Wednesday, October 31, 2018

Four Nepali cricketers in ICC T20 rankings

Kathmandu, November 1

Four Nepali cricketers have been included in the latest rankings of the International Cricket Council (ICC) T20 announced on Wednesday night.

Batsmen Paras Khadka and Sharad Vesawkar, and bowlers Sompal Kami and Basant Regmi have been included in the ICC T20 ranking inside 100.

In the batsmen’s category, Khadka is ranked 94th while Vesawkar has made into the 100th position. Similarly, Regmi is ranked 74th while Kami is ranked 92nd in bowling category.

Khadka and Kami are also included in the allrounders’ ranking, in 39th and 61st positions respectively.

The ICC determines the ranking of the players based on their performance in international tournaments.

Continue Reading…

सिटी एक्स्प्रेसको ‘लखपति एक्स्प्रेस’ योजनाको विजेता घाेषित

१४ कात्तिक, काठमाडाैं । सिटी एक्स्प्रेसको ‘लखपति एक्स्प्रेस’ उपहार योजना अन्तर्गत पहिलो महिनाको एक लाख विजेता घोषणा भएको छ ।

उपहार घोषणा अन्तर्गत कोरीयाको जी मनी ट्रान्स (सिटी एक्स्प्रेसको सहायक संस्था) बाट पैसा पठाई पहिलो महिनाको १००,००० को मासिक लक्कीड्रमा बासु थापा क्षेत्री विजेता घोषित भएका छन् ।

सिटी एक्सप्रेस कम्प्लेक्स भवनमा कार्यक्रमको आयोजना गरी उक्त नगद पुरस्कार कम्पनीमा आयोजित समारोह बिच कम्पनीका प्रबन्ध निर्देशक चन्द्र टण्डनले वितरण गरे ।

कम्पनीका अनुसार लक्की ड्र मार्फत उपभोक्ताहरुले दैनिक २०० को मोबाइल टप अप १२ जनाले जित्न सक्ने छन् । त्यसैगरी साप्ताहिक रुपमा तीन विजेताले दश हजार र हरेक महिना लक्की ड्र मा विजयी हुने एक जनाले एक लाख जित्न सक्ने छन् ।

उपहार योजनाको अन्त्यमा एकजना भाग्यशाली विजेताले बम्पर उपहार र सिटी एक्स्प्रेस मनी ट्रान्सफर १२औं वर्ष प्रवेश गरेको उपलक्ष्यमा १२ लाख जित्न सक्ने घोषणा भएको थियो ।

यो अफर असोज १ गते देखि मंसिर २९ गते सम्म लागू हुनेछ । यो अवधिभर सिटी एक्सप्रेस मार्फत मनी ट्रान्स्फर गर्ने सम्पूर्ण सेवाग्राही यो उपहार योजनामा सहभागी हुनेछन् ।

यस उपहार योजना अबधीमा हाल सम्म दैनिक उपहार योजना अन्तर्गत ४३ जनाले २०० को मोबाइल टप अप, साप्ताहिक रुपमा १५ जना विजेताले १०,००० जितिसकेका छन् । ती सबै उपहारहरु विद्युतीय लक्कीड्र मार्फत विजेता छनौट गरिएको थियो ।

Continue Reading…

काठमाडाैंका विभिन्न रुटमा आईसरका बस

१४ कात्तिक, काठमाडौं । १० थान आईसरको बसहरु रिद्धि सिद्धि यातायत द्धारा संचालनमा ल्याईएको छ ।

उक्त बसहरु गुणस्तरीय, कम्पनी बडी विल्ड, माईलेज, आरमदाई सिट र टिल र टेलिस्कोपिक स्टेरिंग भएको कारणले गर्दा संचालनमा ल्याइएको हो जस्ले गर्दा ब्यापारी र यात्रुहरु दुवैलाई फाइदाजनक साबित हुने कुरा रिद्धि सिद्धि यातायतका अध्यक्षले जानकारी दिए ।

साथै काठमाडौंको विभिन्न रुटमा एकैचोटी १० वटा संचालन भएको हुँदा व्यवसायीहरु थप हर्षित र उत्साहित रहेको कुरा यस रिद्धि सिद्धि यातायतका अध्यक्षले जानकारी दिए ।

उक्त साँचो हस्तान्तरण कार्यक्रममा आईसर बस तथा ट्रकको नेपालको लागि आधीकारीक विक्रेता, बतास ग्रुप अन्तर्गत इस्टर्न एजेन्सीस प्रालिका म्यानेजिंग डिरेक्टर शान्ता राज बतासले नेपालमा आईसर गााडीको माग बढिरहेको र यसको पछाडी गाडीको जेनुइन् पार्ट्स, उच्चतम माईलेज र सुरक्षित यात्रा नै भएको बताए ।

उक्त बस टौदह हुँदै चोभार, मेडिसिटि, नख्खु, एकान्तकुना, लगनखेल, जावलाखेल, त्रिपुरेश्वर, सुनधारा, जमल, सोह्रखुट्टे, बालाजु चोक, बाईस धारा, माछापोखरी सोह्रखुट्टे हुदैँ सोहि रुट फिर्ता हुनेछ । आगामी दिनमा पनि यसरी नै यात्रुहरुलाई निरन्तर सेवा दिईरहने प्रतिबद्धता जनाइएको छ ।

Continue Reading…

गोर्खा ब्वाइज माउण्ट स्टार प्रतियोगिताको सेमिफाइनलमा

१४ कात्तिक, बुटवल । बुटवलको नहरपुरमा जारी पाचौं माउण्ट स्टार नक आउट फुटबल प्रतियोगितामा गोर्खा ब्वाइज क्लब बुटवल सेमिफाइनलमा प्रवेश गरेको छ ।

नहरपुर मावि खेल मैदानमा बुधबार भएको खेलमा सशस्त्र प्रहरीको एपीएफ क्लबलाई १-० ले पराजित गर्दै गोर्खा ब्वाइज अन्तिम चारमा पुगेको हो ।

गोर्खाको जितमा एकमात्र गोल नानाले गरेका थिए । खेलको ७३ औ मिनेटमा दिपेशजंग थापाको क्रसमा नानाले उत्कृष्ट गोल गरेका थिए । खेलमा गोर्खाका निशान्त न्यौपाने म्यान अफ दि म्याच घोषित भए ।

प्रतियोगितामा बिहीबार सेभेन स्टार बेलभरिया र आयोजक माउण्ट स्टार क्लबका बीच हुने संयोजक विनोद गौतम क्षेत्रीले बताए ।

प्रतियोगितामा काठमाडौं, नवलपरासी, मकवानपुर, चितवन, कपिलवस्तु र रुपन्देहीका गरी १६ वटा टिमले भाग लिएका थिए ।

Continue Reading…

एलजीको ७५ इन्चको युएचडी टिभी नेपाली बजारमा

१४ कात्तिक, काठमाडौं । एलजीले ७५ इन्च को युएचडि टिभी नेपाली बजारमा ल्याएको छ ।

यस टिभीमा क्वाड कोर प्रोसेसर, वेब ओएस, अपरेटिङ सिस्टम, म्याजिक मोसन रिमोट कन्ट्रोल, ४के यूएचडी डिस्प्ले, ४के एक्टिभ एचडीआर, आईपीएस प्यानल, थिन क्यू एआई जस्ता विशेषता रहेको कम्पनिले जनाएको छ ।

एआई थिनक्यू इनएवल टिभीले एक सुव्यवस्थित अनुभव प्रदान गर्दछ जसले प्रयोगकर्ताहरुलाई दैनिक कार्यहरु व्यवस्थापन गर्न अनुमति दिन्छ । माइक्रो बटन थिची सूचनाको लागि सोध्न सकिन्छ ।

जस्तै मौसमको पूर्वानुमान, अन्तिम स्पोर्ट् अंकहरु गुगल एसिस्टेन्टको मद्दतले तपाईले आफ्नो आवाजले टिभीलाई नियन्त्रण गर्न सक्नुहुनेछ ।

यस टि.भी.को नेपाली बजारमा रु ९,४०,९९० मूल्य रहेकोमा तिहार तथा छठ को अवसरमा यसमा भारि छुट र एल.जी.को एसजे४ स्पिकर उपहार स्वरुप कम्पनीले प्रदान गरको छ ।

Continue Reading…

गुल्मीमा विष सेवन गरी तीन छात्रा विरामी

१४ कात्तिक, गुल्मी । गुल्मीमा एक जना छात्राले प्रेम सम्बन्धका कारण विष सेवन गरेकी छन् । उनले आफ्ना दुईजना साथीलाई समेत विष सेवन गराएको प्रहरीले जानकारी दिएको छ ।

रेसुङ्गा नगरपालिका १० स्थित भगवती माध्यामिक विद्यालयमा कक्षा-१० मा अध्ययन गर्ने समीक्षा थापा, सपना थापा र पार्वती केसीले विष सेवन गरी बिरामी भएको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रमुख, प्रहरी उपरीक्षक (एसपी) दिपककुमार बस्नेतले जानकारी दिए ।

बुधबार स्कुलमै मुसा मार्न प्रयोग हुने विष बोतलमा घोलेर सुरुमा समीक्षाले खाएको र पछि अरु २ जना साथीहरूलाई खानेपानी भनेर खुवाएको एसपी बस्नेतले बताए ।

बिहान अतिरिक्त कक्षा चलिरहेको समयमा उनीहरुलेे विष सेवन गरेको प्रहरीले जनाएको छ । विष सेवन गरेका तीनै जनालाई जिल्ला अस्पताल तम्घासमा सामान्य उपचार गरी थप उपचारको लागि लुम्बिनी मेडिकल कलेज प्रभास रेफर गरिएको छ ।

समीक्षाले प्रेम सम्बन्धका कारण तनाव भएपछि विष सेवन गरेको बताएको प्रहरीले जनाएको छ । अन्य दुईजनालाई भने समीक्षाले नै पानी भनी खान लिएको प्रहरीले बताएको छ ।

Continue Reading…

माछापुच्छ्र्रे बैंकद्वारा ओम अस्पताल र नेपाल क्यान्सर अस्पतालसँग सम्झौता

१४ कात्तिक, काठमाडौं । माछापुच्छ्र्रे बैंक, ओम हस्पिटल एण्ड रिसर्च सेन्टर प्रालि र नेपालक्यान्सर हस्पिटल एण्ड रिसर्च सेन्टर प्रालि बीच बैंकका ग्राहकहरुलाई छुट प्रदान गर्ने सम्बन्धी छुट्टा छुट्टै सम्झौता भएको छ ।

सम्झौतापत्रमा माछापुच्छ्रे बैंकको तर्फबाट नायव प्रमुख कार्यकारी अधिकृत सन्तोष कोईराला तथा ओम हस्पिटल एण्ड रिसर्च सेन्टरको तर्फबाट प्रवन्ध निर्देशक बाबुकाजी कार्की र नेपाल क्यान्सर अस्पताल र अनुसन्धान केन्द्रको तर्फबाट कार्यकारी अध्यक्ष सुदिप श्रेष्ठले हस्ताक्षर गरे ।

सम्झौता अनुसार अब माछापुच्छ्र्रे बैंककाग्राहकहरूलेओम हस्पिटलका सेवाहरुमा सात प्रतिशत सम्मको छुट पाउन सक्ने जनाइएको छ ।

ओम हस्पिटलले उपचार गराउन आउने बैंकका ग्राहकहरूलाई प्याथोलोजी, अल्ट्रासाउन्ड, जेनरल हेल्थ चेकअप, सिटि स्क्यान/एक्सरे, म्यामोग्राफि, इसिजि, इको, इन्डोस्कोपी, कोलोनोस्कोपी, डेन्टल उपचार, अपरेसन चार्ज, बेड चार्ज, मेडिकल चार्ज रल्याब एण्ड रेडियोलोजी सेवामा सात प्रतिशत छुट दिने जारी विज्ञप्तिमा उल्लेख छ ।

त्यसै गरी अर्को सम्झौता अनुसार माछापुच्छ्र्रे बैंकका ग्राहकहरूले नेपाल क्यान्सर अस्पतालका सेवाहरुमा पाँचदेखि १० प्रतिशतसम्म छुट पाउने भनिएको छ ।

नेपाल क्यान्सर अस्पतालले क्यान्सर सम्बन्धी उपचार गराउन आउने बैंकका ग्राहकहरूलाई रेडियोलोजी, ल्याबोरेट्री, बेड चार्ज र अस्पतालमा उपलब्ध क्यान्सर स्कि्रनिङ्ग प्याकेजमा १० प्रतिशत छुट दिने जनाइएको छ ।

अस्पतालको रेडिएसन् थेरापी र ब्राकिथेरापी सेवामापनिग्राहकहरूले पाँच प्रतिशत छुट पाउने उल्लेख छ ।

Continue Reading…

८ बुँदे घोषणापत्र जारी गर्दै सकियो अन्तर्राष्ट्रिय पोल्ट्री सम्मेलन

१४, कात्तिक, चितवन । चितवनको भरतपुरमा ३ दिनसम्म चलेको अन्र्तराष्ट्रिय पोल्ट्री सिम्पोजियम (सम्मेलन) ८ बुँदे घोषणा पत्र जारी गर्दै सकिएको छ ।

सम्मेलनले नेपालमा पोल्ट्री उत्पादनसम्बन्धी आधारभूत तथ्यांक अद्यावधिक नभएकोले कुखुरा उत्पादन, अनुसन्धानमा समस्या भएकोले एक सशक्त र अद्यावधिक तथ्यांक व्यवस्थापन प्रणालीको स्थापित गर्नुपर्ने निष्र्कष निकालेको छ ।

निजी क्षेत्रका फरक फरक तथ्याकंलाई नै आधार मान्दा समस्या भएको डा. निराजन भट्टराईले बताए ।

सशक्त र एकीकृत पोल्ट्री प्रजनन तथा व्यवस्थापन रणनीति विकास गर्नुपर्ने, दक्ष जनशक्तिको माग पूर्ति गर्न विश्वविद्यालयहरुमा अलग्गै पोल्ट्री विभाग स्थापना गरी स्नातकोत्तर र विद्यावारिधी तहका कार्यक्रम सञ्चालन गर्नुपर्ने, मध्यम स्तरको प्राविधिक जनशक्ति तयार गर्न व्यवसायिक तालिम र निरन्तर शिक्षाका कार्यक्रमहरु सञ्चालन गर्नुपर्ने बैठकले निश्कर्ष निकालेको छ ।

कुखुरामा लाग्ने रोगहरुको सूचना र अभिलेखिकरण प्रणाली स्थापित गर्नुपर्ने, बढ्दो एन्टिवायोटिकको प्रयोग घटाउन स्वास्थ्य विधि स्थापित गर्नुपर्ने निष्र्कष निकालेको कार्यक्रम संयोजक प्रा.डा. शारदा थपलियाले जानकारी दिइन् ।

सम्मेलनमा कुखुरा उत्पादनसम्बन्धी नीतिगत र सामाजिक आर्थिक अवस्था, कुखुराको पोषण, स्वास्थ्य व्यवस्थापन, अनुवांशिकी, प्रजनन व्यवस्थापन, जैविक प्रविधि, एकीकृत तथा ग्रामीण कुखुरापालनजस्ता विधामा १५ आमन्त्रित वैज्ञानिकको अनुसन्धानमूलक कार्यपत्र र ३५ विभिन्न मौखिक कार्यपत्र प्रस्तुत गरिएको थियो ।

नेपाल कुखुरापालन उत्पादनमा आत्मनिर्भर रहेको अवस्थामा उत्पादन वृद्धि र व्यावसायिकीकरण गर्नमा समेत योगदान पुर्‍याउने बिषयमा महत्वपूर्ण छलफल भएको कृषि तथा वनविज्ञान विश्वविद्यालयका रजिष्ट्रार प्रा.डा. मनराज कोलाक्षपतिले बताए ।

सम्मेलनमा भारत, जापान, अस्ट्रेलिया, जर्मनी, बंगलादेश, अमेरिका, भूटान र इजिप्ट गरी विभन्न ८ राष्ट्रका वैज्ञानिक सहभागि भएका थिए । प्राध्यापक, विद्यार्थी, व्यवसायी गरी तीन सयभन्दा बढीको सक्रिय सहभागिता रहेको थियो ।

कृषि तथा वन विज्ञान विश्वविद्यालय, पशु विज्ञान, पशु चिकित्सा तथा मत्स्य विज्ञान संकाय रामपुरको आयोजना तथा नेपाल सरकार, कृषि तथा पशुपक्षी विकास मन्त्रालय, पशुसेवा विभाग, नेपाल कृषि अनुसन्धान परिषद्, मिचिगन स्टेट युनिभर्सिटी अमेरिका, खाद्य तथा कृषि संगठन, हेफर इन्टरनेसनल र विश्वविद्यालय अनुदान आयोगको सहआयोजनामा सम्मेलन आयोजना गरिएको हो ।

Continue Reading…

गण्डकी प्रदेशमा लाइसेन्स लिन टोकन प्रणाली सुरु

१४ कात्तिक, पोखरा । यातायात व्यवस्था कार्यालय गण्डकीमा कुनै बेला सेवाग्राहीको भीड थेगिनसक्नु हुन्छ ।

सवारी चालक अनुमतिपत्र (लाइसेन्स) को परीक्षाबाहेक नै प्रत्येक दिन राजस्व बुझाउने, नयाँ दर्ता र नवीकरणका लागि आउने सेवाग्राहीको घन्टौ लाइनमा बसेपछिमात्रै पालो आउँथ्यो ।

प्रत्येक दिन नयाँ दर्ता, नवीकरण गर्न र राजस्व बुझाउन यातायातको लाइसेन्स कार्यालयमा पाँच सयको हाराहारीमा सेवाग्राही आउने तथ्यांकले देखाउँछ । फाँटमा अव्यस्थित लाइन र चापले सेवा नै प्रभावित हुने अवस्था थियो । अब कार्यालयमा यो भीड केही हदसम्म व्यवस्थित हुने भएको छ ।

बुधबारदेखि कार्यालयमा टोकन सिस्टमबाट सेवा दिन थालिएको हो । भौतिक पूर्वाधार मन्त्रालयले कार्यालयमा बुधबारदेखि टोकन मेसिन जडान गरेर प्रयोगमा ल्याएको हो । देश संघीयतामा गएसँगै यसै आर्थिक वर्षदेखि यातायात कार्यालय प्रदेशको भौतिक पूर्वाधार विकास मन्त्रालय मातहत आएको छ ।

टोकन मेसिन सञ्चालनमा आएसँगै अब पहिला आउने सेवाग्राही पहिलो प्राथमिकता पाउने छ । मेसिनमा ३ वटा प्रकारले छुट्याएको छ । नयाँ दर्ता, नवीकरण र राजस्व बुझाउन के गर्न कार्यालय पुगेको हो त्यही नामको बटममा दबाएपछि आउने नम्बरअनुसार पालोमा सेवाग्राहीले सेवा पाउने छन् ।

पार्दीस्थित कार्यालयमा भौतिक पूर्वाधारमन्त्री रामशरण बस्नेतले मेसिनको उद्घाटन गर्दै चुस्त सेवा प्रदान गर्न कर्मचारीलाई निर्देशन दिए । ‘यातायात कार्यालयको सेवा र सेवाग्राहीका समस्याप्रति मन्त्रालय गम्भीर छ,’ मन्त्री बस्नेतले भने, ‘सीमित स्रोत साधनकाबीच सेवाग्राहीले दुख नपाऊन् ।’

यातायात कार्यालय सेवाका सम्बन्धमा बढी आलोचित हुने गरेको बताउँदै मन्त्री बस्नेतले जनताको मन जित्ने गरी काम गर्न कर्मचारीलाई निर्देशन दिए । ‘यातायात अलि बढी आलोचित हुने गर्छ । उत्कृष्ट सेवा दिनुहोस् । राम्रो काम गर्ने कर्मचारीलाई हामी प्रोत्साहन गर्छौं,’ मन्त्री बस्नेतले भने, ‘काम नगर्ने कर्मचारीका अब दिन गए । हामी कार्यालयको निरन्तर निगरानी गर्नेछौं ।’

