानुन बनाउँदा संविधानको मर्मलाई ख्याल गरौं- अध्यक्ष तिमिल्सिना

काठमाडौं । राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले संविधान र ऐनको मर्म बिपरित नियमावली र निर्देशिका जारी गर्न नहुने बताएका छन् ।

राष्ट्रिय सभाअन्तर्गतको प्रत्यायोजित व्यवस्थापन तथा सरकारी आश्वसन समितिले बिहीबार आयोजना गरेको प्रत्यायोजित विधायनसम्बन्धि अन्तरक्रिय कार्यक्रमको उद्घाटनमा बोल्दै अध्यक्ष तिमिल्सिनाले संविधानको मर्मअनुसार ऐन र ऐनअनुसार नियमावली तथा निर्देशिका जारी गर्नुपर्ने बताए ।

‘संविधानले सबैकुरा व्यक्त गर्न सक्दैन, त्यसैले ऐन निर्माण गरिन्छ, ऐनमै पनि दैनिक कार्यसञ्चालनका लागि आवश्यक सबै कुरा बिस्तृतमा उल्लेख गर्न सकिँदैन’ उनले भने, ‘त्यसले गर्दा नियमावली तथा निर्देशिका आवश्यक पर्छ । तर, त्यो संविधानको मर्मअनुसार भएको छ वा छैन भन्ने कुरा सावधानीपूर्वक कानुन निर्माण गर्नेले हेर्नुपर्छ ।’

अध्यक्ष तिमिल्सिनाले संघीय संसदबाट बनेका ऐनअनुसार बन्ने नियमावली तथा निर्देशिका संविधान र ऐनको मर्म विपरित भएको छ कि भन्ने चिन्ता हुने गरेको बताए । उनले सरकारले जारी गर्ने नियमावली र निर्देशिका संविधान र ऐनको भावना तथा मर्मअनुसार भए÷नभएको निगरानी गर्न र त्यसको अध्ययन गरेर आवश्यक निर्देशन दिन राष्ट्रिय सभा अन्तर्गत प्रत्यायोजित व्यवस्थापन तथा सरकारी आश्वासन समिति बनेको जानकारी दिए ।

Continue Reading…

विदेश जान सीप अनिवार्य गर्दा किन दुख्यो म्यानपावर व्यवसायीको टाउको ?

९ जेठ, काठमाडौं । सरकारले असार १५ गतेदेखि विभिन्न १२ वटा क्षेत्रका कामदारलाई वैदेशिक रोजगारीमा जान सीप जानेकै हुनुपर्ने नियम लागू गर्न घोषणा गरेको छ । सीपमुलक तालिम लिएको प्रमाणपत्र पेश नगरी अन्तिम श्रम स्वीकृती नपाइने भएपछि म्यानपावर व्यवसायी यसको विरुद्धमा उभिएका छन् ।

उनीहरुले सरकारले विना तयारी यस्तो घोषणा गरेको भन्दै तत्कालै यो व्यवस्था अनुसार कामदार पठाउन नसकिने बताएका छन् । सरकारले यो योजना स्थगित नगरे अन्दोलनमा उत्रिने चेतावनीसहित वैदेशिक रोजगार व्यवसायी संघले वैदेशिक रोजगार विभागमा ज्ञापनपत्र पनि बुझाइ सकेको छ ।

आगामी असार १५ बाट हाउस वाइरिङ/इलेक्ट्रिसियन, वेटर, कुक, सेक्युरिटी गार्ड, मेशन, स्टिल फक्चर्स, हाउस किपिङ/क्लिनर, स्काफोल्डिङ, सटरिङ कार्पेन्टर, पेन्टर, गामेन्टरटेलरिङ र प्लम्बिङको काम गर्न विदेश जाने कामदारले सीप सिकेको प्रमाणपत्र अनिवार्य रुपमा पेश गर्नुपर्नेछ ।

किन गरियो व्यवस्था ?

सीप नसिकी अन्तिम श्रम स्वीकृति नदिने व्यवस्था क्रमसँग अन्य क्षेत्रमा पनि लागू गर्दै जाने योजना रहेको विभागका महानिर्देशक भीष्मकुमार भुसालले जानकारी दिए ।

‘सिप सिकाएर विदेश पठाउने व्यवस्था ऐनमा नै छ । सरकारको नीतिले पनि यही भन्छ’ भुसालले भने,’निर्माणसँग जोडिएका र जोखिमयुक्त मानिने कामका लागि पहिलो चरण्मा सीप अनिवार्य गरेका छौं ।’

सीप सिकेर मात्रै विदेश जाँदा कामदारको सेवा सुविधा पनि राम्रो हुने र कामदारको कार्यस्थलमा सुरक्षा पनि प्रत्याभूत हुने भुसालको भनाइ छ ।

‘कामदारको सुरक्षा र हितका लागि यो व्यवस्थाले महत्वपूर्ण भूमिका खेल्छ । विदेश जानुअघि सीप सिक्नुपर्छ भन्ने संस्कारको पनि विकास हुन्छ,’ उनले भने,’त्यसो हुँदा रेमिट्यान्स पनि बढ्छ । हाम्रा कामदारले विदेशमा पनि असल वातावरण्मा सहजसँग काम गर्न सक्ने अवस्था बन्छ ।’

हाल सीप नसिकी विदेश जाने गर्दा धेरै कामदार विदेशमा पीडित बनेका छन् । लाखौं खर्च गरेर गएपछि तुरुन्तै फर्किनुपर्ने बाध्यता पनि उत्तिकै  छ ।  सीप नहुँदा तलब सुविधा पनि राम्रो नपाएको गुनासो जताततै सुनिन्छ ।

यस्ता समस्या समाधान गर्न र सीपयुक्त जनशक्तिलाई मात्रै विदशे जाने वातावरण तयार गर्न असारबाट पहिलो चरणमा १२ क्षेत्रका काकदारलाई सीपको प्रमाणपत्र अनिवार्य गरिएको हो ।

विभागले सीपमुलक तालिम लिनका लागि २९ वटा तालिम प्रदायक संस्थालाई सूचीकृत गरेको छ । थप संस्थाहरु सूचीकरण गर्ने गरी सूचना पनि निकालेको छ ।

अब सूचीकृत संस्थाबाट कामदारले सीप सिकेर प्रमाणपत्र ल्याउनुपर्नेछ । यसअघि नै सीपमुलक तालिम लिएका र कुनै व्यवसाय वा प्रतिष्ठानमा काम गरी अनुभवको प्रमाणपत्र प्राप्त पाएकाहरुको अनुभवको प्रमाणपत्रको भने वैदेशिक रोजगार बोर्डको सचिवालयमार्फत आधिकारिताको प्रमाणित गर्नुपर्नेछ ।

आगामी वर्षदेखि सीप विकास तालिमलाई देशभर विस्तार गरेर गुणस्तरीय प्रशिक्षण दिने व्यवस्था मिलाइने विभागका प्रवक्ता भोलानाथ गुरागाइँले जानकारी दिए ।

त्यसैमार्फत सीप प्रमाणीकरण गर्ने गरेर युवालाई विदेशमा पनि मर्यादित र सहज वातावरण्मा काम गर्ने वातावरण तयार गर्न लागिएको उनको भनाइ छ ।

विरोधमा व्यवसायी

असारबाट विभिन्न विषयमा एक महिना तालिम लिएर न्युनतम् सिप नसिकेकाले आसरबाट श्रम स्वीवृति नपाउने भएपछि म्यानपावर व्यवसायी छटपटीमा परेका छन् । उनीहरुले सरकारलाई तत्काल यस्तो व्यवस्था लागू गर्दा वैदेशिक रोजगारी अझै संकटमा पर्ने बताएका छन् ।

वैदेशिक रोजगार व्यवसायी संघका अध्यक्ष रोहन गुरुङले मुख्य सरोकारवाला म्यानपावार व्यवस्ायीसँग छलफल नगरी यस्तो व्यवस्था ल्याएको भन्दै तत्कालका लागि स्थगित हुुनुपर्ने बताए ।

‘पर्याप्त तयारी र छलफल विना नै यो व्यवस्था गरिएको छ । यसले विभिन्न अन्योलहरु सिर्जना गरेको छ,’ गुरुङले भने,’सीप सिकाएर मात्रै विदेश पठाउने विषयमा हाम्रो समर्थन छ । तर तयारी पुगेको छैन ।’

व्यवसायीले तालिम दिने भरपर्दा संस्थाहरु नभएकाले अहिले प्रमाणपत्र अनिवार्य गर्दा पछि झनै समस्या हुने तर्क गरेका छन् । उनीहरुले यसकैका कारण प्रमाणपत्र किनबेच हुने अवस्था आउन सक्ने भन्दै सरकारलाई गम्भीर बन्न आग्रह गरेका छन् ।

‘बजारमा यसअघिदेखि नै तालिम प्रदायक संस्थाले पैसा लिएर प्रमाणपत्र बनाउँदै आएका थिए, सरकारको नयाँ व्यवस्थाले उनीहरुको बिजनेस अझै झांगिन्छ,’ एक म्यानपावर व्यवसायीले भने,’अहिले सीप अनिवार्य गर्नुभन्दा पनि वैदेशिक रोजगार ऐनको दफा १५ देखि १९सम्मको दफा खारेज गरेर अघि बढ्नुपर्छ ।’

अहिले कामदारको मागको पूर्वस्वीकृतिका आधारमा हुबहु हेरेर मात्रै अन्तिम श्रम स्वीकृत दिने गरिएको छ । सीपमुलक तालिम अनिवार्य गर्दा अन्तिम स्वीकृति लिने प्रक्रिया अझै झन्झटिलो र फर्जी हुने दावी व्यवसायीको छ ।

‘पूर्व स्वीकृति एउटा लिन्छौं, पछि कम्पनीले त्यही कोटामा अरु नै कामका लागि कामदार माग्छ, यसले गर्दा अन्तिम स्वीकृति प्राप्त गर्न अहिले पनि श्रम करारपत्र दुई थरि बनाउन व्यवसायी बाध्य छन्,’ अध्यक्ष गुरुङले भने,’अब सबैभन्दा पहिले करारअनुसार मात्रै श्रम स्वीकृति दिने व्यवस्था गरेर सिप अनिवार्य गर्न लाग्नुपर्छ । नत्र इलेक्टि्रसियनको कोटामा जाने प्लम्बरले कसरी बिजुलीको काम जानेको प्रमाणपत्र ल्याउने ?’

व्यवसायीले रोजगारदाता कम्पनीले कामदारलाई प्रदान गर्ने करारपत्रमा उल्लेख गरिएको पदका आधारमा अन्तिम श्रम स्वीकृति दिने व्यवस्था नगरिए सीप अनिवार्य गर्नुको अर्थ नहुने दावी गरेका छन् ।

संघले विदेशमा काम गरेर फर्किएका तथा देशमै सीप सिकेका कामदारको सीप परीक्षणको व्यवस्था सातवटै प्रदेशमा गर्नु पर्ने माग पनि गरेको छ । विदेशबाट सिप सिकेर फर्किएका श्रमिकलाई अनुभवको प्रमाण पत्र दिने व्यवस्था गर्न र त्यस्तो प्रमाणपत्रलाई पनि मान्यता दिने गरी कार्यविधि बनाउनु पर्ने माग पनि व्यवसायीको छ ।

व्यवसायीहरुले राष्ट्रिय/अन्तर्राष्ट्रिय मापदण्ड र मान्यता प्राप्त गरेर वैदेशिक रोजगार व्यवसायीले सञ्चालन गरेका तालिम केन्द्रलाई प्राथमिकतामा राखेर विभागले सूचीकृत गर्नुपर्ने माग पनि अघि सारेका छन् ।

संघका अध्यक्ष गुरुङले देशमा पर्याप्त रोजगारी सिर्जना नभईरहेको अवस्थामा विदेशमा उच्च ओहोदामा प्रवासी कामदारले मौका नपाउने भएकाले अहिले नै सीप अनिवार्य गर्न जरुरी नरहेको बताउँछन् ।

‘विदेशी मुलुकले राम्रो काममा आफ्नै दशेका नागरिकलाई राख्छन्,’ उनले भने,’कामदार भिसा गएर पनि कतिले माथिल्लो तहमा काम गरिरहेका छन् । त्यसैले सीपको प्रमाणपत्र अनिवार्य गर्नु अहिले त्यति व्यवहारिक हुँदैन ।’

व्यवसायीले नेपाल र श्रमिक आपूर्तिकर्ता देशको नीति फरक पर्दा ‘गोजामा एउटा, मोजा अर्को’ करारपत्र बनाएर पठाउनुपर्ने अवस्था आएको बताएका छन् । उनीहरुले यस्तो अवस्थामा चर्को शुल्क लिएर कामदारलाई सिप सिक्न बाध्य पार्न नहुने तर्क पनि गरेका छन् ।

विभागले भने तालिम प्रदायक संस्थालाई व्यवस्थित गर्न सरकारले काम गर्ने भन्दै तालिम सिकेका कामदारलाई विदशे पठाउने नीतिबाट पछि हट्न नसकिने बताएको छ । व्यवसायी भने यो निर्णय फिर्ता नभए आन्दोलनमा जान तयारी गरिरहेका छन् ।

Continue Reading…

कांग्रेसको जागरण अभियान सफल हुन्न : तरुण दल महासचिव शाही

९ जेठ, बुटवल । नेपाल तरुण दलका महासचिव भुपेन्द्रजंग शाहीले मातृ पार्टी नेपाली कांग्रेसले संचालन गरेको राष्ट्रिय जागरण अभियान सफल नहुने दावी गरेका छन् ।

पार्टीले थालेको जागरण अभियान सकारात्मक भए पनि तरुण दल र नेविसंघको खुट्टा बाँधेर अभियान थालिएकाले सफल नहुने बताए । ‘कांग्रेसको जागरण अभियान सकारात्मक हो तर पार्टीका मेरुदण्ड मानिने तरुण दल र नेविसंघको खुट्टा बाँधिएको छ’ प्रेस युनियन रुपन्देहीले बुटवलमा गरेको पत्रकार भेटघाटमा महासचिव शाहीले भने, ‘पार्टीको मेरुदण्डको खुट्टा बाँधेर थालिएको अभियान सफल हुन सक्दैन ।’

शाहीले मुलुकमा भ्रस्टाचार वढेको र प्रधानमन्त्री केपी शर्मा ओली नै भ्रष्टाचारको कमाण्डर भएको आरोप लगाए । अहिलेको सरकारले जनताको हितका लागि भन्दा पनि पार्टीको फाइदाका लागि काम गरेको आरोप उनले लगाए ।

भ्रष्टाचारमा कांग्रेस पार्टीकै नेताको संलग्नता भएपनि कारवाही गर्नुपर्नेमा उनले जोड दिए । सरकारप्रति जनतामा निराश बढेको भन्दै उनले कांग्रेसले अब जनताको मन जित्ने गरी काम गर्नुपर्ने धारणा राखे । पार्टीमा गुटबन्दी देखिए पनि तरुण दलमा त्यो नहुने उनको दावी थियो ।

Continue Reading…

हावाहुरीले पर्सामा एक जनाको मृत्यु, ६ वटा प्रहरी चौकीमा क्षति

९ जेठ, वीरगञ्ज । बुधबार बेलुका आएको हावाहुरीका कारण पर्सामा एक जनाको मृत्यु भएको छ । लाखौंको धनमालमा क्षति पुगेको छ । हावाहुरीको पर्साको पकाहा मैनपुर गाउँपालिका १ धोरेकी १५ बर्षकी श्रुति सहनीको मृत्यु भएको हो ।

घर नजिकै रहेको सिमलको रुखको हाँगा भाचिएर उनी घाइते भएकी थिइन् । वीरगञ्ज हेल्थकेयरमा उपचार पछि थप उपचारको लागि नेशनल मेडिकल कलेज वीरगञ्जमा लैजाने क्रममा राति नै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता डिएसपी अनन्तराम शर्माले जानकारी दिए ।

हावाहुरीले जिराभवानी गाउँपालिका ४ को मोटरसाइकल ग्यारेज र खाजा घर समेत गरी ४ वटा घरको छाना उडाएको छ । पर्साको धोवीनी–१ पिपरा बस्ने अफताव पटेलले सञ्चालन गरेको कुखुरा फर्म भत्किएको प्रहरीले जनाएको छ ।

फर्म भत्किँदा फर्ममा रहेका १ हजार ५ सय कुखुरा र दाना १६ बोरासमेत नष्ट भएको छ । हावाहुरीले पटेलको फर्ममा ४ लाख रुपैयाँको क्षति भएको अनुमान गरिएको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ । हावाहुरीले पोखरीया बजार चौकमा ३ वटा बिजुलीको पोल ढालेका कारण त्यस क्षेत्रको विद्युत सेवा अवरुद्ध छ ।

जिल्ला प्रहरी कार्यालय पर्साले दिएको तथ्याङ्क अनुसार केही प्रहरी कार्यालयको छानो उडाउनुको साथै भवन भत्किएका पनि छन् । अस्थायी प्रहरी पोष्ट पोष्ट सुपौलीको भान्सा घरको छाना, सीमा प्रहरी चौकी भिश्वा बञ्जारीको भान्छा घरको छाना उडाएको र पर्खाल भत्काएको छ ।

प्रहरी चौकी अमरपट्टी महिला ब्यारेकको ढोका भत्काएको, प्रहरी चौकी आशवारीको मेस भवन भत्किएको, प्रहरी चौकी धोरेको भान्सा घरको छाना उडाएको र प्रहरी चौकी प्रसौनीभाठाको ब्यारेकको झ्याल बाङ्गिएको छ ।

जिल्ला प्रहरी कार्यालय पर्साका प्रमुख रेवती ढकालले अधिकांश मातहतका कार्यालयमा भौतिक संरचनाको समस्या देखिएको र निर्माणका लागि पहल भइरहेको बताए ।

Continue Reading…

कांग्रेसको प्रदेश ५ संसदीय दलको उपनेतामा कनौडिया

९ वैशाख, बुटवल । नेपाली कांग्रेसले प्रदेश ५ को संसदीय दलको उपनेतामा वीरेन्द्रकुमार कनौडियालाई चयन गरेको छ ।

ससदीय दलको विधान २०७४ को दफा ६ को उपदफा ६ अनुसार कपिलवस्तुबाट निर्वाचित कनौडियालाई चयन गरेको संसदीय दलका नेता वलदेव शर्मा पोखरेलले विज्ञप्तिमार्फत जनाएका छन् । कपिलवस्तुका स्थायी वासिन्दा उनी उद्योगपति पनि हुन् ।

दलका नेता अस्वस्थ भएपछि अहिले उनलाई उपनेताका रुपमा चयन गरिएको हो । प्रदेश सभामा प्रतिपक्ष कांग्रेसको भूमिका सशक्त नभएको भन्दै आलोचना भइरहेको छ ।

संसदीय दलका नेता पोखरेललाई क्यान्सरको संक्रमण भएपछि अहिले उपचारत रहेका छन् । प्रदेश ५ मा ८७ जना सांसदमध्ये नेपाली कांग्रेसका १९ जना रहेका छन् ।

Continue Reading…

कामिरिताद्वारा २४औँ पटक सगरमाथा आरोहण, नयाँ विश्व कीर्तिमान कायम

काठमाडौं । सगरमाथा आरोहीको सङ्ख्या मात्रै हैन, आरोहणमा नयाँ विश्व कीर्तिमान पनि कायम भएका छन् । यस याममा कीर्तिमान आरोही कामिरिता शेर्पाले यही जेठ ७ गते २४औँ पटक सगरमाथा आरोहण गरेर विश्व कीर्तिमान कायम गरेका छन् । शेर्पाले यसअघिको आफ्नै २३औँ पटकको सगरमाथा आरोहणको कीर्तिमान तोड्दै नयाँ कीर्तिमान बनाएका हुन् ।

यसअघि आरोही शेर्पाले जेठ १ गते सगरमाथाको २३औँ पटक आरोहण गरेका थिए । उनले सात दिनको अवधिमै पुनः सगरमाथाको आरोहण गर्न सफल भएका हुन् । सोलुखुम्बुको थामेगाउँमा जन्मनुभएका ४९ वर्षीय कामिरिताले आगामी वर्ष २५ औँ पटक सगरमाथा आरोहण गरेर सन्यास लिने यसअघि नै बताइ सकेका छन् । यसअघि आप्पा शेर्पा र फुर्वा टासी शेर्पाले २१ पटक सगरमाथा आरोहण गरी कीर्तिमान बनाएका थिए ।

सगरमाथा आरोहणमा अन्य नयाँ कीर्तिमान पनि बनेका छन् । यद्यपि, विभागले हालसम्म कति आरोहीले सगरमाथा चढे, कुन कुन कीर्तिमान भए भन्नेबारे पछि मात्र पूर्ण जानकारी गराउने जनाएको छ । अहिले विभिन्न एजेन्सीमार्फत जानकारीका आधारमा आरोहणको विवरण दिइएको विभागको भनाइ छ ।

सगरमाथाको आधार शिविरमा रहनुभएका सम्पर्क अधिकृत ज्ञानेन्द्र श्रेष्ठका अनुसार दुई दिनयता बाक्लो सङ्ख्यामा आरोहीले सगरमाथा आरोहण गरेका छन् । केही आरोही फर्कने क्रममा छन् । एक÷दुई दिनमै सबै आरोही सगरमाथाको चुचुरो पुगिसक्ने जनाइएको छ । नेपाल पर्वतारोहण सङ्घका अध्यक्ष सन्तवीर लामाले यस वर्षको आरोहण उत्साहजनक भएको बताउनुभयो । मौसमले साथ दिए अबको तीनदेखि चार दिनभित्र धेरै सङ्ख्यामा आरोहीले सगरमाथाको आरोहण सक्ने जानकारी दिँदै उहाँले आरोहणमा गएका सबै आरोही अहिले क्याम्प २ भन्दा माथि छन् । केही समूह क्याम ४ मा पुगिसकेका छन् ।

Continue Reading…

मतगणनापछि मोदीको पहिलो प्रतिक्रिया : भारतले फेरि जितेको छ

९ जेठ, काठमाडौं । भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले भारतले फेरि जितेको प्रतिक्रिया दिएका छन् ।

लोकसभा निर्वाचनको मतगणनाको प्रारम्भिक विवरणपछि पहिलो पटक प्रतिक्रिया दिँदै मोदीले भनेका छन् ‘भारतले फेरि एक पटक जितेको छ ।’

उनले आफ्नो चुनावी नारा सबका साथ, सबका विकास, सबका विश्वासका कारण फेरिक एक पटक जित हासिल गरेको ट्विटरमा लेखेका छन् ।

मोदीले लेखेका छन् ‘हामी सँगै अघि बढौं, सँगै समृद्ध बनौं र संगै हामी बलियो र समावेशी भारत बनाऔं ।’

Continue Reading…

भारी मतले विजयी भएको भन्दै प्रचण्डले दिए मोदीलाई बधाई

९ जेठ, काठमाडौं । नेपाल कम्युनिस्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले भारतीय लोकसभा निर्वाचनमा नरेन्द्र मोदी र उनको पार्टी भारी मतका साथ विजयी भएको भन्दै बधाई दिएका छन् ।

बिहीबार विहान सुरु भएको मतगणनाको नतिजा नआउँदै प्रचण्डले बधाई दिएका हुन् ।

लोकसभा निर्वाचनको मतगणना अनुसार ५ सय ८३ स्थानमध्ये ३ सय ४६ स्थानमा भारतीय जनता पार्टी नेतृत्वको गठबन्धनले अग्रता लिएको छ ।

तर प्रचण्डले भने भारी मतका साथ विजयी भएको भन्दै फेसबुकमार्फत बधाई दिएका हुन् । यसअघि बिहीबार नै नेकपाका अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले पनि मोदीलाई बधाई दिइसकेका छन् ।

Continue Reading…

ग्वार्को आकाशे पुलबाट हाम फालेका कीर्तिमान राईको मृत्यु

९ जेठ, काठमाडौं । आकाशे पुलबाट हाम फालेर गम्भीर घाइते भएका कीर्तिमान राईको बिहीबार मृत्यु भएको छ ।

ताप्लेजुङ हाङपाङका-२ का ६० वर्षीय राईले बिहीबार विहान कोटेश्वर-कलंकी सडकखण्डको ग्वार्काेमा रहेको आकाशे पुलबाट हाम फालेर गम्भीर घाइते भएका थिए ।
राईको उपचारका क्रममा बीएण्डबी अस्पतालमा मृत्यु भएको महानगरीय प्रहरी बृत्त सातदोबाटोले जानकारी दिएको छ ।

राई केही तनावमा भएको बताइए पनि पुलबाट हाम फाल्नुको कारण नखुलेको प्रहरीले बताको छ । शवको पोष्टमार्टम गरी परिवारको जिम्मा लगाइने प्रहरीले बताएको छ ।

राई अहिले कोटेश्वरमा रहेको आफ्नै घरमा बस्दै आएका थिए ।

Continue Reading…

यूपी भाजपाकै, पश्चिम बंगालमा ऐतिहासिक जित उन्मुख

९ जेठ, काठमाडौं । दिल्लीको कुर्सीको बाटो उत्तर प्रदेश हुँदै जान्छ । राजनीतिमा यो भनाइ पुरानो हो तर, अहिले पनि सान्दर्भिक छ ।

यो पटक उत्तर प्रदशेमा समाजवादी पार्टी र बहुजन समाज पार्टीबीच भएको गठबन्धनलाई महागठबन्धन भनियो । जातीय समीकरणका आधारमा राजनीतिक विश्लेषकहरुले अनुमान लगाए, यदि प्रधानमन्त्री नरेन्द्र मोदीको विजय रथलाई कहिँ रोक्न सकिन्छ भने त्यो यूपी नै हो ।

अर्कोतिर सबैभन्दा धेरै चर्चामा रहेको पश्चिम बंगालको भयो, जहाँ भारतीय जनता पार्टी (भाजपा)ले आफ्नो पुरै शक्ति लगाएको थियो ।

२०१४ मा उत्तर प्रदेशमा भाजपा गठबन्धनले ८० मध्ये ७३ सिट जितेको थियो ।

महागठबन्धनका कारण वीजेपीलाई ठूलो चुनौती हुने मानिएको थियो । तर, अहिलेसम्मको रुझान हेर्दा बीजेपीलाई ठूलो नोक्सान भएको छैन । पश्चिम बंगालमा भने पार्टी ऐतिहासिक जित नजिक देखिएको छ ।

चुनाव आयोगको तथ्यांकअनुसार उत्तर प्रदेशको ८० मध्ये ६० सिटमा भाजपाको अग्रता छ । भाजपाले करिव ४९ प्रतिशत भोट पाएको देखिन्छ ।

बहुजन समाज पार्टी ११ र समाजवादी पार्टी मात्र ६ सिटमा अगाडि छ ।

सबैभन्दा रोचक प्रतिस्पर्धा अमेठीमा छ, जहाँ सुरुवाती रुझानमा स्मिति इरानीले राहुल गान्धीलाई पछाडि पारिन् । तर, प्रतिस्पर्धा निकै कडा छ ।

उता पश्चिम बंगालमा भाजपाको प्रदर्शन शानदार ह्यो । कुल ३९.८ प्रतिशत भोट पाएको उसले ४२ मध्ये १९ सिटमा अग्रता लिएको छ । तृणमुल कांग्रेस २२ सिटमा अगाडि छ र उसले ४३.७ प्रतिशत भोट पाएको देखिन्छ ।

२०१४ मा भाजपाले पश्चिम बंगालमा मात्र दुई सिट जितेको थियो ।

बीबीसी हिन्दीको सहयोगमा

Continue Reading…

विद्यार्थी स्वदेशमै पढ्ने अवस्था हुनुपर्छ- प्रधानमन्त्री ओली

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले सामुदायिक र निजी शिक्षालय मिलेर गुणस्तरीय शिक्षाका लागि नेपाली विद्यार्थी विदेशिनु नपर्ने अवस्था आउन नदिन आह्वान गरेका छन् ।

‘उत्कृष्ट शिक्षा नेपालमै’ भन्ने नारासहित कान्तिपुर मिडिया ग्रुप र उच्च शिक्षालय तथा माध्यमिक विद्यालय सङ्घ (हिसान) ले आयोजना गरेको छैटौँ शैक्षिक मेलाको आज उद्घाटन गर्दै प्रधानमन्त्री ओलीले नेपालीपन, राष्ट्रियता, विविधता र यहाँका आवश्यकताको पहिचान गरी स्वदेशकै सेवा गर्न यहीँ पढेर गुणवान् नागरिक बन्नुपर्नेमा जोड दिए ।

‘राज्यले शिक्षामा लगानी गरेको छ तर यो पर्याप्त छैन । त्यस अर्थमा निजी शिक्षा क्षेत्रलाई लगानी रोकेर स्वदेशको पूँजी पलायन गराउने भन्ने हुँदैन ।’ प्रधानमन्त्री ओलीले भने, ’निजी र सामुदायिक दुवै शिक्षालय मिलेर उत्कृष्ट शिक्षाको वातवरण र प्रविधि निर्माण हुँदै समृद्धिमा लाग्नुपर्छ ।’ प्रधानमन्त्री ओलीले निजी शिक्षालयलाई बन्द नगराई नियमन गर्ने सरकारको नीति हुने र सामुदायिक क्षेत्रको स्तर माथि उकासेर निजीलाई स्वतः बन्द हुने खतरामा पु¥याउने उल्लेख गर्दै निजी क्षेत्रको लगानीलाई सुरक्षित र प्रोत्साहितसमेत गरिने विश्वास व्यक्त गरे ।

‘नेपाली विद्यार्थी बाहिर नजाने वातावरणका लागि निजी क्षेत्रको घाँटी निमोठ्ने काम हुँदैन । देश विकासको अगुवाइ निजी क्षेत्रले गर्नुपर्छ’, प्रधानमन्त्री ओलीले भने । ।

शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलले गुणात्मक शिक्षा नेपालमै दिन सकिने वातावरणका लागि सरकारले उचित सहयोग गर्ने बताउँदै निजी शिक्षालयले सेवाको भावना राखेर काम गर्नुपर्नेमा जोड दिए ।

Continue Reading…

लोकसभा चुनाव: परिणाम नआएसकी नै प्रधानमन्त्री ओलीले दिए मोदीलाई बधाई

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई लोकसभा चुनावको अन्तिम परिणाम आउँन बाँकी हुँदै विजय भएको बधाइ दिएका छन् ।

प्रधानमन्त्री ओलीले ट्वीट गर्दै २०१९ को लोकसभा चुनावको जितका लागि बधाई दिएका हुन्। उनले चुनावी परिणाम औपचारिक रूपमा सार्वजनिक नहुँदै मोदीलाई बधाई दिएका हुन्।

उनले मोदीको आगामी सफलताका लागि पनि शुभकामना द्रिदै आफु मोदीसँग निकट रहेर काम गर्न तत्पर रहेको पनि उल्लेख गरेका छन्।

भारतमा आज मतगणना जारी छ। निर्वाचन आयोगले अहिलेसम्म अन्तिम परिणाम घोषणा गरिसकेको छैन। प्रारम्भिक नतिजाहरूमा भने सत्तारूढ भाजपा एक्लै बहुमततर्फ अग्रसर छ।

Continue Reading…

कर्मचारी कुटेका मेयरले पत्रकारलाई लोपारे

९ वैशाख, काठमाडौं । इटहरी उपमहानगरपालिकाका मेयर द्वारिकालाल चौधरीले बुधबार अन्तरवार्ताका क्रममा एक पत्रकारलाई लोपारेर दुव्र्यवहार गरे । एक कर्मचारीलाई कुटपिट गरेको र अपशब्द बोलेको विषयमा प्रश्न गरिँदा आक्रोशित बनेका मेयरले पत्रकारलाई लोपारेको फुटेज बाहिरिएको छ ।

बुधबार उपमहानगरपालिकाको कार्यालय परिसरमा स्थानीय पत्रकारको एक समूहले मेयर चौधरीसँग कार्यालय अगाडिको पोखरीको डिलमा उभिएर प्रश्नोत्तर गरेको थियो । त्यस क्रममा चौधरीले महानगरपालिकाका कर्मचारी मनोज दाहाललाई अपशब्द बोलेको र कुटपिट गरेको विषयमा पत्रकारले सोधेका थिए । त्यसपछि चौधरी तात्तिए ।

‘अपशब्द ? कोही भ्रष्ट काम गर्छन्, त्यसलाई के फूलमाला लाउनु मैले ? मेरै पार्टीका नेता हुन् भने पनि छोडि्दनँ,’ मेयर चौधरीले भने ।

त्यसपछि उनले गर्वसाथ सुनाए, ‘रामप्रसाद चौलागाईं (पूर्वएमालेका जिल्ला नेता) लाई त अस्ति मैले पिटेँ नि । भूमाफिया, खानेपानीमा भ्रष्टाचार गर्ने, पाइपलाइन ओछ्याउने, ट्याङ्की निर्माणमा, जग्गा खरिदमा सबैमा भ्रष्टाचार गर्ने अनि आज मुठ्ठी कसेर लालसलाम ? नेपाली क्रान्ति जिन्दावाद ? माक्र्सवाद लेनिनवाद जिन्दावाद ? नेपाल कम्युनिष्ट पार्टी जिन्दावाद ?’