राज्यलाई राजस्व बुझाउन जाँदा सेवाग्राहीलाई दुख दिने होइन प्रोत्साहन गर्न मन्त्री बस्नेतले कर्मचारीलाई निर्देशन दिए । यातायात कार्यालय प्रदेश सरकार मातहत आएसँगै कम गुनासो आउने गरी काम गर्ने सवालमा मन्त्रालय गम्भीर रहेको मन्त्री बस्नेतको भनाइ थियो ।

उभिएर लाइनमा बस्नुपर्ने, बलमिच्याइँ हुने, कर्मचारीसँग सेटिङ मेलाउनेजस्ता कुरालाई रोक्न टोकन सिस्टमले केही हदसम्म सहयोग पुर्‍याउने मन्त्री बस्नेतको विश्वास छ ।

भौतिक पूर्वाधार मन्त्रालयका सचिव ईश्वर मरहट्टाले मन्त्रालय र यातायात कार्यालय अब नजिक भएकाले बढी निगरानी हुने बताए । ‘यातायात कार्यालयको पहिलेको सेवा र अब दिने सेवामा फरक आउनुपर्छ,’ सचिव मरहट्टाले भने, ‘मन्त्रालय र कार्यालय अब दूरीका हिसाबले नजिक छ । हामी निरन्तर निगरानीमा हुने छौं । सचेत रहेर सेवा दिनुहोला ।’

कार्यालयका निमित्त कार्यालय प्रमुख गोकुल शर्माले जनशक्ति र प्रविधिको अभाव बिस्तारै हट्दै गएकाले सेवा पनि सहज हुँदै गएको जानकारी दिए ।

साँघुरो कार्यालयबाट सेवा लिन ठूलै सास्ती खेप्नुपरेको र बलमिच्याइँसमेत हुने गरेको सेवाग्राहीका गुनासोपछि मन्त्रालयले झन्डै साढे ४ लाख रुपैयाँ खर्चेर टोकन मेसिन ल्याएको हो । कार्यालयको सेवा छरितो बताउने र अझ व्यवस्थित बनाउन मन्त्रालयले थप कार्यक्रम ल्याउने मन्त्री बस्नेतको भनाइ छ ।

Continue Reading…

लोकसेवाको विज्ञापन मंसिरपछि खोल्छौं : अध्यक्ष मैनाली

१४ कात्तिक, काठमाडौं । लोकसेवा आयोगका अध्यक्ष उमेशप्रसाद मैनालीले सरकारलाई सहज होस् भनेर लोकसेवा आयोगले विज्ञापन खुलाउन दुई महिना ढिला गरेको बताएका छन् ।

बुधबार रिपोर्टर्स क्लबमा आयोजित साक्षातकारमा उनले इतिहासमै पहिलोपटक सरकारलाई सहज होस् भन्ने आशयका साथ विज्ञापनलाई दुई महिना पर (मंसिर) सम्म सारिएको स्पष्ट पारे । उनले भने,’अब अर्को पटक सार्दैनौं ।’

मैनालीले अबका दिनहरुमा विज्ञापन तालिका फेरबदल नगर्ने दाबी पनि गरेका छन् । उनले भने, ‘लाखौं युवाहरुलाई निरुत्साहित हुन दिन्नौं, अब आगामी दिनमा आयोगले विज्ञापन तालिका फेरबदल गर्दैन । मंसिरपछि भर्ना विज्ञापन खोल्छौं ।’

मैनालीले आयोगले लोकसेवा आयोगको विज्ञापनलाई कुनै पनि हालतमा रोक्न भने नमिल्ने बताए । ‘लोकसेवाको तयारीमा बसेका १० लाख बढि यूवाहरुको भविष्यलाई ध्यानमा राखेर काम गर्नुपर्छ, उमेरको कुरा हुन्छ, समयको कुरा हुन्छ, पारिवारिक अवस्थाको कुरा हुन्छ, यस्ता संवेदनशीलतामा सरकार गम्भिर बन्नुपर्छ’ उनले भने ‘त्यसको लागि आयोगले भन्न मिल्ने र स्वयं म आफै पनि जान मिल्ने ठाउँमा गएर सुझाव दिईरहेको छु, तर एक महिना बाँकी छ, सरकारले यो काम गर्नेमा हामीलाई शंका छ । यसतर्फ सरकारको गम्भीर ध्यान जान जरुरी छ ।’

मैनालीले सरकार युवाहरुको भविष्यप्रति गम्भिर बन्नुपर्ने धारणासमेत राखे । ‘हामीकहाँ स्वास्थ्य, संसद, महालेखा, परराष्ट्रलगायतले रिक्त दरबन्दी पठाइसकेको छ’ उनले भने, ‘केहीले नपठाएका कारण भोलिका दिनमा समान पदमा सिनियर र जुनियरको झमेला हुन्छ भन्ने कुरालाई ध्यानमा राखेर आयोगले आफ्नो इतिहास भत्काएको हो ।’

Continue Reading…

भाइटीकाको उत्तम साइत ११ः५५ बजे

१४ कात्तिक, काठमाडौँ । नेपाल पञ्चाङ्ग निर्णायक समितिले यस वर्षको भाइटीकाको साइत सार्वजनिक गरेको छ ।

समितिको बुधबार बसेको बैठकले यही कात्तिक २३ गते बिहान ११ बजेर ५५ मिनेटमा भाइटीकाको साइत उत्तम हुने निर्णय गरेको समितिका अध्यक्ष प्रा डा रामचन्द्र गौतमले  जानकारी दिए । समितिले शुभ बेलाको साइत दिएको जनाइएको छ ।

यस वर्ष यमपञ्चक अर्थात् तिहार कात्तिक १९ गतेदेखि सुरु हुँदैछ । कात्तिक १९ गते कात्तिक कृष्ण त्रयोदशीका दिन काग तिहार तथा आयुर्वेदका प्रवत्र्तक धनवन्तरि जयन्ती र यसै दिन भाण्ड त्रयोदशी पर्व पनि मनाइन्छ । कात्तिक २० गते कुकुर तिहार र नरक चतुर्दशी मनाइन्छ । काग र कुकुरलाई यमदूतका रुपमा मानिने गरिएको छ ।

कात्तिक २१ गते कार्तिक कृष्ण औँशीका दिन लक्ष्मीपूजा गरिन्छ । यस दिन बेलुकी दीपमालिका गरेपछि लक्ष्मीको विधिपूर्वक आराधना गरिन्छ । कुल परम्परानुसार कसैले लक्ष्मीपूजाको दिन बिहान पनि गाई पूजा गर्ने गरेका छन् । कात्तिक २२ गते कार्तिक शुक्ल प्रतिपदाका दिन बिहीबार गोरु, कृषक र गोवद्र्धन पूजा हुन्छ । यस दिन वर्षभर हलो जोत्ने हलिको समेत पूजा गर्ने संस्कृति छ ।

कार्तिक शुक्ल द्वितीयाका दिन कात्तिक २३ गते भाइटीका परेको अध्यक्ष गौतमले बताउनुभयो । तिहारको मुख्य दिन दिदीबहिनीले दाजुभाइको दीर्घायु, सुख शान्तिको कामना गरी अष्ट चिरञ्जीवी, यमराज, यमुना एवं बलि राजाको पूजा गरी त्यसको प्रसाद लगाइदिने चलन छ ।

Continue Reading…

विद्यार्थीलाई प्रहरी कार्यालयमा एक दिन भ्रमण गराइने

१४ कात्तिक, काठमाडौं । ‘समुदाय–प्रहरी साझेदारी’ कार्यक्रम अन्तरगत प्रहरीले विद्यार्थीलाई एक दिन आफ्नो कार्यालयको भ्रमण गराउने भएको छ ।

प्रहरी र जनताबीचको सम्बन्धलाई सुमधुर बनाउने अभियान अन्तरगत विद्यार्थी लक्षित गरेर ‘प्रहरीसँग एक दिन’ अभियान थाल्न गर्न लागिएको हो ।

केन्द्रीय प्रहरी प्रवक्ता एसएसपी उत्तम सुवेदीका अनुसार यो अभियानमा कक्षा ८, ९ र १० का विद्यार्थी सहभागी हुनेछन् ।

‘आजका विद्यार्थी नै भोलिका नागरिक हुन् । त्यसैले अहिल्यैदेखि उनीहरुलाई प्रहरीसँग निकट बनाउने उद्देश्यले यो अभियान थालिएको हो’, उनले भने, ‘अभियान अन्तरत एक दिन विद्यार्थीलाई नजिकैको कार्यालयमा लगेर प्रहरीले गर्ने सेवा प्रवाह, काम र कारबाहीको बारेमा जानकारी दिनेछौं ।’

यो पनि पढ्नुहोस प्रहरीद्वारा ३६४ स्थानीय तहसँग समझदारी

अभियानको औचित्यमाथि थप प्रष्ट्याउँदै उनी भन्छन्, ‘हाम्रो समाजमा बालबालिकालाई सानैदेखि प्रहरी भनेको डरलाग्दो पात्र हो भनेर चित्रण गरिएको छ । जसले गर्दा प्रहरी र उनीहरुबीच दरार छ । त्यो दूरीलाई पुर्न यो अभियान थालिएको हो ।’

यो अभियानले सूचना संकलनमा पनि प्रहरीलाई सघाउ पुग्ने विश्वास लिइएको उनले बताए । ‘विद्यालयको प्राथना समयमा सम्बोधन, प्रहरीसँग सम्बन्धित जिङ्गल, भिडियो क्लीप लगायत पनि देखाइनेछ’, उनले थपे ।

उनका अनुसार कक्षा ११ र १२ का विद्यार्थीको लागि भने अनुसन्धानको विषयमा जानकारी दिइनेछ । उनीहरुलाई प्रहरीको फरेन्सिक ल्याबदेखि लिएर अन्य विभिन्न महत्वपूर्ण स्थानहरुको पनि अवलोकन गराइनेछ ।

Continue Reading…

सुवास निरौलाले भ्रष्टाचार मुद्दामा जेल नबसी पुनरावेदन गर्न पाउने

१४ कात्तिक, काठमाडौं । नेपाल पर्यटन बोर्डका तत्कालीन कार्यकारी प्रमुख सुवास निरौलाले आफूविरुद्धको भ्रष्टाचार मुद्दाको पुनरावेदन जेल नबसी गर्न पाउने भएका छन् ।

विशेष अदालतबाट ७ वर्षको कैद सजाय सुनाइएका उनले जेलमा नबसी सर्वोच्च अदालतमा मुद्दा पुनरावेदन गर्न पाउने भएका छन् । भदौ १ देखि लागू भएको मुलुकी फौजदारी कार्यविधि (संहिता) ऐनले दिएको सुविधा प्रयोग गरी उनले जेलबाहिरैबाट मुद्दा पुनरावेदन गर्न लागेका हुन् ।

पर्यटन बोर्डको कायममुकायम सीईओ रहेका बेला भ्रष्टाचार गरेको ठहर गर्दै विशेष अदालतले निरौलालाई ७ वर्ष कैद र ८० लाख ५१ हजार रुपैयाँ विगो र ५४ लाख ५९ हजार रुपैयाँ जरिवाना तोकेको थियो ।

मुलुकी फौजदारी (संहिता) ऐन २०७४ को दफा १३७ मा ‘अदालतबाट पुर्पक्षका लागि थुनामा राख्न नपर्ने आदेश भई थुनामा नबसेको अवस्थामा दश वर्षसम्म कैद सजाय भएको कसूरदारले थुनामा नबसी पुनरावेदन दिने अनुमतिको लागि कारण खुलाई निवेदन गरेमा र त्यस्तो कारण मनासिव देखिएमा पुनरावेदन सुन्ने अदालतले निजसँग धरौट वा जमानत लिई पुनरावेदन गर्ने अनुमति दिन सक्नेछ’ भन्ने व्यवस्था गरिएको छ ।

सोही व्यवस्था अनुसार निरौलाले कात्तिक ८ गते सर्वोच्च अदालतमा निवेदन दिएका थिए । तर सर्वोच्चका सहरजिष्ट्रारले उक्त निवेदन दरपीठ गरिदिएका थिए । त्यसपछि निरौलाले दरपीठविरुद्ध फेरि अर्को निवेदन दिएका थिए । उक्त निवेदनमा प्रधानन्यायाधीश ओमप्रकाश मिश्र र पुरुषोत्तम भण्डारीको इजलासले उनलाई जेलबाहिरै रहेर मुद्दा पुनरावेदन गर्ने आदेश दिँदै दरपीठ आदेश बदर गरिदिएको हो ।

Continue Reading…

प्रहरीद्वारा ३६४ स्थानीय तहसँग समझदारी

१४ कात्तिक, काठमाडौँ । नेपाल प्रहरीले ‘समुदाय–प्रहरी साझेदारी’ कार्यक्रमलाई सफल बनाउन देशभरका ७५३ मध्ये ३६४ स्थानीय तहसँग समझदारी गरेको छ ।

प्रहरी प्रधान कार्यालयमा बुधबार आयोजित पत्रकार सम्मेलनमा कात्तिक ११ गते शुभारम्भ गरिएको ‘समुदाय–प्रहरी साझेदारी’ कार्यक्रमलाई देशव्यापी लैजाने उद्देश्यका साथ ३६४ स्थानीय तहसँग समझदारी गरेको जानकारी दिइयो ।

जसमा उपत्यकाभित्रका महानगरपालिकाका प्रमुखसँग महानगरीय प्रहरी कार्यालयका प्रमुख, उपत्यकाबाहिरका महानगरपालिका प्रमुखसँग सम्बन्धित प्रदेशका प्रहरी प्रमुख तथा उपमहानगर, नगरपालिका र गाउँपालिकामा सम्बन्धित जिल्लाका प्रहरी प्रमुखले समझदारी गरेका थिए ।

‘हर प्रहर, गाउँ र नगरी, टोल टोलमा नेपाल प्रहरी’ भन्ने मूल नाराका साथ शुरु भएको उक्त अभियान स्थानीय तह, समुदाय, सामाजिक संस्था र विद्यालयसँग पुर्याउने लक्ष्य राखिएको छ ।

पत्रकार सम्मेलनमा प्रहरी प्रवक्ता एवं प्रहरी वरिष्ठ उपरीक्षक उत्तमराज सुवेदीले तीन महीनाको गृहकार्यबाट ‘समुदाय–प्रहरी साझेदारी’ कार्यक्रम सञ्चालनमा ल्याएको बताउँदै यसको कार्यान्वयनमा सबैको साथ र सहयोग आवश्यक रहेको बताए ।

“अपराधमा संलग्न भएकामध्ये अधिकांश युवा रहेका छन्, युवामा यस कार्यक्रम लैजान नेपाल प्रहरीले अभियानमार्फत सरोकारवाला निकायसँग मिलेर प्रभावकारी भूमिका खेल्नेछ,” उनले भने ।

गृह मन्त्रालयबाट जारी भएको ८२ बुँदे गृह प्रशासन सुधार योजनालाई आत्मसात् गर्दै नेपाल प्रहरी उक्त अवधारणालाई अगाडि सारेको हो । कार्यक्रम कार्यान्वयन गर्न केन्द्रीयस्तरदेखि गाउँतहसम्मै साझेदारी संरचना निर्माण गरिने प्रवक्ता सुवेदीले जानकारी दिए ।

अभियानलाई दिगो र दीर्घकालीन साझेदारीका रुपमा विकास गरिने उनको भनाइ थियो ।

अभियानमा ७५३ स्थानीय तह, १० हजार सामाजिक संस्था, ७५ लाख विद्यार्थी, ३६ हजार विद्यालय, चार लाख शिक्षक, ७५ हजार प्रहरी र ४० लाख अभिभावक प्रत्यक्ष संलग्न रहने प्रहरीले जनाएको छ ।

कार्यक्रमलाई प्रभावकारी ढङ्गले कार्यान्वयन गर्न जिल्लामा समुदाय–प्रहरी जिल्ला समिति, स्थानीय तहमा समुदाय–प्रहरी पालिका समिति, वडामा समुदाय–प्रहरी वडा समिति, गाउँमा समुदाय–प्रहरी टोल समिति र विद्यालयमा समुदाय–प्रहरी विद्यालय समिति निर्माण गरिएको प्रवक्ता सुवेदीको भनाइ छ ।

साझेदारीअन्तर्गत अभियान सञ्चालन गरिने भएकाले शुरुमा प्रहरीले दुई करोड ४९ लाख ५४ हजार ५ सय रूपैयाँ तथा एक वर्षका लागि १९ करोड ५६ लाख २२ हजार ३ सय रूपैयाँ विनियोजन गरेको छ ।

Continue Reading…

सर्वोच्चका न्यायाधीशको घरझगडाः श्रीमती पक्राउ, श्रीमान भन्छन्- छाँगाबाट खसेँ !

१४ जेठ, काठमाडौं । सर्वोच्च अदालतका न्यायाधीश प्रकाशमानसिंह राउतकी पत्नी ललिता राउतलाई सोमबार उदयपुर प्रहरीले सोमबार पक्राउ गरेको छ ।

आफ्नै श्रीमानको हस्ताक्षर र औंठाछाप किर्ते गरेको अभियोगमा ललिता र उनका आफन्तहरु पक्राउ परेका हुन् । श्रीमती ललिताले आफूलाई थाहा नदिई हस्ताक्षर र औंठाछाप समेत किर्ते गरेर अरुकै बच्चालाई आफ्नो भनेर जन्मदर्ता गराएको भन्दै न्यायाधीश राउतले उजुरी गरेपछि प्रहरीले उनीहरुलाई समातेको हो ।

न्यायाधीश राउतको हस्ताक्षर किर्ते गरेर अर्कैको बच्चालाई उनको बनाउने कार्यमा संलग्न भएको आरोपमा श्रीमती ललितासहित उनका दाजु बाबुराम चौहान र भाउजुलाई उदयपुर प्रहरीले पक्राउ गरेको हो । कटारी नगरपालिका वडा नम्बर ३ बाट नक्कली जन्मदर्ता गराएको भन्दै प्रहरीले उनीहरुलाईर् पक्राउ गरेको हो । उनीहरुमाथि किर्ते मुद्दामा म्याद थप गरेर अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय उदयपुरका प्रमुख प्रहरी उपरीक्षक चन्द्रदेव राईले बताए ।

प्रहरी प्रमुखले ललिता न्यायाधीशकी श्रीमती भन्ने आफूलाई थाहा नभएको तर उनीहरुले अर्काको सही र औंठाछाप किर्ते गरी नक्कली जन्मदर्ता गराएको पाइएकाले पक्राउ गरिएको बताए ।

अर्कैलाई बाबुआमा कायम गरेर जन्म प्रमाणपत्र दिने काठमाडौं मेडिकल कलेजलाई समेत प्रहरीले अनुसन्धानमा तानेको छ ।

स्रोतका अनुसार न्यायाधीशकी पत्नी पक्राउ गरिएकाले प्रहरीले यससम्बन्धी विवरण सार्वजनिक गर्न मानेको छैन ।

अनलाइनखबरले कटारीका डीएसपी धु्रवकुमार श्रेष्ठसँग यसबारे बुझ्न खोज्दा उनले एसपीसँग कुरा गर्न आग्रह गरे । एसपी राईले किर्ते मुद्दामा पक्राउ गरेर म्याद थप गरिएको बाहेक अरु विवरण कटारीका डीएसपीबाटै लिन भने । प्रहरीले पक्राउ परेका व्यक्तिको विस्तृत विवरण दिन समेत मानेको छैन ।

यसैबीच कटारी नगरपालिका वडा नम्बर ३ को वडा कार्यालयले भने किर्ते पुष्टि भएपछि जन्मदर्ता बदर भइसकेको जनाएको छ । किर्ते गरेर अरुकै बच्चाको जन्मदर्ता गराएको देखिएकाले बदर गरिएको वडाध्यक्ष रामवहादुर पोखरेलले बताएका छन् ।

न्यायाधीशका पिताको जाहेरी

यसैबीच कटारी प्रहरीले तीन दिनपछि न्यायाधीश पत्नी पक्राउ परेको सार्वजनिक गरेको छ । सही छाप किर्ते गरी दस्तखत गरेको आरोपमा प्रकाशमान सिंह राउत पत्नी ललितकुमार राउत चौहा, दाजु बाबुराम चौहान, शिवशंकर चौहान, भाउजू बुनु चौहान र भोजकुमारी पोखरेललाई पक्राउ गरिएको जनाएको छ ।

उनीहरुले गत असोज १० र ११ गते कटारी नगरपालिका वडा नम्बर ३ को कार्यालयबाट बाबु प्रकाशमान सिंह राउत र आमा ललिताकुमारी राउत, बाजे बलबहादुर राउत हो भनी कीर्ते सही छाप ल्याप्चेसमेत लगाई नवजात शिशु दक्ष्य राउतको जन्मदर्ता बनाएको आरोप छ ।

न्यायाधीशका पिता बलबहादुरको जाहेरी अनुसार उनीहरुलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

कसरी भयो जन्मदर्ता ?

गत साउन १८ गते ललिताका दाजु शिवराम चौहानकी पत्नीले काठमाडौं मेडिकल कलेजमा छोरालाई जन्म दिएकी थिइन् । बच्चा जन्माउनकै लागि जनकपुरबाट आएका दाजु-भाउजू न्यायाधीशकै घरमा बसेका थिए । तर, बच्चा जन्मिनु अघिल्लो दिन दिदीको घर मूलपानीमा जाने भन्दै आफू पनि सँगै गएको न्यायाधीशको घरकी सहयोगी रविनाले बताइन् ।

अस्पतालबाट बच्चा निकाल्ने बेलामा बाबुको नाम प्रकाशमानसिंह राउत र आमाको नाम ललिता राउत राखिएको छ । यद्यपि यो कुरा आफूले एक डेढ महिनापछि मात्रै थाहा पाएको न्यायाधीश राउतले अनलाइनखबरसँग बताए ।

कटारीबाट नक्कली जन्मदर्ता गरेको भन्ने जानकारी आफन्तले सूचना दिएपछि बुझ्दा पुष्टि भएको उनले जानकारी दिए ।

न्यायाधीश राउत कटारीका स्थायी बासिन्दा हुन् । उनका ८० वर्षे पितासहित परिवारका अन्य सदस्य कटारीमै बस्छन् ।

जन्मदर्ता गराउने क्रममा जनकपुरका बासिन्दा चारजना दाजु भाउजु सहित ललिता कटारी पुगेको र घरमा आमा बुबासँगै बसेको खुलेको छ । तर, उनीहरुले जन्मदर्ता गराउन आएको भन्ने जानकारी भने घरमा नदिएको न्यायाधीशले बताए ।

ललिता भन्छिन्- ‘डबल श्रीमान’ बाट हिंसा भयो

कटारी प्रहरी चौकीको हिरासतमा रहेकी ४४ वर्षीया ललिता राउत चौहानले सर्वोच्चका श्रीमान प्रकाशमानसिंह राउतबाट जायजन्म नभएकाले आफूले धर्मपुत्र राख्न चाहेको बताएकी छन् ।

अनलाइनखबरकर्मीसँग कुरा गर्दै ललिताले अरुको बच्चा लिने कुरामा न्यायाधीशले पनि समर्थन जनाएको तर पछि उनले अस्वीकार गरेको बताएकी छन् । उनले भनिन्- ‘बच्चा एडप्ट गर्ने कुरा भएको थियो । तर, यो बच्चा एडप्ट गरेको थाहा पाएपछि सर्वोच्च अदालतका श्रीमान र मेरा श्रीमान (डबल श्रीमान) ले मलाई घरबाट निकाल्नुभयो । घरमा जाँदा गेटबाट फर्काइयो । ममाथि घरेलु हिंसा भएको छ । यो उमेरमा म सम्बन्धविच्छेद गरेर पनि कहाँ जाने ? उहाँकै आदेशमा प्रहरीले हामीलाई पक्राउ गरेको हो ।’

श्रीमान-श्रीमतीबीच २० वर्षको उमेर अन्तर रहेको र श्रीमानले शारीरिक सम्बन्ध समेत नराखेका कारण आफूले दाजु-भाउजूको नवजात शिशुलाई छोराका रुपमा लिन चाहेको ललिताले बताइन् । तर, श्रीमानको असहमति रहेकाले जन्मदर्ता गर्ने उनलाई जानकारी नदिई एक्लै गरेको ललिताले स्वीकार गरेकी छन् ।

उनले आफूलाई श्रीमानले बेवास्ता गरेको र पछिल्लो समय हिंसा समेत गरेको आरोप लगाएकी छन् । ०६१ सालमा बिहे भएको भन्दै उनले शुरुमा आफूले सम्बन्ध विच्छेद चाहँदा श्रीमानले नदिएको र अहिले श्रीमानबाट आफूमाथि सम्बन्ध विच्छेदका लागि दबाव आएको बताएकी छन् । उनले आफूलाई घरमा बस्न र खान लाउन नदिएको आरोप समेत लगाएकी छन् ।

न्यायाधीश भन्छन्- म त छाँगाबाट खसें !

हामीले यो सबै प्रकरणको विवरणपछि सर्बोच्च अदालतका न्यायाधीश प्रकाशमान सिंह राउतसँग सम्पर्क गर्‍यौं । न्यायिक क्षेत्रमा स्वच्छ छबिका र विवादमा नपरेको श्रीमान मानिने राउतले श्रीमतीलाई थुनाएको समाचारको पुष्टि गर्न हामीले उनलाई सम्पर्क गरेका थियौं ।

राउतले अनलाइनखबरसँग कुरा गर्दै आफू पीडा र तनावमा रहेको बताए । श्रीमती र ससुरालीका कारण आफ्नो मान प्रतिष्ठामै धक्का लागेको भन्दै उनले अरुले किर्ते गरेको मुद्दामा सजाय दिनुपर्ने आफैं यस्तो प्रकरणमा फसेको बताए । उनले श्रीमती भए पनि किर्ते गर्ने व्यक्तिलाई छाड्न नमिल्ने र आफैंविरुद्ध साजिस गर्ने व्यक्तिलाई घरमा राख्दा आफू असुरक्षित हुने भएकाले केस गरेको प्रष्ट पारे ।

न्यायाधीश राउतले आफूविरुद्ध षडयन्त्र भएको र हस्ताक्षरसमेत किर्ते गरेर आफूलाई फसाउन खोजिएकाले श्रीमती ललितासँगै रहँदा उनले भोलि बैबाहिक बलात्कारको अभियोग लगाउन सक्ने वा खानामा विष मिसाउन पनि सक्ने खतरा रहेको दाबी गरे ।

न्यायाधीशले अनलाइनबरसँग यसरी प्रष्टिकरण दिए

वास्तवमा ललिता चौहान राउत मेरो पत्नी हुन् । तर, हेर्नुस न मेरो हस्ताक्षर र ल्याप्चेसमेत किर्ते भएछ । हेर्नुस म त त ठूलो भूमरीमा परेँ । उनले मात्र गरेको होइन उनको परिवार दाजु भाउजु सबै मिलेर गरेका हुन् । बच्चा एडप्ट गरेको पनि होइन । एडप्ट नै गर्ने हो भने त मेरो सहमति चाहियो । मेरो घर परिवारको सल्लाह हुनुपर्‍यो । तर, यो सबै कुरामा मलाई गुमरामा राखियो ।

अस्पतालबाट पनि जाली बर्थ सर्टिफिकेट बनाएछन् । जन्मदर्ता पनि नक्कली गरेछन् । मसँग सबै डकुमेन्ट छन् यी हर्कत गरेका । मिडियालाई चाहियो भने म सबै दिन्छु । तर, मेरो पत्नी र उनका दाजु भाउजू सबै लागेर मलाई अप्ठेरोमा पारेका छन् । मेरो मान सम्मान र प्रतिष्ठामै अप्ठेरो परेको अवस्था छ हेर्नुस् ।

फेरि मैले आजसम्म उनलाई कुनै नराम्रो व्यवहार गरेको छैन । उनलाई मैले फि्रडम दिएको चाहिँ हो । मैले उनलाई घरबाट निकालेको होइन । खान लाउन नदिएको पनि होइन । कुनै प्रकारको हिंसा पनि गरेको होइन । उनलाई मैले मनमौजी गर्न छुट दिएको हो ।

साउनतिर होला, उनले भाउजूहरु लिएर आइन् । बिरामी भएकाले उपचारका लागि ल्याएको भनेपछि घरमा कोठा खाली नै थिए । एक महिनाजति बस्न दिनुपर्‍यो भनेपछि ससुरालीलाई नदिने कुरा भएन । कोठा पनि चार/पाँचवटा खाली थिए । मैले उनीहरु बस्नु भनेँ । मलाई त डेलिभरी केस भन्ने पछिमात्र थाहा भयो ।

केही समय बसेपछि दिदीको घरमा जाने भने । उनीहरुको एउटा दिदीको घर कुपण्डोलमा छ अर्कोको मूलपानीमा छ । मूलपानी जाने भनेपछि मैले किन मूलपानी जाने, कुपण्डोलबाट प्रसुतीगृह नजिक छ उतै जानु भनेँ । तर, उनीहरुको कुरा अर्कैनै रहेछ । डाक्टरहरुसँग मिलेमतोमा कागजपत्र मिलाउन यस्तो साजिस गरेछन् ।

यो साउन १८ तिरको घटना हो । उनीहरु साउन २० तिर बर्थ सर्टिफिकेटमा मेरो पनि नाम राखेर जनकपुर गएछन् । मैले धेरैपछिमात्र यो कुरा थाहा पाएँ । उनीहरु जन्मदर्ता गराउन कटारी जानुपर्ने भयो । गत महिना मेरो घरमा पनि फोन गरेछन् उदयपुरमा । बुबाले आमा बिरामी छ भन्नुभएछ । उनीहरु आमालाई पनि हेर्ने भन्दै घरमा गए ।
बुबाआमाले बुहारी आउने भएपछि केही भन्ने कुरा भएन । उनीहरु वडा कार्यालयमा सचिव नभेटेपछि घरमा गएछन् । त्यहाँ मेरी भाउजूले बोर्डिङ स्कूल चलाउनुहुन्छ ।

गएका बेला उनले भाउजुसँग पनि भेटेर सचिव आएपछि कागज बनाएर जनकपुर फर्किएछन् । त्यतिञ्जेल उनीहरु जन्मदर्ताका लागि आएको भन्ने कसैलाई शंका भएन ।
तर, केही दिनपछि मेरो भाउजूलाई शंका भएछ । भाउजूसँग उनले यो बच्चा हामी लिनुपर्छ कि के हो भनिछन् । त्यसले भाउजूलाई चिसो पस्यो । भाउजूले आमासँग पनि भन्नुभएछ । यो कुरा मलाई भाउजूले भनेपछि मलाई पनि चासो भयो । मलाई नसोधी किन उनी गइन् भन्ने मलाई पनि मनमा पस्यो ।

मैले त्यसपछि मेरो दाइलाई वडा कार्यालयमा गएर बुझ्नुस त भन्दा जन्म दर्ता गराइसकेछन् । मेरो नाम र ल्याप्चे पनि किर्ते गरेको पाइयो । यो त गम्भीर कुरा भयो । त्यसपछि मैले अस्पतालमा पनि बुझेँ । अस्पतालबाट पनि किर्ते भएको पुष्टि भयो । म त छाँगाबाट खसेँ हेर्नुस्।

Continue Reading…

सांग्रिला डेभलपमेन्ट बैंक १५औं वर्षमा प्रवेश

१४ कात्तिक, काठमाडाैं । काठमाडाैंकाे बालुवाटारमा केन्द्रीय कार्यालय रहेको सांग्रिला डेभलपमेन्ट बैंक लिमिटेडले आफ्नो स्थापनाको १४औं वर्ष सफलतापूर्वक पुरा गरी १५औं वर्षमा प्रवेश गरेको छ ।

बैंकले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व कार्य अन्तर्गत बिगतका वर्षहरुमा जस्तै ‘रक्तदान–जीवनदान’ भन्ने नारालार्इ मनन् गरी रगतको अभाव नहोस् भन्ने उद्देश्यले रक्तदान कार्यक्रमको आयोजना गरेकाे जनाएकाे छ ।

बैंकको केन्द्रीय कार्यालय, बालुवाटार, काठमाण्डौं, कलष्टर कार्यालयहरु, पोखरा र नेपालगञ्ज तथा शाखा कार्यालयहरु नारायणगढ र बुटवलमा नेपाल रेडक्रस सोसाईटीको सहयोगमा बैंकका ग्राहक, संचालक, शेयरधनी, कर्मचारी,  सर्वसाधारण कार्यक्रममा  सहभागी भइ रक्तदान गरेका जनाइएकाे छ ।

केन्द्रीय कार्यालय बालुुवाटार काठमाडाैंमा ४५ प्वाइन्ट, कलष्टर कार्यालय पोखरामा १४२ प्वाइन्ट, नेपालगञ्जमा ८८ प्वाइन्ट, तथा शाखा कार्यालय नारायणगढमा २१ प्वाइन्ट, र बुुटवलमा ३० प्वाइन्ट गरि कुल ३२६ प्वाइन्ट रगत संकलन गरि सम्बन्धित नेपाल रेडक्रस सोसाइटी कार्यालयलाई हस्तान्तरण गरिएकाे बैंकद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।

Continue Reading…

फाइनल प्रवेशका लागि नेपालले पाकिस्तानसँग खेल्दै

१४ कात्तिक, काठमाडौं । साफ यु-१५ च्याम्पियनसिप फुटबल प्रतियोगिताको सेमिफाइनलमा भोलि बिहीबार नेपालले पाकिस्तानसँग प्रतिस्पर्धा गर्दैछ ।

ललितपुरको सातदोबाटोस्थित एन्फा कम्प्लेक्सको खेल मैदानमा दिउँसो २ बजेर ३० मिनेटमा फाइनल प्रवेशका लागि आयोजक नेपालले पाकिस्तानसँग प्रतिस्पर्धा गर्न लागेको हो ।

नेपाल पाकिस्तानलाई पराजित गर्दै उपाधि होडलाई कायमै राख्ने रणनीतिमा रहेको छ । यता, पाकिस्तान पनि नेपाललाई पराजित गर्ने लक्ष्यमा रहेको छ ।

नेपाल समूह ए को उपविजेता बन्दै सेमिफाइनलमा प्रवेश गरेको हो भने पाकिस्तान समूह बि को विजेता टिम हो । नेपालले आफ्नो पहिलो खेलमा माल्दिभ्सलाई ४-० गोलअन्तरले पराजित गरेको थियो । दोस्रो खेलमा भने नेपाल बंगलादेशसँग २-१ गोलअन्तरले पराजित भएको थियो ।

यता, पाकिस्तान भने समूह चरणको दुबै खेलमा विजेता टिम हो । पहिलो खेलमा कठर प्रतिद्धन्दी भारतलाई २-१ गोलअन्तरले पराजित गरेको पाकिस्तानले समूह चरणको आफ्नो अन्तिम खेलमा भुटानलाई ४-० गोलले पराजित गरेको थियो ।

बिहीबार नै एन्फा कम्प्लेक्समा दिउँसो १० बजेर ३० मिनेटमा प्रतियोगिताको पहिलो सेमिफाइनलमा भारतले बंगलादेशको सामना गर्दैछ । बंगलादेश समूह ए को विजेता हो भने भारत समूह बि को उपविजेता टिम हो ।

बंगलादेशले समूह चरणको पहिलो खेलमा माल्दिभ्सलाई ९-० गोलअन्तरले पराजित गरेको थियो भने दोस्रो खेलमा नेपाललाई २-१ गोलअन्तरले पराजित गरेको थियो ।

यता, भारतले भने आफ्नो पहिलो खेलमा नै पाकिस्तानसँग २-१ गोलअन्तरले हार ब्यहोरेको थियो । तर, अन्तिम खेलमा भुटानलाई ४-० गोलअन्तरले पराजित गर्दै सेमिफाइनलमा स्थान बनाएको थियो ।

Continue Reading…

प्रधानमन्त्रीको स्वास्थ्यमा उल्लेख्य सुधार, मगाए माछाको परिकार

१४ कात्तिक, काठमाडौं । त्रिवि शिक्षण अस्पतालमा उपचाररत प्रधानमन्त्री केपी शर्माको ओलीको स्वास्थ्यमा उल्लेख्य सुधार आएको छ ।

उपचारमा संलग्न चिकित्सकहरुका अनुसार प्रधानमन्त्रीलाई दिइएको मुख्य एन्टिबायोटिकको डोज भोलि सकिनेछ । भोलिदेखि नशाबाट दिइने औषधिहरु रोकिनेछन् र मुखबाटै खुवाइने उपचारमा संलग्न डा. अरुण सायमीले बताए ।

प्रधानमन्त्री ओलीको छातीमा भएको संक्रमण एकदमै कम भएको छ भने ज्वरो नियन्त्रणमा आएको छ ।

स्वास्थ्यमा सुधार आएसँगै उनले बुधबार विहानै अस्पतालमै उपप्रधानमन्त्री तथा रक्षामन्त्री ईश्वर पोखरेल र गृहमन्त्री रामबहादुर थापा बादलसँग छलफल गरेका थिए ।

डा. सायमीका अनुसार प्रधानमन्त्रीलाई दाल भात खान दिइएको थियो । बुधबार उनी आफैंले माछा खान हुन्छ कि हुन्न भनेर डाक्टरलाई सोधेका थिए । डाक्टरले हुन्छ भनेपछि मगाइएको छ ।

स्वास्थ्यमा समस्या आएपछि ओलीलाई सोमबार विहान साढे ४ बजे अस्पताल भर्ना गरिएको थियो ।

Continue Reading…

बन्दुकको गफ दिँदा अमेरिकी कलेजबाट नेपाली विद्यार्थी निश्काशित !