पूर्वएमालेका सुनसरी प्रमुख रहिसकेका मेयर चौधरीले थपे, ‘मैले महान चिनियाँ सर्वहारा सांस्कृतिक क्रान्ति पढेको छु । त्यसको प्रभाव मलाई छ । त्यसैले महान नेपाली सर्वहारा क्रान्ति सुरु भइसकेको छ । मेयरको एक्सन सुरु भइसक्यो ।’

पत्रकारले थप सोध्छन्, ‘तपाईंले सिसी क्यामरा अफ गरेर, ढोका लगाएर मनोज दाहाललाई हानेको हो ? यसरी कानून हातमा लिन मिल्छ ?’

मेयर पडकिन्छन्, ‘यस्ता फोकटिया कुरा नगर्नुस् । अब सुन्नुस । म कानूनको विद्यार्थी त होइन, तर संकटका बेलामा राज्यले मौलिक हक के गर्छ भन्छन् नि ? के गर्छ रे ? (उनी निलम्बन भन्न खोज्दै थिए, शब्द फुरेन) । त्यसलाई के भन्छन् ? बन्दी प्रत्यक्षीकरण बाहेक, सभा-जुलुस सबै ऊ हुँदोरहेछ । अनि आवधिक निर्वाचन टरेर जान्छ संकटका बेला । त्यसैले शासकले कानून हातमा लिन्छ । लिन्छ शासकले ।’

पत्रकार : तर यो तपाईंको अधिकार क्षेत्र होइन नि ?’

मेयर : मेरो होइन भने कसको हो ?

पत्रकार : ‘संसदको हो नि

चौधरी ६ पटक ‘को संसद ? को संसद ?’ भन्छन् ।

पत्रकार : ‘प्रतिनिधिसभा छ, राष्ट्रिय सभा छ ।’

चौधरी : ‘यहाँ छ प्रतिनिधिसभा ? राष्ट्रिय सभा ?’

पत्रकार : ‘तपाईंको भन्दा दुई किलोमिटर अगाडि अख्तियार छ ।’

मेयर : ‘जानु नि त अख्तियार, के-के गर्नुपर्छ गर्नु नि ।’

पत्रकार : ‘हातपातको कुरा चाहिँ के हो ?’

मेयर : ‘देखाउनु न त प्रमाण । यस्ता फोकटिया कुरा नगर्नुस् ।’

त्यसपछि पछिल्लो प्रश्न सोध्ने पत्रकारलाई औंल्याउँदै भन्छन्, ‘ए भाइ, पत्रकार हौ ? कति वर्ष पुग्यौ ?’

पत्रकारले २० वर्ष पुगेको बताउँछन् ।

अनि मेयर चौधरीले उमेरको धाक लगाउँछन्, ‘मेरो कान्छो छोरा २४ वर्षको भयो । राम्रो प्रश्न गर । तिमीले मलाई लोकतन्त्र, मौलिक हक, मानवअधिकार, राजनीतिकशास्त्र ऐन-कानून पढाउनुपर्दैन । सात वर्ष मुद्दा गरेको मोही किसानको छोरा हुँ । तिम्रो प्रश्नको जवाफ दिन चाहन्न ।’

यति भनिसकेर मेयर चौधरी डोनाल्ड ट्रम्पको शैलीमा अंग्रेजीमा बोल्न थाल्छन्- ‘आई डन्ट लाइक टु आन्सर योर क्वैस्चन । यू आर बायस्ड ।’

पत्रकारले अर्को प्रसंग निकाल्छन्, जसले चौधरीलाई पूर्णरुपमा उत्तेजित बनाउँछ ।

पत्रकार : ‘खरिद नियम विपरीत हुँदाहुँदै पनि मेयर भवनको भुक्तानी दिने कार्यपालिकाले निर्णय किन गर्‍यो ?’

मेयर : ‘कार्यपालिकाले गरेको छैन । देखायौ भने आजदेखि राजनीतिबाट सन्यास लिन्छु ।’

त्यसपछि मेयरले जंगली पारा झिक्छन् र पत्रकारको अनुहारमै हात पुर्‍याएर भन्छन्, ‘लोपारिदिन्छु म तिमीलाई । त्यस्ता कुरा नगर । लोपारिदिन्छु । लोपारिनै दिन्छु यस्तो बायस कुरा गरेऊ भने ।’

यसो भन्दै उनले तीनपटक पत्रकारको अनुहारमा लोपार्छन् । दुईपटक हावामा लोपार्छन्, तेस्रोपटक अनुहारमै हात पुर्‍याउँछन् ।

पत्रकारमाथि यस्तो दुर्व्यवहार भएको विषयलाई लिएर नेपाल पत्रकार महासंघले विरोध जनाएको छ । महासंघको सुनसरी शाखाले विज्ञप्ति जारी गर्दै पत्रकार कृष्ण बहाव भट्टराई र विकल रेग्मीमाथि मेयर चौधरीले गरेको दुर्व्यवहार प्रेस तथा अभिव्यक्त स्वतन्त्रतामाथिको हस्तक्षेप भएको उल्लेख गरेको छ ।

मेयर चौधरीले पत्रकार भट्टराईलाई लोपारेका थिए भने अर्का पत्रकार रेग्मीलाई यी यसरी कठालो समाएँ भन्दै उदाहरण दिने क्रममा कठालो समातेका थिए ।

मेयर चौधरीले बुधबार आफ्नै कार्यालयमा एक कर्मचारीलाई भ्रष्टाचारी भन्दै कठालो समातेका थिए भने अर्का कर्मचारीलाई दुई चड्कन लगाएका थिए ।

कुटपिटमा ओर्लिएपछि मेयरको अलोकप्रियता बढ्यो

चौधरी नेकपाबाट निर्वाचित मेयर हुन् । साविक एमालेको सुनसरी प्रमुख भइसकेका उनले यसअघि १० वर्षसम्म हाँसपोसा गाविसको अध्यक्ष चलाएका थिए । अहिले हाँसपोसा पनि इटहरीमै गाभिएपछि उनी तेस्रोचोटि जननिर्वाचित बनेका हुन् ।

इटहरी नगरपालिको मेयर बनेपछि चौधरीले सार्वजनिक जग्गा अतिक्रमण रोक्ने र व्यक्तिका नाममा हडपिएको जग्गा नगरपालिकाको नाममा ल्याउने अभियान चलाए । चौधरीको अभियानलाई स्थानीय पत्रकारले साथ दिएका थिए भने भूमाफियाहरु उनीसँग चिढिएका थिए ।

तर, पत्रकारमाथि नै हातपात गरेपछि चौधरीको व्यवहारलाई उनकै समर्थकहरुले पनि आलोचना गर्न थालेका छन् । कसैलाई पनि कुटपिट गर्नु असभ्यताको परिचायक भएकाले मेयर चौधरी आलोचनाको पात्र बनेका छन् ।

उता चौधरीले कुटपिट गरेपछि इटहरी नगरपालिकाका कर्मचारीहरु मेयरविरुद्ध आन्दोलनमा उत्रिएका छन् । बुधबार कर्मचारीहरुले मेयरविरुद्ध नाराबाजी गर्नुका साथै कार्यालयमा अनिश्चितकालीन तालाबन्दी लगाउने घोषणा गरेका छन् ।

Continue Reading…

तिलोत्तमाले बनायो भू-उपयोग मापदण्ड

९ जेठ, बुटवल । रुपन्देहीको तिलोत्तमा नगरपालिकाले कृषियोग्य र आवासीय क्षेत्र निर्धारण गरी भू­­­-उपयोग मापदण्ड-२०७६ जारी गरेको छ ।

कृषि, वन, नापी, तथा सरोकारवालाहरुको प्रतिनिधित्व रहेको जग्गा उपयोगिता विश्लेषण प्राविधिक समितिको सिफारिसको आधारमा नगर कार्यपालिकाले भू-उपयोग मापदण्ड जारी गरेको हो ।

नगरपालिकाले यसअघि लागु गरेको जग्गा विकास तथा प्लटिङ्ग सम्बन्धी मापदण्ड-२०७४ खारेज गरी भू­­­-उपयोग मापदण्ड-२०७६ जारी गरेको हो ।

मापदण्डमा जग्गा विकास सम्बन्धी पुराना व्यवस्थालाई यथावत् राखिएको छ । जिल्लाका १६ स्थानीय तहमध्ये भू-उपयोग मापदण्ड बनाउने तिलोत्तमा पहिलो सथानीय तह बनेको प्रमुख प्रशासकीय अधिकृत कृष्णप्रसाद सापकोटाले बताए ।

संघीय सरकारले कित्ताकाटका लागि कृषियोग्य जग्गा यकिन गर्ने जिम्मेवारी स्थानीय तहलाई दिएअनुसार मापदण्ड तयार गरिएको समिति संयोजक गणेश न्यौपानेले जानकारी दिए ।

संघीय सरकारको निर्देशनअनुसार स्थानीय तहले कृषियोग्य जग्गा नभएको जनाए मात्र जग्गा विकासका लागि कित्ताकाँट गर्न सकिने व्यवस्था छ ।

अंशबण्डा बाहेक अन्य अवस्थामा एक आर्थिक वर्षमा कृषियोग्य जग्गा एकपटक मात्र कित्ताकाँट गर्न पाइने प्रावधान छ ।

०७४ साउन २६ गतेबाट रोकिएको खेतीयोग्य जग्गाको कित्ताकाट २०७५ पुस २७ गते ‘स्थानीय तहले खेतीयोग्य जग्गा होइन भनेर सिफारिस गरेपछि’ भन्ने सर्त राखेर खुला गरिएको थियो ।

विकास गर्न सकिने जग्गा भन्नाले फिल्डबुकमा अबल, दोयम, सिम वा चाहर भनेर तोकिएको भए पनि स्थानीय तहले ‘कृषियोग्य जग्गा होइन भनि सिफारिस गरेका’ जग्गा समेतलाई जनाउँछ ।

सबै स्थानीय तहलाई निर्धारित मापदण्ड र मौजुदा भू-उपयोग अवस्थालाई मध्यनजर गरि जग्गालाई कृषि र गैरकृषि भनेर वर्गिकरण गर्न भूमि व्यवस्था, सहकारी तथा गरिवी निवारण मन्त्रालयले निर्देशन दिएको थियो ।

सोही निर्देशनअनुसार तिलोत्तमा नगरपालिकाले मुख्य सडकको क्षेत्राधिकार निर्धारण गरेर त्यस आसपासलाई आवासीय र बाहिरको जग्गालाई कृषियोग्यको रुपमा तोकेको हो । ‘सम्बन्धित वडाका जनप्रतिनिधिहरुको सुझाव तथा सरोकारवालासँग समेतको छलफलको आधारमा मापदण्ड निर्धारण गरिएको हो’-संयोजक न्यौपानेले भने ।

मापदण्डमा नगरभित्रका मुख्य १३३ वटा सडक निर्धारण गरिएको छ । ती सडकको चौडाइ तथा बस्ती विकासको अवस्थाअनुसार १२ सयदेखि ३ सय मिटर आसपासको क्षेत्रलाई आवासीय क्षेत्रको रुपमा उल्लेख गरिएको छ ।

तिलोत्तमा तीव्र सहरीकरण भैरहेको नगरपालिका रहेकाले यहाँ दैनिक सरदर चार वटा नयाँ घर थपिने गरेका छन् ।

नगरपालिकाले व्यवस्थित बस्ती बसाउन दुई वर्षअघि नै जग्गा विकास तथा प्लटिङ्ग सम्बन्धी मापदण्ड जारी गरेको थियो । मापदण्डअनुसार नगरपालिकाको पूर्वस्वीकृतविना जग्गा विकासको काम गर्न पाइँदैन ।

Continue Reading…

वीरगञ्ज महानगर कि ‘महानरक’ ?