१४ कात्तिक, काठमाडौं । साथीलाई धम्क्याएको आरोपमा एक नेपाली विद्यार्थीलाई अमेरिकाको कलेजले निश्कासन गरेको छ । न्यू हृयाम्पसायर राज्यस्थित न्यू लण्डनमा रहेको कोल्बी-सोयर कलेजमा अध्ययनरत २१ वषिर्य सुप्रज्ञ रिजाल निश्कासनमा परेका हुन् ।

रिजाललाई अक्टोबर ३ मा प्रहरीले पक्राउ गरेर दुई दिनसम्म हिरासतमा राखेपछि छोडिदिएको थियो । उनले बेलुकी खाना खाने क्रममा एक साथीसँग शिकारको कुरा गरेका थिए । आफूले ती साथीसँग आफ्नो बाल्यकाल र हजुरबुबाको बारेमा कुरा गरेको रिजालले बताएका छन् । तर, उनीहरुले अर्कै अर्थमा बुझेर धम्कीको रुपमा लिएको रिजाल बताउँछन् ।

‘मेरो हजुरबुबाले पहिले नेपालमा शिकार खेल्ने गर्नुहुन्थ्यो र उहाँले मलाई बन्दुक चलाउन सिकाउनुभएको थियो,’ उनले भने, ‘म यसमा (बन्दुक चलाउन) निकै सिपालु छु ।’

प्रहरीले भने रिजालले हन्टर फिट्जसिमोन्स नामका ती विद्यार्थीलाई आफूसँग अनुमतिप्राप्त बन्दुक भएको र कलेजका कसैले पनि केही गर्न नसक्ने भन्दै धम्क्याएको जनाएको छ ।

न्यू लण्डन प्रहरीका सर्जेन्ट डेभिड केथले लेखेको रिपोर्टअनुसार फिट्जसिमोन्सले यस विषयमा क्याम्पसमा जानकारी गराएका थिए र क्याम्पसका सुरक्षा अधिकृतहरुले प्रहरीलाई खबर गरेका थिए ।

रिजालमाथि कलेजमा हुन गइरहेको साहित्यिक कार्यक्रममा मानिसहरुलाई गोली प्रहार गर्ने योजना बनाएको आरोपसमेत लगाइएको छ ।

क्याम्पसका सुरक्षा अधिकृत विल्ली ब्याकोटले रिजालले कलेजमा मदिरापान र झैझगडा गरी अनुशासन भंग गरेको रेकर्ड भएको बताएका छन् । रिजालले अमेरिका र गोरा वर्णका मानिसलाई घृणा गर्ने उनको दावी छ ।

रिजालले भने ती सबै आरोपहरु झुटो भएको बताएका छन् । आफूसँग बन्दुक नभएको र बन्दुक राख्ने अनुमति पनि नभएको उनले बताएका छन् ।

रिजालको अपार्टमेन्टबाट हतियार बरामद भएको नभएको बारेमा प्रहरीको रिपोर्टमा उल्लेख छैन । प्रहरीले पक्राउ गरेको कारणले नै आफूलाई कोल्बी-सोयर कलेजले निष्कासन गरेको रिजालले बताएका छन् । कलेजले भने रिजालको बारेमा कुनै प्रतिक्रिया दिन मानेन ।

उनीमाथि लगाइएको धम्कीको आरोप प्रमाणित भएमा उनलाई नेपाल फर्काइन सक्ने सम्भावना रहेको छ । रिजालको मुद्दा कन्कर्डस्थित मेरिम्याक सुपेरियर कोर्टमा चलिरहेको छ र अध्यागमन वकिलसँग उनले आँउदो साता भेट्नेछन् ।

(न्यू हृयाम्पसायर युनियन लिडरबाट)

Continue Reading…

मलेसियासँगको श्रम समझदारीलाई म्यानपावरको तगारो

१४ मंसिर, काठमाडौं । सरकारको भाषामा भन्ने हो भने अब मलेसिया जान नेपाली कामदारले एक रुपैयाँ पनि खर्च गर्नुपर्दैन । म्यानपावर व्यवसायीले कामदार मलेसिया पठाउँदा सेवा शुल्क पनि असुल्न पाउँदैनन् । अहिलेसम्म व्यवसायीले सेवा शुल्कबापत वैधानिकरुपमा १० हजारसम्म लिन पाउँथे ।

मलेसियासँग भएको श्रम समझदारीले यस्तो कुनै पनि सेवा शुल्क कामदारले तिर्नुनपर्ने व्यवस्था गरेको हो । नेपाली कामदारको अधिकारलाई सुनिश्चित गर्दै मलेसियामा आर्थिक सुरक्षा प्राप्त हुने गरी समझदारी गरिएको छ ।

यति मात्रै हैन, मलेसिया जाँदा भिसा प्रक्रियामा लाग्ने शुल्कको भार पनि कामदारमाथि पर्ने छैन । सेवा शुल्क, आते-जाते हवाइ टिकट, स्वास्थ्य परीक्षण, सुरक्षा जाँच, भिसा शुल्क, लगायतबाट पनि कामदार मुक्त बनेका छन् ।

श्रम, रोजगार तथा समाजिक सुरक्षामन्त्री गोकर्ण बिष्टले चार महिनाअघि मलेसिया जाने कामदारमाथि भिसा प्रक्रियामा नाममा भइरहेको सिन्डिकेट अन्त्य गर्ने घोषणा गरेका थिए । त्यसअनुसार उनले मेडिकल बायोमेटि्रक, सेक्युरेटी क्लियरेन्स, भीएलएन, वान स्पट सेन्टर लगायतका नाममा कामबारबाट रकम लिन नपाइने घोषणा गरे । त्यसलगत्तै कामदारको भिसा प्रक्रिया नै रोकियो । यसपछि सरकारले पनि मलेसियाको मागपत्र लिन अस्वीकार गरेर ‘वार कि पार’को संघर्ष सुरु गर्‍यो ।

कामदारबाट अतिरिक्त रकम असुलेर मोटाइरहेका देशी-विदेशी विचौलियाहरुले मन्त्री विष्टको कदमविरुद्ध राजनीतिक र कुटनीति दबावको आँधि सिर्जना गर्न खोजे । तर, मन्त्री पछि हटेनन् । कामदारबाट ठगी गर्नेका विरुद्ध कानुनी लडाइँमा उत्रिए । उनीहरु भने अदालतबाट धरौटीमा रिहा भएर मन्त्रीविरुद्ध जेहाद छेडिरहे । तर, मन्त्री विष्ट अडानमा कायम रहेपछि मलेसियाले नै नेपाललाई श्रम समझदारीका लागि आग्रह गर्‍यो ।

नेपाली कामदार जान थालेको १७ वर्षपछि मलेसियाले नेपालसँग पहिलोचोटि ‘एमओयू’ गर्‍यो । यसका लागि मलेसियाका मानव संशाधन मन्त्री एम कुलेसागरन काठमाडौं आए ।

बिचौलिया संयन्त्रको घाँटी निमोठ्न मन्त्री बिष्टले गरेको सफल प्रयत्नले अन्य श्रम गन्तब्य मुलुकसँग पनि नेपालले आफ्ना कामदारको हितबारे दह्रो अडान लिन प्रेरणा मिलेको छ । यसअघिका कुनै पनि मन्त्रीले यति कडा अडान लिएका थिएनन् । कामदार मलेसिया जान रोकिँदा बिष्टमाथि राजनीतिक स्तरबाटै तीव्र दबावहरु सिर्जना भए पनि उनले अन्तिमसम्म लचकता देखाएनन् । र, अन्तिममा मलेसिया श्रम समझदारी गर्न आयो ।

यो श्रम समझदारीमा नेपालबाट मलेसिया कामदार लैजाँदा सबै खर्च रोजगारदाताले बेहोर्ने भन्ने स्पष्ट किटान गरिएको छ । अब मलेसियाली कम्पनीले सबै खर्च व्यहोरेर नेपाली कामदार लैजानुपर्नेछ । कामदार भर्तिदेखि भिसा प्रक्रियासम्मका सबै खर्च रोजगारदाताले बेहोर्ने भएपछि कामदारले एक रुपैयाँ पनि आफ्नो खल्तीबाट हाल्नु नपर्ने अवस्था बनेको हो ।

मेडिकल, सेक्युरिटी क्लियरेन्स र म्यानपावरको सेवा शुल्क रोजगारदाताले कामदारलाई पहिलो महिनाको तलब दिँदा नै ‘रिफण्ड’ गर्ने समझदारीपत्रमा उल्लेख छ ।

साथै अब मलेसियामा नेपाली कामदारले लेभी तिर्नुपर्दैन । समझदारी अनुसार हरेक महिनाको ७ गतेसम्म बैंक खातामा तलब खस्नेछ । आफ्नो पासपोर्ट कामदारसँगै रहनेछ, कम्पनीले कब्जामा लिन पाउने छैन । कम्पनीमा समस्या देखिए वा कामदारले आफू आर्थिकरुपमा असुरक्षित देखे अर्को कम्पनीमा फेरि वैधानिक रुपमा नै काम गर्न पाउनेछन् । अहिले मलेसियामा यसरी कम्पनी फेर्नुलाई अवैधानिक मानिन्छ । यो व्यवस्था नेपाली कामदारका लागि निकै महत्वपूर्ण छ ।

अब कामदारको करार अवधि २ वर्षमा झारिएको छ । यसअघि ३ वर्षको करार हुन्थ्यो । कामदारले मलेसियाली सरकारले तोकेको न्यूनतम पारिश्रमिकभन्दा कम नहुने गरी सेवा-सुविधा पाउनेछन् । अतिरिक्त समयमा काम गरेवापत अतिरिक्त पारिश्रमिकसहितको सुविधा पनि सुनिश्चित भएको छ ।

कामदारलाई कार्यस्थल र बासस्थानमा उचित वातावरण तयार गर्नुपर्ने र सुरक्षा प्रवन्धहरु मिलाउनुपर्ने समझदारीपत्रमा भनिएको छ । कामदार मलेसियाको विमानस्थल ओर्लिर्एको ६ घण्टाभित्र रोजगारदाताले गन्तव्यमा पुर्‍याउनुपर्नेछ । महिला कामदारको हेरचाह, सुरक्षा, संरक्षणका लागि विशेष व्यवस्था गर्नुपर्ने समझदारीमा उल्लेख छ ।

कामदार र रोजगारदाताबीच श्रमबारे विवाद भएमा न्यायिक निकायमा मुद्दा विचाराधीन रहेसम्मका लागि मलेसियामा रहन समस्या पर्नेछैन । कामदारले आफ्नो परिवारमा बाबु, आमा, श्रीमान वा श्रीमती, छोरा, छोरीको मृत्यु भएमा अधिकतम् १५ दिनका लागि नेपाल फर्किन छुट्टी पाउनेछन् । यो व्यवस्था निकै व्यवहारिक हुने अपेक्षा छ । दुर्घटना बीमा र स्वास्थ्य बीमा सम्बन्धमा मलेसिया सरकारले ल्याउने नीति र नियम नेपाली कामदारको हकमा पनि लागू हुनेछ । यो व्यवस्था मलेसियाली कामदारसरहकै हुनेछ । कामदारको अंगभंग वा मृत्यु भएमा रोजगारदाताले नेपाली राजदूतावासलाई जानकारी गराउनुपर्ने छ । कामदारको मृत्यु भएमा शव नेपाल पठाउने जिम्मेवारी सम्वन्धित रोजगारदाता कम्पनीकै हुने छ ।

कामदार, रोजगारदाता र श्रमिक आपूर्तिकर्ताको कार्यको अनुगमन एवं नियमन गरी थप व्यवस्थित गर्न नेपाल र मलेसिया सहमत भएका छन् । मलेसिया जानुअघि रोजगारदाता र कामदारलाई सम्झौतामा हस्ताक्षर गराइनेछ । यो सम्झौता कामदारले बुझ्ने गरी नेपाली भाषामा पनि तयार गरिनेछ ।

यस्ता सबै सहमति कार्यान्यवयनका लागि कार्यविधिहरु भने बनाउन बाँकी छ । त्यसका लागि दुबै देशका संयुक्त कार्य समुह अहिले छलफलमा छन् । यो कार्यविधिहरु नटुंगेसम्म मलेसियामा नेपाली कामदार जान पाउने छैनन् ।

यो कार्यदलले मलेसियामा कामदार जाँदा म्यानपावरको भूमिका कसरी तय गर्छ भन्ने हेर्न बाँकी छ । कामदारले कुनै शुल्क तिर्नु नपर्ने भएपछि म्यानपावरवाला असन्तुष्ट बनिरहेका छन् । भिसा प्रक्रियामा सरकारकै हात हुने भएकाले अब बिचौलिया संयन्त्रले कामदारबाट अतिरिक्त असुली गर्न सक्ने सम्भावना छैन ।

तर, म्यानपावरवालाले रोजगारदाताबाट पाउने सेवा शुल्कका भरमा कामदार पठाउलान् भन्ने ग्यारेन्टी गर्न सकिन्न । अहिले पनि सरकारले निशुल्क भिसा र टिकटको व्यवस्था लागू गराउन सकिरहेको छैन । म्यानपावरले १० हजारको बिल थमाएर कामदारबाट लाखभन्दा बढी रकम असुलिरहेकै छन् । यस्तो अवस्थामा म्यानपावरहरुलाई कसरी सरकारले ठेगानमा ल्याउला भन्ने हेर्न बाँकी छ ।

नेपालका धेरै म्यानपावरवालाहरु अझै पनि आफैं कम्पनीबाट सीधै माग ल्याउन सक्दैनन् । उनीहरु यसका लागि मलेसियाली एजेन्टलाई रकम बुझाउन बाध्य छन् । त्यो रकम उठाउन र आफूले पनि कुस्त कमाउन म्यानपावरले निःशुल्क भिसा र टिकटको व्यवस्थालाई कुल्चिएका छन् । निःशुल्क कामदार मलेसिया पठाउने कुरालाई उनीहरुले निःशुल्क भिसा र टिकेटको निर्णयजस्तै भनेर टिप्पणी गरेका छन् ।

यसबाटै बुझ्न सकिन्छ किन व्यवसायी यो निर्णय कार्यान्वन गर्न दिने पक्षमा छैनन् । श्रम मन्त्री बिष्टले म्यानपावरको यो चुनौतीलाई कसरी चिर्लान् भन्ने हेर्न बाँकी छ ।

Continue Reading…

माथिल्लो तामाकोसी : निर्माण अवधि लम्बिएसँगै लागत दोब्बर भयो

१४ कात्तिक, काठमाडौं । ४५६ मेगावाट क्षमता माथिल्लो तामाकोसी जलविद्युत आयोजना बहुप्रतिक्षित मात्र होइन, नेपालकै गौरब बढाउने आयोजना पनि हो । किनकी यो नेपालको लगानीमा नेपालकै प्राविधिकले बनाएका हुन् ।

तर एकपछि अर्को अवरोधका कारण आयोजना निर्माण अवधि मात्र लम्बिएको छैन, लागत पनि अनुमानभन्दा दोब्बर पुग्न भएको छ । सुरुमा ३५ अर्बमा बन्ने भनिएको थियो । तर, अर्को वर्ष कात्तिकमा आयोजना निर्माण सम्पन्न हुँदा लागत ३४ अर्ब थपिएर ७० अर्ब पुग्ने निश्चित जस्तै भएको हो ।

जबकी आयोजनाको लागत २०६६ सालमा ३५ अर्ब २९ करोड ४१ लाख रुपैयाँ अनुमान गरिएको थियो ।

नेपाली आफैंले यति ठूलो आयोजनाका लागि लगानी जुटाउन सक्छन् र आफैं बनाउन सक्छन् भन्ने स्थापित गर्ने भएकाले माथिल्लो तामाकोसीको राष्ट्रिय महत्वको थियो ।

आर्थिक वर्ष २०७३/०७४ भित्रै निर्माण सम्पन्न गर्ने र ०७६ /०७७ बाट नाफा कमाउने लक्ष्य थियो ।

तर, सुरुमा विनाशकारी भूकम्प बाधक बन्यो । २०७२ वैशाखमा आएको भूकम्प र भारतीय नाकाबन्दीका कारण आयोजनाको काम नराम्ररी प्रभावित भयो । त्यसपछि निर्माण सम्पन्न गर्ने नयाँ भाका तोकियो, २०७५ असार ।

तर, सो समयमा काम सकिएन, र फेरि २०७६ को असारलाई नयाँ म्याद तय गरियो । यो मिति नजिकिँदै जाँदा बुधबार नयाँ भाका तोकियो, २०७६ कात्तिक ।

यो पनि पढ्नुहोस माथिल्लो तामाकोशी एक वर्षपछि धकेलियो, आउँदो कात्तिकदेखि मात्रै सञ्चालन

पछिल्लो समय आयोजना निर्माणमा ढिलाइ हुनुको कारण भारतीय कम्पनी टेक्सम्याका बनेको छ ।

उसले काम गराइ हेर्ने हो भने कात्तिकमा पनि निर्माण सक्न कठिन हुने आयोजनाका अधिकारीहरु स्वीकार्छन् । तर, अब जसरी पनि असारसम्म सुरुङमा पानी परिक्षण सुरु गरिने तामाकोसी हाइड्रोपावर कम्पनीका सीईओ विज्ञान श्रेष्ठले बताए ।

आयोजना निर्माण सम्पन्न गर्ने मिति जति लम्बिदै गएको छ, लागत पनि त्यति नै थपिँदै गएको छ ।

तामाकोशी हाइड्रोपावर लिमिटेडको २०१७ को डिसेम्बरसम्म आयोजनाको खर्च ४९ अर्ब २९ करोड ५४ लाख पुग्ने संशोधित अनुमानलाई स्वीकृत गरेको थियो ।

तर, यो ब्याज बिनाको लागत थियो । त्यतिबेलै आयोजना निर्माणका लागि विभिन्न संस्थाबाट ल्याएको ऋणको ब्याज १० अर्ब ३४ करोड ४५ लाख पुगिसकेको थियो । कम्पनीका सीईओ श्रेष्ठका अनुसार अब यो ब्याज बढेर करिब २० अर्ब पुग्नेछ । यो २० अर्ब जोड्दा आयोजनाको लागत ६९ अर्ब ६३ करोड पुग्ने देखिन्छ ।

भूकम्पसँगै सुरु भयो ढिलाइ

२०७२ वैशाखको विनाशकारी भूकम्पसँगै तामाकोसीको काम डेढ वर्षसम्म रोकिएको थियो । भूकम्पका कारण पहुँचमार्गहरु भत्किएपछि करिब तीन सय ६० मिटरको सुरुङ निर्माण गर्नुपर्‍यो । भूकम्पले बाँधबाट सुरुङभित्र पानी पठाउने इन्टेक १९ सेन्टिमिटर भासियो । ठेकेदारका आवासगृह पनि क्षतिग्रस्त भएका थिए ।

आयोजनाले डिजाइन पनि परिवर्तन गर्‍यो । मुख्य सुरुङको अन्तिम खण्डमा पानीको भार थेग्न नसक्ने कमजोर चट्टान फेला परेपछि डिजाइन परिवर्तन गर्नुपरेको थियो ।

निर्माण अवधि झण्डै ३ वर्ष लम्बिँदा ब्याज, मूल्य समायोजन, विदेशी विनिमय दरमा भएका नोक्सानी र प्रशासनिक खर्च बढेका छन् । सुरुको लागत ५ अर्ब ४९ करोड अपुग भएकाले पुनरावलोकन समितिले (निर्माण अवधिको ब्याजबाहेक) लागत ४९ अर्ब २९ करोड पेश गरेको थियो, जुन स्वीकृत पनि भयो ।

डलरको भाउ पनि कारक

आयोजना निर्माणका लागि भएका सम्झौतामा केही भुक्तानी डलर र युरोमा गर्ने व्यवस्थाले पनि लागत बढाएको हो । २०६६ सालमा अमेरिकी डलरको भाउ ८० रुपैयाँ आंकलन गरिएको थियो । तर, अहिले १०८ भन्दा माथि पुगेको छ ।

माथिल्लो तामाकोसी आयोजना निर्माणका लागि चार वटा विदेशी कम्पनीले जिम्मा लिएका छन् ।

भारतीय कम्पनीको चरम लापरवाही

सिनो हाइड्रोले सुरुमा सिभिलको जिम्मा १३ अर्ब ३७ करोड १८ लाख रुपैयाँमा जिम्मा लिएको थियो । तर, अहिले यसको लागत २१ अर्ब ६९ करोड पुग्ने देखिएको छ ।

यसको भुक्तानी ६५ प्रतिशत अमेरिकी डलर र ३५ प्रतिशत नेपाली रुपैयाँमा गर्ने सम्झौता छ ।

त्यसैगरी हाइड्रोमेकानिकल वक्र्सको जिम्मा लिएको टेक्सम्याका एण्ड इन्जिनियरिङसँग सुरुमा १ करोड ५ लाख ७४ हजार युरो र २९ करोड २१ लाख नेपाली रुपैयाँमा ठेक्का दिइएको थियो । अहिले यसको लागत बढेर कुल झण्डै साढे २ अर्ब रुपैयाँ पुग्दैछ ।

हाइड्रोमेकानिकलतर्फ ठेकेदारले सन्तोषजनक काम नगर्दा आयोजनाको निर्माण अवधि र लागत बढ्दै गएको आयोजनाका अधिकारीहरु दावी गर्छन् ।

इलेक्ट्रो-मेकानिकलको जिम्मा भने एन्डि्रज हाइड्रोले लिएको छ । यो कम्पनीसँग आठ करोड ७२ लाख अमेरिकी डलर र ३३ करोड ४२ लाख नेपाली रुपैयाँमा सम्झौता भएको थियो । तर, यसको पनि लागत बढेको छ ।