९ जेठ, वीरगञ्ज । ‘स्वच्छ सफा हराभरा वीरगञ्ज सहर’ यो नारा महानगरपालिकाको हो । तर, विडम्बना वीरगञ्ज महानगरपालिका-८ पानी ट्याङकीका मनोजकुमार गुप्ताले आफ्नो घर अगाडिको खाली जग्गामा कहिल्यै सफा देखेका छैनन् ।

गुप्ताको घर अगाडिको खाली जग्गामा फोहोरको ठुलै डंगुर छ । एकदुई दिनको कुरा होइन, वर्षाै बितिसक्यो, अवस्था त्यस्तै छ । फोहोरको डंगुरबारे न जग्गावालालाई मतलब छ, न महानगरपालिकालाई नै । त्यो क्षेत्रमा पानी ट्याङ्की टोल सुधार समिति पनि सक्रिय छ । तर, टोल सुधार समितिको आँखा र नाकमा अझै फोहोरले गन्हाएको छैन ।

‘दुर्गन्धले मानिसलाई हिँडडुल गर्न गाह्रो हुन्छ । नगरपालिकाले आएर सफा गरिदिन्छ, सफा गरेर जान नपाउँदै मानिसहरुले आएर फोहोर फालिदिन्छन्,’ गुप्ता भन्छन्, ‘टोल सुधार समितिले पनि हार मानिसकेको छ । कसरी टोल सफा राख्ने भन्ने जनचेतना मान्छेमा छैन् ।’ उनले आफूले छर छिमेकलाई त्यहाँ फोहोर न फाल्न आग्रह गर्दा उल्टै गाली खाने गरेको सुनाए ।

त्रिलोकनाथ लाल कर्ण पनि पानी ट्याङकी क्षेत्रमै बस्छन् । त्यही फोहोरको डंगुरले उनी पनि हैरान छन् । ‘फोहोरले गर्दा झिंगा एकदमै लाग्छ, गन्हाउँछ, आउन जान गाह्रो हुन्छ नाक छोपेर आउ जाउ गर्नुपर्छ,’ उनले दुखेको पोखे ।

वीरगञ्ज महानगरपालिकालाई पटक पटक भन्दा पनि नटेरेको स्थानीयको गुनासो छ । चुनावमा स्मार्ट सिटीको सपना बाँड्ने जनप्रतिनीधिहरु चुपचाप छन् । उनीहरुलाई अहिले महानगरको सडकको फोहोरले गिज्याइरहेको छ । महानगरपालिकाको भित्री सडकका गल्ली, लिंक रोड, खाली जग्गा र नालामा फोहोरको थुप्रो लागेको देख्न सकिन्छ ।

स्थानीय सरकार आएको डेढ वर्ष वितिसक्दा पनि नगरको सरसफाइमासुधार हुन नसक्दा नगरवासी निराश छन् । देशकै आर्थिक नगरीको पहिचान बोकेको वीरगञ्ज महानगरपालिका ‘महानरक’पालिका भएको स्थानीय बासिन्दाले बताउँछन् ।

वीरगञ्ज महानगरपालिका-१३ राधेमाईका कुमार श्रेष्ठ फोहोर र प्रदुषण हेर्दा वीरगञ्ज महानगरपालिका नभएर ‘महानरक’पालिका जस्तै भएको बताउँछन् । ‘मुख्य सडकमै फोहोर हुन्छ, खाली जमिन भएको ठाउँमा फोहोर नै देखिन्छ, नालामा त्यतिकै फोहोर थुपि्रएको छ, फोहोरमा गाईबस्तु चरिरहेको हुन्छ,’ उनी भन्छन् ‘वडाध्यक्षलगायत जनप्रतिनिधिहरु के हेरिरहेका छन् । थाहा छैन ।’

वीरगञ्जकै मुकेश सहनी भोट दिएर जनप्रतिनिधि चुनेर पठाए पनि सरसफाइलगायत अन्य विकासका काममा खासै उपलब्धी हुन नसकेको गुनासो गर्छन् ।
केही ठाउँमा ‘फोहोर मलाई’ लेखेर डष्टवीन राखिएको छ । तर, त्यसमा होइन नजिकै फोहोरको थुप्रो भेेटिन्छ ।

जथाभावी फोहोर फाल्ने नगरबासी अनि फोहोरलाई व्यवस्थापन गर्न नसक्ने महानगरपालिकाका कारण देशकै मुख्य प्रवेशद्वार प्रदेश २ को एक मात्र महानगर वीरगञ्ज दुर्गन्धित सहरको रुपमा परिचित छ ।

‘डम्पिङ साइट’ बन्न सकेन 

वीरगञ्ज महानगरपालिकाले देशकै मुख्य नाका शंकाराचार्य गेट र मितेरी पुलको वरीपरी नै फोहोर व्यवस्थापन गर्दै आइरहेको छ । मुख्य नाका प्रवेश गर्दा नाक थुन्नु पर्ने अवस्था आएको भन्दै चौतर्फी आलोचना हुने गरेको छ ।

महानगरपालिकाले अहिले पनि मितेरी पुलदेखि पूर्वपट्टी रहेको खाली जग्गा र नगवास्थित एक व्यक्तिको खाली जग्गामा फोहोर फाल्दै आएको छ । गल्लीको फोहोर एक ठाउँमा जम्मा गरिन्छ र अस्थायी डम्पिङ साइटमा लगेर फाल्ने गरिन्छ ।

त्यसो त वीरगञ्ज महानगरपालिकामा आधुनिक प्रकृतिको ल्याण्ड फिल्ड साइट निर्माणाधीन छ । ४७ करोड ६१ लाख ८० हजार रुपैयाँ लागतमा चिनियाँ निर्माण कम्पनी जन्डिङ इन्टरनेशनल इन्जिनियरिङले फोहोर मैला व्यवस्थापन केन्द्र निर्माणको जिम्मा लिएको हो ।

पप्पु कस्ट्रक्सनलाई कामको जिम्मा दिएको थियो । सन्तोषजनक रुपमा काम अघि बढ्न नसकेको महानगरपालिकाले जनाएको छ ।

नगरको फोहोर व्यवस्थापन गरी मोहोरमा परिणत गर्न ३ वर्ष अगाडि वीरगञ्ज-१६ नगवामा निर्माण थालिएको लैण्डफिल्ड साइट निर्माणको सम्झौता अवधि सकिएको भएपनि निर्माण सम्पन्न भएको छैन ।

गएको असार मसान्त भित्रै सम्पन्न हुनुपर्ने योजना एक वर्ष विति सक्दा पनि बन्न नसकेको अवस्था छ । त्यसमा सहरबाट निस्किने कुहिने र नकुहिने दुवैखाले ठोस फोहोरलाई वैज्ञानिक रुपमा व्यवस्थापन गरिने छ ।

‘साइट’ निर्माणमा ठेकदारपक्षले एकदमै ढिलासुस्ती गर्दै आएको छ । ल्याण्ड फिल्ड साइट निर्माण नभएकै कारण महानगरपालिकाको फोहोर व्यवस्थापनमा समस्या भइरहेको महानगरपालिकाका अधिकारीहरु बताउँछन् ।

एशियाली विकास बैंकको आर्थिक सहयोगमा निर्माणाधीन केन्द्रमा ल्याइने फोहार प्रशोधन पछि बिक्री गरेर वार्षिक ६ करोड २० लाख रुपैयाँ आम्दनी हुने दावी छ । केन्द्रमा २० वर्षसम्म वीरगन्जको फोहोरलाई वैज्ञानिक किसिमले ब्यवस्थित गर्न सकिने छ ।

वीरगञ्ज महानगरपालिकाका प्रमुख विजयकुमार सरावगी असारसम्म डम्पिङ साइट निर्माण भइसक्ने बताउँछन् । ‘बन्न त अघिल्लो बर्षमा नै बन्नुपर्ने थियो, ठेकेदारले विभिन्न प्राविधिक समस्या देखाए, अब यो असार मसान्तसम्म बनाएर दिन्छु भनेका छन्,’ उनले भने ।

घर घरबाटै फोहोर उठाउने, सडकमा फाल्न नदिने, त्यसलाई तोकिएको ठाउँमा लगेर खन्याउने र डम्पिङ साइटमा पठाउनेगरी चेन बनाएर वीरगञ्जको फोहोर व्यवस्थापन गर्ने तयारी रहेको उनले बताए ।

फोहोर व्यवस्थापनको जिम्मा निजी क्षेत्रलाई

स्थानीय तहको निर्वाचन ताका चुनावी कसम अघि सारेको वीरगञ्ज महानगरपालिकाका मेयर विजयकुमार सरावगीले त्यसमा फोहोर व्यवस्थापनका लागि वैज्ञानिक प्रणालीको विकास गर्ने र नागरिक सहभागीतामा सचेतना अभियान सञ्चालन उल्लेख गरेका छन् ।

तर, उनी वीरगञ्ज महानगरपालिका प्रमुखमा निर्वाचित भएर आएको डेढ बर्षमा पुरानै शैलीमा फोहोर व्यवस्थापन भइरहेको छ ।

वीरगञ्ज महानगरपालिकाले फोहोर मैला व्यवस्थापन ऐन २०७५ ल्याएको छ । ऐनमा जथाभावी फोहोर फाल्ने लगायत विभिन्न कसुरमा कसुर अनुसार ५ सय देखि १ लाखसम्म जरीवानाको व्यवस्था गरिएको छ । तर, ऐनको प्रभावकारी कार्यान्वयन हुन सकेको छैन ।

बरु केही दिनअघि उनले नगरको सरसफाइ र फोहोर व्यवस्थापनको जिम्मा निजी क्षेत्रलाई दिएका छन् ।

सार्वजनिक निजी साझेदारी अवधारणा अन्तर्गत आर्थिक वर्ष २०७६/७७ देखि नगर क्षेत्रको सरसफाइ र फोहोर व्यवस्थापनको पृथ्वीतारा/एनके इन्टरनेशल जेभीले लिएको छ ।

४ वर्षका लागि २४ करोड रुपैयाँमा फोहोर व्यवस्थापनको ठेक्का लगाइएको हो । महानगरपालिकाका नगर प्रमुख विजयकुमार सरावगीको उपस्थितिमा जेठ ३ गते प्रमुख प्रशासकीय अधिकृत उमेश बस्नेत र ठेकेदार कम्पनीका प्रबन्ध निर्देशक केशव नेपालले सम्झौता पत्रमा हस्ताक्षर गरेका छन् ।

सरसफाइ र फोहोर व्यवस्थापन सम्बन्धी चेतना मुलक कार्यहरु अषाढदेखि नै शुरु हुने भएपनि कम्पनीले साउन १ गतेदेखि सफाइको काम शुरु गर्ने छ ।

वीरगञ्जमा सरसफाई र फोहोर व्यवस्थापनका लागि मात्रै वार्षिक १० करोड खर्च हुँदै आएको महानगरपालिकाले जनाएको छ ।

निजी क्षेत्रलाई दिएपछि सरसफाइ व्यवस्थापनका उपकरण र कर्मचारी परिचालनमा भइरहेको खर्चमा कटौती हुने नगर प्रमुख सरावगी बताउँछन् ।

फोहोरबाट कसरी मोहोर बनाउने भन्नेतर्फ महानगरपालिका लागेको उनको भनाइ छ । ठेकेदार कम्पनीले व्यक्तिको घर, व्यापारिक प्रतिष्ठान, होटल रेष्टुरेन्टलगायतका स्थानबाट फोहोर व्यवस्थापनका लागि शुल्क असुल गर्न सक्ने व्यवस्था सम्झौतामा छ ।

साथै महानगरको सरसफाइ शाखामा कार्यरत कर्मचारीको परिचालन पनि ठेकेदार कम्पनीले गर्ने भएको छ ।

सरसफाइका लागि वीरगञ्ज महानगरपालिकामा ४० जना नाइकेसहित २१० जना स्थायी, १ जना नाइकेसहित १९२ जना करारमा सफाइ कर्मचारी कार्यरत छन् ।
६ जना स्थायी र ७ जना करारका गरी १३ जना सवारी चालक छन् । वीरगञ्ज महानगरपालिकाको मात्रै १७ वटा ट्याक्टर दैनिक फोहोर उठाउन परिचालन हुने गरेको छ ।

Continue Reading…

नतिजा नआउँदै प्रधानमन्त्री ओलीले दिए मोदीलाई बधाई

९ जेठ, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई बधाई दिएका छन् ।

लोकसभा निर्वाचनको मतगणना चलिरहेका बेला प्रधानमन्त्री ओलीले मोदीलाई भयंकर ठूलो जित हासिल गरेको भन्द बधाई दिएका हुन् । प्रधानमन्त्री ओलीले आफ्नो व्यक्तिगट ट्विटरबाट मोदीलाई बधाई दिँदै आगामी दिनमा आपसमा नजिक रहेर काम गर्ने बताएका हुन् ।

बिहीबार विहान सुरु भएको लोकसभा निर्वाचनको मतगणनामा हालसम्म मोदी नेतृत्वको भारतीय जनता पार्टी सम्मिलित गठबन्धनले ३ सय ४९ स्थानमा अग्रता कायम गरेको छ । विपक्षी कांग्रेस सम्मिलित गठबन्धनले ९२ सिटमा अग्रता लिएको छ ।

Continue Reading…

WeChat, Alipay want to enter Nepal market legally: China

Kathmandu, May 23

Chinese officials in Nepal have said Chinese mobile applications WeChat and Alipay want to enter into the Nepali market through legal channels.

Speaking at a press conference in Kathmandu this morning, the Chinese Embassy’s economic and commercial counsellor Zhang Fan told journalists that the two applications were willing to expand their services to the Nepali market.

The official also demanded that Nepal open its door to the apps as they would help promote tourism industry in the country, warning the industry would lose a lot otherwise.

His statement follows a recent ban imposed by the country’s central bank citing the apps were operating outside the ambit of taxes. Many Chinese tourists visiting Nepal and using the apps to make payments have been affected by the ban.

Zhang, however, maintained that the all should follow applicable Nepali laws.

Continue Reading…

प्रदेश ३ राजधानी: ताम्सालिङ हुनुपर्ने माग गर्दै सांसदहरु

हेटौंडा । प्रदेश ३ को राजधानी ताम्सालिङ राख्न माग गर्दै प्रदेशसभमा प्रस्ताव दर्ता भएको छ । नाम र ठाउँका विषयमा विवाद भैरहेकै वेलामा सांसद ओमबहादुर ग्लान र प्रतिमा श्रेष्ठले प्रस्ताव दर्ता गरेका हुन् । सांसद प्रेमबहादुर तामाङ, रत्नप्रसाद ढकाल र सीता अधिकारीको समर्थनमा बिहीबार प्रदेशसभा सचिवालयमा प्रस्ताव दर्ता भएको हो ।

प्रस्ताव दर्तापछि सांसद ग्लानले पहिचान भेटिने र द्वन्द्व मेटिने हुनाले प्रदेशको नाम ताम्सालिङ राख्नुपर्ने बताए । उनले संघीय गणतन्त्रात्मक नेपाल राज्यको पुनर्संरचना गर्दा पहिचान र सामर्थ्यलाई मुख्य आधारको रुपमा मान्ने सहमतिलाई पुनर्पुष्टि गर्नका लागि पनि प्रदेश ३ को नाम ताम्सालिङ राख्नुपर्ने उनको धारणा छ ।

प्रदेश ३ काे राजधानीकाे नाम गाैरीश‌ंकर र शैलुङ हुनुपर्ने माग आइरहेकै बेला अर्काे नाम ताम्सालिङ  प्रस्ताव भएकाे हाे । अझै प्रदेश ३ काे राजधानी कुन ठाउँमा रहने र नाम के हुने भन्ने विषय अझै टुंगाे लाग्न सकेकाे छैन् ।

Continue Reading…

लोकसभा चुनाव : भाजपा एक्लै बहुमतनजिक, कांग्रेस ५१ सिटमा अगाडि

९ जेठ, काठमाडौं । भारतीय लोकसभा चुनावमा सत्तारुढ गठबन्धनले भारी अग्रता लिएको छ । प्रारम्भिक मत गणनामा भाजपा एक्लै २९१ सिटमा अगाडि छ । प्रमुख प्रतिपक्षी कांग्रेसले ५१ सिटमा अग्रता लिएको छ ।

लोकसभाको कुल ५४३ सिटमध्ये बहुमतका लागि २७२ सिट चाहिन्छ । सन् २०१४ को चुनावमा भाजपाले २८२ सिट जितेको थियो ।

भारतीय लोकसभाको सबैभन्दा धेरै ८० सिट रहेको उत्तर प्रदेशमा अहिलेको चुनावमा पनि भाजपा नै अगाडि छ । उसले ५६ स्थानमा अग्रता लिएको छ । अघिल्लो चुनावमा भाजपाले उत्तर प्रदेशबाट ७१ सिट जितेको थियो ।

उत्तर प्रदेशमा एक सिटमा मात्र कांग्रेस अगाडि छ । कांग्रेस पूर्वअध्यक्ष सोनिया गान्धी परम्परागत क्षेत्र रायबरेलीमा अग्रता कायमै राखेकी छन् । सोनियाका छोरा एवम् कांग्रेसका वर्तमान अध्यक्ष राहुल गान्धी भने अमेठीमा भाजपाकी नेतृ स्मृति इरानीभन्दा पछि परेका छन् ।

दोस्रो धेरै सिट रहेको महाराष्ट्रमा भाजपा २३ स्थानमा अगाडि छ । महाराष्ट्रमा विधानसभाको कुल ४८ सिट छ । यहाँ कांग्रेस चन्द्रपुर क्षेत्रमा मात्र अगाडि छ ।

पश्चिम बंगालमा भने तृणमुल कांग्रेसले अग्रता लिएको छ । पश्चिम बंगालका कुल ४२ सिटमध्ये तृणमुल कांग्रेस २४ र भाजपा १७ स्थानमा अगाडि छन् । कांग्रेस भने एक स्थानमा मात्र अगाडि छ । बहरामपुर क्षेत्रमा कांग्रेसका आशिष रञ्जन चौधरीले अग्रता लिएका हुन् ।

कुल ४० सिट रहेको बिहारमा भाजपा र जनता दल युनाइटेडबीच कडा टक्कर छ । दुवै १६–१६ स्थानमा अगाडि छन् । तर, कांग्रेस एक स्थानमा पनि अगाडि छैन । बिहारको बेगुसरायबाट चुनाव लडेका कम्युनिष्ट युवा नेता कन्हैया कुमार तेस्रो स्थानमा छन् । बेगुसरायमा भाजपाका कट्टर हिन्दुवादी नेता गिरिराज सिंहले नै अग्रता लिएका छन् ।

तमिलनाडुका ३९ सिटमध्ये कांग्रेसले ८ स्थानमा अग्रता लिँदा भाजपाले भने एक स्थानमा पनि अग्रता लिएको छैन । यहाँ दिवंगत नेता करुणानिधिको पार्टी द्रविड मुन्नेत्र कषगम (डिएमके) सबैभन्दा अगाडि छ । डीएमकेले सबैभन्दा धेरै २२ स्थानमा अग्रता लिएको छ ।

मध्यप्रदेशका २९ मध्ये २८ सिटमा भाजपा अगाडि छ । यहाँ कांग्रेस १ स्थानमा अगाडि छ ।

गुजरातका सबै २६ सिटमा भाजपाले अग्रता लिएको छ । गुजरात प्रधानमन्त्री नरेन्द्र मोदी विगतमा मुख्यमन्त्री भएको क्षेत्रसमेत हो । आन्ध्रप्रदेशका २५ सिटमध्ये सबै स्थानमा अन्य दल अगाडि छन् ।

ओडिसाका २१ मध्ये भाजपा ७ स्थानमा अगाडि छ । यहाँ मुख्यमन्त्री नविन पटनायकको पार्टी बिजु जनता दल (बीजेडी) ले १४ स्थानमा अग्रता लिएको छ ।

केरलाका कुल २० मध्ये १५ स्थानमा कांग्रेस अगाडि छ । यहाँ कम्युनिष्ट पार्टी एक स्थानमा अगाडि रहँदा भाजपाको अग्रता शून्य छ ।

तेलंगनाका १७मध्ये भाजपा र कांग्रेस समान चार–चार स्थानमा अगाडि छन् । सबैभन्दा धेरै अगाडि ८ स्थानमा तेलंगना राष्ट्र समिति (टीआरएस) अगाडि छ ।

पन्जाबका १३ मध्ये ८ स्थानमा कांग्रेस, दुई स्थानमा भाजपा र एक स्थानमा आम आदमी पार्टी अगाडि छन् ।

दिल्लीका सातवटै र उत्तराखण्डका पाँचवटै स्थानमा भाजपा अगाडि छ ।

Continue Reading…

‘वी च्याट र अली-पे वैधानिक रुपमा नेपाल आउन इच्छुक’

९ जेठ, काठमाडौं । चिनियाँ मोबाइल एपहरु वी च्याट र अली-पेले नेपालमा वैधानिक रुपमा कारोबार गर्न चाहेको चिनियाँ अधिकारीले बताएका छन् । बिहीबार काठमाडौंमा आयोजित पत्रकार सम्मेलनमा चिनियाँ दूतावासका अर्थ वाणिज्य हेर्ने काउन्सुलर जाङ फाङले उनीहरू वैधानिक रुपमा नेपाल आउन इच्छुक रहेको बताएका हुन् ।

राजश्वको दायराभन्दा बाहिर रहेको भन्दै हालै राष्ट्र बैंकले वी च्याट र अली-पेलाई नेपालमा कारोबार गर्न प्रतिबन्ध लगाएको थियो । यसबाट नेपालमा घुम्न आउने पर्यटकहरु बढी प्रभावित भएका छन् ।

पत्रकार सम्मेलनमा काउन्सुलर जाङ फङले भने, ‘उनीहरु (वी च्याट र अली-पे) वैधानिकरुपमा नेपाल आउन चाहन्छन् । पर्यटन पूर्वाधारको रुपमा रहेका यी मोबाइल एपलाई बाटो खुला गरिदिनुपर्छ ।’

यो पनि पढ्नुहोस ‘नेपालसम्म रेल ल्याउन कठिन, तर चीन प्रतिबद्ध’

नेपालका अधिकारीहरुलाई यी मोबाइल एपको प्रतिबन्ध फुकुवाको लागि पहल गरिदिन उनले आग्रह गरे । नेपाल घुम्न आउने चिनियाँ पर्यटकहरुको संख्या उल्लेख्य रहेको भन्दै उनले भने, ‘अन्यथा, पर्यटन क्षेत्रको ठूलो बजार नेपालले गुमाउने छ ।’

चिनियाँ वी-च्याट, अली-पेसहित सबै मोबाइल एपहरुले नेपालको कानुन पालना गर्नुपर्ने कुरामा आफूहरु स्पष्ट रहेको उनले बताए । पर्यटकले धेरै प्रयोग गर्ने मोबाइल पेमेन्ट एपजस्ता पूर्वाधार र अपरेटरहरु निर्माण गर्न उनले नेपालका अधिकारीहरुलाई सुझावसमेत दिए ।

Continue Reading…

कोरिया भाषा परीक्षाको तयारी तीव्र, बीस जनाको दरखास्त रद्द

काठमाडौं । रोजगार अनुमति प्रणाली (इपिएस) अन्तर्गत सन् २०१९ को कोरियाली भाषा परीक्षाको तयारी तीव्र पारिएको छ । परीक्षाका लागि केन्द्र तोक्नेदेखि व्यवस्थापनको सम्पूर्ण कार्य अन्तिम चरणमा पुगेको इपिएस कोरिया शाखाले जनाएको छ ।

सन् २०१९ को भाषा परीक्षा यही जेठ २५ र २६ गते हुँदैछ । परीक्षार्थीको सहजताका लागि ३२ वटा परीक्षा केन्द्र तोकिएको इपिएस कोरिया शाखाका निर्देशक कृष्णप्रसाद खनालले जानकारी दिनुभयो । उहाँका अनुसार काठमाडाँैमा २१, ललितपुरमा सात र पोखरामा चार वटा परीक्षा केन्द्र तोकिएको छ । आवेदकको परीक्षा केन्द्रबारे यही जेठ १९ गते विस्तृत विवरण प्रकाशन गरिने शाखाले जनाएको छ ।

एक दिनमा दुई वटा सत्रमा गरेर परीक्षा सञ्चालन गर्ने तयारी गरिएको छ । पहिलो दिन बिहान ९ देखि १० बजेसम्म परीक्षार्थीलाई अभिमुखीकरण गरिनेछ । १० देखि १०ः२५ बजेसम्म पढाइ र १०ः२५ देखि १०ः५० सम्म सुनाइ परीक्षा लिइनेछ । दोस्रो सत्रमा मध्याह्न १२ः३० देखि १३ः३० सम्म अभिमुखीकरण, १३ः३० देखि १३ः५५ सम्म पढाइ र १३ः५५ देखि १४ः२० सम्म सुनाइ परीक्षा हुनेछ ।

अभिमुखीकरणका क्रममा परीक्षार्थीलाई मर्यादित रुपमा परीक्षामा सहभागी हुन आग्रह गरिनेछ । परीक्षाको मर्यादा उल्लङ्घन गर्ने परीक्षार्थीलाई सार्वजनिक अपराध मुद्दा चल्ने भएकाले मर्यादित ढङ्गबाट परीक्षामा सहभागी हुन निर्देशक खनालले सबैमा आग्रह गर्नुभयो । गत वर्षको परीक्षामा अमर्यादित गतिविधि गरेको भन्दै सरकारले ५० परीक्षार्थीमाथि सार्वजनिक अपराध मुद्दामा कारवाही गरेको थियो ।

बीसको दरखास्त रद्द:

शाखाले भाषा परीक्षामा सहभागी हुन आवेदन दिएका २० जनाको दरखास्त रद्द गरेको छ । परीक्षा आवेदन भर्दा तोकिएको मापदण्डविपरीत विवरण भर्ने व्यक्तिको दरखास्त रद्द गरिएको निर्देशक खनालले जानकारी दिनुभयो । दरखास्त रद्द हुनेमा दुई महिला रहेका छन् । दुई महिलाको उमेर बढी भएकाले दरखास्त रद्द गरिएको हो । कोरियाले १८ देखि ३९ वर्ष उमेर समूहका युवालाई मात्र इपिएसमार्फत कोरिया लैजाने गरेको छ । अन्य उम्मेदवारले गलत विवरण भरेकाले उनीहरुको दरखास्त रद्द गरिएको हो ।

सन् २०१९ को प्रथम चरणको भाषा परीक्षामा ९२ हजार ३७६ युवा सहभागी हुँदैछन् । त्यसअन्तर्गत उत्पादनमूकलक क्षेत्रतर्फ ६३ हजार ४८७ र कृषि तथा पशुलापन क्षेत्रतर्फ २८ हजार ८८९ जनाले परीक्षा दिनेछन् । भाषा परीक्षाको आवेदन गत चैत ८ देखि १७ गतेसम्म खुल्ला गरिएको थियो । दक्षिण कोरिया सरकारले सन् २०१९ का लागि उत्पादन र कृषि तथा पशुपालन क्षेत्रमा गरी १० हजार ५० नेपाली कामदार लैजाने निर्णय गरेको छ । कोरियाले सन् २०१९ का लागि उत्पादनमूलक क्षेत्रतर्फ सात हजार ५० र पशुपालनतर्फ तीन हजार कामदार लैजानेछ ।

कोरिया सरकारले इपिएसअन्तर्गत सन् २००८ देखि नेपाली युवालाई आफ्नो देशमा रोजगारीको अवसर उपलब्ध गराउँदै आएको छ । दुई सरकारकाबीचमा स्थापना गरिएको सरकारी संयन्त्रबाटै नै नेपालीले दक्षिण कोरिया जाँदै आएका छन् । एक दशकका अवधिमा विभिन्न चरणमा सञ्चालित भाषा परीक्षामा चार लाख ८३ हजार ४९ जनाले सहभागिता जनाएको छन् । सन् २०१८ मा भाषा परीक्षा उत्तीर्ण गर्ने सात हजार ९९६ जना कोरिया गइसकेका छन् ।

हालसम्म कोरियामा ५८ हजार ७०९ नेपालीले रोजगारीको अवसर प्राप्त गरेका इपिएस शाखाले जनाएको छ । इपिएसअन्तर्गत कोरिया जाने नेपाली युवाले चार वर्ष १० महीनासम्म कोरियामा कामको अवसर पाउनेछन् । त्यस्तै सोही अवधिमा एक पटक आफ्ना परिवारका सदस्यलाई कोरिया लैजान पाउनेछन् । त्यस्तै कोरिया सरकारले तोकेको न्यूनतम् पारिश्रमिकलगायत सामाजिक सुरक्षासमेत प्राप्त गर्नेछन् ।

सन् २०१९ को इपिएस परीक्षा भाषा र सीप तथा क्षमता परीक्षण गरी दुई चरणमा हुनेछ । भाषा परीक्षाको उत्पादनमूलक क्षेत्रको १०० अङ्क र कृषि तथा पशुपालन क्षेत्रको ९० अङ्क हुनेछ । जसमा पढ्ने २० र सुन्ने २० गरी कूल ४० वटा प्रश्न हुनेछन् । दुवैमा २५÷२५ गरी ५० मिनेटको परीक्षा हुनेछ ।

भाषा परीक्षा उत्तीर्ण व्यक्तिले मात्र दोस्रो चरणको सीप तथा क्षमता परीक्षणमा सहभागिता जनाउन पाउनेछन् । क्षमता परीक्षणमा सम्बन्धित व्यक्तिको कामको अनुभव, तालीम, शैक्षिक पृष्ठभूमि एवं प्रमाणपत्रलाई आधार लिइने इपिएस कोरिया शाखाले जनाएको छ । दोस्रो चरणको सीप परीक्षण उत्पादनमूलक क्षेत्रको १०० अङ्क र कृषि तथा पशुपालन क्षेत्रको ११० अङ्कको हुनेछ । भाषा परीक्षाको नतिजा आगामी असार १३ गते प्रकाशित गरिनेछ ।
–––

Continue Reading…

भारतमा माेदीकाे एकलाैटी बहुमतकाे संकेत

काठमाडौं । भरतमा यतिवेला मतगणना शुरु भैरहेको छ । भारतमा बिहीबार सुरु भएको मतगणनामा सत्तारुढ भारतीय जनता पार्टी एक्लै बहुमत नजिक पुगेको छ ।

बिहीबार विहान स्थानीय समयअनुसार ८ बजेदेखि सुरु भएको मतगणनामा प्रधानमन्त्री नरेन्द्र मोदीको पार्टी नेतृत्वको नेशनल डेमोक्रेटिक एलायन्सले ५ सय ४३ मध्ये ३ सय ४२ सिटमा अग्रता लिएको छ ।

जसमा भारतीय जनता पार्टी (बीजेपी) २ सय ९० भन्दा बढी सिटमा अग्रता लिएको भारतीय सञ्चार माध्यमहरुले जनाएका छन् । यसअघि सन् २०१४ को निर्वाचनमा बीजेपीले २ सय ८२ सिटमा जित हासिल गरेको थियो । बहुमतका लागि २ सय ७२ सिटमा जित हासिल गर्नुपर्छ ।

Continue Reading…

‘पत्रकारले जहिल्यै सरकारकै गीत गाउनुपर्छ भन्न पाइँदैन’

९ जेठ, काठमाडौं । ०६२÷०६३ को जनआन्दोलनमा अग्रमोर्चामा थियो–नेपाल वार एसोशिएसन । त्यसको नेतृत्वमा थिए– शम्भु थापा । उनले नागरिक अधिकार र लोकतान्त्रिक शासन व्यवस्थाको पक्षमा आवाज वुलन्द बनाए ।

त्यसबेला राजा ज्ञानेन्द्रको शाही सत्तालाई निरन्तर लल्कारेका थापाले अहिलेको जननिर्वाचित सरकारले बैशाख अन्तिम साता संसदमा दर्ता गरेको नेपाल मिडिया काउन्सिलसम्बन्धी कानूनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयकविरुद्व दुई हप्तामा मुख खोले । विधेयकको प्रावधान लोकतान्त्रिक संविधान विपरीत रहेको थापाको निश्कर्ष छ ।

विधेयक जस्ताको तस्तै पारित भए शक्ति पृथक्कीकरणको सिद्धान्तमा पनि असर पर्ने उनको विश्लेषण छ । प्रेस काउन्सिल जस्तो नियामक निकायसंग कैद वा जरिवाना तोक्ने अधिकार नहुने उनी बताउँछन् । वरिष्ठ अधिवक्ता थापा भन्छन्, ‘दण्ड जरिवानाको फैसला अदालत बाहेक अरुले गर्न सक्दैन ।’

संविधानको प्रस्तावनामै पूर्ण प्रेस स्वतन्त्रता राखेर पूर्ण लोकतन्त्रिक अधिकार उपयोग गर्ने बेलामा एउटा समाचार लेखेकै आधारमा जेल पठाउने व्यवस्था गर्न खोज्नुले शाही शासनकालको झल्को दिन खोजेको उनले बताए । मिडिया काउन्सिल विधेयकबारे अनलाईनखबरकर्मी सन्त गाहा मगरले वरिष्ठ अधिवक्ता थापासँग गरेको कुराकानीको सम्पादित अंशः

मिडिया काउन्सिल विधेयकका प्रावधानहरुलाई यहाँले कसरी हेर्नुभएको छ ?