यस्तै प्रसारणलाइन तथा सबस्टेशन निर्माणको जिम्मा भारतको केइसी इन्टरनेसनलले लिएको छ । १ करोड ७९ लाख अमेरिकी डलर र ५३ करोड ४६ लाख रुपैयाँमा सम्झौता भएकोमा अहिले लागत बढेर २ अर्ब ५६ करोड रुपैयाा भन्दा माथि पुगेको छ ।

डलर र नेपालीमा रकम भुक्तानी गर्ने सम्झौता भएका कारण डलरको भाउ बढ्दा पनि आयोजनाको लागत बढेको आयोजनाका अधिकारीहरुको दाबी छ ।

आयोजना सम्पन्न नहुँदा प्रशासनिक खर्च पनि बढेको छ । आयोजनामा कर्मचारी सञ्चय कोषको १० अर्ब, नेपाल टेलिकमको ६ अर्ब, नागरिक लगानी कोषको दुई अर्ब र राष्ट्रिय विमा संस्थानको दुई अर्ब लगानी छ धो सरकारले ११ अर्ब आठ करोडसम्म लगानी गर्नेछ । शेयरमार्फत जनतासँग पनि पैसा उठाइएको छ ।

Continue Reading…

सरकारको लोकप्रियता घटेको छैन : मन्त्री यादव

१४ कात्तिक, विराटनगर । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री मात्रिकाप्रसाद यादवले सरकारको लोकप्रियतामा कमी नआएको दाबी गरेका छन् ।

विराटनगर विमानस्थलमा बुधबार सञ्चारकर्मीहरुसंग कुराकानी गर्दै मन्त्री यादवले मुलुकलाई समृद्धिको बाटोमा अगाडि बढेकाले सरकारको लोकप्रियतालाई यसले थप उचाइमा पुर्‍याउने बताए ।

उनले सरकार जनताको जनादेश विपरीत गएर अहिले काम गर्न नसक्ने पनि बताए । मन्त्री यादवलेे सरकारले चिनीको बिक्री मूल्य ७० रुपैयाँ तोकेको हुनाले मूल्यभन्दा बढीमा बिक्री भएको पाइएमा त्यस्ता व्यापारीलाई कारवाही हुनेसमेत जानकारी दिए ।

मन्त्री यादवले बुधबार नै बिराटनगरको बैजनाथपुरमा निर्माणाधीन एकीकृत भन्सार चेक पोष्टको अनुगमन समेत गरेका छन् ।

उनले अनुगमनका क्रममा चोकपोष्ट निर्माणमा भइरहेको प्रगतिको बारेमा भारतीय निर्माण कम्पनीका प्रतिनिधिसँग जानकारीसमेत लिएका थिए ।

Continue Reading…

नेपाल-कतार व्यवसायी भेटः नेपालमा निर्धक्क भएर लगानी गर्न आग्रह

१४ कात्तिक, काठमाडौं । कतारको दोहामा नेपाल र कतारका व्यवसायीहरुको उच्चस्तरीय भेटवार्ता भएको छ ।

कतार भ्रमणमा रहेकी राष्ट्रपति विद्यादेवी भण्डारीको उपस्थितिमा भएको भेटवार्तामा नेपालमा लागानीको वातावरण लगायतका विषयमा छलफल भएको छ ।

काय्रक्रममा नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष भवानी राणाले कतारी लगानीकताहरूलाई नेपालमा निर्धक्क भएर लगानी गर्न आग्रह गरिन् ।

दुवै देशका उद्यमी व्यवसायीहरूको बाक्लो उपस्थिति रहेको भेटवार्तामा अध्यक्ष राणाले बदलिँदो प्रतिस्पर्धी विश्व व्यापारको वातावरणमा नेपालमा लगानी विस्तार गर्न कतारलाई आग्रह गरेकी थिइन् ।

लामो राजनीतिक अस्थिरता पश्चात नेपालमा पूर्णरूपमा राजनीतिक स्थिरता कायम भएको भन्दै अध्यक्ष राणाले लगानीको वातावरण बनेको प्रस्ट पारिन् ।

साथै उनले महासंघले पी-टु-पी अवधारणामार्फत आर्थिक विकास र आत्मनिर्भर अर्थतन्त्रको विकासमा जोड दिँदै आएको जानकारी गराएकी छन् ।

चार लाख भन्दा बढी नेपालीहरूले कतारमा काम गरेर ठूलो मात्रामा रेमिट्यान्स पठाइ नेपाली अर्थतन्त्रमा सहयोग पुर्‍याइरहेको उल्लेख गर्दै उनले तुलनात्मक रूपमा सस्तो श्रम शक्तिमा अन्य थुप्रै क्षेत्रहरूमा नेपालमा संयुक्त लगानी गरी लाभ उठाउन सकिने बताइन् ।

राष्ट्रपति भिण्डारीको ४ दिने भ्रमणमा महासंघका अध्यक्ष राणाको नेतृत्वमा उपाध्यक्ष चन्द्रप्रसाद ढकालसहितको उद्योगी व्यवसायीको टोली दोहामा छ ।

Continue Reading…

दबाईबाट होइन, दबाएर उपचार : जान्नुहोस् १० महत्वपूर्ण अक्युप्रेसर पोइन्ट्स

शरीर जति अनमोल छ, उत्तिनै अद्भूत पनि । यो शरीर, जसले अन्नपानी खाएर त्यसलाई उर्जामा रुपान्तरण गर्छ । त्यही उर्जाले प्राण रक्षा गर्छ ।

अर्को अद्भूत रहस्य त के पनि भने, शरीरका विभिन्न अंग एवं भागमा यस्ता प्वाइन्ट हुन्छन्, जसलाई दबाएर अन्य रोग एवं समस्याको निदान गर्न सकिन्छ । जस्तो हत्केलामा यस्ता थुप्रै प्वाइन्ट हुन्छन्, जसबाट मिर्गौला, मुटु, कलेजो, फोक्सो आदि अंगमा भएको अवरोध हटाउन सकिन्छ । यसलाई अक्युप्रेसर विधी भनिन्छ । यो सदियौं पुरानो तर वैज्ञानिक प्रणाली हो ।

के हो अक्युप्रेसर विधी ?

अकुप्रेसर विधिमा शरीरमा केही खास विन्दुहरुलाई दबाइन्छ जसले रोगको उपचार गर्छ । हाम्रो शरीरमा हजारौं नशा, धमनी, मांसपेसी, स्नायू, र सयौं हड्डीहरु हुन्छन् । यी सबैचीज मिलेर हाम्रो शरीर बनेको हुन्छ ।

कैयौंपटक केही विन्दुहरुमा रक्तसञ्चार राम्रोसँग हुन पाउँदैन र त्यसलाई दबाउँदा फेरि त्यो खुल्छ र सहि तरिकाले काम गर्न थाल्छ ।

अकुप्रेसर विधिलाई आम भाषामा ‘दबाईबाट होइन दबाएर उपचार गर्नु’ भनिन्छ । केही खास विन्दुहरुलाई दबाउनाले सम्बन्धित रोगमा धेरै लाभ पुग्छ । त्यो रोगको निदान हुन्छ । ती खास विन्दुलाई अक्युपोइन्ट भनिन्छ ।

यी चिकित्सा पद्धतीको खोज चीनमा दुई हजार वर्षपहिले गरिएको थियो । अहिलेसम्म विश्वभरमा करोडौं मानिसहरुले यसको फाइदा उठाइरहेका छन् ।

विशेषगरि चीन, अमेरिका, भारत, हङकङमा यो पद्धति धेरै प्रचलित छ । हाम्रो देश नेपालमा पनि भर्खरभर्खरै यो उपचार पद्धति सुरु भएको छ । यो विधिमा सम्बन्धित विन्दुलाई लगभग १ मिनेटसम्म औंलाको मद्धतले दबाइन्छ र हल्का मसाज दिइन्छ ।

अकुप्रेसर विधिबाट यस्ता लाभ पाउन सकिन्छ

-यसमा कुनै खर्च हुँदैन । जो कोहीले पनि यसको लाभ लिन सक्छन् ।

-यसमा कुनै किसिमको सर्जरी हुँदैन । यसैले डराउनु पर्दैन ।

-यो विधिको कुनै साइडइफेक्ट हुँदैन ।

-यसले यौनशक्तिलाई बढाउँछ ।

-यसले अनुहारको चाँयापोतोलाई टाढा गर्छ र अनुहारमा निखार ल्याउँछ ।

-पिठ्युमा दुखाई तनाव, डिप्रेसन, शरीरमा हरेक किसिमका दुखाईलाई टाढा गर्छ ंर भावनात्मक रुपमा मजबुत बनाउँछ ।

-यसले नकरात्मक विचारलाई टाढा गर्छ र सकरात्मक विचार ल्याउँछ ।

-यदि तपाईंलाई औषधिको गोली खान मन छैन भने यो विधि सबैभन्दा उपयुक्त हुन्छ ।

यी हुन् १० महत्वपूर्ण अकुप्रेसर विन्दुहरु

१. पेरिकार्डियम

यो विन्दु हत्केलाबाट १ इन्च तल रहेको हुन्छ । यसलाई दबाउनको लागि टाउको दुखाई, पेटको रोग, बेचैनी, वान्ता हुने जस्ता रोगमा लाभ हुन्छ । गर्भावस्थाको क्रममा हुने उल्टीमा पनि यो लाभकारी हुन्छ ।

किमोथेरापी र विकिरणपछि आउने वान्ता, जीउ चिलाउने समस्यामा पनि यसले फाइदा पुर्याँउछ । त्यसैले तपाईंले पनि यसलाई अपनाउनुहोस् ।

२. शेन म्यान विन्दु

यसलाई स्वर्गको द्धार पनि भनिन्छ । यो विन्दु कानको उपल्लो हिस्सामा हुन्छ । यसलाई दबाउनाले तनाव टाढा हुन्छ र धुमपानको बानी छुट्छ । यसलाई दबाउनाले सकरात्मक उर्जा पुरै शरीरभर दौडन्छ ।

एलर्जी, चिन्ता, डिप्रेसन जस्ता समस्या टाढा हुन्छ । यसलाई बुढीऔंला र चोर औंलाले दबाउनुपर्छ ।

३. जोइनिङ द भ्याली

यो विन्दु हातको बुढीऔंला र चोर औंलाको बीचमा हुन्छ । यसलाई दबाउनाले विभिन्न प्रकारका दुखाई जस्तैः जोर्नीको दुखाई, गर्धनको दुखाई, दाँतको दुखाई, टाउकोको दुखाई, माइग्रेन जस्ता समस्या टाढा हुन्छ ।

यसलाई दबाउनाले कब्जियतमा राहत मिल्छ । विषाक्त पदार्थ शरीरबाट बाहिर निस्कन्छ । दुखाईको निवारणको लागि यो सबैभन्दा राम्रो विन्दु हो ।

४. तेस्रो आँखा

यो विन्दु निदानमा दुवै आँखीभौंको बीचमा रहेको हुन्छ । ठिक त्यही ठाँउमा जहाँ महिलाहरुले टिका लगाउने गर्छन् । यसलाई दबाउनाले थकान दुर हुन्छ ।

यस बाहेक निन्द्रा दिलाउन सहायक हुन्छ । स्मरणशक्ति बढाउँछ, टाउकोको दुखाईलाई टाढा गर्छ, आँखामा हुने दुखाईलाई टाढा गर्छ र मानसिक शक्ति प्रदान गर्छ ।

५. सी अफ ट्रेङ्कुलिटी

यो विन्दु छातीको बीचमा रहेको हुन्छ । यसलाई दबाउनाले कैयौं प्रकारका बाधाहरु टाढा हुन्छन् जस्तै बेचैनी, हडबडाहट, चिन्ता, थकान, भावनात्मक समस्याहरु आदी ।

यसलाई दबाउनाले मनमा उठ्ने नकरात्मक विचार टाढा भाग्छ । यसलाई अपनाउनको लागि सिधा खडा हुने, मेरुदण्डको हड्डीलाई सिधा राख्ने र दुवै हातको औंला मिलाएर यसलाई दबाउन सकिन्छ ।

६. स्याकरल विन्दु

यो विन्दु कम्मरको माथिल्लो भागमा अर्थात टेल बोनमा स्थित हुन्छ । यसलाई दबाउनाले पेल्भिसमा रक्तसञ्चार सहि हुन्छ । यसले विशेषगरि महिलाहरुमा महिनावारीको दुखाईलाई टाढा गर्छ साथै गर्भाशयलाई आराम दिन्छ ।

७. हेवनली पिलर

यो विन्दु गर्धनको पछाडिको भागमा रहेको हुन्छ जहाँ गर्धन र टाउको आपसमा जोडिएको हुन्छ । आजभोलीको आधुनिक जीवनशैलीको कारण मानिसहरु कम्प्युटर, मोबाईल फोनमा घन्टौंसम्म काम गर्छन् जसले गर्धनमा दुखाई सुरु हुन्छ । यो विन्दुलाई दबाउनाले गर्धनको दुखाईमा धेरै लाभ मिल्छ ।

८. बिगर रसिङ

यो विन्दु खुट्टामा बुढी औंला र ठुलो औंलाको बीचमा लगभग २ इन्च माथि हुन्छ । यसलाई दबाउनाले रोग प्रतिरोधक क्षमता बढ्छ । यो विन्दुलाई चोर औलाको मद्धतले दबाउनुपर्छ र दबाउँदा आधा इन्च तलमाथि गर्नुपर्छ । फेरि अर्को खुट्टाको बिगर रसिङ विन्दुलाई पनि दबाउनु पर्छ ।

९. लेग थ्री माइल्स

यो पोइन्ट घुँडा भन्दा करिब ३ इन्च तल हुन्छ । यसलाई दबाउनाले पेटका विभिन्न रोगहरुबाट छुटकारा पाउन सकिन्छ जस्तै अपच, कब्जियत, ग्यासको समस्या, पेटफुल्ने, डायरिया, उल्टी आदी ।

यो विन्दुलाई दबाउनाले रक्त सञ्चार राम्रो हुन्छ, स्टामिना बढ्छ र स्वास्थ्यमा निखारता आँउछ ।

१०. कमान्डिङ मिडिल

यो पोइन्ट घुँडाको ठिक पछाडि हुन्छ । यसलाई दबाउनाले हाडजोर्नीको समस्या, कम्मर दुखाई, ढाड दुख्ने, साइटिका लगाएतका समस्यामा फाइदा हुन्छ ।

यो विन्दुलाई आरामले १ मिनेटसम्म दबाउनुहोस् फेरि अर्को खुट्टाको कमान्डिङ मिडिल विन्दुलाई दबाउनुहोस् ।

Continue Reading…

चार लाख नगदसहित चारजना जुवाडे पक्राउ

१४ कात्तिक, बुटवल । प्रहरीले बुटवलको एक होटलबाट करिब चार लाख रुपैयाँ नगदसहित तास खेलिरहेका चार जनालाई पक्राउ गरेको छ ।

बुटवल ट्राफिकचोकस्थित झिमा होटलमा मंगलबार राति तास खेल्दै गरेको अवस्थामा तीन लाख ९४ हजार नगदसहित चारजना पक्राउ परेका हुन् ।

यसबारे प्रहरीले बुधबार दिउँसोमात्रै सञ्चारमाध्यमलाई जानकारी गराएको हो । इलाका प्रहरी कार्यालय बुटवलका अनुसार तास खेल्दै गरेको अवस्थामा पक्राउ पर्नेहरुमा होटल सञ्चालक लोकनाथ न्यौपाने, स्थानीय टीका क्षेत्री, तिलोत्तमा नगरपालिका ७ का राजाराम यादव र पाल्पा बगनासकाली गाउँपालिका ३ का रामप्रसाद श्रेष्ठ रहेका छन् ।

उनीहरुको साथबाट नगदसहित ३६४ पत्ती ताससमेत बरामद गरिएको कार्यालयका प्रमुख प्रहरी नायब उपरीक्षक डिलबहादुर मल्लले बताए ।

उनीहरुमाथि अनुसन्धान भइरहेको मल्लले बताए । यसअघि प्रहरीले बुधबार बिहान ८२ हजार नगदसहित तास खेल्दै गरेका चारजनालाई पक्राउ गरी सार्वजनिक गरेको थियो ।

Continue Reading…

अस्पतालमै बन्धक बनाइएका आमाछोरी घर फर्किए

१४ कात्तिक, मोरङ । तीन महिने शिशुको उपचारमा लागेको शुल्क तिर्न नसक्दा अस्पतालमै बन्धक बनाइएका दुई आमा छोरी घर फर्किएका छन् ।

अनलाइनखबरमा मंगलबार समाचार प्रकाशित भएपछि विराटनगरको आरके चिल्डे्रन हस्पिटलले मंगलबार साँझ मृतक शिशुका आफन्तलाई घर जान दिएको हो ।

सप्तरी भारदहकी रेनुदेवी खड्गाको तीन महिने छोरी निशा विरामी भएपछि आरके चिल्ड्रेन अस्पतालमा भर्ना गरिएको थियो । तर ११ दिन भेण्टिलेटरमा राखेर उपचार गर्ने क्रममा आइतबार शिशुको निधन भएको थियो । उपचार गर्दा लागेको १ लाख ७० हजार रुपैयाँ शुल्क तिर्न नसक्दा रेनुदेवी र उनकी आमा सीतादेवी मण्डल मंगलबारसम्म अस्पतालमा बस्न बाध्य भएका थिए ।

यो पनि पढ्नुहोस उपचार खर्च तिर्न नसक्दा आमाछोरी अस्पतालमै बन्धक

मंगलबार साँझ प्रहरीको रोहवरमा तीन महिने शिशुको शव आफन्तलाई जिम्मा लगाएको अस्पतालका व्यवस्थापक धिरज मैनालीले जानकारी दिए । मृतक शिशुको परिवार आर्थिक रुपमा सम्पन्न रहेको बताउदै उनले शिशुका आफन्तलाई भने अस्पतालले बन्धक नबनाएको दाबी गरे ।

अस्पतालको शुल्क तिर्नुपर्छ भनेर रेनुदेवीका घर पक्षका आफन्त अस्पतालबाट सुटुक्क भागेपछि अस्पतालले आमा छोरीलाई अस्पतालमा रोकेको अस्पताल व्यवस्थापनको भनाइ छ । अस्पतालले मृतक शिशु दिएपछि मंगलवार साँझ नै घर आएको सीतादेवीले जानकारी दिइन् ।

असोज ३१ गते तीन महिनाकी छोरी निशालाई उच्च ज्वरो आएपछि रेनुदेवीले उपचारकालागि विराटनगरको कोशी अञ्चल अस्पताल ल्याएकी थिइन् । अञ्चल अस्पतालमा उपचार हुन नसकेपछि आर के चिल्ड्रेन हस्पिटलमा उपचारका लागि भर्ना गरिएको थियो ।

आर के चिल्ड्रेन अस्पतालमा ११ दिनको उपचारपछि आइतवार शिशुको मृत्यु भएको थियो । अस्पतालले ११ दिन भेण्टिलेटरमा राखेर उपचार गर्दा १ लाख ७० हजार रुपैयाँ हाराहारी बिल उठेको जानकारी दिएको थियो । तर अस्पतालले मागे अनुसारको शुल्क तिर्न नसकेपछि आमा छोरीलाई अस्पतालले रोकेर राखेको हो । शिशुका आफन्तले अस्पतालमा ६० हजार रुपैयाँ बुझाएका थिए ।

Continue Reading…

काश्मिरका जनता संसारकै लागि प्रशंसायोग्य : इमरान खान

१४ कात्तिक, काठमाडौं । पाकिस्तानका प्रधानमन्त्री इमरान खानले २७ अक्टोबरको दिन दक्षिण एसियाको इतिहासमै सबैभन्दा दुखद दिन भएको टिप्पणी गरेका छन् ।

उनले भारतीय सैनिकले जम्मु काश्मिर कब्जा गरी त्यहाँका वासिन्दाको आधारभूत अधिकार हनन गर्नुका साथै अन्तर्राष्ट्रिय कानूनको उलंघन गरेको  बताएका छन् । ‘सात दशकदेखि भारतले जम्मु कास्मिर कब्जा गरिरहेको छ, उसले काश्मिरी जनताको चाहनाअनुसार जनमत संग्रह गर्ने संयुक्त राष्ट्र संघ सुरक्षा परिषदको अनुबन्धको उलंघन गरेको छ’ उनले भनेका छन् ।

भारतले बल प्रयोगमार्फत जनताको अधिकार हनन गरेको पनि बताएका छन् । भारत प्रशासित काश्मिसका वासिन्दा वीर र साहसी रहेको भन्दै प्रधानमन्त्री खानले उनीहरु संसारकै प्रशंसायोग्य वासिन्दा भएको बताए ।

यता, नेपालका लागि पाकिस्तानका राजदूत मजहर जावेदले कठिन समयमा नेपालबाट प्राप्त साथ र समर्थनप्रति पाकिस्तानी सरकार एवम् जनता आभारी भएको बताएका छन् ।

पाकिस्तानी राजदूतावासमा बुधबार ‘जम्मु–काश्मिर विवाद र मानवअधिकार उल्लङ्नका घटनामा वृद्धि’ विषयमा आयोजित प्रवचन कार्यक्रममा उनले सरकारीस्तरमा मात्र नभई जनस्तरमा पनि दुई देशबीचको सम्बन्ध सुदृढ रहेको धारणा राखे ।

‘दुवै देशले एकअर्काका आन्तरिक मामिलामा अहस्तक्षेपको नीति अवलम्बन गरेका छन्’ उनले भने । राजदूत मजहरले जम्मु–काश्मिर समस्या समाधान संयुक्त राष्ट्र सङ्घको प्रस्तावअनुसार जनमतसङ्ग्रहका माध्यमबाट हुनुपर्ने दोहोर्‍याए ।

राजनीतिक विश्लेषक शास्त्रदत्त पन्तले काश्मिर समस्या दक्षिण एशियाली क्षेत्रीय सहयोग सङ्गठन (सार्क) का सदस्य राष्ट्रको समेत चासोको विषय भएकाले समाधानका लागि सबैले मिलेर संयुक्त राष्ट्र सङ्घलाई घच्घच्याउनुपर्नेमा जोड दिए ।

Continue Reading…

गणित बोझ कि आवश्यकता ? किन धेरै विद्यार्थी फेल हुन्छन् ?