पञ्चायतकालमा आफ्नो पक्षमा नउभिने जतिलाई ठीक गर्ने चलन थियो । यो विधेयकले त्यस्तै अवस्था सिर्जना गर्न खोजेको छ । म यो मान्छे, त्यो मान्छे भन्दिन तर, यथार्थ यही हो ।

दण्ड जरिवाना अदालत बाहेक अरुले गर्न सक्दैन । सरकारले नियुक्त गरेको अधिकारीमार्फत जरिवानाको व्यवस्था गर्न खोज्नु भनेको न्यायको आधारभूत धारणाबाटै विचलित हुनु हो ।

यो विवादमा मलाई खड्किएको विषय के हो भने मिडिया काउन्सिल जस्तो निकाय न दण्डात्मक हुन सक्छ न त दण्डात्मक मुद्दा हेर्ने अधिकारै हुन्छ । कानूनले त्यस्तो मुद्दा हेर्ने अधिकार न्यायिक निकायलाई मात्र दिएको हुन्छ । मिडिया काउन्सिल त अर्धन्यायिक निकाय पनि होइन ।

सञ्चार माध्यमको वर्गीकरणका साथै आचार संहिता उल्लंघन गरे–नगरेको हेर्न पर्ने भएपछि प्रेस काउन्सिल जन्मिएको हो । कुन समाचार सामग्रीले कसलाई कति हानी पुर्‍यायो भन्ने कुरा अदालतले हेर्छ । यो संविधान, छापाखाना तथा पत्रपत्रिकासम्बन्धी ऐन र कानूनको व्याख्यासँग सम्बन्धित विषय हो । सरकारी नियुक्ति वा १०–१५ वर्ष पत्रकारिताको अनुभवले मात्र पुग्ने विषय होइन ।

पत्रकारले कुन लेख गुणस्तरीय वा गुणस्तरहीन छ भनेर छुट्याउन सक्छ तर, गाली बेइज्जतीपूर्ण वा कसैको मानहानी गर्ने किसिमको हो वा होइन भनेर निर्णय दिन सक्दैन । मिडिया काउन्सिल नियमन गर्ने निकाय हुनसक्छ तर, दण्ड जरिवाना तोक्ने मुद्दा हेर्न सक्दैन । सरकारको इकाईको रुपमा रहन पनि सक्दैन । यो सञ्चारजगतको स्वतन्त्र निकाय हो । सरकारको निर्देशन मान्ने प्रेस काउन्सिलको अर्थ रहँदैन ।

प्रेसलाई सञ्चार सामग्री प्रकाशनको स्वतन्त्रता छ । त्यसक्रममा आचार संहिता पालना गर्नैपर्छ । सरकार आफैंले निकाय सृष्टि गरेर जरिवाना गराउन सक्दैन । पत्रकारले जहिल्यै हाम्रै गीत गाउन पर्छ भन्न पनि पाइँदैन ।

तर, संसदमा दर्ता भएको विधेयकमा काउन्सिललाई सरकारले निर्देशन दिन सक्ने भनिएको छ । अझ काउन्सिलले जरिवाना पनि गर्ने भनिएको छ । यसको अर्थ कार्यपालिकाले सिधै जरिवाना गर्ने भयो । यस्तो पनि कही हुन्छ !

मिडिया काउन्सिलले जरिवाना तोके पनि अदालतमा पुनरावेदन गर्न पाइने व्यवस्था छँदैछ, आत्तिनु पर्दैन भनिँदैछ नि ?

उच्च अदालत जाने भनिएको छ । तर, अदालतमा जाने तौरतरिका फरक छ । सिधै जिल्ला अदालतमा जाँदा सम्पूर्ण प्रमाण जुटाउन पाउनुहुन्छ । काउन्सिलमा मुद्दा हारेर जाँदा उच्च अदालतले काउन्सिलले जुटाएको प्रमाण मात्रै हेर्छ ।

महत्वपूर्ण कुरा, २०४७, २०६३ र वर्तमान संविधानमा पत्रकारलाई जरिवानाको कल्पना गरिएको छैन । सरकार स्वयम् वा प्रेस काउन्सिलमार्फत जरिवाना गर्ने संवैधानिक व्यवस्था छैन । अहिलेको संविधानको धारा १९ को सञ्चारसम्बन्धी हकको व्यवस्था अनुसार नियमन गर्न भने पाइन्छ ।

प्रेसलाई सञ्चार सामग्री प्रकाशनको स्वतन्त्रता छ । त्यसक्रममा आचार संहिता पालना गर्नैपर्छ । सरकार आफैंले निकाय सृष्टि गरेर जरिवाना गराउन सक्दैन । पत्रकारले जहिल्यै हाम्रै गीत गाउन पर्छ भन्न पनि पाइँदैन । लोकतन्त्रमा प्रेस स्वतन्त्रता हुनुपर्छ । हाम्रो संविधानले भनेको पनि त्यही हो ।

उसो भए जनताबाट बहुमत पाएर आएको सरकारले कुन सोचबाट यस्तो विधेयक ल्यायो होला ?

कस्तो सोचबाट आयो, त्यस्तो सोच किन आयो भन्नेतिर जानै परेन, हाम्रो संविधानअनुसार यस्तो गर्न मिल्दैन भनेपछि सकियो । पत्रकारिताको कुरा तपाईँ पत्रकारहरूले र वकालतको कुरा म शम्भु थापाले बुझिन भन्न मिल्दैन ।

मानव अधिकार ऐन संशोधनको विषयमा मानव अधिकार आयोग, मिडिया काउन्सिल विधेयकको विषय सञ्चार जगत, न्यायधीश नियुक्तिको विषयमा बार काउन्सिल, शिक्षा ऐनको विषयमा विश्वविद्यायहरुका सबै पूर्व उपकुलपति रुष्ट छन् । सार्वजनिक खरिद ऐनको विषयमा पनि विरोध छ ।

सबै क्षेत्रका विज्ञहरू किन असन्तुष्ट छन् ? संविधान बन्यो, आवधिक निर्वाचन भयो र सरकार गठन भयो । गणतन्त्रले यस्ता कानूनहरु नखोजेको त सबैलाई थाह छ नि !

यस्तो विधेयकको पक्षमा हुनेहरूलाई आगामी निर्वाचनमा भोट नदिऊँ भन्नुपर्ने हो कि ? चुनावमा कसलाई दिने नभनौं तर, यस्तो विधेयक ल्याउनेहरुलाई चाहिँ नदिउँ भन्ने कि ? किनकी कानून त सिधै ङ्याक्न ल्याउन खोजे नि !

वाक तथा अभिव्यक्ति स्वतन्त्रताको पक्षमा पटकपटक लड्नु पर्ने अवस्था किन आइरहेको छ ?

बोल्ने अधिकार सबैले जन्मिदै लिएर आएको हुन्छ । जन्मिनासाथ च्याँ गरिन्छ । यो अधिकार सरकारले दिएको होइन, कसैले दिने पनि होइन । यो कुरा सम्झाउन चाहन्छु ।

मेरो त जन्म कुण्डली नै यस्तो परेको हुनसक्छ कि चित्त नबुझेको कुरामा बोल्न मन लागिहाल्छ, बोल्छु । स्वतन्त्र प्रेसबारे सरकारले ‘जंगे बोले पछि बोल्यो बोल्यो’ भन्न मिल्दैन । न त सञ्चार जगतले मिल्छ ।

मिडिया भनेको सार्वजनिक वृत्तलाई बलियो बनाउने क्षेत्र हो, यसको जगेर्ना हुनुपर्छ । हाम्रो मानव अधिकार आयोग संसारभर प्रतिष्ठित छ । अनि यसलाई पनि महान्याधिवक्ताको मातहत राख्ने रे ! संवैधानिक निकायको आफ्नै स्तर हुन्छ, यती कुरा विचार गर्नुस् ।

पत्रकारलाई किन कारवाही गर्न नहुने ? पत्रकार कानून भन्दामाथि हुन् ? भन्ने प्रश्न पनि उठेको छ नि ?

किन छैन पत्रकारको कानून । छापाखाना तथा पत्रपत्रिका प्रकाशनसम्बन्धी ऐन पत्रकारकै लागि ल्याइएको होइन त्यसबाहेक अदालतको मानहानीसम्बन्धी कानून पनि छ । गाली बेइज्जती कानून छ । राष्ट्र विप्लवको कानून छ । पत्रकारलाई विद्युतीय कारोबार ऐन पनि लगाइएको छ । उपभोक्तासम्बन्धी ऐन पनि आकर्षित हुनसक्छ ।

त्यसकारण पत्रकारलाई लाग्ने कानून छैन भन्नु सरासर गलत हो । वकिल, पत्रकार, शिक्षक, चिकित्सक आदि पेशाका आप्mनै आचार संहिता पनि हुन्छ । यी पेशामा व्यापारीले जस्तो गर्न पाइँदैन । ‘नेपाल सरकारले बार काउन्सिललाई निर्देशन दिनेछ, त्यो निर्देशन पालना गराउनु महान्याधिवक्ताको कर्तव्य हुनेछ’ भन्ने जस्तो कानून हास्यास्पद हुन्छ ।

सञ्चारमन्त्रीले त सजाय गल्ती गर्नेले भोग्छ, राम्रा पत्रकार किन आतंकित हुनुपर्‍यो भनिरहनु भएको छ नि ?

म कुन व्यक्तिले के भन्यो भन्ने तिर जान चाहन्नँ, कानून र प्रचलित मान्यता अनुसार कुरा गर्छु । अंग्रेजीमा एउटा भनाइ छ– मिस्टेक इज कमिटेट बाई अल । एउटै तथ्यमा ३३ प्रतिशतको धारणा फरक हुन्छ भन्ने अर्को मान्यता छ । पत्रकारले पाएको सूचना सबै सही हुन्छ भन्ने हुँदैन । अभिप्राय राम्रो हुँदाहुँदै पनि काममा गल्ती हुन गयो भने जेल हाल्ने ?

सञ्चारमन्त्रीले जरिवाना ‘लिन सक्नेछ’ मात्र भनेको, लिने नभनेको भन्नु भएको थियो । ‘लिन सक्नेछ’ मात्र भन्दा विरोधै गरिहाल्नु पर्छ र ?

नेपालको संविधानअनुसार यस्तो व्यवस्था गर्नै मिल्दैन भनिसकेपछि ‘लिन सक्नेछ’ वा ‘सक्नेछैन’ भन्नेतिर गइराख्न परेन । काउन्सिलले मुद्दा हेर्नै मिल्दैन भनेपछि मिल्दैन । संवैधानिक व्यवस्थाले हेर्न मिल्दैन भन्छ भने मिल्दैन ।

सरकार विरोधीहरूले विधेयकको विपक्षमा कोकोहोलो मच्चाएको भन्ने आरोप पनि लाग्यो नि ?

मिडिया, मानव अधिकार आयोग लगायत हर क्षेत्रमा असन्तुष्टि छ । सबै क्षेत्रमा विवाद उठाएर आफू सफल भइँदैन । ज्ञानेन्द्र पनि सबै क्षेत्रलाई विवादित बनाएर आफ्नो पक्षकालाई खुशी पार्न खोजेका थिए । यस्तो कुरामा सरकार पक्ष वा विरोधी भन्नेतिर लाग्नु हुँदैन । यती कुरा त बुझ्नु पर्‍यो नि ।

संसदमा सरकारको दुईतिहाई बहुमत छ । उसले चाह्यो भने जति विरोध गरेपनि पारित हुन सक्छ । यो विधेयक पारित भयो भने विकल्प के होला ?

सरकारसँग संसदबाट संविधान नै संशोधन गर्न सक्ने क्षमता छ । तर, यो विधेयक संविधान विपरीत छ । यसको पक्षमा मरिहत्ते गरेर लाग्नुको तुक छैन । यो ऐन नभएर देश विग्रेको वा यो ऐन आए देश बन्ने पनि होइन । न त पत्रकारहरु समृद्धिका बाधक हुन् ।

शाही शासनमा प्रेसलाई नियन्त्रण गर्ने कानूनको विरोधमा अदालत जाँदा तत्कालिन प्रधानन्यायाधीश दीलिपकुमार पौडेलको बेन्चबाट अन्तरिम आदेश नपाएपछि कालो पट्टी बाँध्यौं । उनको बेच्न बहिस्कार गर्ने कुरा गर्दा साथीहरू नमानेपछि बेन्च बहिस्कार होइन, बारको कुनै पनि कार्यक्रममा नबोलाउने निर्णय गर्‍यौं ।

अहिले हामी पूर्ण प्रजातिन्त्रक अधिकार प्रयोग गर्न अगाडि बढ्दैछौं । यस्तो बेला एउटा समाचार वा लेखकै कारण कैद गर्ने भन्ने हुन सक्दैन । त्यो अवस्था आयो भने सबैले लेख्दै जेल जान तयार हुनुपर्‍यो । विगतमा जस्तो सम्पादकीय खाली छाड्ने, सरकारको समाचार बहिष्कार गर्ने पनि हुन सक्ला । म चाहिँ पत्रकार जहाँ उभिन्छन्, त्यही उभिन्छु ।

हेर्नुहोस् भिडियो : 

तस्वीर/भिडियोः चन्द्र आले/अनलाइनखबर

यो पनि पढ्नुहोस यस्तो व्यवस्था निर्दलीय पञ्चायतमा पनि थिएनः प्राध्यापक पी खरेल यो पनि पढ्नुहोस मिडिया काउन्सिल ऐनले पत्रकारितालाई ०४६ साल पछाडि धकेल्छ यो पनि पढ्नुहोस मिडिया काउन्सिल विधेयकका १० असंगति
Continue Reading…

प्रदेश ३ को नाम ताम्सालिङ राख्न प्रस्ताव दर्ता

९ जेठ, हेटौंडा । प्रदेश ३ को नाम ताम्सालिङ राख्न माग गर्दै प्रदेशसभमा प्रस्ताव दर्ता भएको छ । सांसद ओमबहादुर ग्लान र प्रतिमा श्रेष्ठको प्रस्ताव र सांसद प्रेमबहादुर तामाङ, रत्नप्रसाद ढकाल र सीता अधिकारीको समर्थनमा बिहीबार प्रदेशसभा सचिवालयमा प्रस्ताव दर्ता भएको हो ।

प्रस्ताव दर्तापछि सांसद ग्लानले पहिचान भेटिने र द्वन्द्व मेटिने हुनाले प्रदेशको नाम ताम्सालिङ राख्नुपर्ने बताए । उनले संघीय गणतन्त्रात्मक नेपाल राज्यको पुनर्संरचना गर्दा पहिचान र सामर्थ्यलाई मुख्य आधारको रुपमा मान्ने सहमतिलाई पुनर्पुष्टि गर्नका लागि पनि प्रदेश ३ को नाम ताम्सालिङ राख्नुपर्ने उनको भनाइ छ ।

हेर्नुहोस् प्रस्ताव

Continue Reading…

प्रहरीले यसरी विफल बनायो जानकी बिहार लुट्ने योजना

९ जेठ, जनधपुरधाम । धनुषा प्रहरीले जनकपुरधाम-८ बिहार कुण्डस्थित जानकी बिहारका महन्थ नारायण शरणको वासस्थान लुटिनबाट जोगाएको छ ।

मन्दिर र महन्थ शरणको बासस्थानबाट नगद र गरगहना लुट्ने उद्देश्यले आएका ८ जना भारतीय नागरिकहरुलाई प्रहरीले नियन्त्रणमा लिएपछि उनीहरुको योजना विफल भएको हो । उनीहरुलाई नियन्त्रणमा लिन प्रहरीले घेरा हालेर फायरिङसमेत गरेको छ ।

जिल्ला प्रहरी प्रमुख एसपी शेखर खनालले ८ जना भारतीयलाई घेरा हाली नियन्त्रणमा लिने क्रममा उनीहरुको साथमा रहेको हतियार फायर गरी भाग्न लाग्दा जवाफी कारबाही स्वरुप गोली चलाउनु परेको बताए ।

गोली लागेर एक जना भारतीय घाइते भएका छन् । प्रहरीको गोली लागेर घाइते भएका भारतको बिहार राज्य अन्तर्गत समस्तीपुर जिल्ला गदोपुर निवासी २४ वर्षीय रवि मल्लिक डोमको जनकपुर अञ्चल अस्पतालमा उपचार भइरहेको खनालले बताए ।

प्रहरीले मल्लिकसहित समस्तीपुर जिल्लाकै सिमरी-८ बस्ने २० वर्षीय सहील रजक, पटौरी-३ बस्ने २४ वर्षीय अजितकुमार सिंह, भगवानपुर चक्सीव- ४ बस्ने २८ वर्षीय सुजित राय, महोदीनगर-६ का ३० वर्षीय अमितकुमार सिंह, सोही ठाउँको वडानम्बर २ बस्ने २० वर्षीय अमितकुमार यादव, मधुवनी जिल्ला साहरघाट ८ बस्ने ३२ वर्षीय रंजितकुमार भगत र साहरघाट वडानम्बर ८ का ३८ वर्षीय पप्पु भनिने संजयकुमार सुमनलाई पक्राउ गरेको छ ।

पक्राउ परेकाहरुलाई बिहीबार जिल्ला प्रहरी कार्यालयमा पत्रकार सम्मेलन गरी सार्वजनिक गरिएको छ ।

उनीहरुको साथबाट मेड इन यूएसएको एक थान पेस्तोल, त्यसको एक थान म्यागेजिन, २ थान गोली, १ थान खोका, चेम्बरमा गोली लोड रहेको एक थान कटुवा पेस्तोल र त्यसको एक राउण्ड गोली, १ थान खुकुरी, ३ थान मोवाइल, १ थान आधार कार्ड, मोवाइलको व्याट्री एक थान र गाडीको कार्ड १ थान बरामद भएको प्रहरी प्रमुख खनालले जानकारी दिए ।

यस्तो थियो लुट्ने योजना

आठै जना भारतीय जानकी बिहारका महन्थ नारायण शरणको वासस्थानबाट नगद र मन्दिरमा रहेको सुन, चाँदीसहितका गरगहना लुट्ने योजनासहित बुधबार जनकपुर आएका थिए ।

दुई वटा मोटरसाइकल र एउटा स्कुटरमा सवार भएर आएका आठ जनाको समूह जनकपुरधाम ८ महाबीर चोकस्थित लभली होटलमा आएर बास बसेका थिए ।

हतियारसहित आएका उनीहरु बुधबार राति नै लुट्ने योजना बनाएका थिए । ‘उनीहरु अँध्यारोको मौका छोपी लुटपाटको योजना बनाएका रहेछन्’ प्रहरी प्रमुख खनालले भने, ‘गोप्य तरिकबाट यो सूचना प्राप्त भए लगत्तै प्रदेश प्रहरी, संघीय प्रहरी तथा जिल्ला प्रहरी कार्यालयबाट खटिएको टोलीले उनीहरुलाई पक्रेको हो ।’

पक्राउ परेकामध्ये पप्पु भनिने संजय सुमनलाई बीआर०७एजी १५८१ नम्बरको स्कुटरमा चढी भाग्दै गर्दा महोत्तरीको मटिहानीबाट नियन्त्रणमा लिइएको र बाँकीलाई लभली होटलबाटै नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ ।

उनीहरु उक्त स्कुटरसहित बीआर३२एक०८९५ नम्बरको पल्सर र बिआर३२आर८२१३ नम्बरको ग्ल्यामर मोटरसाइकल चढी जनकपुर आएका थिए ।

Continue Reading…

विरामीको आर्तनादः मलाई बचाउनुहोस्

सरकारले बेलाबखत आफ्ना नेता र र कार्यकर्तालाई ‘उपचारको नाममा’ बाढ्ने खर्च हेर्दा लाग्छ, उनका पार्टी नै रोगले ग्रस्त छ ।

जस्तो गतबर्षको अन्त्यातिर अर्थात फागुनमा १२ करोड रुपैयाँभन्दा बढी बाढ्यो, उपचार खर्चको नाममा । यत्तिका पैसा उनीहरुले नै पाए, जो नेता तथा कार्यकर्ता थिए । एकै महिनामा १२ करोड १० लाख रुपैयाँ ‘उपचारका लागि’ बाढेको हो ।

लाखौ, करोडौ रुपैयाँ नेता, मन्त्री, कार्यकर्ताको उपचारका लागि राज्यको ढुकुटीबाट खर्च गरिन्छ । जबकी सर्वसाधरणको दसा भने कम्ता टिठलाग्दो छैन ।

कोही अस्पतालको शैयामा बसेर विलाप गरिरहेका छन्, कोही सडक किनारमा बसेर चिच्चाइरहेका छन्, ‘मलाई बचाउनुहोस् ।’

उपचार खर्चको अभावमा सर्वसाधरण मृत्यु रोज्न बाध्य छन् । जीवनका लागि पनि ‘भिख माग्नुपर्ने’ टिठलाग्दो अवस्था छ यहाँ । तपाईं कुनै अस्पताल पुग्नुहोस्, थुप्रै विरामी उपचारको अभावमा छटपटाइरहेको पाउनुहुनेछ । शहरका सडक-किनारमा नियाल्नुहोस्, उपचारको अभावमा रोइरहेको देख्नुहुनेछ । खासगरी जटिल रोगले थलिएकाहरु जीवन र मृत्युको दोसाँधमा अल्झिएका छन् ।

न उपचार गर्ने खर्च छ, न मृत्यु रोज्न सहज छ । असाह्य पीडा र वाध्यतामा छन् । अवस्था कतिसम्म दयानिय छ भने, उपचार खर्च तिर्न नसकेर कुरुवा (अभिभावक) अस्पतालमै आत्महत्या गरिरहेका छन् ।

परिवारका कुनै सदस्यलाई जटिल किसिमको रोग लागेमा घरबार नै सक्नुपर्ने अवस्था पनि छ । उपचार गर्दागर्दै टाट पल्टेकाहरु धेरै छन् । आफु सम्पूर्ण रुपमा रित्तिएपछि सडकमा ‘सहयोगको याचना’ गर्दै वस्नुको विकल्प छैन । यस्ता वाध्यता अहिले कैयौं नेपालीले झेलिरहेका छन् । अस्पतालमा, सडकमा जताततै ‘मलाई बचाउनुहोस्’ भन्दै रोइ-कराई गरिरहेका छन् ।

सर्वसाधरणको आर्तनाद

‘बिगत ७ बर्षदेखि मलाई अप्लास्टिक एनीमिया भएको र बोनम्यारो प्रत्यारोपण गर्नुपरेकाले’ भन्दै सामाजिक सञ्जालमा बिष्णुमाया लामाको एकाउन्टबाट उपचारका लागि सहयोग गर्न बिन्ती गरिएको छ ।

सिन्धुली  पिपलमादीकी बिष्णुमाया वाइबा नामकी उनी अहिले नयाँ बानेश्वरको सिभिल अस्पतालमा उपचार गराइहेको उक्त पोस्टमा खुलाइएको छ । त्यहाँ लेखिएको छ, ‘बोनम्यारो प्रत्यारोपणका लागि तीन महिनाभित्र २५ लाख जम्मा गरिसक्नुपर्नेछ । तर, मेरो आर्थिक अवस्था कमजोर छ । मलाई बचाउनुहोस् ।’

उनले आफ्नो श्रीमान् साउदी अरबमा रहेको र उनले पनि सक्दो सहयोग गरिरहेकै बताएकी छिन् । उनको पोस्टमा अस्पतालकको कागजागत समेत राखिएको छ ।

यस्तै अर्की युवतीले पनि बोनम्यारो प्रत्यारोपणकै अनुरोध गर्दै फेसबुकमा लेखेकी छिन्, ‘आज म हजुरहरुप्रति दोस्रो जन्मको भिख माग्दैछु, सकेको सहयोग गर्नुहोला ।’ उनको नाम लेखिएको छ, अनिशा लामा । ठेगाना सर्लाही जिल्लाको बरहथावा । उपचारको क्रममा १३ लाख ऋण लागेको र सबै खेतबारी सकिएको उनको पोस्टमा उल्लेख गरिएको छ । उनलाई पनि चिकित्सकले २५ लाख रुपैयाँभन्दा बढी लाग्ने बताएकाले उपचारका लागि सहयोगको याचना गरेकी छिन् ।

इलाम, बरबोटेका समीर सुब्ब पनि अहिले उपचारकै अभावमा छटपटाइरहेका छन् । दुबै मिर्गौला काम नलाग्ने भएपछि उपचारका लागि काठमाडौंको नर्भिक अस्पतालमा आएका उनी ‘सहयोग गरिदिन’ भन्दै बिन्ती गरिरहेका छन् । कमजोर आर्थिक अवस्थाका उनीसँग उपचार तथा औषधीका लागि खर्च छैन । उनले आफ्ना छिमेकी साथीभाईलाई गुहारेका छन् ।

कालिकोट, नरहरीनाथकी उर्मिला बिष्ट बोहोराको उपचारका लागि अहिले ‘बचाउ अभियान’ चलाइएको छ । उनको उपचार खर्च जुटाउनका लागि कर्णाली प्रदेशको सुर्खेतमा बचाउन अभियान चलाइदैछ । उनी ब्रेन ट्युमरको रोगी भएको र काठमाडौं, महारजगञ्जको शिक्षण अस्पतालमा उपचार भइरहेको बताइन्छ ।

सामाजिक सञ्जालमा यस्ता अनगिन्ती पोस्ट देख्न पाइन्छ । यसमध्ये धेरैजसो मिर्गौला रोगले ग्रस्तहरु छन् । उनीहरु सबै सहयोगी मनलाई सकेको सहयोग गर्न अनुरोध गरिरहेका हुन्छन् ।

सामाजिक सञ्जाल र मनकारीहरु

यसरी उपचार अभावमा छटपटाइरहेकाहरुलाई राज्यले होइन, सर्वसाधरणले नै सहयोग गरिरहेका छन् । सामाजिक सञ्जाल खासगरी फेसबुक यसको गतिलो माध्याम बनेको छ । फेसबुकमा विभिन्न समूह बनाएरै सहयोग उठाउने गरिएको छ ।

यसरी सहयोगमा जुट्नेहरु तिनै हुन्, जो विदेशमा श्रम र पसिना बगाइरहेका छन् । वैदेशिक रोजगारीमा रहेकाहरुले नै सबैभन्दा बढी सहयोगका लागि हातेमालो गरिरहेको पाइन्छ । उनीहरु आफुले सकेको पैसा दिएर पीडितको घाउ सेकताप गरिरहेका छन् ।

सर्तकता पनि

अहिले कतिपयले यस्तै कामलाई कमाई खाने धन्दा बनाएको हुनसक्छ भनेर शंसय गर्ने ठाउँ छ । किनभने सामाजिक सञ्जालमार्फत बिरामीको नाम भजाएर पैसा उठाउन लागिपरेका हुन्छन् । यसैले आफुले सहयोग गर्नुपर्ने रोगी निश्चित गरेपछि मात्र सहयोग गर्नुपर्ने हुन्छ ।

Continue Reading…

Met officials predict light rainfall and thunderstorm for next few days

Kathmandu, May 23

The Meteorological Forecasting Division has predicted partial to general cloudy sky at most of the places of the country due to the influences of westerly wind today.

There is also a possibility of light to moderate rainfall along with lightning towards the afternoon.

Senior meteorologist of the Division, Min Kumar Aryal, says that the weather has been affected in the western part due to the influence of westerly wind and in the central and hilly areas due to influence of local wind.

“This is premonsoon period and this kind of weather is expected,” he adds.

According to the Division, partial to general cloudy sky has been predicted for most of the parts of the country while there is a possibility of light rainfall along with thunderstorm at some places of hilly area on Thursday night.

Similarly, hilly areas of the country would remain partial cloudy and there is also a possibility of rainfall along with lightning in the afternoon on Friday.

Likewise, the Division has predicted fully cloudy weather in eastern parts of the country on Saturday as well as a possibility of partial to light rainfall at hilly parts of midwestern area.

There is a possibility of rainfall along with thunderstorm in eastern part of the country towards the afternoon.

RSS

Continue Reading…

मिडिया काउन्सिल विधेयककाे बिरुद्धमा बाेले बामदेव

काठमाडौं । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का सचिवालय सदस्य वामदेव गौतमले संसदमा दर्ता भएको मिडिया काउन्सिल विधेयक अगाडि नबढाउन आग्रह गरेका छन् । नेता गौतमले बिहीबार विज्ञप्ति जारी गर्दै यस्तो आग्रह गरेका हुन् ।

गौतमद्वारा बिहीबार जारी विज्ञप्तिमा भनिएको छ, ‘राष्ट्रियसभा सचिवायलयमा रहेको उक्त विधेयकका विवादास्पद प्रावधानहरु सञ्चार क्षेत्रका जिम्मेवार एवं सरोकारवालासँग छलफल गरी टुंगो लगाउन र अहिलेकै अवस्थामा अघि नबढाउन म नेपाल सरकार, सम्बन्धित सरकारी निकायलगायत सम्बन्धित सबैमा आग्रह गर्दछु ।’

विधेयकका कतिपय प्रावधान संविधानको अक्षर र भावना अनुरुप नभएको गौतमको निष्कर्ष छ । ‘उक्त विधेयकका केही प्रावधान नेपालको संविधानको अक्षर र भावनाअनुरुप बनाउनुपर्ने आवश्यकता मैले देखेको छु’, उनले विज्ञप्तिमा लेखका छन् ।

सरकार, राजनीतिक पार्टी र प्रेस सबै मर्यादित र अनुशासित हुनुपर्दछ भन्ने विचारसँग आफू पूर्ण सहमत भएको भन्दै उनले समय समयमा पेशाको मर्यादा र भावना कुल्चिएर गरिने पत्रकारिता (पीत पत्रकारिता)बाट आफू पनि शिकार हुँदै आएको विज्ञप्तिमा उल्लेख छ ।

समाचार लेखेकै कारण पत्रकारलाई दश लाख रुपैयाँसम्म जरिवाना गर्ने व्यवस्था उचित नभएको गौतमको निष्कर्ष छ । बोल्न नसक्नेहरूका प्रतिनिधि, समाजका पहरेदार र ऐनाको रुपमा रहेको पत्रकारलाई सुरक्षित रुपमा काम गर्ने वातावरण बनाउनुपर्नेमा उनको जोड छ ।

Continue Reading…

भारतमा बीजेपीले एक्लै बहुमत ल्याउने संकेत

९ जेठ, काठमाडौं । एक महिना लामो चुनावी सरगर्मीपछि भारतमा बिहीबार सुरु भएको मतगणनामा सत्तारुढ भारतीय जनता पार्टी एक्लै बहुमत नजिक पुगेको छ ।

बिहीबार विहान स्थानीय समयअनुसार ८ बजेदेखि सुरु भएको मतगणनामा प्रधानमन्त्री नरेन्द्र मोदीको पार्टी नेतृत्वको नेशनल डेमोक्रेटिक एलायन्सले ५ सय ४३ मध्ये ३ सय ४२ सिटमा अग्रता लिएको छ ।

जसमा भारतीय जनता पार्टी (बीजेपी) २ सय ९० भन्दा बढी सिटमा अग्रता लिएको भारतीय सञ्चार माध्यमहरुले जनाएका छन् । यसअघि सन् २०१४ को निर्वाचनमा बीजेपीले २ सय ८२ सिटमा जित हासिल गरेको थियो । बहुमतका लागि २ सय ७२ सिटमा जित हासिल गर्नुपर्छ ।