माध्यमिक तहको कक्षा ११ र १२ को नयाँ पाठ्यक्रम यसै वर्षदेखि लागू गर्ने तयारीमा रहेको सरकार चौतर्फी विरोध र आलोचना भएपछि पछि सरेको छ । यस वर्ष परीक्षणका रुपमा लागू गरी आगामी शैक्षिक सत्रबाट पूर्णरुपमा लागू गर्ने निर्णयमा सरकार पुगेको छ ।

तर, यस वर्ष कक्षा ११ को नयाँ पाठ्यक्रम कहाँ लागू गरिएको छ ? यसको जानकारी पाउन सकिएको छैन । नयाँ पाठ्यक्रमको विरोध गर्नेहरुले आ-आफ्नै किसिमले गरे होलान् तर यसमा गणित विषयलाई अनिवार्य नगरी इच्छाधीन गरिएकोमा यसका सरोकारवालाहरुबाट भएको विरोधले सबैको ध्यान तानेकै छ ।

पहिला पाठ्यक्रमको प्रारुप विज्ञान अन्तर्गत जीव विज्ञान समूहका विद्यार्थीहरुले समेत गणित पढ्न नपाउने गरी बाहिर ल्याइएको थियो । यस्तो प्रावधानले विद्यार्थीहरुको भविश्य बर्बाद गर्ने भन्दै विरोध भएपछि पाठ्यक्रम विकास केन्द्रले यसलाई सच्याइएको बताउँदैछ ।

तर, पाठ्यक्रम प्रारुपको अन्तिम रुप अहिलेसम्म सार्वजनिक भएको छैन । गणित सम्बन्धी यही बहसमा केन्दि्रत रही यहाँ केही चर्चा गरिएको छ ।

गणित कतिलाई आवश्यक कतिलाई अनावश्यक ?

शिक्षा मन्त्रीले कक्षा ११ र १२ मा अनिवार्य गणित हटाउनुको कारण दिँदै भनेका छन् ३० हजारलाई चाहिने गणित हटाएर ३ लाखको बोझ हटाएका छौं । यो तर्क आफैंमा हास्याप्रद छ । ०७४ सालको शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयकै तथ्याङ्कलाई हेर्ने हो भने उच्च शिक्षामा गणित आवश्यक हुने विषयहरु विज्ञान, इञ्जिनियरिङका विद्यार्थीहरुको संख्या नै ५२ हजार ५ सय ५६ रहेको छ ।

यी विषयहरुका अलवा व्यवस्थापन, कृषि, फोरेष्ट्री मेडिसिन आदिलाई पनि गणितको आवश्यकता पर्छ, यी विषयहरु पढ्नेको संख्या जोड्ने हो भने २ लाख २५ हजार ६ सय १५ हुन आउँछ । यो उच्च शिक्षामा भर्ना हुने कुल विद्यार्थींको ६३ प्रतिशत हाराहारी हो ।

गणित नचाहिने भनिएको मानविकी, शिक्षा शास्त्र संकायमा जम्मा १ लाख २८ हजार ४ सय ४८ विद्यार्थीहरु भर्ना भएका देखिन्छन् । यी संकायअन्तर्गतका विषयहरुमा पनि गणित आफंै छ । त्यस अलवा अर्थशास्त्र, जनसंख्या अध्ययन जस्ता विषयहरुमा पनि गणित आवश्यक पर्छ । अरु गणित नचाहिने भनिएका विषयहरुमा पनि अनुसन्धानमा गणितीय ज्ञान आवश्यक पर्छ । अर्थशास्त्र, जनसंख्या जस्ता विषयहरुमा मात्र विद्यार्थीको संख्या जोड्ने हो भने यो प्रतिशत ७० को हाराहारीमा पुग्छ ।

पाठ्यक्रम आजलाई मात्र हेरेर बनाउने हैन, कम्तिमा पनि यसले आउँदो १०/१५ वर्षको जनशक्तिको आवश्यकता, विश्वव्यापी नवीन विषयहरुको प्रवाह आदिलाई ध्यान दिन जरुरी छ । विगतमा अत्यधीक विद्यार्थीहरु भर्ना हुने गरेको मानविकी संकायमा अत्यन्तै न्यून विद्यार्थीहरु भर्ना हुन थालेका छन् ।

शिक्षाशास्त्रमा पनि विद्यार्थीहरुको भर्ना दर पछिल्ला वर्षहरुमा कम हुदै गइरहेको छ । यी संकायहरुले पनि बीसीए, बीआइटी लगायत नयाँ नयाँ विषयहरु भित्र्याइरहेका छन्, जहाँ गणित अनिवार्य छ ।

यस तथ्याङ्कलाई हेर्ने हो भने लगभग ८० प्रतिशत विद्यार्थीहरुलाई गणित आवश्यक हुने देखिन्छ । अब मन्त्रीज्यूले भनजस्तै ३० हजारलाई चाहिने गणित हटाएर ३ लाखको बोझ कम गरियो कि ३ लाखलाई चाहिने गणित हटाएर ३० हजारका लागि मात्र गरियो ?

गणितमा धेरै फेल किन ? यसको समाधान के हो ?

गणित हटाउनुको अर्को कारण गणितमा एसईई परीक्षामा अधीक विद्यार्थींहरु अनुर्त्तीण हुनु बताइएको छ । गणितमा विद्यार्थीहरु फेल हुनुमा विषय दोषी हुँदैन । हामीले गणितमा किन विद्यार्थीहरु फेल भए पनि त्यसको कारण पत्ता लगाई निराकरण गर्न लाग्नुपर्छ ।

विषयवस्तु मूल्याङ्कन, शिक्षण सिकाई क्रियाकलाप आदिमा भएका कमजोरीहरु हटाई नतिजा सुधार्नेतिर लाग्नुको सट्टा हामी विषय नै हटाउनेतिर लाग्दै छौं यो भनेको गरिब मारेर गरीवको संख्या घटाउँछु भन्नुजस्तै हो ।

गणितमा उर्तीण दर बढाउन पनि कक्षा ११ र १२ मा गणित विषयलाई अनिवार्य गरिनुपर्दछ । यो तर्क सुन्दा अचम्म लाग्न सक्छ । तर, यसका पछाडि पुष्टि पनि छ । अहिलेको पाठ्यक्रम अनुसार कक्षा ९ र १० मा गणितीय विषयवस्तुहरु अधीक राखिएको छ । यो समस्या तल्ला कक्षाहरु पनि त्यतिकै छ ।

वालमनोविज्ञानलाई ख्यालै नगरिकन आवश्यक छ भन्ने नाममा अधीक विषयवस्तुहरु थोर्पनाले पनि विद्यार्थीहरुले जसरी रमाई रमाई गणित पढ्नुपर्ने हो, त्यसरी पढ्न पाएका छैनन् ।

एउटा अभ्यासका समस्याहरुमा उचित धारणा नबनाई नै नयाँ अभ्यास सुरु गर्नुपर्ने बाध्यता छ । जसले गर्दा उनीहरुले गणितीय ज्ञानलाई स्थायीरुपमा आत्मासाथ गर्न सकेका छैनन् । यो समस्याको हल गर्न पनि कक्षा ११ र १२ मा अनिवार्य गणितको व्यवस्था गरी तल्ला कक्षाहरुका कतिपय पाठ्यसामाग्रीहरु माथिल्ला कक्षाहरुमा समेट्नु पर्छ भने कक्षा ११ र १२ मा उच्च शिक्षामा सवैलाई आवश्यक पर्ने गणितिय ज्ञानहरुलाई पनि समेट्नु पर्दछ । यसले गर्दा विषयवस्तुको बोझ कम हुन्छ र विद्यार्थीहरुलाई अभ्यासका लगानी चाहिने समय पर्याप्त हुन्छ ।

एसईई लगायतका परीक्षामा गणितमा बढी विद्यार्थीहरु अनुत्तीर्ण हुनुमा अर्को कारण हाम्रो मूल्याङ्कन पद्दति पनि हो । गणित बाहेक अरु सवै विषयहरुमा प्रयोगात्मक कक्षाको व्यवस्था गरिएको छ । त्यसैले ती विषयहरुको उत्तीर्ण दर बढी देखिन्छ ।

गणितमा प्रयोगात्मक कक्षा नै छैन । गणितमा प्रयोगात्मक कक्षाको व्यवस्था गर्ने हो भने यसले विद्यार्थीमा भएको ज्ञानलाई सवलीकरण गर्न मद्दत पुग्छ, जसले गर्दा उत्तीर्ण दर बढ्छ ।

अर्को समस्या, प्रश्न पत्र निर्माणमा पनि देखिएको छ । विद्यार्थीहरुले कहिले नदेखेका, विषय शिक्षकले नै धरैबेर धोत्लिनुपर्नेखालका समस्याहरु पनि परीक्षामा सोधिने गरिएको छ, जसले विद्यार्थीहरुलाई गणित गाह्रो बनाई रहेको छ । विद्यार्थीको सिर्जनशीलता त मापन गर्नुपर्छ । तर, यसको नाममा सोधिने यस्ता प्रश्नहरुले विद्यार्थीहरुलाई गणित विषय हाउगुजी बनाएको छ ।

प्रभावकारी शिक्षण सिकाईको प्रमुख तत्व शिक्षक हो । विषय वस्तुको उचित ज्ञानसहितका तालिम प्राप्त शिक्षकहरु विभिन्न कारणले गर्दा पर्याप्त रुपमा विद्यालयमा खटाउन सकिएको छैन, जसका कारण पनि अनुत्तीर्ण दर बढी छ । गणितको नतिजा सुधार्न यी र यस्तै अन्य कारणहरुको उचित निरकरण नगरी सरकार पास प्रतिशत बढाउने नाममा गणित विषयलाई विद्यालय तहको पाठ्यक्रम बाटै हटाउन लागिएको छ । शरीरको अंगमा घाउ लाग्यो भनेर निको पार्ने नाउमा शरीरको अंग नै काटेर फाल्न खोजिँदैछ । यसले शरीरबाट घाउ त फालिएला, तर भोलि अंग नभएको शरीरले कसरी काम गर्ने ? यतातिर ध्यान दिन जरुरी छ ।

(अधिकारी त्रिविका उपप्राध्यापक हुन्)

Continue Reading…

पीपीएल : बुटवललाई रोक्दै विराटनगरको पहिलो जित

१४ कात्तिक, काठमाडौं । पोखरा पि्रमियर लिग (पीपीएल) क्रिकेट प्रतियोगितामा विराटनगर टाइटन्सले पहिलो जित हात पारेको छ ।

प्रतियोगितामा यसअघिका तीन खेलमा पराजित भएको विराटनगरले बुटवल ब्लास्टर्सलाई १२ रनले पराजित गरेको हो ।

पोखरा रंगशालामा १४१ रनको चुनौती पछ्याउँदै जवाफी ब्याटिङ गरेको बुटवलले निर्धारित २० ओभरमा ८ विकेटको क्षतिमा १२८ रन मात्रै बनाउन सक्यो । बुटवलका लागि भीम सार्कीले अर्धशतक बनाए पनि टिमलाई जित दिलाउन भने सकेनन् । उनले ४२ बलमा ४ चौका र १ छक्का प्रहार गर्दै ५० रन बनाएका थिए । बुटवलका लागि सागर पुनले २९ र शंकर रानाले २३ रन बनाएका थिए ।

बलिङतर्फ कप्तान सन्दीप लामिछाने र किशोर महतोले समान २-२ विकेट लिए ।

टस जितेर ब्याटिङ गरेको विराटनगरले निर्धारित २० ओभरमा ७ विकेटको क्षतिमा १४० रन बनाएको थियो । विराटनगरका लागि मोहम्मद जाइद आलमले उत्कृष्ट ब्याटिङ गरे । उनले ४५ बलमा ७२ रन बनाए । उनले ५ छक्का र ६ चौका प्रहार गरे । त्यस्तै, प्रदीप ऐरीले ४१ रन बनाए । आलम र ऐरीको उत्कृष्ट प्रदर्शनमा विराटनगरले सम्मानजनक स्कोर बनाएको थियो ।

शून्य रन हुदा पहिलो विकेट गुमाएको विराटनगर सुरुवाती समयमै दबाबमा आएको थियो । ३६ रन हुदा अर्को विकेटको रुपमा जितेन्द्रसिंह ठकुरीलाई गुमाएको विराटनगरले त्यसपछि भने सम्हालिएर खेलेको थियो ।

बलिङतर्फ भने बुटवलका ललित भण्डारीले २ विकेट लिए । त्यस्तै, सामसद शेख, विपिन खत्री र सागर पुनले समान १-१ विकेट लिए ।
लगातार ३ खेलमा हार ब्यहोर्दै २ खेल खेल्नुअघि नै प्रतियोगिताबाट बाहिरिएको विराटनगरले आफ्नो चौथो खेलमा जित हात पारेको हो ।

यसअघि विराटनगरले पहिलो खेलमा पोखरा पल्टनसँग ५८ रनको हार ब्यहोरेको थियो । दोस्रो खेलमा एक्स्पर्ट धनगढीसँग ७८ रनले हार ब्यहोरेको विराटनगरले तेस्रो खेलमा काठमाडौं रोयल्ससँग ५ विकेटले पराजित हुदै प्रतियोगिताबाट बाहिरिएको थियो ।

यता, बुटवलको भने यो पहिलो हार हो । यसअघि बुटवलले दुबै खेलमा जित हात पारेको थियो ।

Continue Reading…

प्रदेश योजना आयोगको साँचो मानवअधिकारकर्मीलाई किन ?

१४ कात्तिक, बिराटनगर । एक नम्बर प्रदेशले प्रदेश योजना आयोगको उपाध्यक्षमा मानवअधिकारकर्मी सुबोधराज प्याकुरेललाई नियुक्ति गरेसँगै सरकारी निर्णय विवादमा तानिएको छ ।

प्रदेश सरकारले मानवअधिकारवादी संस्था इन्सेकमा सक्रिय प्याकुरेललाई राज्यमन्त्रीसरहको सेवा सुविधा पाउने गरी प्रदेश योजना आयोगको उपाध्यक्षमा बुधबार निुयक्त गरेको छ । मन्त्रिपरिषदबाट निर्णय गरी आयोगको उपाध्यक्षमा प्याकुरेललाई नियुक्ति गरिएको थियो ।

प्रदेश सरकारको काम कारवाही आफैंमा प्रभावकारी हुन नसकेका बेला आयोगको उपाध्यक्षमा प्याकुरलेको नियुक्तिले सरकार विवादमा तानिएको छ ।

विराटनगरबाट २० वर्ष अगाडि काठमाडौं बसाई सरेका प्याकुरेल वाणिज्यशास्त्रका विद्यार्थी भए पनि योजना निर्माणका विज्ञ होइनन् । लामो समयदेखि उनी मानवअधिकारको क्षेत्रमा एनजीओ मार्फत सक्रिय छन् ।

आर्थिक मामिलाका जानकार डा. अर्जुन बरालले प्रदेश सरकारले आयोगको उपाध्यक्षमा नियुक्ति गरेका प्याकुरेल विषय विज्ञभन्दा पनि राजनीतिमा प्रभावमा नियुक्त भएको बताए ।

प्रदेशमा आर्थिक, भूगोल, कृषि, पर्यटन जस्ता क्षेत्रका विज्ञलाई आयोगमा राखिने गरिँदै गरिन्छ । ‘तर, प्रदेश सरकारका मन्त्रीहरुलाई जे सहज भयो, त्यही गर्नुभएको होला, तर, विषय विज्ञ भने उहाँ होइन, विज्ञलाई नियुक्ति गरेको भए राम्रो हुने थियो’ बरालले भने ।

तत्कालीन नेकपा एमालेको मोरङ जिल्ला उपसचिव हुँदै विराटनगर उपमहानगरपालिकाको उपमेयर र संसदमा पराजित भएका प्याकुरेल २०५१ सालपछि केही समय विराटनगर जुटमिलको अध्यक्ष बनेका थिए । त्यसपछि काठमाडौं हान्निएका उनी काठमाडौंकै स्थायी बासिन्दा हुन् ।

प्याकुरेलको परिवार तत्कालीन नेकपा एमालेनिकट रहेर बारम्बार राज्यका उपल्लो पदधारण गर्ने र सेवा सुविधा प्राप्त गर्नेहरुमध्ये पर्दछन् । उनका दाजु सुशील प्याकुरेल इन्सेक अध्यक्ष हुँदै तत्कालीन एमालेकै सिफारिसमा राष्ट्रिय मानवअधिकार आयोगको सदस्य र हाल दोस्रो कार्यकालका लागि राष्ट्रपति विद्यादेवी भण्डारीको सल्लाहकारको रुपमा रहेका छन् ।

उपाध्यक्षमा सिफारिस प्याकुरेलका भाई सुमन प्याकुरेल राष्ट्रिय सभाका सदस्य छन् भने उनका भान्जा कुन्दन अर्याल प्रधानमन्त्री केपी ओलीका प्रेस सल्लाहकार रहेका छन् । विज्ञ नभए पनि उच्च राजनीतिक पहुँचकै कारण प्याकुरेल योजना आयोगको उपाध्यक्ष बन्न सफल भएका हुन् ।

प्रदेश सरकारले ५ सदस्यीय योजना आयोग बनाउने भए पनि उपाध्यक्षसहित अन्य २ सदस्य मात्र नियुक्त गरेको छ । सहायक मन्त्रीसरहको सुविधा पाउने सदस्यहरुमा पाँचथरका पूर्ण लक्सम र मोरङकी मिना भण्डारी रहेका छन् ।

पाँचथर निवासी लक्सम बेलायतको क्याम्बि्रज विश्वविद्यालयबाट आर्थिक विकास विषयमा विद्यावारिधी गरिरहेका व्यक्ति हुन् भने भण्डारी मोरङ इटहराकी हुन् । एमबीए सम्मको अध्ययन गर्नुभएकी भण्डारी एडिबीको कन्सल्टेन्टको रुपमा कार्यरत रहेको मुख्यमन्त्रीको सचिवालयले जनाएको छ ।

Continue Reading…

सर्लाही झडप प्रकरणः छानबिन गर्न एसएसपीको नेतृत्वमा समिति गठन

१४ कात्तिक, काठमाडौं । सर्लाहीको रामनगर–४ मा नेपाल कम्युनिष्ट पार्टी (नेकपा) र नेपाली कांग्रेसका कार्यकर्ताबीच भएको झडपबारे छानबिन गर्न समिति गठन भएको छ ।

२ नं. प्रदेश प्रहरी कार्यालयका प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) शेखर कोइरालाको नेतृत्वमा ३ सदस्यीय समिति गठन भएको हो । समितिमा १/१ जना प्रहरी नायब उपरीक्षक (डिएसपी) र प्रहरी निरीक्षक पनि सहभागी छन् ।

घटनाको अनुसन्धानमा सहयोग गर्ने उद्देश्यले केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले पनि एक जना डिएसपी सर्लाही पठाएको छ ।

यसअघि मंगलबार बिहान भएको झडपमा अज्ञात व्यक्तिले गोली चलाउँदा स्थानीय ५० वर्षीय रामविलास महतोको मृत्यु भएको थियो । उनी कांग्रेस कार्यकर्ता हुन् ।

यो पनि पढ्नुहोस सर्लाहीमा नेकपा र कांग्रेस कार्यकर्ताबीच झडप, गोली लागेर एकको मृत्यु

नेकपा समर्थित कार्यकर्ताले गोली चलाएको हुनसक्ने आशंका गरिएको थियो । घटनामा थप ४ जनालाई भरुवा बन्दुकको छर्राले लागेको प्रहरीले जनाएको छ ।

प्रहरीले भने गोली चलाउने व्यक्तिको पहिचान भइसकेको बताउँदै खोजी तीब्र पारिएको जनाएको थियो ।

घटनाको विरोध स्वरुप कांग्रेसले बुधबार मलंवामा विरोध प्रदर्शन गरेको थियो । विरोध कार्यक्रममा पार्टी उपसभापति विमलेन्द्र निधि लगायत सहभागी थिए ।

यो पनि पढ्नुहोस सर्लाही झडप प्रकरणः गोली चलाउने व्यक्तिको पहिचान, खोजी तीव्र
Continue Reading…

भक्तपुरमा तयार हुँदैछ तिहार झिलीलिमी पार्ने दियो (फोटो फिचर)

१४ कात्तिक, काठमाडौं । उज्यालोको पर्व तिहार नजिकिदै छ । तिहारमा घरमा बत्ती बालेर झिलिमिली बनाइन्छ ।

घर झिलिमिली पार्न विजुलीका अनेक प्रकारका बत्तीहरु आए पनि माटाका पालाको महत्व घटेको छैन । त्यसैले त भक्तपुरका प्रजापति समुदाय यतिबेला तिहारको लक्ष्मी पूजाको दिन बाल्ने पाला बनाउन व्यस्त छन् ।

वर्षेनी तिहारका दिन अरुका घर उज्यालो पार्न अहिले उनीहरुलाई दिनरात नभनी माटोको पाला बनाउन खटिएका छन् ।

माटोको पाला तिहारबाहेक अरुबेला विभिन्न शुभकार्यमा समेत प्रयोग हुन्छ । तर, विशेषगरी तिहारमा यसको माग हृवात्तै बढ्ने गरेको छ ।
लक्ष्मी पुजाका दिन मैनबत्ती बाल्नेहरु पनि छन् । तर, बजारमा पाला खोजी गर्नेहरुको कमी छैन ।

माटाका भाँडा सुरक्षाका दृष्टिकोणले पनि उपयुक्त मानिने भएकाले माग बढेको व्यवसायी सुनाउँछन् । तिहारको बेला माटोको पाला, भिउँटे, ठेकी, धुपौरो लगायतका माटोका सामाग्रीहरुको माग बढ्ने गरेको छ ।

बिशेषगरी भक्तपुर नगरको बोलाछें, च्यामासिंह, तालाको पोर्टरी स्क्वायर र मध्यपुर थिमि नगरको नगदेश, बोडे, चपाचो लगायतका स्थानका प्रजापति समुदाय यस्ता भाँडा बनाउने गर्दछन् ।

हेर्नुहोस् तस्वीरहरु

 

Continue Reading…

मन्त्रीले बहराइन पठाएका कालुमानलाई ३० वर्षपछि नेपाल फर्काइँदै

म राजदूतमा नियुक्त भएर बहराइन आएको १५ महिना पुगेको छ । बहराइनमा करिव ३० हजार नेपाली श्रमिक छन् । अधिकांश ‘अदक्ष कामदारहरु छन् । यद्यपि लेबरदेखि दरबारसम्म काम गर्ने नेपाली छन् ।

अचम्मको कुरा त के छ भने यहाँको दरबारले सुरक्षाको दोस्रो घेरामा नेपालीलाई राख्ने गरेको छ । नेपाली जनता र कामप्रति यहाँको सरकार, दरवार मात्र नभएर जनताको पनि ठूलो विश्वास छ । निकै माया गर्ने पाएको छु ।

तर, बहराइन सरकारले नेपाललाई ‘लेवर सप्लाई’ गर्ने देशको रुपमा मात्र बुझेको छ । हाम्रो देशको अलौकिक सुन्दरताका बारेमा यहाँका सरकार अनविज्ञ छ । त्यसैले, उनीहरुलाई नेपालबारे राम्रोसँग जानकारी दिन आवश्यक छ ।

यसका लागि बहराइनमा ‘नेपाल डे’ नामक बृहत कार्यक्रमको योजना बनाएको छु । यो कार्यक्रम एक वर्षभित्रै आयोजना हुनेछ, जहाँ नेपाल सरकारको प्रतिनिधित्व त हुन्छ नै, बहराइनी उद्योग व्यापारी, सकार, दरवार र जनताको पनि व्यापक उपस्थिति हुनेछ । त्यहाँ नेपालबारे सम्पूर्ण जानकारी दिइनेछ ।

तर, यस्तो कार्यक्रमका लागि मलाई खड्कीरहेको कुरा के भने हामीसँग नेपालको चिनारी दिने श्रव्यदृष्य सामग्रीकै अभाव छन् । पर्यटन बोर्डले बनाएको डकुमेन्ट्री वाक्क लाग्ने छ । डकुमेन्ट्री नै जोगीलाई देखाएर सुरु गरेको छ ।

नेपालको सूचना विभागले ‘नेपाल परिचय’ भन्ने पुस्तकको प्रकाशन गरेको रहेछ । तर, त्यहाँ नेपालको प्राकृतिक र बस्तुस्थितिबारे जानकारी दिनभन्दा पनि अन्तरिम संविधानदेखि अनेक आन्दोलनका कुरा राखेर झण्झटिलो बनाएको छ । त्यो पनि नेपाली भाषामा मात्र । जुन नेपालबारे जानकारी दिन र पर्यटन प्रवर्द्धनको लागि उपयुक्त छैन ।

बरु वाहिरी देशबाट नेपाल पुगेकाहरुले राम्रा-राम्रा डकुमेन्ट्री तयार पारेका छन् । हामीले पहलकदमी लिने हो भने त अझ राम्रो बनाउन सकिन्थ्यो होला Û

सगरमाथा र बुद्धबारे भ्रम

गत वैशाखमा मैले यहाँका प्रधानमन्त्रीलाई भेटेको थिएँ । उहाँले शुरुमै भन्नुभयो मसँग काम गर्ने दुईजना नेपालबाट आउन सकेका छैनन् । प्रधानमन्त्रीको बेड बनाउने काम नै उनले गर्दिरहिछिन् । तर, छुट्टीमा घर गएपछि नेपाल सरकारले र्फकन दिएनछ । मैले भनेँ, ‘नेपालको कानुनमा केही परिवर्तन आएका छन् । त्यसका लागि चिन्ता लिनुपर्दैन ।’

उहाँको कुरा सुन्दै जाँदा म एकपछि अर्को गर्दै आश्चार्यचकित परेँ । अन्तरराष्ट्रिय स्तरमा नेपालीले गर्व गर्ने विषेश गरी दुईवटा कुरा छन् । एउटा गौतम बुद्ध र अर्को सगरमाथा । जब गौतम बुद्धको प्रसंग निस्कियो, उहाँले भारतमा जन्मेको भन्नुभयो । अनि सगरमाथा अर्थात माउण्ट एभरेस्टको कुरा गर्दा तिब्बतमा पर्ने बताउनुभयो । म अवाक बनेँ ।

हामीले हाम्रै देशको विषयलाई पनि राम्रोसँग प्रचार गर्न नपाउँदा फाइदा अरुले उठाएका छन् । अनि मैले उहाँलाई वास्तविकता सुनाएँ । नेपालको भौगोलिक र राजनीतिक अवस्थाको बारेमा जानकारी दिएँ । त्यसपछि उहाँ नेपालप्रति निकै उत्सुक हुनुभयो । र, भन्नुभयो, ‘हाम्रो तर्फबाट तपाईको देशको लागि सम्पूर्ण सहयोग र साथ रहन्छ ।’

कामदार रोकेपछि दरबारमा खैलाबैला

यहाँ लाखौँ रकम तिरेर विपरीत बाटोबाट आएका कामदार पनि रहेछन् । कतिपय नेपाली भारत हुँदै आउँछन् । खासगरी घरेलु कामदारलाई नेपाल सरकारले ब्याण्ड गरेको छ । तर, दुःखको कुरा के छ भने घरेलु कामदारको नाममा ड्राइभर, होटेल, ब्युटिसियनहरुलाई पनि श्रमले अल्झाइदिँदो रहेछ । यतिसम्म कि दरबार र सरकारी निकायकामा काम गर्ने मान्छेहरु पनि नेपालमा अड्किए । जुन कुरा मैले पटक पटक सुन्नुपर्‍यो ।

जव दरवार र मन्त्री निवासमा काम गर्नेहरु नेपाल रोकिए त्यसपछि भने यहाँ खैलाबैला नै भयो । खासगरि नेपाली र उनीहरुको कामलई यहाँ निकै मन पराउने भएकाले यस्तो भएको हो ।

गत वैशाखमा प्रधानमन्त्री, श्रम मन्त्रालय र दरवारमा काम गर्नेहरु त्यहाँ रोकिए । महिनाको ६ लाख रुपैयाँ तलव खानेहरुलाई पनि श्रमले रोकिदियो । जुन कुरा यहाँका सरकारले मलाई पटक-पटक सुनायो । श्रममन्त्रीले मसँग भनेका थिएँ, ‘दरवारकै मान्छे रोकियो । मेरा पनि दुईजना मान्छे रोकिए, उनीहरु मेरा छोरीजस्तै हुन् ।’

बहराइनको दरबारमा काम गर्ने ओखलढुंगाकी एकजना महिला रहेछिन् । पहिले पनि उनलाई श्रमले रोकिदिएको रहेछ । तर, साढे एक लाख रुपैयाँ घुस खुबाएपछि उनलाई आउन दिएछ । यस्तो कुरा उनले मलाई सुनाएपछि सिधै गृहमन्त्रीलाई भेट्ने सल्लाह दिएँ ।

सरकारी निकायका मानिसहरु रोकिएपछि म एक हप्ता नेपाल गएँ । यस विषयमा परराष्ट्रमन्त्रीलाई पटक-पटक भनेको थिएँ । प्रधानमन्त्री र श्रममन्त्रीलाई पनि भेटेर मैले सत्य बताएँ । मैले मन्त्रीसँग भनेँ, ‘भोलि तिम्रा सबै मान्छे लैजाउ भनेपछि के हुन्छ ? कि मलाई फिर्ता बोलाउनुपर्‍यो, होइन भने काम गर्ने बाटो नै त बन्द गर्न भएन नि !’

त्यसपछि सरकारी निकाय र रोयल कोटमा काम गर्नेलाई रोकतोक नगर्ने सम्झौता गरेर आएको छु ।

नेपालीहरु सरकार र सरकारी निकायमा नेपालीहरु सुरक्षित छन् । उनीहरुलाई सम्मान साथ नै राखेका छन् । उनीहरुलाई केही भैहाल्यो भने एउटा त यहाँको सरकारको नै बेइज्जत हुन्छ । अर्को कुरा म आफैं  गैहाल्छु ।

मकहाँ घरेलु कामदार गुनासा त्यति धेरै आएका छैनन् । तर, त्यहाँ समस्या भने हुन सक्छ । बरु ब्युटिसियनहरुले विभिन्न समस्या भोगेका छन् । ब्युटिसियनको काम गर्न आउनेहरु भाषाको राम्रो ज्ञान नहुँदा र राम्रोसँग काम गर्न नसक्दा कुटेर निकालेको घटनासमेत तीन/चारवटा आएका छन् ।

ठगिन्छन् कामदार

खासगरी दुःख पाएका नेपालीहरु नै श्रमका लागि विदेशिन्छन् । तर, विदेशमा भन्दा बढी नेपालमै ठगिएर आउँदा रहेछन् नेपालीहरु । विदेश जाने निर्णयबाटै ठगिन शुरु हुँदोरहेछ । जुन सञ्जाललाई प्रयोग गरी उनीहरु काठमाडौंसम्म आउँछन्, त्यहीँ ठगिन्छन् । अनि मेनपावरमा पुग्छन् । त्यहाँ ठगिन्छन् । श्रम बनाउन जान्छन्, त्यहीँ ठगिन्छन् । अनि विदेश उड्नका लागि टिकट लिन जान्छन्, त्यहाँ पनि ठगिन्छन् ।

ठगिने क्रम यतिमा मात्र सीमित छैन । मेनपावर कम्पनीले १००/१५० विडि (बहराइनी डिनार) तलब दिने बताउँदा रहेछन् । अनि एयरपोर्टमा पुग्नेवित्तिकै अर्को कागज हातमा ठमाइदिन्छन् । जसमा ६० देखि ८५ बीडी तलवको कागज हुन्छ । यसमा मेनपावर कम्पनीहरुकै मिलेमतो हुँदोरहेछ ।

अब त्यो कामदार यहाँ आइसकेपछि मानसिक तनावको कारण पनि राम्रोसँग काम गर्न सक्दैन । उसले तीन महिनापछि काम छोड्न पाउने प्राव्धान त छ । तर, कम्पनीले अर्को पासो थापिदिदो रहेछ, ‘भिजालगायतका खर्च भुक्तान गरेपछि मात्र जान पाउँछौ ।’ तर, कामदारसँग चुक्ता गर्ने पैसा हुँदैन । अनि समस्या बाकेर हामीकहाँ आउँछन् ।

त्यसपछिको हाम्रो पहिलो काम नेपालस्थित मेनपावर कम्पनिलाई सम्पर्क गर्ने हुँन्छ । तर, मेनपावर कम्पनीहरुले फोन नै उठाउँदैनन् । उठाए पनि राम्रो रेस्पोन्स गर्दैनन् । हामीले यहाँको कम्पनीसँग पनि इन्क्वाइरी गर्छौँ । र, उसले नेपाल फर्काउने तयारी हुन्छ ।

गोकर्ण विष्ट मन्त्री बनिसकेपछि पछिल्लो समय केही सुधार आएको छ । खासगरि उहाँले बैदेशीक रोजगारमा कडाई गरेपछि मेनपावर कम्पनीहरुले पनि रेसपोन्स गर्न थालेका छन् । तर, यतिले मात्र यो यस्ता समस्याको समाधान भने हुँदैन ।

खासगरि यस्तो समस्या समाधानका लागि हामीले अनलाईन एप्लीकेशन शुरु गरेका छौँ । भारतबाट वर्षौदेखि व्यक्तिगत रुपमा अनलाइनबाट आवेदन दिएर कामदार आउने गर्छन् । जसले गर्दा उनीहरुमा त्यस्तो ठूलो समस्या छैन । हाम्रो पनि एक महिनाभित्रबाट यस्तो सेवा शुरु हुन्छ । त्यस्तै, यहाँको सरकारसँग एक सय विडिभन्दा कममा नेपाली कामदार लिन नपाइने सम्झौत गरिसकेको छु । जुन कुरामा यहाँको सरकार निकै पोजटिभ देखिएको छ ।

उद्धारमा अनेक किस्सा

सन् २००८ मा नेपालले बहराइनसँग श्रम सम्झौता गरेको हो । त्यसबाहेकका दुई देशबीच अरु कुनै पनि सम्झौता भएका छैनन् । यतिसम्म कि एकपटक पनि दुईदेशबीच भीभीआइपी भेटघाट भएको छैन ।

श्रम सम्झौतापछि नेपालबाट कानूनीरुपमा यहाँ नेपालबाट कामदारहरु आउन थाले । त्यसअघि पनि थुप्रै कामदारहरु बहराइन आएका रहेछन् । कतिपय नेपाली पासपोर्ट र भिसा नवीकरण नगरिकनै लुकेर काम गरिहेका पनि रहेछन् । खासगरि २००० तिर आएका मानिसहरुको अवस्था त्यस्तो छ । तर, त्यस्ता नेपालीलाई यहाँको सकारले कारवाही पनि गर्दो रहेनछ । एक दुई दिन थुन्दो रहेछ अनि नेपाली भनेपछि गरी खा भनेर छाडिदिँदो रहेछ । त्यो नेपाली कामदारप्रतिको विश्वास र माया हो ।

तर, हामीले त्यसरी पासपोर्ट र भिसा नभएका वा गैरकानूनी रुपमा बसेका नेपालीलाई खोजी-खोजी स्वदेश पठाउन शुरु गरेका छौँ । यही क्रममा करिव ३२ वर्ष पहिलेदेखि विना पासपोर्ट, भिसा काम गरिरहेको एक जनालाई भेटेँ । उनको कथा सुन्दा म अचम्ममा परेँ ।

उनको नाम कालुमान खापुङ रहेछ । घर चाहीँ झापा । तर, न उनीसँग पासपोर्ट छ न नागरिकता नै । उनी बहराइन आउँदा उनकी श्रीमती गर्भवती रहिछन् । उनको छोरा नै अहिले ३० वर्षका भइसकेछन् । छोराले राजदुतावासमा निवेदन हालेपछि मात्र हामीले उनलाई फेला पार्‍यौँ । तर, उनलाई नागरिकतामा आफ्नो के नाम छ भन्ने थाहा छैन । हामीले फोटोको आधारमा बल्लतल्ल पत्ता लगायौँ ।

त्यतिबेला एकजना मन्त्रीले उनलाई बहराइन पठाएका रहेछन् । जहाज चढ्ने बेलामात्र उनको हातमा पासपोर्ट परेको रहेछ । त्यो पासपोर्टमा नाम अर्कैको र फोटो उनको थियो रे ।

उनी जुन कम्पनीमा काम गरे त्यो कम्पनी तीन वर्षपछि कोल्याप्स भएछ । उनले काम गर्ने फ्याक्ट्रीमा आगो लागेपछि फ्याक्ट्रीसँगै उनको समपूर्ण कागजपत्र पनि जलेछ ।

अहिले उनलाई नेपालका आफन्तबारे कुनै जानकारी छैन । उनले गर्भवती अवस्थामा छोडेकी श्रमती यो संसारबाट विदा भैसकेकी छिन् । अब हामीले उनलाई नेपाल पठाउने तयारी गरिरहेका छौँ ।

त्यस्तै अर्को मानिस जेलमा भेटियो । तर, नेपाली भन्ने थाहा पाएपछि उनलाई तीन दिनमा जेलबाट छुटाएछ । उनी दिनदिनै आएर मकहाँ धर्ना दिन थाले । तर, कागजपत्र खोज्दा केही छैन । हेर्दा बंगालीजस्तो देखिने । त्यही भएर नै उनलाई पहिला जेल हालेको रहेछ ।

सेक्युरिटीले उनलाई गेटबाटै आउन बन्द गरेपछि मात्र उनले आफ्नो पासपोर्टको फोटोकपी देखाए । त्यसपछि हामीले नेपालको मेनपावरमा कन्ट्रयाक्ट गर्‍यौं । तर, मेनपावरले त उनलाई साउदी पो पठाएको रहेछ ।

नेपालीहरु यहाँ गैरकानूनी रुपमा भट्टी सञ्चालन गरेर बसेको पनि सुनिरहेको छु । त्यो विषयमा पनि अनुसन्धान गरिरहेको छु । तर, समस्या के छ भने रेस्क्यू गरेका मान्छेहरुलाई राख्नेसम्म ठाउँ छैन हामीकहाँ ।

नेपालमा लगानी भित्र्याउन सम्भव छ ?