अहिलेको निर्वाचन परिणामले भारतमा बीजेपीको लोकप्रियता नघटेको देखाएको छ । त्यसको विपरीत बरु मतगणनाको प्रारम्भिक नतिजाले सत्तारुढ गठबन्धन अघिल्लो निर्वाचन भन्दा बढी सिट जित्नेतर्फ उन्मुख देखिएको छ ।

भारतको गुजरात र राजस्थान राज्यका सबैजसो सिटमा बीजेपीले अग्रता लिएको छ । त्यस्तै पश्चिम बंगाल र ओडिसामा पनि भाजपाले धेरै सिटमा अग्रता लिएको छ । गुजरातका सबै २६ सिटमा बीजेपीले अग्रता लिएको छ ।

बीजेपीले उत्तर प्रदेशमा ५६ सिटमा अग्रता हासिल गरेको छ । त्यसपछि बहुजन समाजवादी पार्टीले १२, समाजवादी पार्टीले ८ र कांग्रेसले १ सिटमा अग्रता लिएको छ । त्यस्तै बिहारमा बीजेपीले १६, जनता दल युनाइटेडले १६ स्थानमा अग्रता लिएको छ । बीजेपीले पश्चिम बंगलालमा १७, महाराष्ट्रमा २३, राजस्थानमा २४ र मध्य प्रदेशमा २८ स्थानमा अग्रता लिएको छ ।

Continue Reading…

करुणा जगाउनुहोस् संसार सुन्दर देखिनेछ

संसार, आफु अन्सार । अर्थात हामी जस्तो छौं, हामीले भोग्ने संसार त्यही अनुसार निर्माण हुने हो । हामी खराब छौ, लोभी छौ, हिंस्रक छौ, व्यभिचारी, इष्र्यालु छौ भने हाम्रो संसार सुरक्षित हुँदैन । हाम्रो संसारमा खुसी हुँदैन । हाम्रो संसारमा उमंग हुँदैन । हाम्रो संसारमा प्रेम हुँदैन ।

बरु निरासा, भय, कुण्ठा, क्रोध, लोभले भरिएको हुनेछ । यस्तो संसारलाई नर्क लोक भनेर पनि व्याख्या गर्न सकिन्छ । धर्म-दर्शनले विभिन्न लोकको परिकल्पना गरेको छ । त्यसमध्ये एक हो, नर्क लोक । अर्थात प्रेत लोक । यस्तो लोकमा मान्छेलाई चैन हुँदैन । सुख हुँदैन । निर्भय हुँदैन ।

कुन लोकमा प्रवेश गर्ने ? कुन लोकमा बस्ने ? त्यो कुरा अरुले होइन । हामी आफैले निर्धारण गर्न सक्छौं ।

हामी भन्छौ नि, यमराजले हामीलाई नर्क लोकमा पुर्‍याउँछ । त्यो डरलाग्दो र निर्दयी यमराज भने हामीभित्रै छ । हामी भित्रको घृणा, अहंकार, दम्भ, लोभ, मोह, इष्र्या, रिस, डाह, वासना नै त्यो कु-तत्व हो, जसले हामीलाई नर्कमा पुर्‍याउँछ ।

मनभित्र बुद्ध पनि हिटलर पनि

हरेक मान्छेभित्र बुद्ध हुन्छ । र, हरेक मान्छेभित्र हिटलर पनि हुन्छ । हरेक मान्छेमा करुणा, प्रेम, स्नेह हुन्छ । यसैगरी हरेक मान्छेभित्र लोभ, मोह, इष्र्या पनि हुन्छ । यी दुवै कु-तत्व र सु-तत्वले मनमा बास बस्छ । मनमा राज गर्छ । अब कसलाई मनमा राख्ने र कसलाई मनबाट बहिष्कार गर्ने ?

यो कुरा चाहि हो हामीले जान्नुपर्ने ।

मनभित्रका लोभ, इष्र्य, दम्भलाई जति सक्छौ बहिष्कार गर्नुपर्छ । शरीरभित्र प्रवेश गर्नै दिनुहुन्न । जब यि कु-तत्वहरु मनबाट अलग हुन्छ, शरीर शुद्ध हुन्छ । यो एक शुद्धिकरणको विधी पनि हो ।

करुणाको मूल फुटाउनुपर्छ

मनलाई शुद्ध गरिसकेपछि त्यहाँ एउटा स्रोत फेला पर्छ । त्यो स्रोत करुणाको हो । प्रेमको हो । मैत्रियको हो । मनभित्र त्यही करुणाको मूल फुटाउनुपर्छ । मनलाई करुणाले सिंचित गर्नुपर्छ । तब हामी करुणामय बन्छौ । कसैको दुःखमा, कसैको पीडामा, कसैको अभावमा, कसैका समस्यामा हाम्रो मन पग्लिन्छ ।

मनभित्र करुणाको मूल फुटाउनु भनेको मनलाई हराभरा बनाउनु हो । कोमल र मुलायम बनाउनु हो । उर्वर बनाउनु हो । यस्तो मनमा दया, समर्पण, त्याग, इमान्दारीता हुन्छ ।

जब मनको शुद्धिकरण गरेर करुणाले भरिपूर्ण बनाइन्छ, तब हामी सबैसँग मित्रवत् हुनसक्छौ । सबै हामीलाई आफन्त लाग्छन् । सन्तान लाग्छन् । कोही बैरी हुँदैनन् । कोही दुश्मन हुँदैनन् । कोही प्रतिस्पर्धी हुँदैनन् । तब हामीमा मोह, डाह, इष्र्या घमण्ड जाग्दैन ।

संसार सुन्दर देखिनेछ

एउटी आमाले काखमा खेलाइरहेको बच्चालाई कति ममतामय स्पर्श गर्छिन् ? कति प्रेमले हुर्काउँछिन् ? कति स्नेहले अंगालो हाल्छिन् । यसरी संसारलाई नै आफ्नो करुणामय भावले हेरियो र बुझियो भने सबै आफ्ना लाग्छन् । र, सवैलाई हामी प्रेम गर्न थाल्छौ । हाम्रो इष्र्य, दम्भ आफै नष्ट भएर जानेछन् ।

मनमा करुणा हुनुपर्छ । मैत्रियको भाव जगाउनुपर्छ । संसार आफ्नै लाग्नेछ । संसार सुन्दर लाग्नेछ ।

हामी आखिर रिस, राग किन गरिरहेका छौ ? किन दुश्नमी मोलिरहेका छौ ? किन झगडा गरिरहेका छौ ? किनभने हामीभित्र नकारात्मक तत्व हामी भइरहेका छन् । ति नकारात्मक तत्वले सधै हामीमाथि अधिन जमाउन खोज्छ । हामी भित्रको राम्रा तत्वहरुलाई थिच्न र उछिन्न खोज्छ । हरेकजसो समय हामीभित्र यस्तो अन्र्तद्वन्द्व भइरहेकै हुन्छ । तर, कसलाई जिताउने र कसलाई हराउने भन्ने कु्रा हाम्रो हातमा छ ।

हामीले आफुभित्रको खराब तत्वलाई जब बहिष्कार गर्छौं, तब हामीभित्र करुणा र मैत्रिय भाव पैदा हुन्छ । यसले नै त हामीलाई सुखी र खुसी दिलाउने ।

इष्र्या, दम्भ पालेर झगडा गरिरहँदा त्यसले दिने निचोड के हो ? हामी कस्तो युद्ध जित्न खोजिरहेका छौ ? हामी कहिलेसम्म यस्तो लडाई लडिरहनेछौ ? यसको उपलब्धी के हो ?

मृत्युको मुखमा पुग्दासम्म हामीले यसको जवाफ फेला पार्ने छैनौ । किनभने यो अन्त्यहिन लडाई हो । इष्र्या, दम्भ र लोभको लडाई कहिल्यै टुगिंदैन । अर्को सत्य के पनि हो भने, यसले कहिले पनि सकारात्मक नतिजा दिदैन ।

Continue Reading…

स्थानीय तह र प्रदेशले आम्दानीको १० प्रतिशतसम्म आन्तरिक ऋण उठाउन पाउने

९ जेठ, काठमाडौं । आगामी आर्थिक वर्ष २०७६/७७ का लागि ७५३ स्थानीय तहले अनुदानबाहेक कूल आयको अधिकतम १० प्रतिशतसम्म आन्तरिक ऋण उठाउन पाउने भएका छन् । राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगले आन्तरिक ऋणको यो सिमा निर्धारण गरेको हो ।

आगामी आवमा स्थानीय तहको कूल आन्तरिक आय २४ अर्ब ९४ करोड हुने अनुमान छ । संघीय सरकारबाट राजस्व बाँडफाँटका माध्यमबाट पुग्ने रकम अनुमानित ७० अर्ब ८३ करोड हुनेछ । यी दुई स्रोत स्थानीय तहको वास्तविक आय हो । आयोगको सिफारिस अनुसार वास्तविक आयको १० प्रतिशत ननाघ्ने गरी स्थानीय तहले आन्तरिक ऋण उठाउन पाउँछन् ।

यसप्रकार कूल आय ९५ अर्ब ७८ करोड ४२३ लाखको १० प्रतिशत अर्थात ९ अर्ब ५७ करोड रुपैयाँ आन्तरिक ऋण परिचालन गर्न सक्ने सिफारिस आयोगले गरेको छ । यस हिसाबले ७ सय ५३ वटा स्थानीय तहले औसत १२ करोड ७२ लाख रुपैयाँसम्म आन्तरिक ऋण उठाउन पाउने भएका छन् । तर, हरेक स्थानीय तहको छुट्टाछुट्टै आम्दानी हुने भएकाले सिद्धान्ततः कूल आन्तरिक आय र राजस्व बाँडफाँडबाट प्राप्त रकमको १० प्रतिशतभन्दा बढी आन्तरिक ऋण परिचालन गर्न स्थानीय तहले पाउने छैनन् ।

प्रदेशको सीमा १ अर्ब २५ करोड

आयोगको सिफारिसअनुसार प्रदेशले पनि आन्तरिक आय र संघबाट राजस्व बाँडफाँटका माध्यमबाट पाउने रकममध्ये १० प्रतिशतसम्म मात्र ऋण उठाउन सक्ने प्रावधान तोकिएको छ । आयोगका अनुसार आगामी आवमा ७ वटा प्रदेशले २३ अर्ब २८ करोड ६० लाख आन्तरिक आय गर्ने अनुमान छ ।

यस वर्ष ६४ लाख ३६ हजार ९८ लाख रुपैयाँ राजस्व बाँटफाँडका माध्यमबाट प्राप्त हुनेछ । यसरी हुने कूल आय ८७ अर्ब, ६५ करोड ५८ लाखको १० प्रतिशत अर्थात ८ अर्ब ७६ करोड ५५ लाख रुपैयाँ आन्तरिक ऋण परिचालनको सीमा ७ प्रदेशले पाएका छन् । यस रकमअनुसार आगामी आवमा प्रतिप्रदेश औसत १ अर्ब २५ करोड रुपैयाँसम्म आन्तरिक ऋण उठाउन पाइने सीमा आयोगले सिफारिस गरेको छ ।

यस्तो छ आन्तरिक ऋणको सीमा

नेपाल सरकार

· तत्कालको समष्टिगत आर्थिक स्थिति, प्रदेश तथा स्थानीय तहले परिचालन गर्ने आन्तरिक ऋणको अवस्था र बजारको स्थिति समेत विश्लेषण गरी आर्थिक वर्ष २०७६/७७ को प्रक्षेपित कूल गार्हस्थ्य उत्पादनको ५ प्रतिशतमा नबढ्ने गरी आन्तरिक ऋण उठाउने

· पूँजी निर्माणमा सहयोग पुग्ने गरी आन्तरिक ऋणको उपयोग गर्ने

प्रदेश सरकार

· आव २०७६/७७ मा संघीय सरकारबाट प्राप्त हुने राजस्व बाँडफाँट र प्रदेश तहको आफ्नो आन्तरिक स्रोतबाट प्राप्त हुने राजस्वको योगफलको १० प्रतिशतमा नबढ्ने गरी आन्तरिक ऋण उठाउने

· आन्तरिक ऋणको परिचालन पूँजी निर्माण र दीर्घकालीन लाभका क्षेत्रमा गर्ने

· साधारण प्रकृतिका र प्रशासनिक खर्चका लागि आन्तरिक ऋण उपयोग नगर्ने

स्थानीय तह

· आव २०७६/७७ मा संघीय सरकार र प्रदेश सञ्चित कोषबाट प्राप्त हुने राजस्व बाँडफाँट र स्थानीय तहको आफ्नो आन्तरिक स्रोतबाट प्राप्त हुने राजस्वको योगफलको १० प्रतिशतमा नबढ्ने गरी आन्तरिक ऋण उठाउने

· स्थानीय तहको पूर्वाधार निर्माणमा ऋण प्रवाह गर्ने प्रयोजनमा नेपाल सरकारले गठन गरेको विशिष्ठकृत संस्थाले गर्ने ऋण लगानीको हकमा यो सीमा लागू नहुने

· आन्तरिक ऋणको परिचालन पूँजी निर्माण र दीर्घकालीन लाभ दिने प्रकृतिका उत्पादनशील, रोजगारमुलक तथा आन्तरिक आय बढाउने क्षेत्रमा गर्ने

· साधारण प्रकृतिका र प्रशासनिक खर्चका लागि आन्तरिक ऋण उपयोग नगर्ने

किन आवश्यक छ आन्तरिक ऋण ?

तीनवटै तहका सरकारले संविधानअनुसार घाटा बजेट बनाउन सक्ने प्रावधान छ । तर, त्यसको व्यवस्थापनको स्रोत भने सरकारसँग हुनुपर्छ । संघ, प्रदेश र स्थानीय तहले घाटा बजेट व्यवस्थापन गर्न आन्तरिक ऋण परिचालन गर्न सक्छन् । अन्तर-सरकारी वित्त व्यवस्थापन ऐन, २०७४ अनुसार राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगले सिफारिस गरेको सीमाभित्र बसेर मात्र सरकारहरुले आन्तरिक ऋण उठाउन सक्छन् ।

Continue Reading…

नायक विवेकलाई ज्यान मार्ने धम्की

बलिउड नायक विवेक ओबरोय अहिले विवादमा तानिएका छन् । उनले आफ्नो टि्वटरमा एक मिम सेयर गरेपछि उनी विवादमा तानिएका हुन् । उनले ऐश्वर्य रायमाथि गरिएको मिमलाई आफ्नोर टि्वटरमा सेयर गरेका थिए । पछि विवेकले माफी समेत माग्नुपर्यो ।

अहिले उनै विवेकलाई नक्सलवादीले ज्यान मार्ने धम्की दिएका छन् । नक्सलवादीले विवेकलाई चलचित्र ‘पीएम नरेन्ऽ मोदी’को कारणलाई लिएर ज्यान मार्ने धम्की दिएका हुन् । नरेन्द्र मोदीको जीवनमा आधारित रहेर निर्माण भएको उक्त चलचित्रमा विवेकले मुख्य भूमिका निर्वाह गरेका छन् ।

उक्त धम्कीपछि विवेकलाई मुम्बई पुलिसले सुरक्षा दिइरहेको छ । विवेकलाई बुधबारबाट दुई नीजि सुरक्षाकर्मी प्रदान गरिएको छ । विवेकको घर बाहिर एक पुलिस वाहन पनि राखिएको छ ।

Continue Reading…
Loading...

Popular Bla Bla's

Loading...

Latest Bla Bla's on Fun2Sh

Powered by Blogger.
Copyright © Funtoosh Blog