बहराइन धनी देश हो । यहाँको मुख्य आयश्रोत पेट्रोल, डिजेल र ग्यास हो । विश्वकै दोस्रो ठूलो आल्मुनियम फ्याक्ट्री यहाँ छ । यहाँ ठूलठूला भवन बनिरहेका छन् । जसमा विदेशी लगानीको ठूलो हात छ । त्यसका लागि सरकारले सुरक्षा दिन्छ । बहराइनले भन्छ, ‘लगानी गर तिमी पनि कमाउ हामीलाई पनि देउ ।’ नाफाको ४९ प्रतिशत बहराइनलाई दिने गर्छ ।

बालुवामाथि रकेट गतिमा यहाँको विकास दौडिरहेको छ । धेरै ठाउँमा समुद्र पुरेर निर्माणका काम भइरहेका छन् । बराइनको मुख्य लगानी होटेल र टुरिज्म क्षेत्रमा छ । हाम्रो नेपाल पनि पर्यटकीय क्षेत्र हो । त्यसैले हामीले यहाँबाट ठूलो लगानी भित्र्याउन सक्छौँ । दोस्रो हाइड्रोमा पनि लगानी भित्राउन सक्छौँ । तर, हाइड्रोबारे उनीहरुले देखाउने हामीसँग कुनै डकुमेन्ट नै छैन । खाली खोलाको फोटो देखाएर त भएन नी । एकपटक उच्च तहको भ्रमण भएपछि यी सबै बाटो खुल्छन् ।

एकपटक यहाँको सरकारले तत्कालीन अर्थमन्त्री सुरेन्द्र पाण्डेलाई निमन्त्रण दिएका थियो । उहाँ आउनुभएन । त्यसैले यहाँको सरकार समक्ष हामी नै उच्चस्तरीय भ्रमणमा अनिच्छुक जस्तो देखिएको छ । यसलाई चिर्न जरुरी छ ।

मेरा योजना

बहराइनका लागि प्रत्यक्ष उडानको व्यवस्था छैन । जसले गर्दा ट्रेड व्यवसाय शुरु गर्नका लागि ठूलो समस्या देखिएको छ । डाइरेक्ट फ्लाइटको लागि मैले लविङ सुरु गरेको छु । यसबारे गल्फ एयरलायन्सले निकै राम्रो रेसपोन्स गरेको छ ।

नेपाल र बहराइनबीचको व्यापार शुरु गर्न यहाँका उद्योगी व्यापारीहरुसँग पनि सम्पर्क बढाएको छु । यही वर्षभित्र आयोजना हुने ‘नेपाल डे’ले यसको लागि ठूलो भूमिका खेल्छ । हामीले यहाँका उद्योगी, व्यवसायी र सरकारलाई हाम्रोबारे राम्रोसँग जानकारी गराउन सकेमा ठूलो लगानी भित्राउन सक्ने सम्भावना छ ।

मैले यहाँको राजकुमारसँग भेटेर पनि यस विषयमा छलफल गरेको थिएँ । उहाँ सम्बन्ध विस्तारका लागि निकै उत्सुक हुनुहुन्छ । र, दरवार नेपालप्रति निकै सकारात्मक छ ।

(बहराइनका लागि नेपाली राजदूत सुन्दाससँग अनलाइनखबरकर्मी विश्वास खड्काथोकीले बहराइनमै गरेको कुराकानीमा अाधारित)

Continue Reading…

थानकोटबाट पाँच किलो चरेससहित चारजना पक्राउ

१४ कात्तिक, काठमाडौं । काठमाडौंको थानकोट गुर्जुधाराबाट पाँच केजी चसेससहित चार जना पक्राउ परेका छन् ।

झोलामा राखेर बेच्न हिँडिरहेको अवस्थामा चारै जनालाई सशस्त्र प्रहरी १८ नम्बर गणले नियन्त्रणमा लिएको हो । धादिङ किरानचोक ८ का बुद्ध लोप्चन, राबहादुर लोप्चन, विकास तामाङ र दिनेश तामाङ् पक्राउ परेका हुन् ।

नियन्त्रणमा लिइएका चारै जनालाई बलम्बुमै राखिएको छ । आजै प्रहरीलाई बुझाईने सशस्त्र प्रहरी १८ नम्बर गणले जनाएको छ ।

Continue Reading…

नेपालमा लगानी गर्न कतारी उद्योगी व्यवसायीलाई परिसंघको आग्रह

१४ कात्तिक, काठमाडौं । नेेपाल उद्योग परिसंघले नेपालमा लगानी गर्न कतारका उद्योगी-व्यवसायीहरुलाई आग्रह गरेको छ ।

राष्ट्रपति विद्यादेवी भण्डारी नेतृत्वको भ्रमण प्रतिनिधिमण्डलमा सहभागि परिसंघका अध्यक्ष हरि भक्त शर्माले कतारका विभिन्न उद्योग प्रतिष्ठानका उद्योगी-व्यवसायीहरुसँगको अन्र्तक्रियामा नेपालमा लगानी वातावरण बनेको बताए ।

नेपालमा व्यवसाय एवं लगानीका अवसरहरु बारेमा कार्यपत्र प्रस्तुत गर्दै उनले नेपालमा व्यवसायको प्रचुर सम्भावना रहेको जानकारी गराए ।  मुलुकले नयाँ संविधान प्राप्त गरेको, स्थिर सरकार बनेका कारण आर्थिक वृद्धिको प्रचुरतम् सम्भावना रहेको उनले बताए ।

लगानीको वातावरण बन्दै जाँदा सबै क्षेत्रमा आम्दानीमा वृद्धि भइ शिक्षाको स्तर वृद्धि हुने, विप्रेषणको रकममा उल्लेख्य वृद्धि हुने, समष्टीगत आर्थिक स्थायित्व उच्च रही बढी नाफाको सम्भावना उनको भनाइ छ ।

उनले नेपालको पूँजी बजारमा सूचीकरण गरिएको केही उद्योगहरुको उदाहरण समेत दिए ।  नेपालमा कृषिजन्य उद्योगमा वैदेशिक लगानीको लागि खाद्य प्रशोधनमा साधन, औद्योगिक वस्तुहरुमा गृह सामग्री, औषधी र वायोटेक प्रमुख हुनसक्ने उनले बताए ।

परिसंघले विगतकम दुइवटा नेपाल पूर्वाधार सम्मेलन सम्पन्न गरिसकेको उल्लेख गर्दै अध्यक्ष शर्माले भने, ‘पूर्वाधार विकासको सन्दर्भमा विमानस्थलको विकासमा लगानी गर्न काठमाण्डौको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको स्तरोन्नति र निजगढमा अन्तर्राष्ट्रिय विमानस्थलमा लगानीका पर्याप्त सम्भावना छन् भने राजमार्गको लगानीमा हेटौँडा काठमाण्डौ टनेल हाइवे, विभिन्न शहर जोड्ने एक्सप्रेस वेज लगानीका अवसर भएका क्षेत्र हुन् ।’

त्यसैगरी रेल यातायातको क्षेत्रमा पूर्व-पश्चिम विद्युतिय रेल, पोखरा काठमाण्डौ रेल्वेमा लगानी गर्न कतारी उद्यमी व्यवसायीलाई आव्हान गरे ।

ट्रेकिङ्ग र पर्वतारोहण, वन्यजन्तु दृश्यावलोकन र रिभर र्‍याफ्टिङ्ग र धार्मिक पर्यटन प्रमुख रहेको बताउँदै उनले होटल, क्यासिनो, फनपार्क र शाहसिक पर्यटनमा लगानी गर्न आग्रह गरे ।

Continue Reading…

प्रदेश ३ मा मुडेसहित १० पर्यटकीय क्षेत्रमा हिल स्टेशन बन्दै

१४ कात्तिक, सिन्धुपाल्चोक । सिन्धुपाल्चोक र दोलखाको सीमास्थल मुडेमा आन्तरिक र बाह्य पर्यटकहरुलाई आकर्षित गर्ने उदेश्यले हिल स्टेशन निर्माण हुने भएको छ । करिब ३ हजार मिटर उचाइमा रहेको मुडे काठमाडौं नजिकै हिमपात पर्ने पर्यटकीयस्थल हो ।

प्रदेश ३ सरकारले मुडेसहित प्रदेश ३ भित्रका विभिन्न १० स्टेशनमा यो वर्षदेखि हिल स्टेशन निर्माण गरी आन्तरिक र बाह्य पर्यटकहरुलाई आकर्षित गर्न यस्तो योजना ल्याएको हो ।

नेपालको पर्यटकीय स्थललाई प्रचार प्रसार गर्ने र त्यसमार्फत आर्थिक उपार्जन गर्नै उदेश्यले प्रदेश ३ सरकारले नेपालमा नै पहिलो पटक पहाडी क्षेत्रहरुमा हिल स्टेशन निर्माण गर्न लागेको छ । प्रदेश ३ सरकारको गौरवको योजनाको रुपमा पहाडी क्षेत्रका हिल स्टेशन निर्माण गर्न सुरु गरेको हो ।

प्रदेश सरकारको उद्योग,पर्यटन, वन तथा वातवरण मन्त्रालयले सिन्धुपाल्चोक र दोलखाको सीमा मुडेलगायत प्रदेश ३ का १० स्थानमा पर्यटकहरुलाई आकर्षण गर्नका लागि हिल स्टेशन निर्माण गर्न लागेको प्रदेश ३ का उद्योग, पर्यटन, वन तथा वातवरण मन्त्री अरुण नेपालले जानकारी दिए ।

मुडे बाहेक जिरी, सोम्दाङग, रुबी भ्याली, चित्लाङग, कुलेखानी, शिवालय, सिन्धुलीगढी, चिम्टेश्वर र ककनीलाई हिल स्टेशनको रुपमा विकास गर्न चालु आर्थिक वर्षमा मन्त्रालयबाट बजेट विनीयोजन गरेको मन्त्री नेपालले जानकारी दिए ।

अन्य विकसित मुलकहरुका पहाडी क्षेत्रमा यस्तो हिल स्टेशन पर्याप्त निर्माण भएको र त्यसमार्फत आन्तरिक र बाह्य पयर्टकहरुमार्फत आर्थिक उन्नती भएको बताउँदै मन्त्री नेपालले भने-‘नेपालमा पहिलो पटक प्रदेश ३ सरकारले यो योजना ल्याएको छ ।’

हिल स्टेशनमार्फत हिमाली क्षेत्रको अवलोकन, हिउँ खेल्न, निजी क्षेत्रलाई सहभागिता गराएर रिसोर्ट सञ्चालन गर्नै लगायतका गतिविधि हुने मन्त्री नेपालको भनाइ छ ।

दोलखाको पयर्टकीय एवम धार्मिक स्थल कालिञ्चोक, शैलुङ, दोलखा भिमेश्वर,जिरीलगायतका पयर्टकीय स्थलको मुख्य प्रवेशद्धार मुडे नै भएकाले मुडमा नै हिल स्टेशन निर्माण सुरुवात गरिएको मन्त्री नेपालले बताए ।

हिउँ पर्ने सिजनमा मुडेमा हिउँ पर्ने र मुडेको आलु राष्ट्रिय तथा अन्तराष्ट्रिय स्तरमा समेत चर्चित भएकाले यहाँ हिल स्टेशनमार्फत यस क्षेत्रको आर्थिक उपार्जनमा सहयोग पुग्ने मन्त्री नेपालले दाबी गरे ।

के के निर्माण हुने छ हिल स्टेशनमा

हिल स्टेशन मल्टीप्रपोज हुने गरी निर्माण गर्नका लागि प्रदेश ३ को पर्यटन मन्त्रालयले डिजाइन समेत तयार पारेर कार्य समेत प्रारम्भ गरिसकेको छ ।

हिल स्टेशनमा आर्कषक बगैचा, भ्यु टावर,कोशेली घर, सामुदायिक लज, मनोरञ्जन घर, निजी रिसोर्ट लगायतका भौतिक संरचना निर्माण गरिने मन्त्रालयका वन अधिकृत नवराज पुडासैनीले जानकारी दिए । निजी रिसोर्ट नभएका स्थान र सञ्चालन गर्न नसकिने स्थानमा होमस्टेसमेत निर्माण गरिने पुडासैनीले बताए ।

अब मुडेको आलु ब्राण्डिङ हुने

पहाडी क्षेत्रमा निर्माण हुने हिल स्टेशन वहुवर्षीया योजना अन्र्तगत काम सम्पन्न हुने मन्त्रालयले जानकारी दिएको छ । पहिलो वर्ष यो निर्माणका लागि सबै क्षेत्रका लागि ५ करोड विनीयोजन गरिएको छ । पर्यटन अन्र्तगत भ्यु टावर लगायतका लागि २ करोड ४१ लाख ५० हजार विनीयोजन गरिएको छ ।

प्रदेश ३ को उद्योग,पर्यटन,वन तथा बातवरण मन्त्रालयले मुडेको आलु ब्राण्डीङ गर्ने भएको छ । मुडेको आलु भन्दै अन्यत्रको आलु समेत विक्री वितरण हुने र यसबाट दुवै पक्ष मर्कामा परेपछि मन्त्रालयले यो वर्षदेखि आलु ब्राण्डिङको लागि बजेट विनीयोजन गरेको मन्त्री नेपालले जानकारी दिए ।

हिल स्टेशन अन्तर्गत नै यो सबै काम हुने छ । त्यस्तै यस क्षेत्रमा पाइने जडीबुटीलगायत अन्य उत्पादनशील कार्यलाई सहयोग पुर्‍याउने उदेश्यले मन्त्रालयले यस वर्षदेखि काम सुरु गर्न लागेको मन्त्रालयले जानकारी दिएको छ ।

हिल स्टेशनको प्रक्रिया काहाँ पुग्यो ?

प्रदेश ३ सरकारको गौरवको योजनाको रुपमा लिएको हिल स्टेशन निर्माणको लागि मन्त्रालयले सबै तयारी पूरा गरेको र अब कार्यन्वनको चरणमा प्रवेश गरेको मन्त्रालयका वन अधिकृत नवराज पुडासैनीले जानकारी दिए ।

स्थानीय तहबाट अनुमोदन भइ जिल्ला समन्वय समितिबाट सिफारिस भएपछि तिहार लगतै हिल स्टेशन निर्माणको काम सुरु हुने छ । हिल स्टेशनको कार्यविधि तयार भएको, पूर्वाधार सर्वेक्षण अध्ययन, गुरुयोजनाको तयारी, स्थानीय स्तरमा हिल स्टेशन निर्माणका लागि समिति गठनलगायत सबै काम अब अन्तिम चरणमा पुगेको मन्त्रालयले जानकारी दिएको छ ।

हिल स्टेशन निर्माण सम्पन्न भएपछि त्यसको सबै स्वामित्व स्थानीय तहलाई हस्तान्तरण गर्ने गरी कार्ययोजना बनेको मन्त्रालयले जानकारी दिएको छ ।

हिल स्टेशन वहुउपयोगी हुने गरी मन्त्रालयका प्राविधिकहरुले डिजाइनसमेत तयार गरेका छन् । हिल स्टेशनमा पार्क, भ्यु टावरलगायतका संरचना हुने मन्त्रालयका इन्जिनियर सुनिल नेपालले जानकारी दिए । हिल स्टेशनमा स्थानीय कलासस्कृति झल्कने भ्यु टावर निर्माण हुने र त्यसको डिजाइनसमेत तयार भएको नेपालले बताए ।

गोल्मेमा पार्क दोभानमा वहुआयमिक ताल

प्रदेश ३ को उद्योग,पर्यटन, वन तगा वातावरण मन्त्रालयले सिन्धुपाल्चोकको अन्य स्थानमा समेत आन्तरिक एवम वाह्य पर्यटकहरुलाई आकर्षित गर्नका लागि पार्क,वहुआयमिक तालसमेत निर्माणका लागि यो वर्ष वजेट विनियोजन गरेको छ ।

सुनकोशी गाउँपालिकाका थुम्पाखरको गोल्मेमा पार्क निर्माणका लागि मन्त्रालयले यो वर्ष ५० लाख रुपियाँ विनियोजन गरेको छ । पार्क निर्माण स्थलको प्रदेश ३ का उद्योग, पर्यटन, वन तथा वातवरण मन्त्री अरुण नेपालले स्थलगत निरीक्षणसमेत गरेका थिए । त्यस्तै लिसंखुपाखर गाउँपालिकाको २ र ३ वडाको संगम स्थल दोभानमा वहुआयमिक ताल निर्माणका लागि यो वर्ष १ करोड विनियोजन भएको छ ।

सो स्थानमा विद्युत उत्पादन गर्न नसक्ने भएकाले लिसंखुपाखर गाउँपालिकाले वहुआयमीक ताल निर्माण गर्ने योजना बनाएको थियो । गाउँपालिकाले बनाएको योजनामा प्रदेश ३ को मन्त्रालयले यो वर्ष १ करोड बजेट दिएको गाउँपालिका अध्यक्ष कमल नेपालले जानकारी दिए ।

तालमा माछापालन,ढुङा,मन्दीर राखेर वहुआयमीक हुने गरी निर्माणका लागि अध्ययन सुरु भएको अध्यक्ष नेपालले बताए । त्यस्तै जिल्लाका अन्य स्थानहरुमा समेत पार्क लगायत अन्य संरचना निर्माणका लागि वजेट विनीयोजन भएको छ ।

स्थानीय खुसी

मुडेमा निर्माण गर्न लागेको हिल स्टेशनको खाका सहित मन्त्रालयको टिमसहित केही दिनअघि प्रदेश ३ का उद्योग, पर्यटन, वन तथा वातवरण मन्त्री अरुण नेपाल मुडेमा पुगेका थिए । आफ्नो क्षेत्रको विकासका लागि मन्त्रालयले महत्वपूर्ण सहयोग गरेको भन्दै मुडेका स्थानीयले मन्त्री नेपालको भव्य स्वागत गरेका थिए ।

कार्यक्रममा बोल्दै मुडेका स्थानीय जीवन ज्योती महिला तथा आमा समूहकी कञ्चन लामाले भनिन्-‘चुनावको बेला यहाँले दिनुभएको बचन पूरा भएको छ, हामी खुसी छौ ।’ यस क्षेत्रमा निर्माण हुने हिल स्टेशनलगायत अन्य संरचनाले लिसंखुपाखर गाउँपालिका लगायत अन्य क्षेत्रको विकास हुने लिसंखुपाखर गाउँपालिकाका अध्यक्ष कमले नेपालले बताए ।

Continue Reading…
Loading...

Popular Bla Bla's

Loading...

Latest Bla Bla's on Fun2Sh

Powered by Blogger.
Copyright © Funtoosh Blog